Madhav Kumar Nepal

मदन भण्डारी स्मृति प्रतिष् ानले आयोजना गरेको कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य

कार्यक्रमका अध्यक्ष कमरेड विद्या भण्डारी, मञ्चमा उपस्थित विशिष्ट अतिथिहरु, आदरणीय महानुभावहरु तथा सम्पूर्ण साथीहरु ! मदन भण्डारी स्मृति प्रतिष् ानले 'तस्वीरमा मदन भण्डारी' पुस्तक प्रकाशित गरेर अत्यन्त महत्वपूर्ण काम गरेको छ । यस्तो जीबन्त पुस्तक प्रकाशन गरेर जनसमक्ष ल्याएकोमा प्रतिष् ानलाई म हार्दिक धन्यवाद दिन चाहान्छु । समय धेरै ढिलो भइसकेको छ त्यसैले धेरै लामो समय लिने पक्ष्ामा म छैन । वास्तबमा स्वर्गीय कमरेड मदन भण्डारीको स्मृतिलाई तरल र ताजा राखिरहन प्रतिष् ानले बिभिन्न काम गर्दै आएको छ । यसै सिलसिलामा पुस्तक प्रकाशित गरेर उहाँको जीवनको वहुआयमिक पक्षलाई उजागर गरेको छ । चित्रसहितको पुस्तकले उहाँको स्मृतिलाई ताजा बनाएको छ । प्रतिष् ानले संग्राहलय स्थापना गरेको छ, लोकतान्त्रिक आन्दोलनमा शाहादात प्राप्त गर्ने शहीदहरुको सम्झनामा बिभिन्न काम गर्ने योजना बनाएको छ । यसका लागि म उहाँहरुलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहान्छु । पुस्तक मेरो हातमा परेपछि मैले पाना पल्टाउँदै हेर्न थालेँ, घोत्लिएँ । मित्र हृदयसजीको पनि त्यसैमा ध्यान गयो । म त हेर्दाहेर्दै पुरै हराएँ । मेरो उहाँसँग लामो सहकार्य रह्यो । २०३५ सालदेखि २०५० सालसम्म, अर्थात् १५ वर्ष लगातार मैले उहाँसँगको सहकार्य थियो । २०३५ सालमा तत्कालिन कोअर्डिनेसन केन्द्र र रातो झण्डा समुहबीचको वार्ता मेरै संलग्नतामा उहाँसँग टुंगिएको थियो । त्यसयताको निरन्तरको घटनाक्रम मैले सबै सम्भिmएँ । तस्बिरहरुमा घोत्लिने क्रममा म त्यतै हराएँ । आफ्नै तस्बिर पनि चिन्ने प्रयास गरेँ । तपाईंहरुलाई पनि तस्बिरमै घोत्लिए जस्तो लाग्यो होला । वास्तबमा धेरै तस्बिरहरु खिचिएका छन् उहाँका । संकलकहरुले धेरै मेहनत पनि गर्नुभएको छ, धेरै फेला पार्ने प्रयत्न गर्नुभए पनि सबै फेला परेका छैनन् होला । कतिपय अन्य सन्दर्भका फोटाहरु पनि भइदिएको भए झन् कस्तो हुन्थ्यो होला भन्ने पनि मलाई लाग्यो । मदन भण्डारी असाधरण व्यक्तित्व हुनुहुन्थ्यो । भारतको कलकत्तामा आयोजित अन्तराष्ट्रिय कम्युनिष्ट सेमिनारमा उहाँले 'जनताको बहुदलीय जनवाद' को अत्यन्तै सुन्दर र सटिक व्याख्या गर्नुभएको थियो । त्यहाँ भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका ज्योती बसुलगायत पनि हुनुहुन्थ्यो । विश्वका धेरै कम्युनिष्ट पाटीृका नेताहरु उपस्थित हुनुहुन्थ्यो । त्यस सेमिनारलाई मैले सम्भिmएँ । त्यसबेलाका जीबन्त तस्बिरहरुले अर्को संस्करणमा स्थान पाउँदा सान्दर्भिक होला भन्ने मलाई लागेको छ । उहाँका बहुआयमिक व्यक्तित्वका बारेमा पूर्व वक्ता मित्रहरुले धेरै पक्ष्ाको चर्चा गरिसक्नुभएको छ । म त्यतातर्फ अहिले जान चाहान्न । वास्तबमा यो पुस्तक जोकोहीले फेला पार्छ, जसले सँगै काम गरेको छ, त्यसले हेर्ने बित्तिक्कै उहाँको स्मृति ताजा भएर आउनेछ । एक प्रकारले भन्ने हो भने यो उहाँको जीवनको संगालो अत्यन्तै महत्वपूर्ण कृति हो । जतिबेला मदन भण्डारीले जनताको बहुदलीय जनवादको बिचार अगाडि सार्नुभयो त्यतिबेला विश्व कम्युनिष्ट आन्दोलन उदय र संकटको चरणबाट गुजि्ररहेको थियो । समाजवादलाई अझै अघि बढाएर लान सकिन्छ या सकिँदैन भन्ने प्रश्न उ िरहेको बेला, विश्वबाट समाजवाद/साम्यवादको अवसान भयो भनेर प्रतिक्रियावादीहरूले होहल्ला मच्चाइरहेको बेला मदन भण्डारीजस्तो अत्यन्तै प्रतिभाशाली व्यक्ति कम्युनिस्ट आन्दोलनमा प्रवेश गर्नुभयो । यसको नेतृत्वमा पुग्नुभयो । नेकपा मालेको संस्थापक नेता बन्नुभयो । नेकपा मालेको स्थापनाको कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । केन्द्रीय सदस्य, पोलिटब्यूरो सदस्य हुादै महासचिव भएर उहाँले जबजलाई हामी सबै समक्ष प्रस्तुत गर्नुभयो । नेकपा एमालेलाई राष्ट्रिय राजनीतिको उचाइमा पुर्‍याउने काममा महत्वपूर्ण योगदान दिनुभयो । विश्वले, नेपालले, नेपाली जनताले, विश्वका जनताले, जसले जबजको बारेमा सुनेको छ ती सबैले उहाँलाई उच्च मूल्याङ्कन र सम्मान गरेको देखिन्छ । एउटा शिखर व्यक्तित्व, उच्च व्यक्तित्व, उहाँका योगदानहरूलाई हामीले जीवन्त राख्नुपर्दछ । नयाँ पुस्ताले सिक्नुपर्दछ । उहाँले दिएर जानुभएका विचारहरूलाई सिर्जनात्मक रूपमा ग्रहण गर्ने र अघि बढाएर लिएर जाने काम गर्नुपर्दछ । मदन भण्डारीका विरोधीहरूले पनि उहाँलाई प्रसंशा गर्न थालेका छन्, उहाँ बाँचुन्जेलसम्म निन्दा र भत्र्सना गर्नेहरूले उच्च मूल्याङ्कन गर्न थालेका छन् । यो एउटा बिडम्बना हो भन्ने मलाई लाग्छ । तर उहाँको सच्चा सम्मान अब हुनेछ । जब म आˆनो विचारको अन्तरेयलाई सहीरूपमा आत्मसात गर्न सकिन्छ, उहाँको विचारको मूलभूत पक्षलाई सहीरूपमा ग्रहण गर्न सकिन्छ र त्यसलाई अगाडि बढाएर लान सकिए सााचो इमान्दार प्रयास हुनेछ । मदन भण्डारीप्रतिको हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु । आज जबजलाई कसरी बुझ्ने भन्ने प्रश्न खडा भएको छ । जबज माक्र्सवादको नेपालको धर्तीमा सिर्जनात्मक बन्यो, वामपन्थी आन्दोलनलाई लोकतान्त्रिकरण गरेर त्यसलाई जनताको माझमा लोकपि्रय बनाउने एउटा अभियान हो । वामपन्थी आन्दोलनलाई सङ्कटबाट जोगाएर जनताको बीचमा स्थापित गर्ने एउटा ूलो प्रयत्न हो । त्यसरूपमा यसलाई सहीरूपमा बुझ्न सकिए मात्रै जबजलाई कसैले पनि अगाडि बढाएर लान सक्तछ । आज हाम्रो देश नेपालको वामपन्थी आन्दोलनमा, नेपाली राजनीतिमा उग्रवामपन्थी भड्काउ एउटा ूलो समस्याको रूपमा रहेको छ । यो उग्रवामपन्थी भड्काउलाई पराजित गर्न सकिएन भने उग्रवामपन्थताको धङधङी बढेर आन्दोलनलाई मुक्त गर्न सकिएन भने त्यसले वामपन्थी आन्दोलनलाई ूलो भड्खालोमा पुर्‍याउाछ, ूलो सङ्कटमा पुर्‍याउँछ । उग्रवामपन्थले आन्दोलनको सेवा गर्ने होइन, नोक्सानी मात्रै गर्ने हो । त्यसकारण उग्रवामपन्थप्रति कुनै किसिमको मोह राख्नुहुँदैन । उग्रवामपन्थप्रति अझै पनि मोहहरू विद्यमान छन् । यसको अर्थ जबजलाई सहीरूपमा आत्मसात नगर्नु, जबजले उग्रवामपन्थसँग कहिले पनि मोह राखेन । जडसूत्रवादसँग कुनै मोह राखेन । क मुल्लाहवादसँग कुनै नाता जोड्न चाहेन । अवश्य पनि विसर्जनवादसँगको प्रश्न त्यो रहृयो र जडसूत्रवादसँग सम्बन्ध तोड्यो अनि मात्रै सिर्जनात्मकरूपमा त्यो अगाडि बढ्न सक्यो । कलकत्ता सम्मेलनमा स्वदेशी र विदेशी मुलुकका कतिपय वामपन्थी नेताहरूले जबजले वामपन्थी आन्दोलनलाई तहसनहस पार्ने कुरा गरेका थिए तर नेपालको सन्दर्भमा भन्ने हो भने आज जबजलाई अझै रक्षा गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । यसलाई सिर्जनात्मकरूपमा अगाडि बढाउने दायित्व पनि हाम्रो काँधमा आएको छ । यसलाई हामी कसरी ग्रहण गर्दछौं, कसरी लागू गछौर्ं त्यसमा नै मदन भण्डारीप्रतिको सच्चा सम्मान गरेको हरिने छ । यति भन्दै म आफ्नो मन्त्ाव्य यहीँ टुंग्याउँछु, धन्यवाद ! -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले मदन भण्डारी स्मृति प्रतिष् ानद्वारा प्रकाशित 'तस्वीरमा मदन भण्डारी' विमोचन कार्यक्रम-२०६६, फागुन ५, राष्ट्रिय सभागृह, का माडौं) मा व्यक्त गर्नुभएको मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्