Madhav Kumar Nepal

राष्ट्रिय समाचार समितिको ४९ औँ वर्ष प्रवेश

कार्यक्रमका अध्यक्ष महोदय, माननीय सूचना तथा साचारमन्त्री शङ्कर पोखरेल मचमा आसिन अतिथिहरु भद्र महिला तथा सज्जनवृन्द मुलुकको समाचार प्रदायक संस्थाका रुपमा रहेको राष्ट्रिय समाचार समितिले ४८ वर्ष पूरा गरी ४९ औँ वर्षमा प्रवेश गरेकोमा सर्वप्रथम हार्दिक बधाई दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु । कुनै पनि संस्थाको जीवनमा ४८ वर्ष छोटो समय होइन यसले एउटा सिङ्गो युगको प्रतिनिधित्व गर्दछ । आजको अवस्थासम्म आइपुग्दा राष्ट्रिय समाचार समितिले अवश्य पनि विभिन्न उतार-चढावहरुको सामना गरेको छ । आजको यस दिनमा विगतमा भएका कमजोरीहरुबाट शिक्षा लिँदै आफूलाई कसरी अझ बढी व्यावसायिक दीर्घायु र प्रतिस्पर्धी बनाउने भन्नेबारे चिन्तन-मनन गर्न र थप योजना बनाउन तपाईंहरुलाई पक्कै पनि प्रेरणा मिल्नेछ भन्ने मलाई लागेको छ । रासस राष्ट्रको गौरव र प्रतिष् ासँग जोडिएको छ । यसलाई हामी राज्यको सूचनाको महत्वपूर्ण अभिलेखालयका रुपमा लिन सक्छौँ । राज्यका आधिकारिक सूचनाहरु जनताका बीचमा पुर् याउन र जनताका समस्या भावना र अपेक्षाहरुलाई सरकार र सरोकारवाला पक्षसम्म पुर् याउनमा राससले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसका लागि म सरकारका तर्फबाट धन्यवाद दिन चाहन्छु । राष्ट्रिय समाचार समितिसँग २०३२ सालको मेरो अनुभव छ । त्यतिबेला मल्ल के सुन्दर राससको जनकपुर सम्वाददाता हुनुहुँदोरहेछ । मेरो पक्राउसम्बन्धी राससले तयार पारेको सामग्री गोरखापत्रमा छापिएको थियो । त्यसमा लेखिएको थियो- ुभारतको दार्जिलिङ घर भएको निरज शर्मा नामको नक्सलपन्थीलाई धनुषा जिल्लाको मुरिहवाबाट सयकडौँ प्रहरीको घेराबाट पक्राउ गरिएको छ ।ु मैले जहाँबाट आएको र जे नाम भनेको थिएँ त्यसका आधारमा त्यो विवरण ीकै थियो । विश्वमा आमसाचारका माध्यममार्फत जनतालाई सही र सन्तुलित सूचना समाचार र विचार प्रवाह गर्न समाचार संस्थाले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । यही आवश्यकतालाई दृष्टिगत गरी नेपालमा २०१८ सालमा राष्ट्रिय समाचार समितिको स्थापना गरिएको थियो । स्थापनाकालदेखि नै राससले गाउँ-गाउँका समाचारलाई पनि उत्तिकै प्राथमिकताका साथ सम्प्रेषण गर्दैै आएको छ । राज्यका सूचना जनतासमक्ष पुर् याउनु सरकारको दायित्व हो । यस पृष् भूमिमा राज्यले राससलाई मुलुकको महत्वपूर्ण साचार अङ्गका रुपमा विशेष महत्व दिँदै आएको पनि छ । एक्काइसौँ शताब्दीलाई सूचना र प्रविधिको युग भनिन्छ । यतिबेला नेपाली आमसाचार क्षेत्रमा निजी लगानीमा साचालित छापा र विद्युतीय माध्यमहरुले आमजनतालाई सूचना प्रवाह गर्ने सिलसिलामा उल्लेखनीय फड्को मारेका छन् । यस्तो अवस्थामा राससको वर्तमान नेतृत्वले आफ्नो सेवालाई परम्परागत ढाँचामा मात्र सीमित नराखी फोटो अडियो र रेडियो सेवा विस्तार गर्ने कार्य सुरु गरेकोमा खुसी लागेको छ । आगामी दिनमा यसका सेवाहरुलाई अरु विस्तार र विविधीकरण गरी अर्थात् ुमल्टिमिडियाु युक्त बनाओस् भन्ने शुभकामना दिन चाहन्छु । सूचनामा जनताको सहज पहुँच स्थापित हुनुपर्छ भन्नेमा वर्तमान सरकार प्रतिवद्ध छ । सही सत्य र तथ्यपूर्ण सूचनाले स्वस्थ जनमत निर्माण गर्न मद्दत गर्दछ । राससले राष्ट्रको हित र स्वार्थलाई केन्द्रविन्दुमा राखेर त्यसको पक्षपोषण गर्दै त्यसको समाचार संकलन र सम्प्रेषण गर्ने कुरामा लाग्नुपर्दछ । यसैगरी आम जनता पछाडि परेका÷पारिएका जनताको दुःख कष्ट गुनासो गुनासो तिनीहरुमाथिको शोषण उत्पीडनसम्बन्धी सवालहरुलाई प्राथमिकतामा राख्नुपर्छ । जिम्मेवार र पारदर्शी ढंगले सुशासन प्रदान गर्ने सरकारी प्रतिबद्धताबाट जनता के कति लाभान्वित हुन सके त्यसको पनि यथार्थ जानकारी संकलन गर्नुपर्छ । समाजमा लुकेर रहेका राम्रा र सकारात्मक पक्षलाई उजागर गरी जनतामा आशावादिताको साचार गर्नुपर्दछ । राससको देशव्यापी साजालका रुपमा आफ्नै भौतिक सम्पत्तिसहित क्षेत्रीय अाचल तथा जिल्ला कार्यालयका साथै जिल्ला-जिल्लामा कार्यरत स्थानीय तथा जिल्ला समाचारदाता छन् । यी भौतिक पूर्वाधार र दक्ष जनशक्तिको उचित परिचालनबाट राससलाई अघि बढाउन सक्नुभयो भने अवश्य पनि यसले आफूलाई अझ बढी उन्नत अवस्थामा पुर् याउन सक्नेछ । राससका अध्यक्षले अहिले जे जस्ता योजनाहरु प्रस्तुत गर्नुभएको छ ती सफल होऊ्न भन्ने कामना गर्दछु । परम्परागत रुपमा मात्र चलेर हुँदैन नयाँ नेतृत्वले संस्थालाई नयाँ रुपमा लैजानु योजना बनाउनुपर्दछ । त्यसमा अहिलेको नेतृत्व सफल होस् भन्ने मेरो शुभेच्छा छ । साचार क्षेत्रको महत्वका बारेमा हामी सबै जानकार नै छौँ । कहिलेकाहीँ यही विशिष्ट क्षमताका कारण साचार क्षेत्रमाथि विभिन्न पक्षबाट धम्की दिने आक्रमण गर्ने र ज्यानैसम्म लिने गरेका घटनाहरु हुने गरेका छन् । यी लोकतन्त्र अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारितालाई कुण् ित गर्ने गलत कि्रयाकलापहरु हुन् । यस्ता प्रवृत्तिको सरकार पत्रकारहरुका सङ्घ÷संस्थाहरु र पत्रकारहरुसमेत मिलेर संयुक्त रुपमा प्रतिवाद गर्नुपर्दछ । कुनै पनि बाहनामा पत्रकारहरुलाई धम्क्याउने साचारमाध्यमहरुलाई समाचार सम्प्रेषण नगर्न दवाव दिने जस्ता कि्रयाकलापहरुलाई न्यायोचित मान्न सकिँदैन । उनीहरुको सुरक्षाका लागि आवश्यक कदम चाल्न सरकार तयार छ । अन्त्यमा स्थापना दिवसको अवसरमा राष्ट्रिय समाचार समितिको व्यवस्थापनमा संलग्न महानुभाव पत्रकार कर्मचारीलगायतका सबैलाई पुनः हार्दिक बधाई दिँन्छु । साथै आज पुरस्कृत व्यक्तिहरुलाई हार्दिक बधाई दिँदै आफ्नो भनाइ यही टुङ्ग्याउँछु । धन्यवाद † सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय समाचार समितिको ४९ औँ वार्षिकोत्सव २०६६ फागुन ७ भद्रकाली का माडौँ मा दिनुभएको मन्तव्य
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्