Madhav Kumar Nepal

राष्ट्रिय प्रकृति संरक्षण कोषको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्नुभएको मन्तव्य

आजको कार्यक्रमका अध्यक्ष माननीय वन तथा भुसंरक्षण मन्त्री दीपक बोहरा माननीय मन्त्रीहरु नेपाल सरकारका सचिवहरु महामहीम राजदूत क्यू गो होङ कुटनीतिक नियोगका प्रतिनिधिहरु राष्ट्रिय प्रकृति संरक्षण कोषका पदाधिकारीहरु उपस्थित महिला तथा सज्जनबृन्द सर्वप्रथम म राष्ट्रिय प्रकृति संरक्षण कोषलाई आफ्नो नवनिर्मित भवनमा सरेकोमा बधाई दिन चाहन्छु । यस भवनको उद्घाटनसँगै राष्ट्रिय प्रकृति संरक्षण कोषले कार्यक्षेत्रमा पनि आफूलाई यस्तै आधुनिक र व्यवस्थित बनाउनेछ भन्ने मैले आशा गरेको छु । यो भवन नेपाल र छिमेकी मित्र राष्ट्र जनवादी गणतन्त्र चीनबीचको मित्रताको प्रतीकका रुपमा हाम्रा सामु रहेको छ । नेपालको प्रकृति संरक्षणका क्षेत्रमा अग्रणी जिम्मेवारी निर्वाह गरिरहेको राष्ट्रिय प्रकृति संरक्षण कोषलाई आधुनिक र व्यवस्थित बनाउने क्रममा चीन सरकारको सहयोगमा यो भवन निर्माण भएको छ । यसबाट नेपाल मात्र होइन छिमेकी चीन पनि प्रकृति संरक्षणमा कति प्रयत्नशील छ भन्ने कुरा इङ्गित गर्दछ । एउटा कुरामा खुसी लागेको छ- यो भवनको निर्माण निर्धारित समयभित्र सम्पन्न भएको छ । सन् २००५ को नोभेम्बरमा दुई देशबीच सम्झौता भएको २००७ डिसेम्बरमा ेकेदार कम्पनी बेइजिङ रियल स्टेटसँग निर्माणका लागि सम्झौता भएको र २००८ मेमा निर्माण सुरु भएको यो भवन २००९ को डिसेम्बरमै निर्माण कार्य हुनु सुखद् कुरा हो । म चाहन्छु- मुलुकका सबै आयोजनाहरुको काम यही रफ्तारमा हुन सकोस् । हामीले मेलम्ची खानेपानी आयोजना सुरु गरेका छौँ । त्यहाँ पनि चिनियाँ ेकेदार कम्पनीले जिम्मा पाएको छ । त्यसमा पनि यही गतिमा काम हुने मैले अपेक्षा गरेको छु । अरु पनि आयोजनाहरुमा हामीले दुइटा कुरामा मुख्य रुपमा ध्यान केन्द्रित गर्नुपर्दछ ः पहिलो- गुणस्तर र दोस्रो समयसीमा । निर्धारित मितिभित्र काम सम्पन्न गरेकोमा म यसमा सबद्ध सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु करिब ३५ करोड रुपियाँको लागतमा निर्मित यस भवनभित्र रहेका संरक्षण र अनुसन्धान केन्द्र पुस्तकालय प्रशिक्षण हल अडिटोरियम जस्ता संरचनाहरुको तपाईंहरुले योजनाबद्ध रुपमा पूर्ण उपयोग गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । ३५ रोपनी क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा भौतिक संरचना निर्माण गर्दा पनि तपाईंहरुले वातावरण र प्रकृति संरक्षणका कोणबाट ध्यान पुर् याउनुभएकोमा विशेष धन्यवाद दिन चाहन्छु । वातावरण संरक्षण अहिले विश्वकै एउटा प्रमुख चुनौतीका रुपमा देखा परेको छ । वातावरणमा परेको प्रतिकूल प्रभावकै परिणामस्वरुप आज जलवायु परिवर्तनको मुद्दामा विश्वले आफ्नो ध्यान केन्द्रित गर्नुपरेको छ । दिनानुदिन विश्वको तापक्रम बढिरहेको छ हिमालयबाट हिउँ पग्लिरहेको छ हिमतालहरुको आयतन बढिरहेको छ वन विनाश भइरहेको छ बाढी-पहिरोको समस्या बढिरहेको छ अतिवृष्टि÷अनावृष्टि जस्ता समस्याहरु बढिरहेका छन् । यस्ता समस्याहरुसँग जुध्नका लागि हामीले प्रकृति संरक्षण गर्नुबाहेक अरु कुनै उपाय छैन । प्रकृति संरक्षणबाहेकका निरोधात्मक उपायहरु अस्थायी र कृत्रिम मात्र हुन्छन् । त्यसैले हामीले अहिलेका चुनौतीहरुसँग लड्नका लागि सबभन्दा पहिला प्रकृति संरक्षणलाई ध्यानमा राख्नुपर्दछ । हाम्रो मुलुकले आफ्नो क्षमता र सीमाका बाबजुद जलवायु परिवर्तनको मुद्दामा विश्वलाई सचेत बनाउने इमानदार प्रयास गरेको छ । कोपनहेगन सम्मेलनपूर्व हामीले विश्वकै सर्वोच्च स्थान सगरमाथाको कालपत्थरमा ४ डिसेम्बर २००९ मा मन्त्रिपरिषद्को बै क आयोजना गरेर संसारको ध्यानाकर्षण गर् यौँ भने कोपनहेगन सम्मेलनमा पनि हिमाली मुलुकका मुद्दाहरुमा दुनियाँको ध्यानाकर्षण गरायौँ । यसका साथै अब हामी पर्वतीय देशहरुको समूह ग न गरी विश्वको ध्यान पर्वतीय र उच्च पहाडी देशहरुका समस्यामा आकर्षित गर्नेछौँ । अल्पविकसित मुलुकहरु एलडीसी को अध्यक्ष भएका कारण नेपालले यस क्षेत्रमा अझै धेरै अगुवाइ गर्ने योजना बनाएको छ । यसमा हामी संसारका अन्य मुलुकहरुको पनि सहयोग र समर्थन चाहन्छौँ । नेपालमा प्रकृति संरक्षणका क्षेत्रमा प्रशस्त अवसर र सम्भावनाका साथै चुनौतीहरु पनि छन् । नेपालको प्रकृति हाम्रा लागि मात्र नभएर विश्व समुदायका लागि आकर्षणको केन्द्र हो । राष्ट्रिय प्रकृति संरक्षण कोषले प्रकृति संरक्षणका क्षेत्रमा देखा परेका चुनौतीहरुको सामना गरिरहेको छ । साथै यसले जनता-लक्षित प्रकृति संरक्षणको दीगो व्यवस्थापन तथा विकास गर्न सरकारको प्रकृति संरक्षणको कार्यक्रमलाई सहयोग पुर् याउँदै आएको छ । प्रकृति संरक्षण गर्ने क्रममा स्थानीय जनताको आवश्यकता र प्राकृतिक स्रोतको उपलब्धतालाई ध्यानमा राखी स्थानीय प्राकृतिक वातावरण सन्तुलन कायम गर्नु कोषको लक्ष्य रहेको छ । कोषले सरकारद्वारा तोकिएको भौगोलिक क्षेत्रमा संरक्षणसम्बन्धी कार्यक्रम साचालन गर्दै आएको छ । यस अनुसार अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनास्लु संरक्षण क्षेत्र आयोजना सदर चिडियखाना चितवन राष्ट्रिय निकुाजमा जैविक विविधता संरक्षण केन्द्र वर्दिया राष्ट्रिय निकुाजमा वर्दिया संरक्षण आयोजना तथा शुक्लाफाँटा वन्यजन्तु आरक्षमा शुक्लाफाँटा संरक्षण आयोजना साचालन गरी वन्यजन्तु अध्ययन अनुसन्धान तथा अनुगमन जस्ता काम गर्दै आएको छ । वागमती नदी संरक्षण कार्ययोजना तयार गरी कोषले नेपाल सरकारलाई समेत सहयोग पुर् याएको छ । यसैगरी विभिन्न समयमा सरकारलाई प्रकृति संरक्षणसम्बन्धी नीतिगत तथा प्रविधिक सहयोग गर्दै आएकोमा म कोषलाई धन्यवाद दिन चाहन्छु । अघिल्लो महिना मात्रै हामी चितवन गएका थियौँ । चितवन राष्ट्रिय निकुाज अहिले आन्तरिक चुनौतीका कारण समस्यामा परेको हामीले प्रत्यक्ष देख्यौँ । चोरी शिकारीको समस्या त छँदैछ । त्यसबाहेक माइकेनिया मिक्रान्था झारले निकुाजको एक तिहाई क्षेत्रलाई नियन्त्रणमा लिइसकेको दुःखद् खबरले हामीलाई चिन्तित बनाएको छ । यही गतिमा त्यो झार फैलिने हो भने चितवन राष्ट्रिय निकुाज मात्र होइन हाम्रा अरु निकुाजहरु पनि त्यसको मारबाट बँच्न सक्ने छैनन् र प्रकृति संरक्षण गर्ने हाम्रा प्रयासहरु निरर्थक हुनेछन् । त्यसैले बेलैमा यस्ता आन्तरिक चुनौतीहरुको सामना कसरी गर्ने भन्ने बारेमा वन मन्त्रालय राष्ट्रिय प्रकृति संरक्षण कोष जस्ता निकायहरुले चनाखो हुनुपर्दछ । मैले माथि पनि उल्लेख गरेँ- सरकारले प्रकृति संरक्षणलाई उच्च महत्व दिएको छ । त्यही भएर हामीले भर्खरै मात्र दुईवटा नयाँ संरक्षण क्षेत्रहरु थप गरेका छौँ । गौरीशङ्कर संरक्षण क्षेत्र र अपिनप्पा संरक्षण क्षेत्रको स्थापनाबाट हाम्रो मुलुकको कुल क्षेत्रफलको लगभग एक चौथाइ क्षेत्रफल संरक्षित क्षेत्रभित्र पर्न गएको छ । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानालाई विस्तार र व्यवस्थित गर्नका लागि कोषले प्राथमिकता दिएको छ । यसको क्षेत्रफल बढाउनुका साथै आकर्षणसमेत थप्नका लागि चिडियाखानालाई भक्तपुरको सूर्यविनाययकमा स्थानान्तरण गर्ने सम्भाव्यता अध्ययन हुँदैछ । अब बन्ने चिडियाखाना आधुनिक र आकर्षक बन्ने छ जुन विश्वका अरु मुलुकका चिडियाखानाको हाराहारीमा हुनेछ भन्ने मैले आशा राखेको छु । अन्त्यमा राष्ट्रिय प्रकृति संरक्षण कोषलाई आगामी दिनमा प्रकृति संरक्षणका क्षेत्रमा अझ बढी सफलता मिलोस् भन्ने कामना गर्दछु । साथै मित्र राष्ट्र चीन सरकारलाई यस्तो भव्य र आधुनिक भवन निर्माणमा सहयोग प्रदान गरेकोमा विशेष धन्यवाद दिन चाहन्छु । धन्यवाद सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षक माधवकुमार नेपालले कोषको नवनिर्मित भवन उद्घाटन २०६६ माघ २६ खुमलटार ललितपुर मा व्यक्त गर्नुभएको मन्तव्य
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्