Madhav Kumar Nepal

जुडिवेला रौतहटमा शहीद पार्क शिलान्यास कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य

जुडिवेला रौतहटमा शहीद पार्क शिलान्यास कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य कार्यक्रमका सभापति महोदय, मञ्चमा उपस्थित हुनुभएका माननीय शान्ती मन्त्री कमरेड रकम चेम्जोङ, माननीय शिक्षा मन्त्री रामचन्द्र कुशवाह, उपस्थित आदरणीय महानुभावहरु, आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरु ! नयाँ सरकार निर्माण भएपछि हामीले नयाँ कार्यक्रम ल्याउने सिलसिलामा केही परियोजनाहरु रौतहट जिल्लाका निम्ति पनि छुट्याएका थियौं । ती परियोजनाहरुमध्ये यस ाउँमा शहीद पार्क निर्माण गर्ने रहेको छ । देशभरीका केही ाउँमा मात्रै शहीद पार्क निर्माण गर्ने निर्णय हामीले गरेका थियौं । त्यसमध्ये रौतहट जिल्ला पनि भाग्यशाली जिल्लाभित्र पर्दछ । जसले एउटा शहीद पार्कको स्थान निर्माण गर्ने अवसर प्राप्त गरेको छ । बिभिन्न जिल्लामा मान्छेहरु शहीद भएका छन् । २००७ सालको क्रान्तीताका, निरंकुश पञ्चायती व्यबस्थाविरुद्धको आन्दोलनमा, २०४६ सालको आन्दोलनमा र २०६२-६३ को आन्दोलनमा धेरै शहीद भएका छन् । मद्येस आन्दोलनमा र बिभिन्न आन्दोलनमा मान्छेहरुले आफ्नो जीवन वलिदान गरेका छन् । परिवर्तनका निम्ती, नेपाली जनताको हीत र कल्याणका निम्ती, जनताको जीवनमा रहेका सबै किसिमका बिभेद र असमानताहरु समाप्त हुन्, दुःख, कष्टले जीवन बिताइरहनु परेको अबस्थामा सुधार होस् भन्ने उद्देश्य राखेर न्याय र स्वतन्त्रताका लागि स्वाभिमानका लागि जसले जीवनको आहूती दिए, उनीहरु अत्यन्तै श्र्रद्धा र सम्मानका पात्र हुनुहुन्छ । उहाँहरुलाई नै हामी आदरणीय शहीद भन्छौं । उहाँहरुले प्राणको आहूति दिनुभयो, आफ्ना सन्ततीहरुका लागि । उहाँहरुको प्रेरणाले हामी हिम्मतका साथ मिलेर एकताबद्ध भएर सामाजिक परिवर्तनका लागि अगाडि बढ्छौं र बढ्नुपर्छ । हाम्रो देशमा बिभिन्न जातिका जनताहरु छन् । सबैको बीचमा एकता हुनुपर्छ । शहीदहरुले एकता, मेलमिलाप र सद्भावको सन्देश दिएर गएका छन् । हाम्रो जीवन दुःखी र कष्टप्रद बनाउनका लागि होइन, जीवनलाई सुःखी बनाउनका लागि, भविष्य सुन्दर बनाउनका लागि । हाम्रा सन्तानहरु त्यतिकै विदेशका गल्लीहरुमा भौंतारिनुपर्ने स्थिति नहोस् भन्नका लागि, आफ्नो देशमा रहेको साधन र स्रोतको उपयोग गर्नका लागि । यो दिशामा अगाडि बढ्न हामीलाई उहाँहरुले बाटो देखाउनुभएको छ । स्थानको हिसाबले यो स्थान उपयुक्त छ कि छैन मलाई चिन्ता लागेको छ । कतै पार्कको महत्व बुझ्नु हुन्न कि भन्ने चिन्ता लागेको छ । म पार्कका इलाकाहरुमा मन्दीर र अन्य कुराहरु निर्माण गर्न दिने पक्षमा छैन । मलाई त थाहा पनि थिएन, तपाईंहरुले यहीँ स्थान किन चयन गर्नुभयो ? अर्को ाउँमा खोज्नुहोस् वस्तीको बीचमा । चन्द्रनिगाहापुरमा सम्भव छैन भने गरुडामा म गरुँला । तर ीकै छ । हिंसा र आवेग भएको ाउँ नजिकै छ । जुन ाउँको महत्वलाई माथि उ ाउनका लागि, सुन्दर पार्क निर्माण गर्नका लागि । राम्रो मन्दीर बनाउनका लागि मैले भन्ने गरेको छु नुनथरमा १५ फिटको अग्लो महादेवको मूर्ति स्थापना गर्नुपर्छ । काम अझै अगाडि बढेको छैन भने गरिहाल्नुहोस् । वागमती नदीसँगै रहेको त्यस ाउँमा १५ फिटको महादेवको मूर्ति राख्नुहोस् महत्व आफैं बढ्नेछ । राजमार्गबाट हेर्दा पनि नुनथरमा अग्लो ाउँमा अग्लो महादेवको मूर्ति मान्छेहरुले देख्न पाए भने रमाईलो आकर्षक बन्नेछ । पार्कमा कुरा गरेर बस्दा पनि मान्छेको आयू बढ्छ, यहाँको वातबरण सुन्दर छ, शरीर स्वस्थ हुन्छ । त्यस ाउँमा काम अगाडि बढाउन पनि मैले धेरै कोशिस गरिरहेको छु । तर, तपाईंहरु होस्टे र म हैंसे सहित अगाडि बढ्नुपर्छ । मैले त हैंसे मात्रै गर्ने हो । तपाइर्ंहरुले पाईला अगाडि बढाएपछि मैले पाईला थपिदिने हो । कामै अगाडि बढाउनुभएन भने मैले कति पटक थेगिराख्ने ? अर्को यस ाउँमा शहीदहरुको सम्झनामा शहीद पार्क बन्न गइरहेको छ । यसको नक्सा रौतहट निवासी राजन काफ्ले तीन-चार प्रकारको तयार पार्नुभयो । ती मध्ये एउटा नयाँ खालको लाग्यो । अरुले हेर्दा पनि प्रशंसा गर्न सकुन् । ईंटा,ईंटा थपेको । तर, बिचार गर्नुहोला ईंटा भनेको चट्टान हुनुपर्छ है ! नत्र यो खुल्ला ाउँमा आँधी-हूरी आउला, भत्काइदिएला । त्यसकारण तलमाथि नगरौं । बालुवा मात्रै राखेर बनेको, भोलिपल्ट ढाल्ने खालको ेकेदारलाई कामको जिम्मा नदिनुस् । त्यस्तो कहिल्यै नहोस् । आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरु सबैले राम्ररी हेर्नुपर्छ है ! राम्रो बालुवा राखेको छ कि छैन, बालुवको साटो माटो पो राखिदिएको छ कि, आँधी-हूरी जे आए पनि चट्टान झैं उभिन सक्ने किसिमको पार्क निर्माण गर्न सक्यौं भने यो सँधैभरीका लागि सम्झनाको प्रतीक हुनेछ । यस ाउँमा हामीले महिला र पुरुषले कसरी जीवनको आहूति दिए, त्यसको प्रतीकको रुपमा राख्दा उपयुक्त हुन्छ । यसलाई विम्ब र प्रतिबिम्ब झल्किने पार्क बनाईनेछ । पार्कको क्षेत्रलाई कसैले मिच्ने स्थिति नबनोस् । पुरै जग्गाको सदुपयोग गर्नुस्, खाली ाउँमा रुख रोपिदिनुस् । केही ाउँमा सुन्दर बगैंचा र बस्ने ाउँहरु, समय बिताउने ाउँहरु बनाउनुहोस् । सबै जग्गा शहीद पार्कका रुपमा सँधै सुरक्षित होस् । भवन बनाउने काम नहोस् । पार्कको वाहनामा छलफल गर्ने, बस्ने कार्यालय नहोस् । यसलाई नितान्त पार्कको रुपमा मात्रै उपयोग गर्नुपर्छ । रौतहट जिल्लामा जति प्रकारका रुखहरु छन्, ती सबै रोप्नुस् । वन क्षेत्रमा आगमनमा कडाई गरियो भने त्यसपछि वन पनि सुरक्षित, पार्क पनि सुरक्षित हुन्छ । आन्दोलनमा रौतहट जिल्लाबाट शहीद हुनेहरु सबैको प्रतीकात्मक रुपमा राख्न सकिन्छ भने मूर्ति पनि राख्न सकिन्छ । ाउँ ाउँमा ७ सालका शहीदहरु, १७ सालपछिका शहीदहरु र किसान आन्दोलनका शहीदहरु, सबैका बारेमा राख्न सक्छौं । त्यसकारण अत्यन्तै ूलो मौका तपाईंहरुले पाउनुभएको छ । पन्ध्र- वीस लाख रुपैँया खर्च लाग्ला । तर सुन्दर बनाउनु पर्‍यो भने थप पैसा पनि लाग्न सक्छ । तर, पैसा काममा खर्च हुनुपर्‍यो । पैसा खान र सिध्याउनका लागि होईन, काममा उपयोग गर्नका लागि । त्यसकारण आजैदेखि तपाईंहरुले पाईपाईको हिसाब गर्नुस् । काम गर्दाखेरी श्र्रम गर्नेले लिनसक्छ । किसानको पनि आम्दानी हुन्छ । राम्रो संरचना बनाउन सकिन्छ । रौतहट जिल्लामा आजै नर्सिङ कलेजको पनि शिलान्यास हुँदैछ । शिक्षा मन्त्री आउनुभएको छ । शहीद पार्कका लागि शान्ती मन्त्री आउनुभएको छ । छिटो शिलान्यास गरी हालौं भनेर उहाँले ताकेता गरिहाल्नुभयो र आज हामी शिलान्यास गर्न गइरहेका छौं । अर्को दश विघा जग्गा पाइयो भने ३५ करोड रुपैंयाको परियोजना ल्याउने बिचार मैले गरिरहेको छु । कतिपय सहयोग गर्न पनि तयार देखिएका छन् । तर जग्गा त चाहियो । जग्गाकै भाऊ बढाइयो भने आयोजना अन्तै जान सक्छ । यदी लाभ लिनुछ भने केही त्याग पनि गर्नुपर्छ । तपाईंहरुले त्याग गर्नुभयो भने बल्ल सन्तानहरुको भविष्य पनि सुन्दर हुनसक्छ । त्यसैगरी आजै हामी चन्द्रनिगाहपुरको कलेजको भवनको शिलान्यास गर्न गइरहेका छौं । रौतहट जिल्लामा अरु पनि योजना निर्माण हुन गइरहेको छ । वाग्ामती नदीमा पुल बनाउने । पुल बनाउने भन्दा भन्छन्- मेरै गाउँमा पुल चाहियो । भोलि भन्लान्,, मेरो घरबाटै बनाउनुपर्‍यो । कति वटाको घरमा बनाउने ? सबैले कुरा बुझ्नुभयो भने पुलको पनि शिलान्यास गर्न पाइन्छ । गौरबाट वीरगञ्जसम्मको छोटो बाटो पनि बनाउन खोजिरहेका छौं । यसरी यो जिल्लालाई विकासको दिशामा अगाडि बढाउने प्रयासमा छौं । आजै रौतहट जिल्लाका लागि गरिवी निवारण कोषको कार्यक्रम अगाडि सार्न गइरहेका छौं । जुडेवेला, पैरही पर्छ कि पर्दैन मलाई थाहा छैन । हिजो फागुन १ गते निरक्षरता उन्मुलनका लागि साक्षरता अभियान सुरु गरेका छौं । का माडौंका ६ वटा गाविसले, ती सबै गाविसका नागरिक समाजले ३ महिनाभित्र निरक्षरता उन्मूलन गर्ने हामीलाई बचनबद्धता जाहेर गर्नुभएको छ । तपाईंहरुले पनि यस गाउँलाई निरक्ष्ारता उन्मूलन गाउँ बनाउनुस् । निरक्षता उन्मूलनका लागि सबैले पहल गर्नुपर्छ । भोलि स्वच्छ गाउँ पनि बनाउन गइरहेका छौं । त्यसैगरी बेरोजगारी अन्त्य गर्नेगरी अगाडि बढ्दै प्रत्येक गाउँलाई नमूना गाउँको रुपमा विकास गछार्ंै्रं । यी सबै कुराहरु गर्न तपाईंहरुको सक्रियता चाहिन्छ, तत्परता चाहिन्छ । हामी पनि तपाइर्ंंहरुसँग हातेमालो गर्दै अगाडि बढ्नेछौं । यो पार्कको निर्माणपछि जुडिवेला रौतहट जिल्लाको मात्रै होइन, नेपाली जनताको नासो हुनेछ । त्यसकारण पार्क राम्रो, सुन्दर बनाउनुपर्छ । सबै एकपटक हेर्न आउने स्थिति बनाउनुपर्छ । यो काम छिट्टै सम्पन्न गर्नुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दै मन्तव्य यहीँ टुंग्याउँछु, धन्यवाद ! -सम्माननीय प्रधानमन्त्री मााधवकुमार नेपालले २०६६, फागुन २ गते रौतहटको जुडिवेला गाविसमा निर्माण हुन लागिरहेको शहीद पार्क शिलान्यास कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य ।)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्