Madhav Kumar Nepal

नेपाल निजामती कर्मचारी संग नको अधिवेशनमा व्यक्त गर्नुभएको मन्तव्य

कार्यक्रमका अध्यक्ष नेपाल निजामती कर्मचारी सङ्ग नका अध्यक्ष गणेश बस्याल, माननीय मन्त्रीहरु, नेकपा -एमाले) का नेताहरु, विभिन्न टे्रड युनियनका पदाधिकारीहरु, मञ्चमा आसिन अतिथिहरू, देशभरिबाट आउनुभएका प्रतिनिधि तथा पर्यवेक्षक महानुभावहरु, उपस्थित भद्र महिला तथा सज्जनबृन्द महानुभावहरू ! सर्वप्रथम नेपाल निजामती कर्मचारी सङ्ग नको यस आ ौँ राष्ट्रिय अधिवेशनको उद्घाटनका लागि मलाई आमन्त्रण गर्नुभएकोमा आयोजक मित्रहरूलाई धन्यवाद दिन चाहन्छु । तपाईंहरूको यो अधिवेशनले कर्मचारीहरूका अधिकार र दायित्वका बारेमा सही दिशा निर्धारण गर्नुका साथै त्यसका लागि सक्षम नेतृत्व चयन गर्न सफल होस् भन्ने शुभकामना पनि दिन चाहन्छु । आज तपाईंहरुका बीचमा उपस्थित भइरहादा मलाई पुरानो कुराका याद भइरहेको छ । आजभन्दा ४१ वर्ष पहिला म पनि निजामती कर्मचारी थिएा । त्यतिबेलाको अवस्था, निजामती कर्मचारीको आकार, दायित्व र दायरा र अहिलेको अवस्थामा फरक छ । अहिलेको अवस्था भिन्न छ । तपाईंहरुले विभिन्न मागहरु उ ाउनुभएको छ । तीमध्ये नयाा संविधानमा टे्रड युनियन अधिकारलाई सुनिश्चित गर्ने कुरा पनि उल्लेख छ । यी कुराहरुका बारेमा अवश्य पनि ध्यान दिनुपर्दछ । तपाईंहरू देशको सचेत समुदाय हुनुहुन्छ । त्यसैले देशको वर्तमान अवस्थाका बारेमा अवश्य पनि जानकार हुनुहुन्छ । हामी अहिले निर्धारित समयभित्र शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याई २०६७ जे १४ गतेभित्र जनचाहना अनुरूपको नयाँ संविधान लेख्ने अभियानमा जुटेका छौँ । विभिन्न बाधा, अवरोध र विरोधका बाबजुद सरकारले यस प्रक्रियालाई इमानदारीका साथ अघि बढाइरहेको छ । मेरो नेतृत्वमा रहेको विशेष समितिलाई सक्रिय पारी छिटोभन्दा छिटो माओवादी सेनाका लडाकुहरूको समायोजन र पुनःस्थापना गर्नका लागि प्रयत्न भइरहेको छ । अहिले उनीहरूलाई माओवादीको 'चेन अफ कमान्ड' बाट बाहिर निकालेर समितिको मातहतमा राखेर त्यस प्रक्रियालाई अघि बढाउन खोजिएको छ । बीच-बीचमा विभिन्न किसिमका आरोह-अवरोधहरू सिर्जना गर्न खोजिए पनि अहिले त्यससम्बन्धी काम अघि बढिरहेको छ । यदि माओवादीले साँच्चै शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन चाहेको हो भने उसले मिलेर इमानदारीका साथ अघि बढ्न तत्पर हुनैपर्दछ । माओवादीको संवेदनशीलतालाई मैले पनि बुझेको छ । यो समायोजन र पुनःस्थापनको समस्या उनीहरूको मात्र होइन, हाम्रो पनि हो । त्यसैले सरकार हदैसम्म लचिलो र समाधानमुखी भएर यस समस्यालाई हल गर्न तयार छ । तर, यस प्रक्रियाप्रति इमानदारिताको कमी हुने अनि दोहोरो चाल गर्ने कुनै पनि कामले नोक्सानीबाहेक कसैलाई कुनै फाइदा गर्दैन । माओवादीलाई हामी नागरिक राजनीतिक पार्टीका रुपमा देख्न चाहन्छौा । हत्या, हिंसा र बन्दुकको धङधङीबाट मुक्त भएको अवस्थामा उसलाई देख्न चाहन्छौा । पार्टीगत होइन, जनताको स्वार्थलाई केन्द्रविन्दुमा राख्नुहोस् । विगतको धङधङीबाट मुक्त हुनुहोस् । देशहितमा केन्दि्रत हुनुहोस् । मेरो यही शुभकामना छ । अहिले मुलुकको कुनै पनि क्षेत्र समस्यामुक्त छैन । सबैका आशा र अपेक्षाहरू बढेका छन् । आफ्ना मागहरूलाईर् पूरा गराउनका लागि आन्दोलन गर्ने प्रवृत्ति बढेको छ । हुँदाहुँदा फोहोरमैला व्यवस्थापन जस्तो संवेदनशील विषयमा पनि सधैँ समस्या खडा गर्ने गरिएको छ । सङ्क्रमणकालको फाइदा उ ाएर राज्यलाई कमजोर बनाउने प्रयत्न भइरहेको छ । तर, हामीले याद राख्नुपर्दछ- यसो गर्दा प्रकारान्तरले हामी आफैँ कमजोर भइरहेका हुन्छौँ । मुलुकको सचेत वर्ग भएका कारण तपाईंहरूले माग राख्दा धेरै कुरामा ध्यान दिनुपर्दछ- हाम्रो मुलुकको प्रतिव्यक्ति आय कति छ ? औसत आयु कति छ ? रोजगारी प्रतिशत कति छ ? यी यावत् कुरामा ध्यान दिन सकेमा मात्र हामी वस्तुनिष्ट हुन सक्छौँ । हामीलाई पनि थाहा छ- कर्मचारीहरूका पनि आफ्ना समस्या छन् । त्यसलाई क्रमशः समाधान गर्दै जानु सरकारको दायित्व हो । आफ्नो परिवारका सदस्य भएका कारण सरकारको विशेष दायित्व छ भन्ने कुरामा कुनै शङ्का छैन । तर, तपाईंहरूले एउटा कुरामा भने अवश्य पनि ध्यान दिनुपर्दछ- किन सेवाग्राहीले हामीमाथि औँला ड्याउने गर्दछन् ? किन उनीहरूले समयमै सेवा नपाएको गुनासो गर्दछन् ? कुन मुलुक कस्तो छ भन्ने कुरा त्यहाँको राजनीतिक नेतृत्वले मात्र प्रतिनिधित्व गर्दैन, त्यहाँको राज्य संयन्त्र कस्तो छ ? अर्थात् स्थायी सरकारका प्रतिनिधिका रूपमा रहेका कर्मचारीहरू कत्तिको इमानदार, दक्ष र सेवामुखी छन् भन्ने कुराले निर्धारण गर्दछ । सरकारी कार्यालयका काममा ढिलासुस्ती हुने र 'भोली आउनुहोस्' भन्ने प्रवृत्ति व्याप्त छ भन्ने जनगुनासो बारम्बार सुनिन्छ । मैले भन्ने गरेको छु- एउटा कुनै निजी घरानाले चलाएको उद्योगधन्दाले लाखौा/करोडौँ नाफा गर्न सक्छ भने सरकारले सबै व्यवस्था गरेर चलाएका संस्थानहरू किन घाटामा जान्छन् ? हाम्रो प्रशासनयन्त्रमा दण्ड र पुरस्कारको उचित प्रबन्ध नहुनु एउटा कारण हो जस्तो लाग्छ । कसैले केही जिम्मेवारी लिनुनपर्ने ! जसले जे गरे पनि हुने ! यो प्रवृत्ति सैह्य हुन सक्दैन । यस्तो अराजक अवस्थाभित्र देश पिल्सिएको छ । यसलाई कसैले सहनु हुादैन । कर्मचारीहरूलाई सेवा-सुविधा दिनमा सरकारले कञ्जुस्याइँ गरेको छैन, आफ्नो क्षमताले भ्याएसम्म गरेको छ । कर्मचारीले पनि आफ्नो क्षमताले भ्याएसम्म जनतालाई छिटो-छरितो सेवा दिनुपर्दछ । अनि मात्र तपाईंहरूको दायित्व पूरा भएको मानिनेछ । कर्मचारीका सेवा-सुविधा विस्तारमा पनि सरकारले ध्यान दिएको छ । कर्मचारी आवास, उनीहरुका छोराछोरीको अध्यापनको व्यवस्था गर्ने जस्ता विषयमा सामान्य प्रशासनमन्त्रीले भर्खरै चर्चा गरिसक्नुभएको छ । भ्रष्टाचार हाम्रो समाजको ूलो विकृतिका रूपमा रहेको छ । जुनसुकै काममा पनि ढिलासुस्ती गर्ने, सेवाग्रहीलाई झुलाउने र उनीहरूबाट रकम असुल्ने प्रवृत्ति छ भन्नेतर्फ तपाईंहरूको अवश्य पनि ध्यान जानुपर्दछ । जबसम्म भ्रष्टाचारलाई नियन्त्रण र निर्मूल पार्न सकिँदैन, तबसम्म हाम्रो लगानी बालुवामा पानी जस्तै बन्दै जानेछ । यस दिशामा सरकारले तपाईंहरूको महत्वपूर्ण सहयोगको अपेक्षा गरेको छ । दण्ड र पुरस्कारको व्यवस्था गरेर हामीले काममा गति ल्याउन सक्छौँ । मैले माथि पनि उल्लेख गरेँ- कुन जिम्मेवारी कसको हो ? कुनै काम गर्दा के हुन्छ र नगर्दा के हुन्छ ? भन्ने कुरा जबसम्म किटानी गरिँदैन, तबसम्म मानिसमा जिम्मेवारीको भावना पैदा हुँदैन । यसका लागि कर्मचारीहरु इमानदार, मिहिनेती र लगनशील हुन त्यत्तिकै जरुरी छ । सरकारी कामलाई आफ्नो काम सम्भिmने प्रवृत्तिको विकास नगरी हामी गुणस्तरीय, छिटो-छरितो र भरपर्दो सेवा दिन सक्दैनौँ भन्ने कुरा महसुस गर्न सकियो भने काम आफैँ राम्रो हुन्छ । विकास निर्माणका काम कसरी कम खर्च गर्ने, कसरी समयमै सम्पन्न गर्ने र कसरी गुणस्तरीय बनाउने भन्ने विषयमा तपाईंहरुमा चिन्ता हुनैपर्दछ । किनभने, जुनसुकै काममा लगानी भएको पनि जनताको रकम हो । सरकारले जनताबाट उ ाएको रकम नै लगानी गर्ने हो । त्यसले तपाईंहरुले यसमा ध्यान पुर्‍याउनुपर्दछ भन्नेमा म विशेष जोड दिन चाहन्छु । अपहरण, जबर्जस्ती चन्दा, हत्या जस्ता कुराले कर्मचारी आहत भएका छन् । यस विषयमा सरकार गम्भीर छ, उनीहरुको यथोचित सम्मान गर्नेछ । जहाासम्म तपाईंहरुले सहिद घोषणाको कुरा गर्नुभएको छ, सरकारी कामका सिलसिलामा कुनै कर्मचारीको मृत्यु भएमा त्यसको जिम्मेवारी बहन गर्न सरकार तयार छ । तर, सहिद कस्तालाई भन्ने ? यसको एउटै परिभाषा हुनुपर्दछ । सुशासन, कर्मचारीका हक-हितलगायतका विषयमा तपाईंहरुले उचित छलफल र सल्लाह गरी निष्कर्ष निकाल्नुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु । अन्त्यमा, तपाईंहरूको यो अधिवेशनले सम्पूर्ण निजामती कर्मचारीहरूमा नयाँ जोश, जाँगर, पेसागत सुरक्षा र आत्मविश्वास पैदा गर्न सकोस् भन्ने कामना गर्दै आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु । धन्यवाद ! -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल निजामती कर्मचारी सङ्ग नको आ ौ राष्ट्रिय अधिवेशन उद्घाटन समारोह -२०६६ माघ १५, भैरहवा, रूपन्देही) मा व्यक्त गर्नुभएको मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्