Madhav Kumar Nepal

६०औँ राष्ट्रिय प्रजातन्त्र दिवस

सम्माननीय राष्ट्रपतिज्यू सम्माननीय उपराष्ट्रपतिज्यू सम्माननीय प्रधानन्यायाधीशज्यू सम्माननीय संविधानसभाका अध्यक्षज्यू भद्र महिला तथा सज्जनबृन्द सर्वप्रथम ६०औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति शुभकामना व्यक्त गर्न चाहन्छु । देश र जनताका लागि आफ्नो प्राण उत्सर्ग गर्ने ज्ञात-अज्ञात सम्पूर्ण श्रद्धेय वीर सहिदहरुलाई हार्दिक श्रद्धााजली अर्पण गर्दछु । अहिलेसम्मका जनआन्दोलनहरुमा भाग लिने सम्पूर्ण साहसी योद्धाहरुप्रति राज्यका तर्फबाट उच्च सम्मानका साथ हार्दिक अभिवादन गर्दछु । साथै सहिदहरुले परिकल्पना गरेको न्यायपूर्ण समानतायुक्त स्वतन्त्र र समुन्नत नेपालको सुन्दर सपनालाई साकार पार्न सरकार प्रतिबद्ध रहेको कुरा म यस घडीमा पुनः दोहोर् याउन चाहन्छु । जनताका अधिकारलाई अपहरण गर्ने जहानियाँ निरङ्कुश राणाशासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना भएको सन्दर्भमा आजको दिन हाम्रो मुलुकको इतिहासमा विशिष्ट महŒवको दिनका रुपमा रहेको छ । १ सय ४ वर्ष लामो जहानियाँ राणाशासनका विरुद्ध आवाज उ ाउने योद्धालाई कायरतापूर्ण ढङ्गले फासी दिने क्रूर शासकहरु २००७ सालमा आजकै दिन जनताका सामु झुक्न बाध्य भएका थिए । आधुनिक नेपालको इतिहासमा आजको दिनको युगीन महŒव छ । फागुन ७ गतेबाट नेपालमा एउटा नयाँ युगको सूत्रपात भएको थियो । विश्वमा आएको प्रजातन्त्रको लहरलाई नेपालले त्यतिबेलादेखि निरन्तर रुपमा आत्मसात् गर्न सकेको भए आज हामी अहिलेभन्दा उच्च अवस्थामा पुगिसक्ने थियौँ तर १० वर्ष पुग्दा-नपुग्दै २०१७ सालमा शाही ुकु मार्फत प्रजातन्त्रको गला निमो ियो र पुनः एकदलीय निरङ्कुश व्यवस्था थोपरियो । राणाका ाउँमा शाह शासकहरुले शासन गर्नुबाहेक २०४६ सालसम्म जनताको जीवनमा अरु कुनै उल्लेख्य परिवर्तन हुन सकेन । त्यसका विरुद्ध जनताले फेरि सङ्घर्ष गरे र ०४६ सालमा प्रजातन्त्र बहाली भयो । तर शाही राजतन्त्र संवैधानिक दायराभित्र बस्न तयार भएन । फलस्वरुप हामीले २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनमार्फत राजतन्त्रात्मक व्यवस्थालाई जरैदेखि उखेलेर फालेका छौँ । आज हामी स्वतन्त्र वातावरणमा सार्वभौम देशका सार्वभौम नागरिकका रुपमा प्रजातन्त्र दिवस मनाइरहेका छौँ । मैले माथि पनि उल्लेख गरेँ- यसको जग कैयौँ नागरिकको बलिदान लाखौँ-लाख व्यक्तिको पसिना र शक्तिको बलमा निर्माण भएको छ । सहिदहरुको सङ्कल्प पूरा गर्नु त छँदैछ यस घडीमा हामीले हाम्रा साढे दुई करोड नागरिकका आशा अपेक्षा र आकाङ्क्षाहरुलाई सम्बोधन गर्नुपरेको छ । सरकार त्यसप्रति सजग छ सचेत छ र आफ्ना नागरिकका अपेक्षाहरुलाई साकार पार्न प्रतिबद्ध छ । मलाई लाग्छ- तत्कालकै कुरा गर्ने हो भने आम नागरिकको एउटा अपेक्षा रहेको छ७३डडण्द्धस त्यो हो- आफूले लडेर ल्याएको लोकतन्त्रका लागि अब फेरि लडाइँ लड्न नपरोस् । जनताको यो चाहनालाई हामीले साकार पार्नैपर्छ । संविधानसभाको निर्वाचनबाट निर्मित संविधानसभा नै यस्तो थलो हो जसले जनताका आशा र आकाङ्क्षाहरुलाई पूरा गर्न सक्छ । नयाँ संविधान निर्माण नगरी हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सक्दैनौँ । सामन्ती व्यवस्थाका अवशेषहरुलाई समाप्त पार्दै अग्रगामी मुलुक निर्माण गर्नका लागि हामीले निर्धारित समयभित्र जनचाहना अनुरुपको नयाँ संविधान निर्माण गर्नैपर्दछ । त्यसका लागि राजनीतिक दलहरुका बीचमा रहेका मतभेदहरुलाई एकै ाउँमा बसेर छलफल र बहसका माध्यमबाट हामी समाधान गर्न सक्दछौँ । विगतमा हामीले अहिलेका भन्दा निकै ूला मतभेदहरुलाई आपसी छलफल र समझदारीकै माध्यमबाट समाधान गरेका थियौँ । त्यसैले मलाई आशा एवम् विश्वास छ- सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि हामी पुनः साझा सहमतिमा पुग्नेछौँ र निर्धारित मितिमा नयाँ संविधान बनाउन समर्थ हुनेछौँ । लोकतन्त्र भनौँ वा प्रजातन्त्र यसको सबभन्दा सुन्दर पक्ष नै सहिष्णुता हो प्रतिस्पर्धा हो सह-अस्तित्व हो सहकार्य हो । लोकतन्त्र नै त्यस्तो व्यवस्था हो जहाँ प्रतिस्पर्धा र सहकार्य एकसाथ जान सक्दछन् । कैयौँ विषयहरुमा मतभेद हुन सक्छन् निर्वाचनमा एक-अर्काका विरुद्ध खडा हुनुपर्दछ तर मूलभूत कुरामा लोकतन्त्रमा एक ाउँमा उभिन सकिन्छ र उभिनुपर्दछ । हामीले विश्वका अरु मुलुकका उदाहरण हेर्दा पनि देख्दछौँ- निर्वाचनमा आमने-सामने प्रतिस्पर्धा हुने दलहरु पनि संयुक्त सरकारमा सँगै बस्दछन् । मुलुक निर्माण गर्ने विषयमा उनीहरुका बीचमा त्यति ूलो असमझदारी हुँदैन । हामीले पनि लोकतन्त्रको यस पक्षलाई आत्मसात् गर्न सक्नुपर्दछ । नेपालको आजसम्मको इतिहासमा सामन्ती राजतन्त्रलाई राष्ट्रिय एकता र सार्वभौमिकताको प्रतीकका रुपमा प्रचार गरियो । त्यो तथ्यहीन र गलत प्रचारबाजी थियो । आज सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछि हामीले यस तथ्यलाई व्यवहारबाटै पुष्टि गर्नुपरेको छ । राष्ट्रिय एकता र सार्वभौमिकताका प्रतीक भनेका विविध जात-जाति भाषा-भाषी क्षेत्र समुदाय र वर्गका जनता हुन् । उनीहरुबीचको हातेमालो प्रेम सद्भाव हार्दिकता र अ ोटले मात्रै मुलुकको राष्ट्रिय एकता र सावैभौमिकतालाई बलियो बनाउँछ । त्यसबाहेक कुनै एउटा दल समूह र पङ्क्तिले मात्र राष्ट्रिय एकता र सार्वभौमिकताको रक्षा गर्न सक्दैन । यतिबेला हाम्रो मुलुक सङ्क्रमणकालबाट गुजि्ररहेको छ । यस्तो बेलामा धमिलो पानीमा माछा मार्ने प्रयास हुन सक्छ । एक जातिका विरुद्ध अर्को जातिलाई प्रयोग गर्ने एउटा भू-भागका विरुद्ध अर्को भू-भागलाई भड्काउने एउटा भाषाका विरुद्ध अर्को भाषालाई खडा गर्ने जस्ता विभिन्न अवािाछत गतिविधिमार्फत मुलुकमा अराजकता र अन्यौल सिर्जना गर्ने प्रयास हुन सक्छ । सबैलाई आफ्नो भाषा आफ्नो जाति आफ्नो क्षेत्र आफ्नो समुदाय र आफ्नो समूहको त्यत्तिकै माया हुन्छ । त्यसैले हामी कसैलाई पनि आफ्नो अधिकारको वकालत गर्ने र त्यसका लागि लड्ने पूर्ण स्वतन्त्रता छ । तर यसका नाममा अरु कसैको भावनामाथि ेस पुर् याउने र अरुलाई अपहेलित गर्ने अधिकार छैन । यस तथ्यप्रति सचेत रहन म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक अपिल गर्दछु । हामी सङ्घीयतामा जाँदैछौँ । तर यसको अर्थ मुलुकलाई कमजोर बनाउनु होइन चिरा-चिरामा विभाजित गर्नु होइन विभिन्न जात-जातिका बीचमा शदिऔँदेखि रहिआएको सद्भावलाई भड्काउनु होइन । बरु मुलुकमा बसोबास गर्ने सबै जात-जाति भाषा-भाषी समुदाय क्षेत्र र वर्गका जनतामा स्वामित्वबोधको भावना जगाउनु हो उनीहरुलाई पाखा पारिएको अनुभूतिबाट मुक्त गराउनु हो र मुलुकमा विकासको गतिलाई सबै ाउँमा पुर् याउनु हो । हामीले स्वच्छ पारदर्शी र उत्तरदायी शासन प्रणाली स्थापित गर्नुपर्दछ । भ्रष्टाचार गैरजिम्मेवार तथा देश र जनताको हित विरुद्धका सबै प्रवृत्तिलाई समाप्त पार्नुपर्दछ । छिटो-छरितो प्रशासन र तीब्र आर्थिक विकासको बाटोमा अघि बढ्नुपर्नेछ । हामी एउटै जाति नेपाली हौँ भन्ने भावनाबाट एकताबद्ध भई अगाडि बढ्नु छ । आफू नेपाली भएकोमा गौरवबोध गर्न सक्नुपर्दछ । हामी यही भावनाबाट अभिप्रेरित भएर अघि बढ्न सक्यौँ भने दुनियाँका सामु नयाँ उदाहरण देखाउन सक्षम हुनेछौँ भन्नेमा म पूर्ण रुपमा आशावादी छु । हाम्रो मुलुक संसारको सबभन्दा कलिलो गणतन्त्र हो । त्यसैले आज हामीले के कस्ता प्रचलनहरु बसाल्छौँ अर्थात् के कस्ता जगहरु निर्माण गर्दछौँ भोलिको नेपाल त्यसैमा आधारित हुनेछ । यदि सहिष्णुता र सहकार्यको संस्कृति बसाल्न सक्यौँ भने हामीले राजनीति र विकासलाई साथसाथै अघि लैजान सक्नेछौँ । विकास र समृद्धिबिना कुनै पनि शासन व्यवस्था टिकाउ हुन सक्दैन भन्ने कुरा हामीले देखिसकेका छौँ । किनभने भोको पेटले लोकतन्त्रको सारङ्गी धेरै दिन रेट्न सक्दैन र नारा लगाएर पेट पनि भरिँदैन । त्यसका लागि आर्थिक समृद्धि जरुरी छ । छिमेकमै १०-११ प्रतिशत आर्थिक वृद्धि दर हुँदा हामी किन ३ प्रतिशतभन्दा उकालो लाग्न सकेका छैनौँ कतै बन्द हड्ताल चक्काजाम जस्ता हामी आफैँले सिर्जना गरेका विकृतिहरुले त हामीलाई रसातलतर्फ धकेलिरहेका छैनन् अब प्रत्येक राजनीतिक दल सामाजिक सङ्घ÷संस्था जनवर्गीय सङ्ग न र आम नागरिकले यस प्रश्नमा घोत्लिनुपर्ने बेला आएको छ । हामीले लोकतन्त्रका लागि पटक-पटक लड्यौँ र जित्यौँ पनि । तर केही समयको अन्तरालमा हार्दै पनि गयौँ । २००७ सालमा जित्यौँ ०१७ सालमा हार् यौँ । ०४६ सालमा जित्यौँ ०५९ र ०६१ सालमा किस्ताबन्दीमा हार् यौँ । कहिल्यै नहार्ने लडाइँ जित्ने जनताको अ ोटका कारण हामीले २०६२÷६३ मा जितेका छौँ । अब जनता चाहन्छन्- फेरि लड्न नपरोस् जिते पछि फेरि हार्न नपरोस् । त्यो सुनिश्चितता हामीले व्यवहारमा देखाउनुपरेको छ । आर्थिक समृद्धि नै त्यस्तो अचुक उपाय हुन सक्छ जसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबै किसिमका खतराहरुबाट मुक्त गर्न सक्दछ । त्यसैले अबको हाम्रो मुख्य कार्यसूची आर्थिक समृद्धि नै हुनुपर्दछ । दलहरुका बीचमा अहिले अविश्वास होइन विश्वास निर्माण हुन जरुरी छ । एउटासँग अर्काले डराउनुपर्ने अवस्था कायम रहेसम्म हामी विश्वास निर्माण गर्न सक्दैनौँ र अविश्वासको जगमा उभिएको सम्बन्ध बलियो हुन सक्दैन । लोकतन्त्रमा एउटालाई केही कुरा लाग्दैमा त्यही नै अन्तिम सत्य हुँदैन र त्यही नै सहकार्यको आधार पनि हुन सक्दैन । लोकतन्त्रमा स्वतन्त्रतापूर्वक आफ्नो आस्था प्रकट गर्ने त्यसको संरक्षण गर्ने त्यसका पक्षमा जनमत बनाउने र आफ्नो विचारमा अरुलाई पनि सहमत बनाउने आफ्नै विधि र प्रकि्रयाहरु हुन्छन् । प्रतिस्पर्धा र पहलकदमीमा विश्वास गर्ने संसारका जुनसुकै राजनीतिक दल र नागरिकले पनि त्यस आधारभूत पक्षलाई स्वीकार गर्नैपर्दछ । त्यसपछि बाँकी समस्याको समाधान आफैँ हुँदै जान्छ । २००७ सालको परिवर्तन राणातन्त्रका ाउँमा शाहीतन्त्र स्थापना गर्नका लागि भएको थिएन । जनताको बलमा स्थापना भएको प्रजातन्त्र अपहरण गरेर शाही राजतन्त्रले पटक-पटक आफूलाई जनताका विरुद्ध उभ्याएकै कारणले हामीले उसलाई सधैँका लागि समाप्त पारेका छौँ । र आज हामीले सार्वभौम र स्वतन्त्र नागरिकका रुपमा गौरवान्वित भएर बाँच्न पाएका छौँ । यस वातावरणलाई चिरकालपर्यन्त कायम राख्नका लागि आ-आफ्नो ाउँबाट सचेततापूर्वक लागौँ † फुटेर होइन जुटेर लडेर होइन मिलेर हामी आफ्नो गुरुतर दायित्वलाई पूरा गर्न सक्छौँ । ६०औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा म आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरुमा यही अपिल गर्दछु । सम्माननीय प्रधानमन्त्री तथा मूल समारोह समितिका अध्यक्ष माधवकुमार नेपालले ६० औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आयोजित मूल समारोह २०६६ फागुन ७ सैनिक माच टुँडिखेल का माडौँ मा दिनुभएको मन्तव्य
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्