Madhav Kumar Nepal

जनज्योती क्याम्पसको भवन शिलान्यास कार्यक्रममा चन्द्रनिगाहपुरमा व्यक्त गर्नुभएको मन्तव्य

कार्यक्रमका सभापति महोदय, मञ्चमा उपस्थित माननीय शान्ति तथा पुनःनिर्माण मन्त्री रकम चेम्जोङ, माननीय शिक्षा मन्त्री रामचन्द्र कुशवाह, मञ्चमा उपस्थित विशिष्ट महानुभावहरु, जनज्योती उच्च माध्यमिक विद्यालयका शिक्षकहरु, क्याम्पस प्रमुखलगायत सम्पूर्ण शिक्षक-शिक्षिकाहरु, विद्यार्थी भाइबहिनीहरु, वरीपरीका गाउँहरुबाट र नगरउन्मुख यस बजारबाट भेला हुनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरु ! मलाई खुशी लागेको छ । रौतहट जिल्लामा तपाईंहरुका बीचमा फेरि आउने मौका मिलेको छ । यस प्रांगनमा हाम्रा उद्घोषक यस उच्चमाध्यमिक विद्यालयका प्रमुखले भनिसक्नुभएको छ, यहाँ उत्पादन राम्रो भएको छ । यसरी यस उच्चमाध्यमिक विद्यालय बहुमुखी क्याम्पसको रुपमा विकास भई छुट्टै भवन शिलान्यास गर्ने सिलसिलामा म यहाँ आएको छु । तपाईंहरुले यस क्षेत्रमा शिक्ष्ााको निक्कै ूलो प्रचार प्रसार गर्नुभएको छ । हाम्रा बालबालिकाहरुलाई शिक्षाको उज्यालो घाम प्रदान गर्नुभएको छ । शिक्ष्ााको चेतना, आत्मनिर्भर बन्ने सन्देश, आत्मविश्वास पैदा हुने अबस्था, यी सबै तपाईंहरुले शिक्ष्ााको माध्यमबाट प्रदान गर्नुभएको छ । जनज्योती नाम आफैंमा विशिष्ट पहिचान बोकेको नाम हो । त्यसैले पनि यस विद्यालयमा न्ािक्कै ूलो संख्यामा विद्यार्थीहरु अध्ययन गर्ने गर्दछन् । बहुमुखी क्याम्पसमा पनि विद्यार्थीहरुको संख्या राम्रो भईसकेको छ । विद्यालयले पनि क्याम्पस निर्माणको आधार तयार गरेको छ । वरीपरीका गाविसहरुबाट ूलो संख्यामा विद्यार्थीहरु यहाँ पढ्न आउँछन् । तपाईंहरुले एउटा कुरामा ध्यान दिनुपर्छ । रौतहट जिल्ला चिट चोरीमा बदनाम हुँदैछ । तर, यो विद्यालय चिट चोरीमा बदनाम नहोस् । चिटबाट होईन, ज्ञानबाट परिक्षा पास गर्नुस् । शिक्षकहरुले चिट चोर्ने शिप सिकाउनु हुँदैन । चिट नचोरीकन पढाइमा ध्यान दिएर, ज्ञान आर्जन गरेर, दिमागको तीक्ष्णतालाई तीब्र बनाएर तपाईंहरुले परिक्षा पास गर्छु भन्ने आत्मविश्वास तयार गर्नुस् । नकरात्मक कुराहरु, मुर्दावादका कुराहरु, काला कुराहरु त्याग्नुस् । कालो झण्डाको प्रसंग फेरि आएको छ । जहाँ गयो कालो झण्डा । रातो झण्डा पो देखाउनुपर्छ । बरु धेरै रातो भयो कि भन्ने चिन्ता हुन्छ । त्यसकारण रचनाका कुराहरुमा, निर्माणका कुराहरुमा हातेमालो गर्नुपर्छ । विद्यालय एउटाका निम्ती होइन, गाउँका निम्ती, बालबालिका निम्ती, आफ्ना सन्तानका निम्ती हो । यस्तो कुरामा पनि बिरोध गर्ने कस्तो बानी ! कस्ता मान्छे हुन् सिकाउने ? त्यसकारण नराम्रो बाटोमा नलाग्नुस् । राम्रो संगत गर्नुस्, कुसंगत नगर्नुस् । समाजलाई सुन्दर र राम्रो बनाउनुपर्छ । आफ्नो आत्मा सुन्दर छ भने, मन सुन्दर छ भने वातबरण पनि सुन्दर हुन्छ । परिवारमा, समाजमा तपाईं, हामी सबैको कल्याण हुन्छ । त्यसकारण पढाईको गुणस्तरलाई राम्रो बनाउनुपर्छ । यस विद्यालयले आफूलाई नमूना विद्यालयका रुपमा प्रस्तुत गर्न सकोस्, रौतहट जिल्लाका अरु विद्यालले पनि जनज्योतीबाट सिकौं भन्न सकुन् । चिट चोर्न पाइन भनेर आन्दोलन गर्ने ! त्योभन्दा लाजमर्दो अरु केही हुन्छ ? केहीकेही जिल्लामा त्यस्तो भएछ । मैले सोध्न पाएको छैन, रौतहट जिल्लामा पनि यस्तो भएको छ कि छैन । 'भा' छैन भन्नुभयो मलाई खुशी लाग्यो । प्रधानमन्त्रीको जिल्लामा पनि चिट चोर्न पाइन भनेर आन्दोलन भयो भन्ने खबर आएको भए लाजमर्दो नै हुन्थ्यो । हामीले पनि पढेरै आएको हो । तपाईंहरु जस्तै गाउँको सामूदायिक विद्यालयमा बोरा र पाटी बोकेर हिँडिन्थ्यो । त्यसरी पढेको हुँ । मेहनत गरेको हो । अरुका अगाडि लुरुक्क परेर होईन, शीर ाडो पारेर बाँचेको छु । किन शीर ाडो पार्ने ? जब तपाईंले कुनै गल्ती गर्नुहुन्न तपाईंको शीर निहूँरिदैंन । त्यसकारण नबिराउने, नडराउने । गल्ती नगर्नुस्, डर पनि लाग्दैन । गल्ती गर्नुहुन्छ, आफ्नो नजिक अरुको छायाँ पर्ने बित्तिक्कै डर लाग्छ । सपनामा पनि डर, विपनामा पनि डर हुन्छ । गल्ती गर्नुभएन भने कसैकासामू झुक्नुपर्ने आवश्यकता पर्दैन । मैले हिजो बेलुकी मात्रै अरुसँग त होईन आफ्नै श्रीमतीसँग कुरा गरेको थिएँ । होइन यो देश बनाउनका लागि के गर्नुपर्ला ? देश बनाउन सकिन्छ । नौ महिनाको अनुभवका आधारमा मैले भन्ने हो भने यो देश मज्जाले बनाउन सकिन्छ । देखिएका सबै बाधा अबरोध पन्छाउन पनि सकिन्छ । भ्रष्ट्राचार, दुराचार, अनुशासनहीनता, यी सबै कुरा ीक पार्न सकिन्छ । आफ भला त जग भला । आफंै भला छैन भने जग भला हुन सक्दैन । तपाईं गल्ती नगर्नुहोस्, तपाईंको सामू कसैले पनि आँखा तन्काएर हेर्न सक्दैन । त्यसैले यो देश बनाउन हामी सबै मिलेर अगाडि बढ्नुपर्छ । धेरै कुरा सम्भव देखिन्छ । हामीभित्र संसारमा रहेका १ अर्ब बुद्धमार्गीहरुको पवित्र बुद्धको तिर्थस्थल छ । १ अर्ब बढी हिन्दू धर्मालम्वीहरुको पवित्रस्थल पशुपतिनाथ र मुक्तिनाथ पनि नेपालमै छ । दर्शन गर्नका लागि मात्रै पर्यटकहरुको ताँती लाग्न सक्छ । नेपालमा पर्यटकहरु ५० लाख आउनुपर्ने हो । आज ५ लाख पयर्टक आउँदा पन्ध्र लाखले रोजगारी पाएका छन् । २५ लाख पयर्टक आए भने ७५ लाखले रोजगारी पाउँछन् । एकजना पयर्टकले ३ जनाका लागि रोजगारी सिर्जना गर्छ । किसानको खेतमा फल्ने तरकारी होटलले किन्छ । फुलहरुको व्यबसाय गर्नुभएको छ भने पयर्टकहरुलाई बिक्री गर्न सक्नुहुन्छ । कुखरा पाल्नुभएको छ भने अण्डा होटलले किन्न सक्छ । होटल मात्रै होइन, पयर्टकहरुका लागि नै जनशक्ति आवश्यक पर्छ । स-साना पसलहरु पनि बिस्तार हुनसक्छ । सबै चिजको खपत हुन्छ । विदेशी मुद्रा आम्दानी हुँदा देशको आम्दानी पनि बढ्छ । विकास हुन्छ । हामीकँहा जलश्र्रोतको भण्डार छ । अहिले ८६ हजार मेगावाट उत्पाद गर्नसक्ने क्षमता नेपालमा छ । मेरा दुई लक्ष्य छन्- मध्यपहाडी राजमार्ग र हुलाकी राजमार्ग निर्माण गर्ने । हुलाकी राजमार्ग निर्माणमा सहयोग गर्ने भारतले प्रतिबद्धता जनाइसकेको छ । सम्झौता भइसकेकाले अब काम अगाडि बढ्छ । दोस्रो, मध्यपहाडी राजमार्ग सुरु गर्ने । यो सुरु हुने बितिक्कै धेरै नदी र खोलाहरुबाट बिजुली निकाल्न सकिन्छ । नेपालमा एकलाख भन्दा बढी मेगावट बिजुली उत्पादन गर्न सकिन्छ । बिजुलीबाट कारखाना खोल्न सकिन्छ, सबै ाउँ झिलीमिली बनाउन सकिन्छ । विदेशमा निर्यात गरेर मुद्रा आर्जन गर्न सकिन्छ । त्यस सिलसिलमा थुप्रै इन्जिनियरहरु र श्र्रमिकहरुलाई रोजगारी पनि दिन सकिन्छ । यहीँ नजिकै निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउने काम सुरु हुन गइरहेको छ । आयोजनाको विस्तृत अध्ययन भइरहेको छ । टेण्डर आव्हान गर्न गइरहेका छौं । का माडौंबाट निजगढ जोड्ने फास्ट ट्रयाक रोडको काम नेपाली सेनाले सुरु गरिसकेको छ । अब निजगढबाट एक घण्टामा का माडौ. पुग्न सकिन्छ । का माडौंमा मेलम्चीको पानी ल्याउन सुरुङ मार्ग खन्ने काम सुरु भइसकेको छ । पोखरा विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने काम सुरु भइसकेको छ । लुम्विन्ाीमा क्षेत्रीय विमानस्थल बनाउन एडिबीसँग समहमति भइसकेकाले अब त्यसको पनि काम अगाडि बढ्नेछ । पोखराबाट लुम्विनीसम्म अर्को फास्ट रोड बनाइने छ । का माडौंबाट पोखरा, पोखराबाट लुम्बिनीबाट, चितवन, चितवनबाट निजगढ, निजगढबाट का माडौं जोडेपछि नयाँ रिङरोड तयार हुनेछ । रौतहटमा वागमती पुल बनाउने बजेटमा प्रस्ताव गरेका छौं । तर मेरै गाउँबाट हुनुपर्छ भनेर कसैले पनि झगडा गर्नु हुँदैन । सर्लाही जोड्ने त्यो पुल कहाँ बनाउँदा उपयुक्त हुन्छ, त्यहीँ काम बनाउनुपर्छ । वागमतीका साथै बखडामा पनि पुल निर्माण गर्नुपर्छ । विकास निर्माणको काममा भ्रष्ट्राचार र ढिलासुस्ती भएको छ भने उजुरी दिनुहोस्, कारबाही गरिनेछ । काम सक्नेले ेक्का लिने हो, नसक्नेले लिने होइन । यहाँ त जसले पनि ेक्का लिन्छ । गौरको बाटो निर्माण गर्न ेक्का लिए । तर, अहिलेसम्म काम सम्पन्न हुन सकेन । ढिलो गर्ने अनि भेरियसन-क्षतिपूर्ति) लिने, कस्तो बिडम्बना ! ढिलो गरेपछि सरकारले पैसा थपिदिनुपर्ने । छिटो गरेपछि दिनुपर्ने होइन । भारतमा ढिलो गर्दा जरिवाना तिर्नुपर्छ । नेपालमा ढिलो गरेपछि भेरियसन अर्डर गरेर फेरि पैसा दिईन्छ । त्यसपछि प्राविधिक र ेकेदारहरु मिलेर भागशान्ती जय नेपाल ! यो स्थिति बन्द गर्नुपर्छ । काम सयममा नगर्नेलाई थप पैसा दिने होईन कारबाही गर्नुपर्छ । दण्डित गर्नुपर्छ । समयभन्दा अघि नै काम सम्पन्न हुनुपर्छ । तर गुणस्तरीय काम हुनुपर्छ । तुलानात्मक रुपमा सस्तो हुनुपर्छ । यसरी काम अगाडि बढाउनुपर्ने आवश्यकता छ । आज हामीले शहीद पार्कको शिलान्यास गरेका छौं । रौतहट जिल्लाले यो महत्वपूर्ण मौका पाएको हो । यसका लागि आउने रकम सरकार दिनका लागि तयार छ । तर सबै पैसा निर्माणका लागि खर्च हुनुपर्छ । कसैले कमिसन खाएर सक्नु भएन । नक्कली काम गर्नुभएन । बिल मात्रै बनाउने काम गर्नु भएन । उपभोक्ता र जनताको निगरानी हुनुपर्छ । प्रत्येक हिसाबकिताब पारदर्शी हुनुपर्छ । के कामका निम्ती रकम खर्च गरियो, लेखेर टाँस्नुपर्‍यो । जसलाई पनि स्पष्ट रुपमा खर्च बताउन सक्नुपर्छ । खर्च भयो, काम सम्पन्न गर्नुभयो, तपाईंले मुनाफा पनि पाउनुहुनेछ । तर, अन्तराष्ट्रिय नियम अनुसार । जाली काममा कोही पनि सहभागी हुनुहुँदैन । त्यसैले प्रत्येक जिल्लामा कामका निम्ती तीनवटा निकायलाई जिम्मेवार बनाउन लागिएको छ । एउटा, सिडिओ, दोस्रो, एलडिओ, तेस्रो, जुन निकायको काम हो त्यस निकायको प्रमुख व्यक्ति । शान्ति सुरक्षा छ भने एसपी, डिएसपी, विकास निर्माण छ भने सिडिओ, एलडिओ र सम्बन्धित निकायको प्रमुख व्यक्ति । यस्ारी अगाडि बढियो भने जिम्मेवारी पनि बोक्ने, राम्रो काम गर्दा प्रशंसा पाउने र नराम्रंो गर्दा दण्डित पनि हुने । यसरी हाम्रो प्रशासनलाई चुस्त र दुरुस्त बनाउन सकिन्छ । अवश्य पनि पहिलो दोष प्रशासनलाई जाँदैन, राजनीतिक तहमा जान्छ । नेताहरु भ्रष्ट भएकाले प्रशासनयन्त्रमा बस्नेहरुलाई भ्रष्ट्राचार गर्न सजिलो भएको छ । प्रशासन भ्रष्ट भएको हुनाले सबै काममा चौपट हुने, ढिलासुस्ती हुने स्थिति बनेको छ । तर पनि कोही जिम्मेवार हुँदैन । एउटाले अर्कोलाई पन्छायो, उपलब्धि केही देखिदैंन । त्यसकारण भ्रष्ट्राचार निर्मूल गर्ने निकाय अख्तियारदेखि अदालतको पनि सहयोग चाहिन्छ । मुलुकलाई राम्रो बनाउन अदालतले पनि सहयोगी भूमिका खेल्नुपर्छ । त्यसैले यस जिल्लाको सन्दर्भमा मैले तपाईंहरुको बीचमा पटकपटक चर्चा गरेको छु, सबैभन्दा मेरुदण्ड भनेको गौर-चन्द्रनिगाहापुरको बाटो हो । यो बीच बजारबाट जान्छ । तर फराकिलो हुनुपर्छ । यो बाटो दुई लेनको बाटो हुनुपर्छ । अर्को समानन्तर बाटो सन्तपुरबाट पिपरभैयाहुँदै गौर पुग्छ । त्यस्तै अरैयाबाट पनि बाटो जानुपर्छ । यसरी रौतहटको उत्तर, दक्षिणहुँदै तीन बाटो समानन्तर रुपमा जानेछ । बीचबीचमा जोड्ने शाखा बाटो बनाउने काम पनि अगाडि बढाउनुपर्छ । रौतहट जिल्लामा विकासको लहर फैलाउनुपर्छ । अर्को आजै हामी गौरमा गौर नर्सिङ क्याम्पसको शिलान्यास गर्न गइरहेका छौं । रौतहट जिल्लाले मौका पाएको छ । त्यसैले म सबैको तर्फबाट धन्यवाद दिन चाहान्छु । चन्द्रनिगाहापुरमा जनज्योती क्याम्पसमा भवन निर्माण हुन गईरहेको छ । सरकारको तर्फबाट सहयोग उपलब्ध गराउनेछु । तपाईंहरुको पनि सहयोग चाहिन्छ । शिक्षा मन्त्रालय, स्थानीय विकास मन्त्रालय र अन्य मन्त्रालयहरुको सहयोग र तपाईंहरुको सहयोगबाट भवन निर्माण गर्नुपर्छ । यहाँका जनतालाई सेवा र सुविधा उपलब्ध गराउनुपर्छ । हिजो म साक्षरता अभियान सुरु गर्न फर्पिङ पुगेको थिएँ । त्यो सानो ाउँको एउटा सानो जग्गामा एकातर्फ स्वास्थ्यचौकी छ । अर्को ाउँमा पुस्ताकलय छ । तेस्रो ाउँमा शिप विकास केन्द्र, चौथो ाउँमा खुल्ला विद्यालय थियो । पाचौं ाउँमा वाचनलय थियो । त्यति सानो ाउँमा ६ वटा गाविसका मान्छेहरु आउँदा रहेछन् । का माडौंबाट त्यहाँ जाँदा पनि कम मूल्यमा सबै सेवा प्रदान गर्ने । फर्पिङले नै संकल्प गरेछ, ६ वटा गाविसबाट निरक्षरता उन्मूलन गर्ने,'तीन महिनाभित्र सबै गाउँलाई साक्षर गाविसका रुपमा घोषणा गर्छौं ।' रौतहट जिल्लामा पनि त्यस्तै अभियान अगाडि बढाउनुहोस्, यो गाउँ, ईल्ााकालाई साक्षर ईलाका घोषणा गरेर अगाडि बढ्न तयार छौं भन्ने प्रतिबद्धता व्यक्त गर्नुहोस् । तपाईंहरु घोषणा गर्नुहोस, नेपाल सरकार सहयोग गर्न तयार छ । रौतहट जिल्लाका गाउँमा एक जना पनि निरक्षर नहुन् । अवश्य पनि जो ६० नाघिसके, उनीहरुका बारेमा भन्न सकिन्न । तर, त्यस उमेरभन्दा तलका सबै साक्षर हुनुपर्छ । सकेसम्म बुढाबुढीहरु पनि पढ्न ईच्छुक भए भने राम्रै हुन्छ । त्यसैले साक्षरता अभियान हामीले सफल पार्नुछ । संसारका सामू किर्तीमान कायम गर्न सके नेपाल शिक्षित देशका रुपमा परिचित हुनसक्छ । रौतहट गौरमा नर्सिङ क्याम्पस स्थापना हुन गइरहेको छ । मैले १० बिघा जमिन खोजिरहेकेा छु । यदी जमिन उपलब्ध भयो भने प्राविधिक शिक्षालय स्थापना गर्ने सोच राखेको छु । तर, जग्गा चाहिन्छ । जग्गा उपलब्ध गराउनुहोस्, गौरले उपलब्ध गराए गौरमा, गरुडाले उपलब्ध गराए गरुडामा, चन्द्रनिगाहापुरले उपलब्ध गराए चन्द्रनिगाहापुरमा स्थापना हुनेछ । वास्तबमा धेरै काम गर्न सकिने अबस्था छ । मैले भनेँ, कामप्रति सबै इमान्दार हुनुपर्छ । रौतहट जिल्लाका जनताले विकासका अवसर प्राप्त गरिरहेका छन् । रकमको राम्रो सदुपयोग गर्न सक्ने हो भने स्रोत-साधनको परिचालन गर्न सकिन्छ । रौतहट जिल्लामा गरिबी निवारणको काम पनि अगाडि बढिरहेको छ । रकम जनताले पाएका छन् कि छैनन् । यहाँका प्रत्येक गाउँमा बिभिन्न संघसंस्था कार्यरत छन् । प्रत्येक गाउँमा नेपाल सरकारको कार्यक्रमलाई एउटै ढाँचामा संचालन गर्नुपर्छ । सरकारी, गैरसरकारी, निजी तहबाट कतिवटा परियोजनाहरु आएका छन् ? कति रकम खर्च भइरहेका छन् भन्ने कुराको अनुगमन गर्न सकिन्छ । मूल्यांकन गरिएपछि राम्रो गर्ने विद्यालयलाई पुरष्कृत गर्न सकिन्छ । राम्रो गर्ने संस्था, व्यक्तिलाई पुरष्कृत गरिनेछ । त्यसकारण यो विद्यालय प्रांगनमा क्याम्पस भवन निर्माण गर्न सुरु गर्नुभएकाले वरीपरीका गाउँका जनताले दिल खोलेर सहयोग गर्नुपर्छ । नेपाल सरकारको तर्फबाट तपाईंहरुको होस्टेमा हैंसे गर्ने मात्रै होइन, सकेको सहयोग गर्नेछ । अन्य ाउँबाट पनि सहयोगको वातबरण सिर्जना गर्न सकिन्छ । तर, मूल कुरा भनेको जनताको पहल हो, शिक्षक, विद्यार्थी र अभिभावक सबैको मेहनत हो । सामूहिक मेहनत र सबै राजनीतिक दलको सहयोगबाट यो क्षेत्रलाई राम्रो नगरपालिकाका रुपमा अगाडि बढाउनुहोस्, रौतहट जिल्लालाई अगाडि बढाउने काममा भूमिका खेल्नुहोस् । सिंगो राष्ट्रलाई अगाडि बढाउने काममा भूमिका खेल्नुहोस् । यीनै कुराहरु राख्दै म आफ्नो मन्तव्य यहीँ टुंग्याउँछु, धन्यवाद, नमस्कार ! -सम्माननीय प्रधानमन्त्रीज्यूले २०६६, फागुन २ गते रौतहटको चन्द्रनिगाहापुरमा जनज्योती बहुमुखी क्याम्पसको भवन शिलान्यास कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य । )
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्