Madhav Kumar Nepal

हस्तकला महासंघको मेला उद्घाटन कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य

यस समारोहका अध्यक्ष महोदय, माननीय मन्त्री, राज्य र सहायक मन्त्रीहरु तथा माननीय सभासद्हरू, उद्योग वाणिज्य क्षेत्रका व्यक्तित्वहरु, उद्यमी-व्यवसायीहरू, भद्र महिला तथा सज्जनवृन्द ! नेपालको अर्थतन्त्रको वलियो आधारका रूपमा रहेको हस्तकलासम्बन्धी आ ौँ व्यापार मेला तथा छैटौँ प्रतियोगितात्मक कला प्रदर्शनीको उद्घाटन गर्ने अवसर प्रदान गर्नुभएकोमा म नेपाल हस्तकला महासङ्घ तथा यसका सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । साथै, यस अवसरमा हस्तकला व्यवसायको निरन्तर प्रगतिका लागि समेत हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको हस्तकला व्यवसायमा निरक्षर, समाजको तल्लो भनिने वर्ग, दलितदेखि अन्तर्राष्ट्रिय व्यापारमा पोख्त व्यवसायीसमेतको उत्तिकै संलग्नता रहेको पाइन्छ । त्यसैले यस व्यवसायको प्रभाव व्यापक र फराकिलो छ । हस्तकला नाफा कमाउने व्यवसाय मात्र होइन, मुलुकको कला र संस्कृति चिनाउने उपयुक्त माध्यम पनि हो । अझ हाम्रो जस्तो आधुनिक प्रविधि र ूला उद्योगहरू नभएको मुलुकमा वैदेशिक व्यापारको भरपर्दो माध्यम नै हस्तकलाका बस्तुको प्रबर्द्धन हो । त्यसैले यसलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । तपाईंहरूले सरोकार व्यक्त गरिरहेको विषयमा सरकारको ध्यानाकर्षण भएको छ । सरकारले छलफलमा ल्याएकोे औद्योगिक नीतिमा हस्तकला उद्योग प्रवर्द्धनलाई प्राथमिकता दिइने विश्वास दिलाउन चाहन्छु । उपस्थित महानुभावहरु ! देशको सांस्कृतिक पहिचान झल्काउन हस्तकलाको अत्यन्तै महत्वपूर्ण भूमिका हुन्छ । यसको उच्च महत्वलाई मैले राम्ररी महसुश गरेको छु । उत्तरकोरियाका राष्ट्रपति किम जोङलाई उपहार प्रदान गर्नुपर्ने सन्दर्भका कुरा म राख्न चाहान्छु । मैले सोचेँ, कुन् साईजको, कुन उपहार प्रदान गर्नु उपयुक्त हुन्छ ? भोजपुर जाँदा मैले करुवा देखेँ । ५ फिटको करुवा उपहार दिँदा उपयुक्त हुन्छ कि भन्ने मलाई ल्ााग्यो । तर, मैले साँढे २ फिटको करुवा खरिद गरेँ । त्यो विशेष उपहार उत्तरकोरिया जाँदा राष्ट्रपतिलाई प्रदान गरेँ । त्यस्तै, चीनको सियानमा फामेन भन्ने अत्यन्तै प्रसिद्ध बुद्ध मन्दीर छ । ऐतिहासिक कालदेखि, खासगरी चीनको बादशाहको पालादेखिको अत्यन्तै महत्वपूर्ण त्यस मन्दीरमा के उपहार लाने भन्ने सोच्दाखेरी मैले ५ फिटको अत्यन्तै सुन्दर बुद्धको मूर्ति उपहारस्वरुप फामेन मन्दीरमा प्रतिस्थापन गरेँ । मेरै उपस्थितिमा उद्घाटन गरियो । त्यो अत्यन्तै मोहक, आकर्षक मूर्ति तपाईंहरु त्यहाँ जानुभयो भने पनि पाउनुहुनेछ । भृकुटी र अरनीकोपश्चात कुनै मन्दीरमा प्रतिस्थापन गरेको मैले पाएको छैन । स्रोङच्रङ गम्फोको पालामा भृकुटीले जे लगिन्, त्यसबाहेक चीनमा केही पनि पुगेको रैनछ । वास्तबमा यस्तो कामले दुई देशबीचको सम्बन्धलाई वलियो बनाउनुका साथै नेपालको कला जीबन्त छ । तर, फष्टाउन बाटो पर्खिरहेको छ भन्ने सन्देश दिन्छ । त्यसैगरी नेपालमा हस्तकला उत्पादनको विकास राम्रो छ, त्यहाँ जाँदा केही बस्तुहरु खरिद गर्नुपर्छ भनेर पयर्टकहरुलाई आकषिर्त गर्न पनि सकिन्छ । केही दिनअघि संखुवासभा जाँदा चैनपुर बजारमा आकर्षक करुवा देखेँ । मैले बिचार गर्दैछु, यस पटकको सार्क सम्मेलनमा सार्क राष्ट्र प्रमुखहरुलाई त्यही ूलो आकारको आकर्षक करुवा उपहार दिन सकियो भने त्यसले राम्रो सन्देश दिन्छ । तपाईंले सानो चिज दिनुभयो भने सानो ाउँमा हराएर जान्छ, ूलो चिज दिनुभयो भने ाउँ पनि ूलो चाहिन्छ, प्रतिस्थापन गर्नुपर्ने हुन्छ । त्यसले पयर्टन प्रर्वद्धन गर्छ । मैले यस क्षेत्रमा चालिस वर्षदेखि काम गर्दै आउनुभएका अध्यक्षसँग अघि कुरा भयो । उहाँले नेपाल सरकारका मन्त्रीहरु र सरकारी अधिकारीहरुले हस्तकलाका उत्पादनहरु खोपामा सजाएर राख्ने हो भने, विदेशीहरुको ध्यान जाने ाउँमा एकीकृत रुपमा राख्ने हो भने मिडियाको पनि ध्यानाकर्षण हुन्थ्यो, प्रवर्द्धन हुन्थ्यो र नेपाल सरकारको प्रतिबद्धता पनि झल्किने थियो । मैले भनेँ, ीकै छ, । तपाईंहरुले ाउँ हेर्नुस्, कहाँ के गर्नुपर्छ म आफ्नो तर्फबाट अगाडि बढ्न तयार छु । अहिले तपाईंहरुले हस्तकला ग्रामको कुरा उ ाउनुभएको छ । धेरै समयदेखि यो माग उ ाएको चर्चा पनि गर्नुभएको छ । मैले भारतमा जाँदा तमिलनडु, केरलामा घरेलु उद्योगलाई दिएको प्रोत्साहन देखेको छु । तर, हामीले जुन मात्रामा प्रोत्साहन गनुर्ृपर्ने हो त्यो गर्न सकेका छैनौं । चीनका केही शहरहरुमा पनि हस्तकलालाई स्थानीय तहमा गरिवी निवारणसँग जोडेर कला र संस्कृतिको संरक्षणका लागि घरेलु उद्योगलाई दिइएको प्रोत्साहन मैले देखेको छु । कला र संस्कृतिको क्षेत्रमा हाम्रो मुलुक पनि सैयौं वर्ष पहिलादेखि प्रसिद्ध रहेको छ । त्यसैले यसलाई हामीले प्रवर्द्धन गर्नुपर्छ । कुन ाउँ अन्तराष्ट्रिय प्रदर्शनीका लागि उपयुक्त हुन्छ, तपाईंहरु सुरुवात गर्नुहोस्, म तुरुन्तै सहयोग गर्न तयार छु । भक्तपुरको खरिपाटीमा विद्युत प्राधिकरणको जग्गा धेरै ूलो छ भन्ने कुरा आएको छ, उपयोग भएको छैन भने प्रयोग गर्न सकिन्छ । अन्य ाउँको पनि खोजि गर्न सकिन्छ । तर, सम्बन्धित निकायसँग बसेर, परामर्श गरेर यो विषयको टुंगो लगाइहाल्नुस् । त्यस्तै, तपाईंहरुले उ ाउनुभएको प्रयोगशालाको माग पनि अत्यन्तै सान्दर्भिक छ । म त्यसलाई पनि तुरुन्तै उद्योग मन्त्रालयसँग कुरा गर्नेछु । आउनुहोस्, तपाईंहरुसँग पनि कुरा गर्नेछु । यसलाई छिटोभन्दा छिटो टुंगो लगाउन म प्रधानमन्त्री कार्यलयका सचिव लिलामणीजीको पनि ध्यानकर्षण गर्छु, दुवै कुरालाई तुरुन्तै टुंगो लगाइहाल्नुस् ।' यसै सन्दर्भमा तपाईंहरुको सहयोगका लागि पनि मैले चर्चा गर्नैपर्ने हुन्छ । मैले दुई कुरामा ध्यानकर्षण गराउन खोजिरहेको छु । एउटा, रौतहट जिल्लाको वागमती नदीको किनारमा नुनथर भन्ने ाउँ छ । त्यहाँ नुनथर महादेवको मन्दीर छ । नुनथर महादेवले प्रसिद्ध रहेको ाउँमा भक्तजनहरु गएर स्नान गर्छन् । वागमती नदीको पानीमा नुनीलो भेटिन्छ भनिन्छ र नुहाएपछि चर्मसम्बन्धि रोग निको हुन्छ पनि भनिन्छ । त्यस ाउँको पयर्टकीय महत्वलाई बढाउनका लागि, धार्मिक पयर्टनको सम्भावनालाई बढाउनका लागि राजमार्गको वागमती नदीको पूलबाट यात्रीहरुले पूर्वतर्फ हेरे भने एउटा यस्तो प्रतिस्थापन बनाऊँ जसले मान्छेलाई आकषिर्त गर्न सकोस् । त्यसका लागि मैले १५ फिटको अग्लो महादेवको मूर्ति स्थापना गर्ने सोचिरहेको छु । कम मूल्यमा, धेरैको सहयोगमा गर्न सके अत्यन्तै राम्रो हुन्छ । संखुवासभाको चैनपुरमा जाँदा पनि सुनेसुनेँ, त्यहाँ सत्यदेवीको अंग खसेको रहेछ । मैले भनेँ, धार्मिक पयर्टनको महत्व बढाउन एक सय फिटको महादेवको मूर्ति बनाउनुहोस् जसले यस क्षेत्रलाई चिनाओस् । त्यसपछि उहाँहरु अहिले चट्टानबाट महादेवको मूर्ति कुँद्ने सोच सहित अगाडि बढ्नुभएको छ । यसले स्थानीय कला र शीपको उजागर गर्छ । त्यस ाउँको महत्व बढाउँछ । पयर्टकहरु हिँड्ने बाटोबाटोमा आकर्षक मूर्ति र बिभिन्न चिजहरुको प्रतिस्थापन गर्न सकिन्छ । अन्नपूर्ण पदयात्राको क्षेत्रमा त्यस्तो काम गर्न सकिन्छ । यस पटक चीन जाँदा मैले सियानमा देखेँ, त्यो बेलाका वादशाहले एक हजार सिपाहीहरुको मूर्ति बनाएका रहेछन् । तर अहिले त हस्तकला, घरेलु उत्पादन कुनै पनि क्षेत्रमा केही पनि प्रोत्साहन छैन । नेपाल सरकार यस क्षेत्रलाई प्रोत्साहन गर्न तयार छ । नयाँ बजेट निर्माण गर्न गइरहेको बेला राष्ट्रिय योजना आयोगमा पनि तुरुन्त कुरा पुगोस् । त्यसपछि बजेट छुट्याउन पनि सजिलो हुन्छ । कतिपय बेलामा सूचना आदान-प्रदान नहुँदा र उपयुक्त संयोजन नहुँदा पनि समस्या पर्छ । मित्रहरु ! आर्थिक वर्ष २०६५/६६ मा हस्तकलाको निर्यात ३ अर्ब रुपियाँ नाघेको छ । यो व्यवसाय देशका कुना-काप्चामा पुगेको छ । त्यसैले हस्तकलाको व्यापार विस्तार हुँदा रोजगारीका अवसरहरू बढ्छन् र लाभको तुलनात्मक रूपले न्यायोचित वितरण हुन पुग्दछ । हस्तकला गरिबी निवारणको उपयुक्त माध्यम हुन सक्दछ । यस व्यवसायको प्रत्यक्ष सम्बन्ध पर्यटन उद्योगसँग हुन्छ । नेपालले पर्यटन वर्ष- २०११ मनाउन गइरहेको सन्दर्भमा पर्यटनबाट बढी लाभ लिन पनि हस्तकलाको प्रबर्द्धन जरुरी छ । हस्तकला व्यवसायसम्बन्धी परम्परागत धारणामा परिवर्तन भइसकेको छ । यो व्यवसाय पुख्र्यौली पेसा वा स्थानीय स्तरमा पाइने न्यून गुणस्तरको कच्चा पदार्थ प्रयोग गरी स्थानीय आवश्यकता पूर्ति गर्ने उद्योग हो भन्ने सोचाइ विपरीत यो एउटा निरन्तर अनुसन्धान र खोजवाट परिस्कृत, विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने, उच्चतम सीप वेष् ित मौलिक संस्कृति झल्कने वौद्धिक अभ्यासको उपजका रूपमा चिनिन्छ । त्यसैले यस व्यवसायले मेसिनबाट उत्पादित ूला- ूला औद्योगिक उत्पादनसँग गुण र सिर्जनामा प्रतिस्पर्धा गर्नैपर्ने हुन्छ । सरकारले युरोपेली मुलुकबाट हस्तकलामा बढी सुविधा पाइरहेको छ । त्यसका लागि युरोपेली मुलुकलाई धन्यवाद दिन चाहान्छु । भारतमा भन्सारसहित प्रवेश सुविधा छ । चीनसँग पनि त्यस्तै सुविधा लिन कुरा भइरहेको छ । त्यसका लागि वस्तुको सूचीमा हस्तकलाका सम्भाव्य सबै वस्तु समेटियून् भन्नेतर्फ ध्यान दिन वाणिज्य मन्त्रालयको ध्यानाकर्षण गर्न चाहन्छु । पश्चिमी मुलुकहरूमा पनि निर्यातमा देखिएका र देखिने भन्सार तथा गैरभन्सार अवरोध हटाउने जिम्मेवारी सरकारको काँधमा छ । त्यसैले सरकारले निर्यातसम्बन्धी पूर्वाधार निर्माण प्रक्रिया सरलीकरण र प्रबर्द्धन कार्यमा यथाशक्य निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको छ । तपाईंहरूका कतिपय गुनासाहरू जायज छन । तर, ती सबै कामका लागि सरकार एक्लैले साधन जुटाउन सक्दैन र सबै काम एकैचोटी सम्पादन गर्न पनि सक्दैन भन्ने कुरा तपाईंहरूलाई थाहै छ । त्यसैले म तपाईंहरूलाई सम्बद्ध मन्त्रालयसँग बसी यस क्षेत्रमा गर्न सकिने कामको प्राथमिकीकरण र त्यसबाट आउने परिणामका बारेमा स्पष्ट हुन आग्रह गर्दछु । यसो गर्न सक्यौँ भने मलाई लाग्छ- हाम्रो सीमितताका बाबजुद केही उल्लेख्य काम गर्न सकिन्छ । निर्यात प्रवर्द्धनको काममा व्यवसायीहरूका छाता सङ्ग नहरूले पनि आफ्नो चासो र लगानी बढाउन जरुरी छ । किनभने, आखिरमा हामीले सहकार्यबाट नै राम्रो नतिजा निकाल्न सक्छौँ । तपाईंहरूलाई थाहा छ- अहिले हामीले केही आधारभूत समस्याहरूको सामना गरिरहनुपरेको छ, जुन मुलुकको विकासका लागि निकै ूलो अवरोधका रूपमा देखा परिरहेका छन् । लोडसेडिङका कारण सामान्य नागरिकदेखि उद्योगी-व्यवसायीसमेतले ूलो समस्या झेलिरहनुपरेको छ । तर, यो कुनै राता-रात समाधान गर्न सकिने विषय होइन । सबै क्षेत्रबाट सहयोग हुने हो भने पनि एउटा योजनाबाट विजुली निकाल्न चार/पाँच वर्ष लाग्छ । तर, हाम्रो मुुलुकमा अहिले विडम्बनापूर्ण अवस्था देखा परेको छ । अहिले त समस्या छ-छ, भोलि पनि यसलाई समाधान हुन नदिने गरी अवरोध सिर्जना गर्न खोजिएको छ । माथिल्लो कणर्ाली, पश्चिम सेती, मस्र्याङ्दी, कावेनी जस्ता आयोजनाहरू सञ्चालनमा पुर्‍याइएको अवरोधले त्यही देखाउँछ । आखिर यस्तो किन गरिँदैछ ? जनतालाई भविष्यमा पनि अन्धकारमा राख्ने योजना किन बनाइँदैछ ? यो देशलाई किन तहसनहस बनाउन खोजिदैंछ । व्यापारीहरुमाथि चन्दा आतंक, बन्द, हड्ताल जस्ता अत्यन्तै गैरजिम्मेवार क्रियाकलाप भयरहेको छ । यी सबैले वास्तबमा हाम्रा अभियानमा बाधा खडा गरिरहेको छ । त्यसकारण म भन्न चाहान्छु, आर्थिक सवालमा हामीले राजनीति घुसाउने काम नगरौं, आर्थिक विकासले हामी सबैलाई लाभान्वित पुर्‍याउँछ त्यसैले हातेमालो गर्दै अगाडि बढौं भन्ने आव्हान् म सबैलाई गर्न चाहान्छु । मित्रहरु शान्तिसुरक्षाका सन्दर्भमा अहिले प्रश्न उ िरहेको छ । शान्ति सुरक्षालाई चुनौति दिने काम भइरहेको छ । जुनसुकै व्यक्तिले शान्ती सुरक्षालाई चुनौति दिएको किन नहोस् त्यस्ता व्यक्तिलाई हामी नियन्त्रण गर्नेछौं । जमिम शाहका हत्यारा जुनसुकै कुनामा लुकेर बसेका किन नहोउन्, जोसुकै भए पनि नियन्त्रणमा लिइनेछ । हत्याराका सूत्रधारहरु फेला परिसकेका छन् । नेपाल प्रहरीको क्षमता पनि कमजोर छैन । जमिमका हत्यारालाई पक्राउ गर्न सरकारको तर्फबाट कुनै कसर बाँकी राखिने छैन । सबै प्रकारका अपराधजन्य क्रियाकलाप नियन्त्रण गर्न सरकार प्रयत्नसील छ । साना व्यवसायीका लागि नियमित र गुणस्तरीय कच्चा पदार्थको आपूर्ति सुलभ छैन । सीप विकासका अवसरहरू परम्परागत छन् र भएका पनि न्यून छन् । बजार पहुँचमा समस्या छ । वस्तुको ब्रान्ड अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने त झन् टाढाको कुरा भएको छ । नेपालमै पनि व्यवसायको लागत उच्च छ । कतिपय वस्तुमा गुणस्तर जाँच छँदै छैन भन्दा पनि हुन्छ । भन्सार विन्दूमा अनेक झमेलाहरू छन् । यी समस्याहरूबारे म अनभिज्ञ छैन । तर, ती समस्याहरू व्यवसायी र सरकारी निकायले इमानदारीपूर्वक हल गर्न प्रयत्न गर्‍यौं भने समधान खोज्न गाह्रो छैन भन्ने पनि मलाई लाग्छ । व्यवसायीहरू पनि गुणस्तरीय वस्तु उत्पादन गरी दीर्घकालसम्म फाइदा लिनुको सट्टा नक्कली र कमसल वस्तु उत्पादन गरी उपभोक्तालाई मारमा पारेर तत्काल फाइदा लिनेतर्फ लाग्दा बजार पनि गुम्छ र इज्जत पनि रहँदैन । त्यसैले व्यवसायमा चाहिने नैतिक बन्धनलाई सबै व्यवसायीले आत्मसात गर्न सके हस्तकला व्यवसायको दिगो विकास सम्भव छ । त्यो काम अरू कसैले गरी दिँदैन, हामीले नै गर्न सक्छौँ । अन्तर्राष्ट्रिय क्षेत्रमा हस्तकला उद्योग प्रबर्द्धनका लागि कतिपय अवस्थामा हाम्रा कुटनीतिक नियोगहरू परिचालन भएनन् भन्ने गुनासो सुनिन्छ । दूतावासमा कार्यरत कर्मचारीहरूले व्यवसायीसँग विश्वसनीय सूचना र भरपर्दो आपूर्ति योजना हुँदैन भन्ने गरेको पनि मैले सुनेको छु । यो हामीले एक अर्कोलाई दोष दिएर उम्कने विषय होइन । हाम्रो इमानदार प्रयत्नले नागरिकको व्यवसाय विस्तार हुन्छ । त्यसबाट नागरिक सँगसँगै देशले फाइदा लिन्छ । अहिले निकासीमा आशातीत विस्तार हुन सकेको छैन । तर, आयात भने अत्यधिक बृद्धि भएको छ, जसका कारण व्यापार घाटा बढेको छ । यो हामी सबैको साझा चिन्ताको विषय हो । हस्तकलाका वस्तुलाई निकासीमा मूल्य अभिवृद्धि कर नलाग्ने र कच्चा पदार्थ आयातमा लागेको भन्सार फिर्ता दिने व्यवस्थाको फाइदा वास्तविक उत्पादकसँग पुग्न नसकेको र फिर्ता लिन पनि झन्झटिलो भएको गुनासो पनि मैले सुन्ने गरेेको छु । सम्बद्ध निकाय र व्यवसायीका संस्थाहरू बसी आपसी छलफल र समझदारीबाट बजार विलय नहुने गरी प्रक्रिया सरलीकरण गर्न सकिन्छ भन्ने मलाई लाग्छ । निकासी प्रवर्द्धन गर्न एउटै बलियो व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र खोलिएको हो । का माडौंमा एकद्वार केन्द्रको पनि व्यवस्था गरिएको हो । ती सबै कामहरूको परिणाम के आयो ? अपेक्षित उपलब्धि हासिल भयो/भएन ? नभए किन भएन ? यस्ता विषयमा अध्ययन गरी समाधानको उपाय पत्ता लगाउन म वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । लगानी-मैत्री वातावरण बनाउन उच्चस्तरीय लगानी बोर्ड ग न गर्ने विधेयक व्यवस्थापिका-संसद्मा पेस भइसकेको छ । सीप प्रबर्द्धन कार्यक्रम तथा निजी क्षेत्रसँग मिलेर पोलिटेक्निक संस्था स्थापना तथा सञ्चालन गर्ने नीति सरकारले लिएको छ । साथै, घुम्ती अल्पकालीन सीप विकास तालिम पनि यसै वर्षदेखि सुरु गरिएको छ । यी सबै कार्यक्रमहरूबाट घरेलु तथा हस्तकला उद्योगलाई प्रोत्साहन मिल्नेछ भन्ने विश्वास सरकारले लिएको छ । अन्त्यमा, तपाईंहरूको यस भेला तथा प्रतियोगितात्मक प्रदर्शनीले सम्पूर्ण हस्तकला उद्यमीहरूको मनोबल बढाउनेछ, उनीहरूलाई यस व्यवसायमा लाग्न अझै प्रेरित गर्नेछ र उपभोक्ताहरूलाई पनि यसतर्फ ज्यादा आकषिर्त गराउनेछ भन्ने अपेक्षा गर्दै यस आयोजनाको पूर्ण सफलताको कामना गर्दछु । धन्यवाद ! -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल हस्तकला महासङ्घद्वारा आयोजित आ ौँ व्यापार मेला तथा छैटौँ प्रतियोगितात्मक कला प्रदर्शनी -२०६६ फागुन ६, भृकुटीमण्डप, का माडौँ) मा व्यक्त गर्नुभएको मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्