Madhav Kumar Nepal

खजुरामा क्यान्सर अस्पतालमा आयोजित कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य

कार्यक्रमका सभापतिज्यू, मञ्चमा आसिन अतिथिहरु, कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरु, स्थानीय जनताको उत्साह र अग्रसरताबाट यस ाउँमा क्यान्सर अस्पताल स्थापना गर्नका लागि भवन निर्माणको काम पनि अघि बढेको देख्दा मलाई खुशी लागेको छ । जनतामा स्वास्थ्य चेतना जति बढ्दै जान्छ, त्यति नै स्वास्थ्यसम्बन्धि संस्थाको आवश्यकता पनि बढ्दै जान्छ । स्वास्थ्यसम्बन्धि संस्थाको स्थापना गर्ने, राष्ट्रको एउटा योजनाबद्ध प्रयास आफ्नो हिसाबले अघि बढिरहन्छ र जनताको चाहानासँग त्यसले मेल खानुपर्ने आवश्यकता पर्छ । अहिले हामी स्वास्थ्य नेपाली जनताको अधिकारभित्र पर्दछ भन्ने मान्यतालाई अगाडि सार्न गईरहेका छौं । जसरी प्रत्येक मानिसले पढ्न पाउने अधिकार राख्दछ, त्यसैगरी प्रत्येक नागरिकको स्वास्थ्यको अधिकार पनि संविधानले पनि स्वीकार गरेको छ । हामीले त्यस अधिकारलाई सम्मान पनि गरिरहेका छौं । जसरी बाँच्न पाउने अधिकार जनताको मौलिक अधिकार हो । सम्मानका साथ बाँच्न पाउने अधिकार जनताको अधिकारको कुरा हो । त्यसैगरी स्वस्थ्य भएर बाँच्न पाउने अधिकार जनताको अधिकार हो । त्यसैका लागि राम्रो वातबरण, राम्रो खानपिनको ब्यबस्था, राम्रो पर्यावरणीय बन्दोबस्त सबै राज्यले उपलब्ध गराउनुपर्ने आवश्यकता पर्छ । त्यसैका निम्ती हामीले वन जंगलको संरक्षणको निम्ति, हरियालीको विकासका निम्ती, रुख, बिरुवा हुर्काउनका निम्ती जोड लगाइरहेका हुन्छौं । राम्रो वातबरण छ भने तपाईंको स्वास्थ्य राम्रो हुन सक्छ । प्रदुषित वातबरण छ भने तपाईंको स्वास्थ्य बिगि्रन्छ । त्यसैले हामीले खानपानमा ध्यान दिन्छौं र जनतालाई पनि सचेत बनाउँछौं । धुम्रपान स्वास्थ्यका लागि हानीकारक छ भन्छौं । किनभने धुम्रपान पनि क्यान्सरको एउटा कारण हुने गर्दछ । मध्येपान मान्छेले गर्नुहुँदैन भन्छौं । किनभने यो पनि क्यान्सरको कारण हुन्छ । मुटु र फोक्सोमा लाग्ने रोगबाट बच्नका लागि हामी राम्रो खानपान, राम्रो बानीब्योहोरामा जोड दिने गर्दछौं । रोग लागेपछि त्यसको उपचार हुने पनि व्यबस्था हुनुुपर्दछ । अहिले नेपालीहरुलाई निक्कै ूलो मात्रामा क्यान्सर रोगले समातेको हामीले पाउँछौं । उपचारको राम्रो व्यबस्था हुननसक्दा मानिसहरुको अकालमै मृत्यू भइरहेको छ । अहिले क्यान्सर रोग लाग्दा पहिलो चरणमा उपचार हुनसक्छ । अन्तिम अबस्थामा पुग्नुभन्दा पहिला नै उपचारको व्यबस्था हुनसक्यो भने मानिसहरु बाँच्न सक्दछन् । त्यस्तै अनेक रोगहरु छन्, जुन लाग्दा मानिसहरु बाँच्न सक्दैनन् । अचेल निको हुनसक्ने भनिएका रोगहरु पनि समयमा पहिचान हुन सक्यो भने, औषधीको व्यबस्था हुनसक्यो भने राम्रो अस्पतालमा जान सकियो भने मानिसहरुको आयू लम्बिन सक्छ । तर, सबैभन्दा पहिला रोग लाग्नै नसक्ने अबस्था बनाउनु पर्दछ । रोग लागिसकेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु सबैभन्दा वेश हुन्छ । रोग लाग्नै नदिनका लागि हामीले त्यसै हिसाबले जीवनशैली सञ्चालन गर्नुपर्दछ । यस ाउँमा तपाईंहरुले क्यान्सर अस्पताल उपयुक्त ान्नुभएको छ । नेपालगञ्जको नजिकै, भेरी अञ्चल अस्पतालको नजिकै यो क्यान्सर अस्पताल भएकाले अरु रोगसँग जोडिएको छ भने नजिकैको अञ्चल अस्पतालमा परामर्श गर्न सकिन्छ । त्यसैगरी कोहलपुरमा अर्को मेडिकल कलेज, त्यहाँ काम गर्ने डाक्टरहरु पनि आफ्नो क्षेत्रमा विशेषज्ञ हुन्छन् । उनीहरुबाट पनि अस्पतालमा सहयोग लिन सकिन्छ । यी सबै कुरालाई ध्यानमा राखेरै तपाईंहरुले सम्भवत ः खजुरामा क्यान्सर अस्पताल स्थापना गर्नुपर्ने आवश्यकता महशुस गर्नुभएको छ । पण्डित दीनबन्धु पोखरेलले तपाईंहरुको आवश्यकतालाई ध्यानमा राखेर, धार्मिक कार्यक्रम सञ्चालन गरेर रकम संकलन गर्नुभएको छ । अस्पताल निर्माण गर्ने आधार खडा गर्नुभएको छ । म उहाँलाई धन्यवाद दिन चाहान्छु, सँगसँगै उहाँको त्यो महाअभियानमा आर्थिक सहयोग गरेर यो अस्पताल निर्माणको काममा सहयोग पुर्‍याउने प्रत्येक सहयोगदाताहरुलाई पनि म धन्यवाद दिन चाहान्छु । यहाँका प्रबुद्ध साथीहरु यस ाउँमा पुरै लाग्नुभएको छ । पटकपटक का माडौं पुग्नुभएको छ । प्रधानमन्त्री कार्यालयमा आउनुभएको छ, मन्त्रीहरुलाई भेट्नुभएको छ । हामीले पनि तपाईंहरुको भावनालाई सम्मान गरेका छौं । यो अस्पताल प्रारम्भ गर्ने काममा सरकारको तर्फबाट पनि सहयोग गर्ने हामीले बचनबद्धता पनि व्यक्त गरेका छौं । तपाईंहरुको आफ्नै प्रयास, नेपाल सरकारको प्रयास र अझै यसलाई राम्रो ढंगले फैलाउनका लागि मित्र राष्ट्रहरुको पनि सहयोग पनि आवश्यकता पर्छ । हामीले त्यस सिलसिलामा यस सम्बन्धि विषयहरु पनि अगाडि बढाइरहेका छौं । यसरी वास्तबमा ४ विघाको यो मैदानमा जुन अस्पताल अहिले स्थापना गरिरहनुभएको छ, यसमा विशिष्ट रोगका निम्ती मात्रै होइन यसले स्व्ाभाविक रुपमा यस क्षेत्रमा बसोबास गर्ने जनताको निम्ती अन्य साधारण उपचार गर्दा अझ राम्रो हुन्छ । अन्य रोगका निम्ती पनि उपचार गर्ने व्यबस्था मिलाउन सकिएको खण्डमा मान्छेहरु सानातिना रोग लागेको अबस्थामा टाढा जानुपर्ने छैन । तर, यी दुवैलाई कसरी संयोजन गर्न सकिन्छ ? क्यान्सर रोगका लागि एउटा व्यबस्थापन हुन्छ र त्यसभित्र साधरण रोगको उपचारको लागि पनि व्यबस्थापन गर्न सकिन्छ या सकिदैंन सम्बन्धित विज्ञहरुसँगको परामर्शबाट हुने कुरा हो । वास्तबमा यस्ता सामाजिक कार्यका निम्ती सबै राजनीतिक दलका नेताहरुको बीचमा सहमति हुनुपर्छ । आमनागरिकको बीचमा पनि सहमति हुनुपर्छ । यस्ता विषयमा विवाद गर्नुहुँदैन । तर, मैले अनुभव गर्दै आएको छु, एउटा पार्टीका कार्यकर्ताहरुले जहिल्यै पनि ध्वंशात्मक कुरालाई प्रोत्साहन दिने गर्दछन् । निर्माण हुन थाल्यो कि बिरोध गर्न थाल्छन् । वास्तबमा निर्माणका कुरामा कसैले बिरोध गर्नुहुँदैन । निर्माणका कुरा, रचनाका कुरामा सबैले सहयोगको हात बढाउनुपर्छ । यहाँ आउने बित्तिक्कै मैले देखें । एउटा पार्टी जसको इतिहास नै ध्वंस गर्ने रहेको छ, जहाँ पनि भत्काउने मात्रै बनाउन केही जानेकै छैन । बिर्गान बाहेक अरु केही जानेकै छैन । त्यही बिर्गानकै निम्ती कार्यकर्तालाई सिकाएको छ, बानी बिगारेको छ । त्यही बानी जताततै दोहोरिएको मैले देखेको छु । त्यस्तो बानीलाई परित्याग गर्नु वेश हुन्छ । असल बानी सिकाउनु पर्छ, सिक्नु पनि पर्छ । अहिलेको युवा पुस्तालाई नकरात्मक कुरामात्रै सिकाइयो भने देशको हीत हुन सक्दैन, देश निर्माणको अभियान अगाडि बढ्न सक्दैन । अहिले हामी चाहान्छौं, पछाडि परेको यो देशलाई विकासको पथमा अगाडि बढाऔं । संविधान समयमा बनाऔं । माओवादीका लडाकूहरुलाई क्यान्टोनमेन्टबाट या त सुरक्षा अंगमा राख्ाौं या राजनीतिक र सामाजिक क्रियाकलाप गर्नका लागि बिदा गरिदिऔं । अहिले जुन हिसाबले अस्थायी क्याम्पमा राखिएको छ, यो कामलाई थाँती राखेर एउटै पार्टीले फाईदा उ ाइरहेको भनिन्छ । यो आर्थिक र राजनीतिक फाईदा उ ाउने स्थिति बनीरहन दिनुहुँदैन । त्यसैले कसैको स्वार्थका निम्ती कसैले पनि वलिदान दिने कुरा आउँदैन । नेपाल सरकार प्रत्येक नागरिकको समस्यालाई समुचित रुपमा समाधान गर्न चाहान्छ र क्यान्टोनमेन्टमा भएका लडाकूहरु अब माओवादी सेनाका लडाकू हुनेछैनन् । नेपाल सरकारको जिम्मेवारीभित्र आउनेछन् । उनीहरुलाई रोजगारी दिने, उनीहरुलाई जीवनयापनको बन्दोबस्ती गर्ने या उनीहरुलाई कसरी शीपयुक्त नागरिकका रुपमा, उत्पादनशील नागरिकका रुपमा विकास गर्ने कुरा यो सरकारको अभिभारा हुन्छ । त्यसका निम्ती सरकार तयार छ । यो काममा कसैले बाधा खडा गर्नुहुँदैन । क्यान्टोन्ामेन्टमा बसेका सिपाहीहरुले दुःख्ाको जीवन बिताउने जुन् स्थिति बनेको छ, त्यो जारी नै रहन्छ । त्यसकारण मैले जोड दिन चाहिरहेको कुरा के हो भने अब युद्द र द्वन्द्धका पुराना कुराहरुलाई अन्त्य गरौं । अब नयाँ यूगमा प्रवेश गरौं, शान्तीको, प्रगतिको, लोकतन्त्रको र निर्माणको नयाँ यूगमा प्रवेश गरौं । यसक्रममा तपाईंहरु सामाजिक रुपमा एकताबद्ध भएर यो क्यान्सर अस्पताल निर्माण गर्ने काममा तपाईंहरुले हात हाल्नुभएको छ, यो सफल होस् । नेपाल सरकारको तर्फबाट हामीले सम्भव भएसम्मको सहयोग गरिनेछ । सहयोगका निम्ती अर्थमन्त्री, योजना आयोगको उपाध्यक्ष्ासँग कुरा भएको छ । अर्थमन्त्रीलाई कुरा गर्दा मैले भनिसकेको छु, कि क्यान्सर अस्पताल भरतपुरभन्दा पश्चिममा, सुदुरपश्चिम र मध्येपश्चिमको केन्द्रका रुपमा निर्माण हुन लागिरहेकाले यसको आफ्नै महत्व छ, आफ्नै भूमिका छ । सुदुरपश्चिम र मध्येपश्चिमका नागरिक मात्रै होईन, पारीपट्टी भारतबाट पनि रोगी यस ाउँमा आउन सके भने आथ्ािर्क आम्दानी पनि बढ्न सक्छ । नागरिकको सेवा पनि गर्न सकिन्छ । यो अस्पताल हामी सबैको सरोकारको विषय भएको हुनाले सरकारको तर्फबाट सम्भव भएसम्म सहयोग गरिनेछ । मित्र राष्ट्रहरुसँग पनि कुराकानी गरेर सहयोग दिलाउने विश्वास दिलाउँदै, तपाईंहरुको यो अभियान सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै म आफ्नो मन्तव्य टुंग्याउँछु, धन्यवाद, नमस्कार ! -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले २०६६, माघ २९ गते नेपालगञ्जको खजुरामा क्यान्सर अस्पतालद्वारा आयोजित कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य ।)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्