Madhav Kumar Nepal

रुरु एफएम उद्घाटन कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य

कार्यक्रमका सभापति महोदय, मञ्चमा उपस्थित विशिष्ट महानुभावहरु, सञ्चारकर्मी साथीहरु, आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु ! आज मलाई यो एफएम रेडियो उद्घाटन गर्न पाउँदा धेरै खुशी लागेको छ । जनतालाई सही सूचना सम्प्रेषण गर्ने तपाईंहरुको प्रयास सफल होस् । यो एप्fmएम नेपालगञ्जवासी र बाँके जिल्लाबासीको मात्रै होईन, यो एफएमको सञ्चार जहाँसम्म हुन्छ त्यहाँसम्म । अर्थात् सम्पूर्ण दर्शकहरुको माझमा यो एफएम रेडियो अत्यन्तै लोकपि्रय होस्, म दीर्घायू र पूर्ण सफलताको हार्दिक शुभेच्छा व्यक्त गर्न चाहान्छु । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भययता नेपालमा सञ्चार क्षेत्रको व्यापक विकास भएको छ । धेरै विद्युतीय सञ्चारमाध्यमहरु जनता माझ आएका छन् । जनताको बीचमा धेरै सञ्चारमाध्यमहरुले आफ्नो विशिष्ट पहिचान स्थापित गरेका छन् । दैनिक पत्रिकाहरुको विकास भएको छ, एफएम रेडियोहरुको विकास भएको छ, टेलिभिजन नेटवर्कहरुको विकास भएको छ । त्यसैगरी सबै सञ्चारमाध्यमहरुसँग जोडिने पत्रकारहरुको ूलो पंक्ति पनि तयार भएको छ । नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो भन्ने हो भन्ने कुरामा कुनै द्विविधा रहेको छैन । विविधतामा एकता, नेपालको विशेषता हो । हामी विविधतमा विश्वास गछौर्ं र विविधताको बीचमा एकता खोज्छौं । एकताको डोरी हाम्रो राष्ट्रियता हो । हाम्रो देशभक्ति हो, हाम्रो प्राणभन्दा पनि प्यारो राष्ट्र नेपाल हो । सबैभन्दा पहिला हामी नेपाली भएकोमा गौरवबोध गर्दछौं । जुनसुकै जातीका मानिस भए पनि, जुनसुकै भाषाभाषी भए पनि, जुनसुकै धर्मका अनुयायी भए पनि उसले सबैभन्दा पहिला नेपाली भएकोमा गौरबोध गर्नुपर्छ । मुश्लिम समुदायको पनि त्यही हो । एउटा मुश्लिम समुदाय मक्का जान्छन्, मदिना जान्छन् । त्यसबेला आफ्नो पहिचान दिन्छन् । कहाँको मुश्लिम, रशियन मुश्लिम । कहाँको मुश्लिम भारतीय मुश्लिम । कहाँको मुश्लिम, नेपाली मुश्लिम । त्यसकारण नेपाली मुुश्लिम भएको हाम्रा नेपाली मुश्लिम दाजुभाइहरुलाई गौरवबोध हुन्छ । मुश्लिम त संसारभरी छन् । अमेरिका, अफगानीस्तान, अजरबैजान कहाँको मुश्लिम हो ? उनीहरुले आफूलाई अरुभन्दा भिन्न भन्छन्, हामी नेपाली मुश्लिम हौं र नेपाली भएकोमा हामीलाई गौरवबोध हुन्छ । नेपाली राष्ट्रियताको मालामा हामी सबै उनीएका छौं । हाम्रो देश जनगणतन्त्रको संघात्मक ढाँचामा प्रवेश गरेको छ । यस्तो अबस्थामा सबै समुदायको सम्मानलाई, अस्तित्व र मर्यादालाई हामीले उच्च मूल्यांकन गर्नुपर्छ । त्यसैले नेपालमा बस्ने कुनै पनि जातजाती, धर्मालम्बीहरुले अपहेलित र अपमानित हुनुपर्ने आवश्यकता छैन्ा । इज्जत्त र स्वाभिमानका साथ बाँच्न पाउनु पर्छ । जीवनयापन गर्न पाउनु पर्छ । आफ्नो व्यक्तित्व विकास गर्न पाउनु पर्छ । त्यसकारण हामी चाहान्छौं, हिमाल, पहाड, तराई जेसुकै होस् । पूर्वी नेपाल या पश्चिम नेपाल । सुगम या दुर्गम । शहरी या ग्रामीण जुनुसुकै इलाकामा बस्ने नेपालीहरुको समस्याको सम्बोधन समुचित रुपमा गरिनेछ । जनताको गाँस, बास र कपास । शिक्षा स्वास्थ्य, रोजगारी र सुरक्ष्ााको व्यबस्था गर्नुपर्ने मूल जिम्मेवारी सरकारको हो । सरकारको यो अभियानमा तपाईंहरुले सहयोग र साथ दिनुपर्छ । नेपालगञ्जसँग मेरो लामो सम्बन्ध जोडिएको छ । यही नेपालगञ्ज भएर तपाईंहरुलाई थाहा छ, म लखनौंमा माओवादी नेताहरुलाई भेट्न गएको थिएँ । त्यसक्रममा एक रात यहीँ बिताएको थिएँ । उज्यालो हुनुभन्दा पहिल्यै सुटुक्क निस्केर रुपेडियाहुँदै लखनौं गयौं । कसैलाई थाहा भएन । किन गएँ ? माओवादीका नेताहरुसँग भेट्यौं । कुराकानी गर्‍यौं । शान्ति प्रक्रियामा ल्याउन गम्भीर वार्ताहरु भए । त्यो लखनौं भेटघाट नेपालको शान्ति प्रक्रियाको इतिहासमा बै कका रुपमा प्रसिद्ध रहेको छ । त्यहाँबाट फर्किने क्रममा म दाङ गएँ र त्यहाँ खुल्ास्त पार्दै मेरो माओवादी नेताहरुसँग भेटघाट भएको थियो । मेरो भेटघाटको खबरले त्यसबेलाको शासकहरुको मुटु हल्लिएको थियो । उनीहरुले माधव नेपालमाथि राजद्रोहको मुद्दा चलाउनुपर्छ भनेर हल्ला मच्चाएका थिए । मैले उनीहरुलाई चुनौति दिदैं भनेको थिएँ- हिम्मत छ भने मुद्दा चलाएर त हेर । मैले देशलाई शान्तिको बाटोमा लिएर जानका लागि साहस गरेको हुँ । माओवादीलाई युद्दको बाटोबाट शान्तिको बाटोमा ल्याउन प्रयास गरेको हुँ । माओवादीलाई हतियारको बाटो होइन, अब लोकतन्त्रको बाटो सम्ाात्नुस् भनेर प्रेरित गरेको हुँ । राष्ट्रिय जिम्मेवारी पूरा गरेको हुँ । जनताको कदमलाई ध्यानमा राखेर कदम चालेको हुँ । यस्ता महत्वपूर्ण कामहरु यही थलो नजिकबटा पूरा गर्नुका साथै म पटकपटक नेपालगञ्ज आएको छु र जहिले पनि आउँदा तपाईंहरुको यो बस्तीलाई कहिल्यै पनि बिर्सिएको छैन । सामान्यतया यो मुश्लिम बस्तीमा एक कप चिया त खाने गरेको छु । सकेसम्म खाना पनि खाने गरेको छु । जतिबेला तपाईंहरुकहाँ म आउन सक्दिन थिएँ त्यतिबेला नरामाइलो लाग्थ्यो । त्यसकारण नजिकको सम्बन्ध रहेको यो नेपालगञ्जमा रेडियो रुडु एफएमको शुभारम्भ हुन गइरहेको छ । यसले अवश्य पनि मुश्लिम समुदायको चाहाना र भावानालाई पनि ध्यानमा राखेर अगाडि बढ्नेछ । हाम्रा अरुणजीको काँधमा ूलो जिम्मेवारी छ । सबै साथीहरुलाई साथमा लिएर अगाडि बढ्नुभएको छ । मैले उहाँलाई पटकपटक अन्तर्वाता पनि दिएको छु । मैले सम्भिmरहेको छु, उहाँले छोड्नुहुन्नथ्यो मल्ााई । उहाँले अहिल्यै स्टेशनमा लाइभै गर्दियोस्, त्यतिखेर उहाँको कार्यक्रम मात्रै थियो, छुट्टै एफएम स्टेशन थिएन । त्यो कार्यक्रमका निम्ति मलाई आग्रह गर्दा मैले आग्रह टार्न सकेको थिइन । त्यसकारण लामो समयको अनुभवको आधारमा तपाईंहरुले छुट्टै एफएम रेडियो सञ्चालन गर्ने पहल गर्नुभएको छ । यो अत्यन्तै प्रशंसनीय छ । यसले नेपालको लोकतन्त्र, राष्ट्रिय एकतालाई सुदृढ बनाउनका लागि, जनताबीच सद्भाव फैलाउनका लागि, जातीय एकता, साम्प्रादायिक सद्भाव बृद्धि गर्नका लागि, जनतामा चेतना फैलाउनका लागि, शान्ति र अमनचयन कायम गर्नका लागि र समाजबाट पछौटेपन हटाएर निरक्षरता उन्मूलन गर्ने, जनतालाई देश विकासको काममा परिचालन गर्ने सन्दर्भमा तपाईंबाट रचान्ाात्मक र सिर्जनात्मक भूमिका निर्वाह हुने मैले अपेक्षा गरेको छु । समय अत्यन्तै कम छ त्यसैले अहिले म यति मात्रै भन्न चाहान्छु, अहिले हाम्रा सामू शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याएर आगामी जे १४ गतेसम्म संविधान निर्माण गरिसक्नुपर्ने जिम्मेवारी छ । कसैकसैले केही हतार गर्नुपर्ने छैन भनिरहेका छन् । आफैंले संविधान निर्माण नगर्ने षड्यन्त्र भइरहेको छ पनि भन्ने अनि हतार गर्नुहुँदैन, के भयो र समय बढाउन सकिन्छ पनि भन्ने जस्ता दोहोरो र पारस्परिक अन्तरबिरोधपूर्ण कुरा आफैं गरिरहेका छन् । वतर्मान सरकार संविधान निर्माण गर्न ढिलासुस्ती गर्ने पक्षमा छैन । यो सरकार शान्ति प्रक्रियालाई छिटो सकारात्मक निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने सन्दर्भमा प्रष्ट छ । ढिलाई गर्ने पक्ष्ामा छैन । त्यसकारण अझै पनि पार्टी नेताहरुलाई भन्न चाहान्छु, ढिलाई गर्ने कोशिस नगर्नुस् । तपाईंले ढिलाईको कुरा गर्दा मान्छेका मनमा आशंका पैदा हुन्छ । तपाईंको नियतमा प्रश्न खडा हुन्छ । तपाईं लामो समयसम्म क्यान्टोनमेन्टमा माओवादीका सेनाहरुलाई किन राख्न चाहान्ाुभएको छ भन्नेबारे गम्भीर आशंका खडा हुन्छ । तपाईंले खोसिएका सम्पत्ति फिर्ता गर्नुभएको छैन, चन्दा उ ाउने काम रोक्नुभएको छैन, ेकेदार र व्यापारीलाई सताउने काम रोक्नुभएको छैन । तपाईंले अझै पनि क्यान्टोनमेन्टका नाममा धेरै लाभ लिइरहनुभएको छ भन्ने सबैको आरोप छ । तपाईंलाई कसैले विश्वास गरिरहेको छैन । अन्तराष्ट्रिय समुदायलाई अलमल्याउन खोज्दै हुनुहुन्छ । त्यसैले उनीहरुले पनि तपाईंलाई पत्याउने छैनन् । किनभने तपाईंले आफ्नो दस्तावेजको धारणामा कुनै परिवर्तन गर्नुभएको छैन । अझै बिद्रोहका कुरा छन्, एकाधिकारवादी शासनका कुरा छन् । अझै पनि तपाईंले अरु देशलाई गाली गर्नुहुन्छ, अरु पार्टीलाई आरोप लगाउनुहुन्छ । सबैलाई शत्रु भन्नुहुन्छ, प्रतिक्रियावादी भन्नुहुन्छ । त्यसकारण तपाईंलाई कसैले पत्याउने छैनन् । तपाईं बाहिर एउटा र भित्र अर्को कुरा गर्नुहुन्छ । दस्तावेजमा एउटा लेख्नुहुन्छ, व्यबहारमा अर्कै गर्नुहुन्छ । एकजनासँग एउटा, अर्कासँग अर्कै कुरा गर्नुहुन्छ । त्यसकारण तपाईंलाई पत्याउने अबस्था अझै बनेको छैन । तपाईंले क्यान्टोनमेन्टमा कायमै राखेर केके चिज पूरा गर्न चाहेका छन् भन्ने प्रश्न उ ेको छ । आज मलाई एक जनाले भन्दै थिए, क्यान्टोन्ामेन्टमा १९ हजार होइन, जसरी अयोग्य लडाकुमध्ये ४० प्रतिशतले छाडिसकेका थिए । त्यसैगरी त्यहाँ १९ हजार छैनन् संख्या कम छ । त्यसैले माओवादी क्यान्टोनमेन्ट छोड्न चाहाँदैन । बिना मान्छे माओवादीले पैसा पाइरहेको छ, किन क्यान्टोनमेन्टको समस्या हल गर्छ ? भन्ोर मलाई प्रश्न सोध्दै थिए । मैले भनेँ, हो र त्यस्तो केही सूचना छ र ? त्यसपछि उनीहरुले भने, पक्का सूचना छ । क्यान्टोनमेन्टमा धेरै मान्छे छँदै छैनन्, थोरै मान्छे छन् । जम्मै पैसा माओवादीले राज्यको कोष रित्याएर लगिरहेका छन् भनेर प्रश्न खडा गरिरहेका छन् । म माओवादी साथीहरुलाई भन्न चाहान्छु, यो उ ेको प्रश्नको जवाफ तपाईंले दिनुपर्छ । विश्वासयुक्त जवाफ दिनुपर्छ । क्यान्टोनमेन्टमा कति मान्छे छन् भन्ने बारेमा जनताले प्रश्न खडा गरिरहेको कुरा तपाईंले दिनै पर्छ । यसबारे सरकारले केही सोचिसकेको छैन । तर, धेरै ाउँबाट मलाई भनेको भन्यै छन् । प्रश्न उ ाएको उ ायै छन् । त्यसकारण हामीले तपाईंहरुलाई सोध्नुपर्ने बाँकी नै छ । तपाईं किन छिटो कार्ययोजना पास गर्न चाहानुहुन्न । तपाईं किन छिटो निर्देशिका पास गर्न चाहानु हुन्न । तपाईं किन छिटो समयोजन र पुनःस्थापनाको काम गर्न चाहानु हुन्न । यी सबै प्रश्नहरु उ िरहेका छन् । त्यसकारण मलाई के लाग्छ भने आफ्नो विश्वसनीयता कायम गर्नका लागि पनि अरुको विश्वास जित्नका लागि पनि तपाईं पारदर्शी ढंगले चल्नुपर्छ र यी सबै काम समयमै सम्पन्न गर्नुपर्छ । हामी संविधान छिटो तयार होस्, जनचाहाना अनुकूल होस् भन्ने चाहान्छौं । नेपाललाई एकताबद्ध बनाउनका लागि नेपालीहरुबीच प्रेम र सद्भाव बृद्धि गर्नका लागि हामीलाई बाटो देखाउन सकिन्छ । जनताको बीचमा आपसी असमझदारी होइन, समझदारी र विश्वास बढाउनका लागि भूमिका खेलौं । आउनुहोस्, देशभक्तिको बाटोमा, लोकतन्त्रको बाटोमा, गणतन्त्रको बाटोमा, संघात्मक लोकतान्त्रिक गणतन्त्रको बाटोमा, नेपाली जनताको हीत र कल्याणको बाटोमा, नेपाली समाजको रुपान्तरण र परिवर्तन्ाको बाटोमा हातेमालो गर्दै अघि बढौं, एकता, सहमति र समझदारीका साथ हामी अघि बढौं । अहिले देशले एकता खोजेको छ, सहकार्य खोजेको छ, सहमतिको राजनीति खोजेको छ । यो बाटोमा सबै मिलेर अघि बढौं भन्ने हार्दिक कामना गर्दै तपाईंहरुको एफएम रेडियोको पूर्ण सफलताको कामना गर्न चाहान्छु, धन्यवाद, नमस्कार ! -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले २०६६ माघ २९ गते नेपालगञ्जमा रुडु एफएम उद्घाटन कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य ।)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्