Madhav Kumar Nepal

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य

यस समारोहका संयोजक सम्माननीय राष्ट्रपतिज्यू सम्माननीय प्रधानन्यायाधीशज्यू सम्माननीय संविधानसभाका अध्यक्षज्यू उपस्थित महानुभावहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना दिवस- २०६६ का अवसरमा आयोजित यस कार्यक्रममा आमन्त्रण गरी मलाई बोल्ने अवसर दिनुभएकोमा आयोजक मित्रहरुलाई धन्यवाद दिन चाहन्छु । भ्रष्टाचार हाम्रो मुलुकको एउटा ूलो चुनौतीका रुपमा रहेको छ । मुलुक गरिब छ जनता गरिब छन् अर्थतन्त्र कमजोर छ । यस्तो अवस्थामा भ्रष्टाचार नियन्त्रण गर्न सक्ने होइन भने हाम्रा प्रयासहरु वालुवामा पानी खन्याए जस्तै हुन्छन् । सरकारी काममा हुने ढिलासुस्ती लापरवाही अपारदर्शिता जस्ता गलत कि्रयाकलापहरुमध्ये धेरै जसो भ्रष्टाचारको नियतसँग जोडिएका हुन्छन् । त्यसैले हामीले सरकारी निकायहरुमा हुने प्रत्येक काम पारदर्शी बनाउनुपर्दछ । प्रत्येक काम विधिसम्मत तरिकाले यथाशीघ्र हुनुपर्दछ । कुनै काम नहुँदा वा ढिलो हुँदा किन त्यसो भएको हो भन्ने कारणसहित सेवाग्रहीको चित्त बुझाउन सक्नुपर्दछ । अनि मात्र मानिसहरुमा सरकारप्रति अविश्वास हुँदैन र सरकारप्रति विश्वास जगाउने वातावगरण बन्दछ । भ्रष्टाचार नियन्त्रण अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा सरकारको मात्र दायित्व होइन । यो कुरा हाम्रो संस्कारसँग जोडिएको कुरा हो हाम्रो आचरण व्यवहार र नैतिकतासँग घनिष्ट रुपमा जोडिएको विषय हो । हामीले सुशासन कायम गर्न सक्यौँ भने धेरै हदसम्म भ्रष्टाचार स्वतः समाप्त भएर जान्छ । यसरी नै हामीले भ्रष्टाचार नियन्त्रण गर्नका लागि सुशासनको मूल भावनालाई लागू गर्न सक्नुपर्दछ । सुशासन र भ्रष्टाचार नियन्त्रण एक-अर्कासित अन्तरसम्बन्धित विषय हुन् । यसतर्फ हामी सबैले आफ्नो ध्यान केन्द्रित गर्नुपर्दछ । भ्रष्टाचार नियन्त्रणका लागि सरकारले यथासम्भव प्रयत्न गरिरहेको छ । यसका लागि नेपालले अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो प्रतिबद्धता व्यक्त गरिसकेको छ । संयुक्त राष्ट्र सङ्घद्वारा निर्मित भ्रष्टाचार विरुद्धको महासन्धिमा नेपालले सन् २००३ मै हस्ताक्षर गरिसकेको छ । त्यसलाई अनुमोदन गर्नका लागि अहिले मन्त्रिपरिषद्को विधेयक समितिमा छलफल चलिरहेको छ । यसलाई अनुमोदन गर्न सरकार प्रतिबद्ध छ । गल्ती गरेपछि सजाय हुन्छ र दोषीहरु कुनै पनि हालतमा उम्किन पाउँदैनन् भन्ने मान्यता स्थापित गर्न सकियो भने भ्रष्टाचार आफैँ नियन्त्रित भएर जान्छ । त्यसैले कडा कानुनी प्रावधानहरुको निर्माण कानुनको शासनको प्रतिबद्धता भएका कानुनहरुको कडाइका साथ पालना र सदाचारयुक्त संस्कृतिको विकासमा हामीले ध्यान दिनैपर्दछ । नेपालमा २०३२ सालमा पहिलो पटक अख्तियार दुरुपयोग निवारण आयोगको स्थापना भएको थियो । ०४६ सालको परिवर्तनपछि ०४७ सालको संविधानमार्फत् यसलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रुपान्तरण गरियो । पछिल्लो अवधिमा आयोगसम्बन्धी कानुनमा सुधार र संशोधन भएपछि आयोगले काममा बढी सफलता पाएको छ भन्ने हामीले देखिरहेका छौँ । यसका बाबजुद अझै पनि आयोगले बढी भूमिका निर्वाह गर्नुपर्नेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक आयोगहरुमा अहिलेसम्म पदपूर्ति गर्न सकिएको छैन । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेदेखि मैले यसका लागि बारम्बार प्रयत्न गरिरहेको छु । तर मेरो प्रयास सफल हुन सकिरहेको छैन । संवैधानिक परिषद्का थुप्रै बै क बस्यौँ । तर अधिकांश बै क सार्थक र फलदायी हुन सकिरहेका छैनन् । सुशासन कायम गर्ने नगारिकलाई राहत पुर् याउने र राज्यलाई बलियो बनाउने काममा सबैले मिलेर अघि बढ्नुपर्दछ भन्ने म आग्रह गर्न चाहन्छु । मलाई आशा छ- सबैले संवैधानिक निकायको महत्व र नियुक्तिको संवेदनशीलतालाई बुझ्नुहुनेछ र हामी संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्ने काममा छिट्टै समर्थ हुनेछौँ । अन्तमा आजको दिनमा मुलुकबाट भ्रष्टाचार अन्त्य गर्न सबै आ-आफ्नो ाउँमा जुटौँ भन्ने आग्रह गर्दै आफ्नो भनाई यहीँ टुङ्ग्याउँछु । धन्यवाद सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना दिवस- २०६६ का अवसरमा आयोजित कार्यक्रम ०६६ माघ २८ नक्साल का माडौँ मा दिनुभएको मन्तव्य
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्