Madhav Kumar Nepal

नेपाल व्यबस्थापन संघको अधिवेशनमा व्यक्त गर्नुभएको मन्तव्य

यस समारोहका सभापति महोदय, उद्यमी-व्यावसायी मित्रहरु, उपस्थित भद्र महिला तथा सज्जनबृन्द ∕ सर्वप्रथम सबैलाई हार्दिक अभिवादन । नेपालका समस्त व्यवस्थापन क्षेत्रका विज्ञहरुको साझा संस्था यस नेपाल व्यवस्थापन संघको २९औं राष्ट्रिय अधिवेशनमा तपाईहरुवीच उपस्थित भई सरकार र मेरा व्यक्तिगत धारणाहरु प्रस्तुत गर्ने अवसर मिलेकोमा मलाई अत्यन्त खुसी लागेको छ । ३० वर्ष पहिले स्थापित करिव १७०० जना सदस्य र करिव १८० संस्थागत सदस्य रहेको नेपालको विभिन्न आर्थिक, सामाजिक तथा प्रशासनिक क्षेत्रमा क्रियाशिल रही समग्र व्यवस्थापकीय क्षेत्रलाई व्यवसायिक र प्रतिपर्धात्मक बनाउन सहयोग गर्ने उद्धेश्य रहेको यस संघले आजको आधुनिक, समृद्ध र न्यायपूर्ण नेपालको निर्माणमा महत्वपूर्ण योगदान पु-याउन सक्नेछ भन्ने विश्वास लिएको छु । आज पुरस्कृत हुने रमा दाहाल पोखरेल र राजन सिंहलाई वधाई छ । अरु प्रतिस्पर्धीलाई पनि वधाई दिन चाहान्छु । पुरुषमा प्रथम, द्धितिय, तृतिय तर महिलामा प्रथम, द्धितिय घोषणा हुनुको कारण भने थाहा पाइृन । हामीकहां महिलालाई जेमा पनि विभेद गर्ने चलन छ । हामीकहां माथि उ ाउन खोज्ने र हात समात्ने भन्दा खुट्टा तान्ने प्रवृति, आफैं अगाडि जाने प्रवृत्तिले होकि किन हो । अहिले नेपालको वैदेशिक व्यापार बेदेशिक व्यापारको क्षेत्रमा केही समस्याहरु देखिएका छन् । वित्तीय क्षेत्रमा पनि केही समस्याहरु छन् । एकातिर नेपालमा सवैभन्दा बढी वेतनलिने व्यवस्थापकहरु वित्तीय क्षेत्रमै संलग्न हुनु र अर्को तर्फ नेपालको वित्तीय क्षेत्रमा विचलन र समस्या देखिनु सुखद संयोग पक्कै होइन । त्यसैले नेपालले. अहिले भोगिरहेका जल्दाबल्दा व्यवस्थापनकीय समस्याहरुको सही समाधान पत्ता लगाई सरकारलाई उचित सल्लाह र सुझाव दिनु तपाईहरुको प्राथमिक कर्तव्य हो भन्ने मैंले ान्छु । जसरी व्यवस्थापनको क्षेत्र फराकिलो छ त्यसैगरी कुशल व्यवस्थापनको महत्व पनि व्यापक छ । के राजनीति, के सार्वजनिक क्षेत्र, के निजी क्षेत्र अझ भन्ने हो भने परिवार, समूदाय र समाजको तहमा पनि व्यवस्थापन कौशलताको खााचो पर्दछ । व्यवस्थापकीय ज्ञान, सिप र क्षमताले नै अन्य उत्पादनका साधनहरुको दक्षतापूर्ण प्रंयोग गरी समूदाय, समाज र देशलाई बनाउन सकिन्छ । कुशल व्यवस्थापनको सवैभन्दा खााचो अहिले हामीलाई सार्वजनिक क्षेत्रमा परेको छ । सार्वजनिक क्षेत्रलाई राम्रोसाग व्यवस्थापन गर्न सकियो भने अरु क्षेत्रको विकास द्रुत गतिमा गर्न सहज हुने छ । त्यसैले व्यवस्थापन शिक्षा आर्थिक विकासको लागि पूर्वशर्त वा पूर्वाधार वा अनिवार्य आवश्यकता हो भन्ने म ान्दछु । सामाजिकरआर्थिक रप्रशासनिक क्षेत्र पनि व्यवस्थापकीय कौशलता भएन भने अरु श्रोत भएर पनि राम्रो नतिजा आउादेन । व्यवस्थापन राम्रो भए थोरैे साधनश्रोतको परिचालनबाट उत्कृष्ट परिणाम ल्याएको पनि देखिएको छ । अध्यक्ष र कार्यकारी प्रमुख पदमा २०५१ सालमा एमालेले पेशाविद् ल्याउने तथा अध्यक्षमा राजनीतिक नियुक्त गर्ने व्यवस्था ल्यायो । पार्टीभन्दा भिन्न पेशाविद् मान्छे छान्न दरखास्त लिईयो । नियुक्ति गरियो तर सरकार चलाउन नपाएका कारण उनीहरुको कार्य परिक्षण हुन सकेन । सायद कतिपयले राजिनामा दिनु परेहोला । जो जो छनोट भए ती राम्रो मान्छे आए भन्ने सुनियो । हाम्रा सरकारी उद्योग, कारखाना राम्ररी नचल्नुको कारण व्यवसायिक दक्षता भन्दा आफू र पार्टीप्रति प्रतिवद्धलाई जिम्मेवारी दिईएको कारण हो । क्रियाशिलता देखाउने र कुशल व्यक्तिलाई जिम्मेवारी नदिनेे प्रवृतिले गर्दा संस्थानको काम राम्रो भएन । म चाहन्थे तर अहिले सरकारले विज्ञापन गरेर संस्थान प्रमुख प ाउन नसके पनि कतिपय अवस्थामा संस्थानमा दक्ष व्यक्ति छनौट गर्ने प्रकृया शुरु भएको छ । एउटा व्यवसायिक घरानाले ले ४०।५० व्यवसायको अनुगमन गर्न र वेथिती रोक्न सक्छन् भने सरकारको यति ूलो पंक्ति हुादाहादै पनि किन सरकार संस्थानहरुको वेथिति रोक्न सकिएन । कारण खुवी नहुनु र मेरो भन्ने भावना नहुनु हो । त्यसकारण संग नको सरफलतामा व्यवस्थापनको ूलो महत्व छ । उत्तर कोरियामा प्रत्येक व्यक्तिलाई निश्चित पा ्रयक्रम अनिवार्य अध्ययन गर्नु पर्ने रहेछ । शिक्षा, स्वास्थ्य कुनै क्षेत्रको जिम्मेवारी पाउनु पूर्व केही तालिम लिनु पर्ने अनिवार्यता रहेछ । प्रधानमन्त्रीले पनि व्यवस्थापनको ज्ञान लिनु जरुरी छ । कामको प्राथमिकीकरण गर्न र विषयको जानकारी राख्न पनि तालिम आवश्यक रहेछ । इमान्दारीता, निष् ा र व्यवस्थापकीय खुवी भएमा साधनको अधिकतम उपयोग गर्न सकिन्छ । संवैधानिक परिषदको म अध्यक्ष छु । विपक्षी दलको नेता हुंदा म सदस्य थिए । त्यांहा गोजीबाट चीट निकाल्यो नियुक्ति गर्‍यो गर्ने चलन रहेछ । विज्ञको रोष्टर बनाउने र सोबाट पहिलो, दोश्रो र अन्तिम चरण गरी छनोट गर्ने र पास हुनेलाई मात्र नियुक्ति दिने भन्ने एउटा प्रक्रिया मैले शुरु गरेको थिए । एउटा क्षेत्रमा उत्कृष्ट हुने सवै क्षेत्रमा उत्कृष्ट नहुन सक्छ । आन्दोलन चलाउन सक्षम मान्छे सरकार चलाउन असक्षम पनि हुन सक्छ । २००७ साल देखि त्याग र योगदानका आधारमा राजनीतिक र प्रशासनिक पदमा नियुक्ति गरे । मूल्य तिर्दा देश र संस्थाहरुले पीडा भोग्दैछन् । चीनका सवै वरिष् नेताहरुमा राम्रो शैक्षिक योग्यता भएका छन् । भारतमा द्यभकत द्यचबष्ल लाई पार्टीमा ल्याइएको पाइयो । समाजलाई रुपान्तरण गर्ने खुवी भएका त्बभिलतक को खोजी हुनु पर्दछ । तपाईहरुले उत्कृष्ट व्यवस्थापक छान्ने क्रममा प्रक्रिया अगाडि बढाउनु भएको छ, त्यो राम्रो छ । छनोटलाई बढी गुणस्तरीय र वस्तुपरक बनाउनुहोस् । वातावरण मन्त्रालयमा सचिव छनोट त्यस क्षेत्रको विज्ञताका आधारमा गर्न मैले मन्त्रीलाई भनको थिएछनोेटमा नपरेकाले कुरा काटेको सुने । विभिन्न खुवी भएका मध्येबाट छान्ने प्रक्रियामा किन चित्त दुखाउने । लोकतान्त्रिक बढुवा भनेर हामीले प्रणालीलाई विगारेका छौ । दवावमा काम गर्ने, मन कमलो हो की विग्रेको हो, देश चलाउनु छ भने सवैलाई चित्त नवुझे पनि कदम चाल्न पाउनु पर्छ । उच्च मा.वि.का शिक्षकले चोर्न नपाएको कारण जुलुस निकाले रे । ती शिक्षकले पढाउने विद्यार्थी कस्तो होलान् । मैले चीट चोर्नेको फोटो खीचेर सार्वजनिक गरिदिनु भनी निर्देशन दिए । मेहनत गर्नुपर्छ, देश बनाउन आाट गर्नु पर्छ । प्रक्रियाबाट गुजि्रनु पर्दछ । उपयुक्त व्यक्ति उपयुक्त स्थानमा राख्ने व्यवस्था गर्नु पर्दछ । नेपालमा एउटा क्षेत्रमा एक जना लाग्यो भनेे सवै भेडा भै त्यतै लाग्ने प्रवृत्ति छ । वैंकिङ, वायुसेवा, वस, जग्गा कारोवार र डिपार्टमेन्टल स्टोर जहां भन्नोस् वजारलाई एकोहोरो छोड्न हुादैन । वजारको महत्व छ । नीति र राज्यको नियामक भूमिका आवश्यक छ । श्रोत वैकल्पिक क्षेत्रमा लगाउने, राज्यले अध्ययन पहिचान गरेर तुलनात्मक रुपले उन्नत क्षेत्रमा लगानी गर्न र मुनाफाको क्षेत्रवारे राम्रो अध्ययन गर्नेतर्फ प्रोत्साहित गर्नुपर्छ । नेपाल परिवर्तन र पूर्नसंरचनाको क्रममा अघि बढीरहेको छ । त्यसैले परिवर्तन र जनआकांक्षालाई समेट्न सक्ने गरी सार्वजनिक प्रशासनको समेत पुनः व्यवस्थापन गर्नु पर्ने खांचो छ । यस क्रममा नेपाल व्यवस्थापन संघले जनमुखी र नतिजामुखी व्यवस्थापन प्रणालीको विकास गर्न सार्वजनिक प्रशासन संयन्त्रलाई व्यवसायिकरण गर्ने कार्यमा ोस सुझाव दिने अपेक्षा मैले राखेको छु । म विपक्षी दलको नेता हुादा, उच्चस्तरीय शान्ति समितिको समस्या पनि थिए । त्यहाा कुरा आयो केही दक्षल्ााई सो समीतिमा नियुक्ति गर्ने तर त्याहा त गोजीबाट नाम निकाल्न थालियो । त्यो व्यक्तिको ज्ञान र क्षमता छ की छैन र उसको दक्षता के मा छ भन्ने तथ्यांक वा विवरण विना गरिएको नियुक्तिले के राम्रो नतिजा देला । त्यसैले म आफै मान्छेको छनौट गर्न लागे । नेपालजस्तो साक्षरता कम भएको जनसंख्याको ूलो हिस्सा गांउमा वस्ने तथा आर्थिक अवस्था कमजोर भएको मुलुकका लाखौं ग्रामीण जनतालाई न्यूनतम सार्वजनिक सेवा प्राप्त गर्न समेत क िन रहेको छ। सार्वजनिक सेवा प्रवाहलाई कसरी प्रभावकारी, कम खर्चिलो, जनमुखी र उत्तरदायी बनाउने भन्नेमा सरकारलाई ोस सुझाव सल्लाह दिन सक्नुपर्छ । त्यस्तो व्यवहारिक, वस्तुपरक र अनुसन्धानमा आधारित सुझाव प्राप्त भए सोको कार्यान्वयन गर्न सरकारले सम्भव सबै उपायहरु अवलम्बन गर्नेछ भन्ने विश्वास तपाईंहरुलाई दिलाउन चाहन्छु । मुलुकको परम्परागत प्रशासनिक संस्कारका राम्रा पक्षलाई संग ित र उजागर गराउदै नराम्रा वानी, व्यवहार र संस्कारमा परिवर्तन गर्ने तपाईहरुको अभियान प्रशंसनीय छ । यस संस्थालाई आजको दिनसम्म यस स्थितिमा ल्याइपुर्‍याउन पक्कै पनि सजिलो थिएन । यस कार्यमा जो जति व्यवस्थापनविद्हरुले योगदान पुर्‍याउनु भएको छ, वहाहरु सबै धन्यवादका पात्र हुनुहुन्छ । व्यवस्थापन एउटा गतिशिल कौशल हो । त्यसैले यसक्षैत्रमा नया नया प्रयोगहरु भैरहनु पर्दछ । सफल व्यवस्थापकहरुको सीको गर्ने वातावरण तपाईहरुले बनाउनुहोस । जवसम्म व्यवस्थापन क्षेत्रमा सवैभन्दा तीक्ष्ण्र दीमागहरु ९द्यभकत द्यचबष्ल० आकषिर्त हुदैनन्, तवसम्म त्यस्ता मुलुकको आर्थिक विकास पनि सम्भव छैन । सन् १९७० को दशक देखि नै सिंगापुर, अमेरिका, कोरिया, भारत, चीन र मलेसियाको विश्वविद्यालयमा सवैभन्दा आकर्षक बिषय ब्यवस्थापन रहृयो र व्यवस्थापन क्षेत्रको उच्च अध्ययनमा सबैभन्दा बढी प्रतिस्पर्धा हुने गरेको छ । ती मुुलुकमा अध्ययनका लागि सवैभन्दा प्रथम छनौटको विषय नै व्यवस्थापन रहने गरेको छ । जसरी नेपालमा प्राविधिक क्षेत्रमा नयाा प्रतिभाको आकर्षन बढेको छ, त्यसैगरी व्यवस्थापन पहिलो रोजाईको विषय हुन सकेमात्र विकासको गतिलाई तीव्रता दिन सकिन्छ । सरकारी सेवामा हालका बर्षहरुमा शैक्षिक स्तर सर्बोत्कृष्ट हुनेहरुकोे प्रवेश घट्दो छ । यो चिन्ताको विषय हो तर निजामति सेवामा व्यवस्थापन क्षेत्रका स्नातकहरुकोे वाहुल्यता भने रहेको छ । नेपाल व्यवस्थापन संघले हालसम्म गर्दै आएका विभिन्न क्रियाकलापहरु प्रशंसनीय छन् तर तपाईहरुले आˆना गतिविधिलाई अझ विस्तार गर्दै अनुसन्धानमूलक, व्यवहारिक र प्रतिस्पर्धात्मक व्यवस्थापन प्रणालीको निर्माण तथा विकासमा केन्दि्रत गर्न आवश्यक छ भन्ने मैले ानेको छु । सरकारका अहिले मुख्य दुइटा प्राथमिकताहरु छन् ः पहिलो, शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउनु र दोस्रो निर्धारित समयभित्र नया संविधान निर्माण गर्नु । यसका साथै सर्वसाधारण जनताको दैनिक चासो र सरोकारका विषयहरुलाई पनि त्यत्तिकै महत्वकासाथ सम्बोधन गर्नुपर्छ । अहिले सरकारले यही मान्यताका साथ आफूलाई अघि बढाइरहेको छ । सरकारको यस कार्यमा तपाइहरु सबैले सहयोग गर्नु हुनेछ भन्ने विश्वास लिएको छु । सहमति र सहकार्यका आधारमा यी लक्ष्यहरु प्राप्त गर्न हामी सक्षम हुनेछौ भन्नेमा म पूर्ण विश्वस्त छु । यस कार्यमा आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग पुर्‍याउन म यस संस्थासम्बद्ध सवै महानुभावहरुलाई आव्हान गर्दछु । आकास खस्छ कि पाताल भासिन्छ कि भन्ने भाव र नभनी गर्ने काम गर्नु पर्दछ । अयोग्यता वा नीजिस्वार्थलाई ध्यानमा राखेर कसैले खेलवाड गर्न हुादैन । संक्रमणकाल छोटो हुनु पर्दछ तवमात्र हामी आर्थिक क्रियाकलापमा र देश विकासमा लाग्न सक्नेछौ । यसर्थ सरकार संविधान निर्माण र शान्ति प्रकृयालाई टङ्गोमा पु.याउने कुरामा केन्दि्रत छ । अन्तमा, यस राष्ट्रिय अधिवेशनको पूर्ण सफलताको कामना गर्दै आफ्नो भनाइ यही अन्त गर्दछु । धन्यवाद । २२ माघ, २०६६ -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल ब्यवस्थापन संघको २९औ बाषिर्कसम्मेलनका अबसरमा आयोजित कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य ।
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्