Madhav Kumar Nepal

कोरिया-नेपाल पोलिटेक्निकलको वुटवलमा कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य

कार्यक्रमका सभापति महोदय, माननीय मन्त्री, राज्यमन्त्री तथा सभासद्हरू, प्रजातान्त्रिक गणतन्त्र कोरियाका महामहिम राजदूत हङ सुङ मग, कोइकाका कन्ट्री डाइरेक्टर, मञ्चमा आसिन विभिन्न दलका नेताहरु, सीटीईभिटीका पदाधिकारीहरू, भद्र महिला तथा सज्जनवृन्द ! प्रजातान्त्रिक गणतन्त्र कोरिया सरकारको सहयोगमा निर्माण हुन लागेको यस 'कोरिया-नेपाल इन्स्िटच्युट अफ टेक्नोलोजी' को भवन सिलान्यास गर्न पाउँदा मलाई खुसी लागेको छ । भवनको संरचना निर्माण गर्न सहयोग पुर्‍याउने कोरियाली सरकारलाई नेपाल सरकार, नेपाली जनता र मेरो व्यक्तिगत तर्फबाट समेत हार्दिक धन्यवाद दिन चाहन्छु । साथै, भवन निर्माणका लागि आवश्यक उपकरणहरू उपलब्ध गराएको अवसरमा समेत सराहना गर्न चाहन्छु । यो इन्स्िटच्युट स्थापनाका लागि योगदान पुर्‍याउने कमरेड प्रदीप नेपालका बारेमा यहाँ धेरै चर्चा भइसक्यो । अरु मन्त्री र सभासद्का बारेमा पनि हामीले सुन्यौँ । उहाँहरु सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु । नेपाल र मित्र राष्ट्र कोरियाबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । यस इन्स्िटच्युटको स्थापनाबाट दुई देशबीचको सम्बन्धलाई अझ घनिष्ट र प्रगाढ बनाउनेछ भन्ने मैले अपेक्षा गरेको छु । साथै, यस इन्स्िटच्युटको निर्माणले दुई देशबीच प्राविधिक क्षेत्रतर्फको सम्बन्धमा पनि नयाँ आधार तयार गरेको छ । भर्खरै सिंहदरबार परिसरभित्रै कोरियाली सरकारको सहयोगमा निर्मित एकीकृत डाटा केन्द्र -इन्टिग्रेटेड डाटा सेन्टर) पनि सञ्चालनमा आएको छ । त्यसले पनि हामीलाई सरकारी डाटा प्रणालीलाई आधुनिकीकरण गर्न निकै सहयोग गरेको कुरा म यहाँ स्मरण गर्न चाहन्छु । कोरिया भ्रमणका सिलसिलामा मैले त्यस देशले हासिल गरेका नवीनतम उपलब्धिहरूलाई नजिकबाटै नियाल्ने मौका पाएको छु । मैले धेरै पटक भ्रमण गरेको मुलुकमध्ये कोरिया एक हो । त्यहाँ मैले विभिन्न नेताहरु, सरकारी अधिकारीहरु र संंघ/संस्थाका प्रतिनिधिहरुलाई भेटेको छु । भर्खरै महामहिम राजदूतले चर्चा गरेको कुरातर्फ ध्यानाकर्षण भएको छ । उहाँले भन्नुभयो- ५० वर्ष पहिलासम्म कोरिया पनि हाम्रो मुलुक जस्तै गरिब थियो । त्यहाँका जनता मुलुकमा बस्न मन पराउँदैनथे, कामको खोजीमा विदेश जान्थे । तीमध्ये कतिले काम पाउँथे भने कति यत्तिकै भौँतारिन्थे । यो देखेर त्यहाँको राजनीतिक नेतृत्वमा चिन्ता उत्पन्न भयो । उनीहरुले यस अवस्थालाई हटाउनका लागि संकल्प गरे र केही आधारभूत कुरामा ध्यान दिए । फलस्वरुप अहिले कोरिया बैदेशिक रोजगारीका लागि आकर्षक स्थल बनेको छ । नेपाल जस्ता धेरै देशका नागरिकहरु कामका लागि त्यहाँ जान्छन् । उनीहरुले विदेशीसँग माग्नुपरेको छैन, सानो सहयोगका लागि पनि विदेशीसँग याचना गर्नुपरेको छैन । बरु दिने अवस्था छ । वास्तवमा कोरियाली जनता श्रमप्रति आस्थावान, लगनशील, समर्पित र इमानदार छन् । प्राविधिक क्षेत्रको बिस्तार र विकासलाई मुलुकको विकाससँग जोड्दै उनीहरू अगाडि बढिरहेका छन् । कुनै पनि राष्ट्र रातारात विकसित र सम्पन्न हुने होइन र हुन पनि सक्दैन । कोरियाले पनि लामो समयसम्मको प्रयत्न र अनुभवका आधारमा यो उपलब्धि हासिल गर्न सकेको छ । कोरियाले प्राविधिक क्षेत्रमा गरेको विकासबाट हामीले पनि धेरै सिक्नुपर्ने आवश्यकता छ । देशको कायापलटका लागि हामीले तीनवटा कुरामा ध्यान दिनुपर्दछः पहिलो- सडक निर्माण । भर्खरै महामहिम राजदूतले पनि 'फास्ट ट्रयाक' को कुरा गर्नुभयो । हामी फुटपाथे बाटोमा हिँड्न बानी परेका छौँ । अब यसलाई हटाएर कम्तीमा चार लेनको बनाउनुपर्दछ । घरको छेउमा अलिकति खाली जमिन रह्यो भने हामी आफ्ना लागि एउटा इँटा थप्छौँ, सडक विस्तारका लागि ध्यान दिँदैनौँ । दोस्रो- विजुलीवत्तीको व्यवस्था । हामीले जलविद्युत्का प्रचुर सम्भावनाहरुलाई उपयोग गरेर मुलुकलाई कायपलट गर्न सक्दछौँ । त्यसैगरी तेस्रो- सञ्चार संशाधनको विकास । अहिले पनि हाम्रो मुलुकमा सञ्चार क्षेत्रको विकासमा हामी अगाडि छौँ । यसलाई अझै अगाडि बढाउनुपर्दछ । हामीले मुलुकको विकासका लागि मध्यपहाडी लोकमार्ग निर्माणको अवधारणा अघि सारेका छौँ । पूर्वको पाँचथरदेखि सुदूरपश्चिमको बैतडीसम्मको पहाडी क्षेत्रलाई जोड्नका लागि मध्यपहाडी लोकमार्ग नै सबभन्दा उपयुक्त विकल्प हो । भोलि संघात्मक व्यवस्थामा मुलुकलाई अझ बढी एकताबद्ध बनाउनका लागि पनि यो लोकमार्ग जरुरी छ । यो लोकमार्ग बन्न सकेमा विभिन्न ाउँमा नयाँ सहरहरुको विकास हुनेछ, रोजगारीका सम्भावनाहरु देखा पर्नेछन् र पहाडबाट तराईमा बसाइ सर्ने प्रवृत्तिको पनि अन्त्य हुनेछ । मुलुकको विकास निर्माणमा निजी क्षेत्रलाई पनि प्रोत्साहित गर्दै जाने सरकारको नीति रहेको छ । मुलुकमा रहेका स्रोत-साधनहरुको समुचित प्रयोग गरेर हामी हाम्रो मुलुकलाई जापान, मलेसिया, कोरिया र विकसित हुँदै गरेको भारतसँगै अघि बढाउन सक्छौँ । मुलुकको विकासका लागि कुन क्षेत्रलाई बढी प्राथमिकता दिने, नीतिगत कमी-कमजोरी छन् भने तिनको पहिचान गर्ने र सम्भावनाहरूको खोजी गर्दै अगाडि बढ्नेबाहेक हामीसँग विकल्प छैन । हामी समृद्ध र आधुनिक मुलुक निर्माणको जग बसाल्न गइरहेका छौँ । त्यस्तो समृद्ध मुलुक दक्ष जनशक्ति र प्रशस्त भौतिक संरचनाहरूको निर्माण बिना सम्भव छैन । हामीले मुख्य ध्यान दिनुपर्ने कुरा नै दक्ष जनशक्तिको उत्पादन हो । त्यसका लागि प्राविधिक शिक्षामा विशेष जोड दिनुपर्दछ । आर्थिक विकासको प्राथमिकता क्षेत्रको आवश्यकता, भूगोल, समुदाय र जनताको रुचिलाई ध्यानमा राखेर हामीले त्यस अनुकूलका प्राविधिक शिक्षालयहरू निर्माण गर्न सक्यौँ भने मुलुकलाई तत्कालीन र दीर्घकालीन दुबै रूपमा अघि बढाउन सक्छौँ । हामीले चौधै अञ्चलमा यस्ता प्रकारका इन्स्िटच्युटहरू स्थापना गर्ने सोच अगाडि सारेका छौँ । सबै क्षेत्रमा विभिन्न प्रकारका प्राविधिक शिक्षालयहरू स्थापना गर्नुपर्दछ र प्रतिभावान, उत्पीडित समुदाय तथा पिछडिएका क्षेत्रका विद्यार्थीहरूलाई अवसर दिनुपर्दछ । २०५१ सालमा नेकपा -एमाले) को अल्पमतको सरकार भएको बेलामा हामीले सबै क्षेत्रमा प्राविधिक शिक्षा बिस्तार गर्ने योजना अगाडि सारेका थियौँ । त्यस अवधारणालाई मूर्त रूप दिँदै दक्ष जनशक्ति निर्माण गर्ने अभियानलाई अघि बढाउनुपर्छ । समयमै हामीले भौतिक संरचना निर्माण सम्पन्न गर्न सक्यौँ भने मात्रै लक्षित उद्देश्य अनुरूप अध्यापन सुरु गर्न सक्छौँ । हामीमा एउटा ूलो समस्या छ- सोच बनाउने तर मूर्त रुप नदिने ! काम सुरु गर्ने तर समयमै सम्पन्न नगर्ने ! धेरै ूला आयोजना र विकास निर्माणका कार्यहरू ढिलासुस्तीकै कारण बर्षौं पछाडि धकेलिएका छन् । म आजै तपाईंहरूलाई सजग गराउँदै शुभकामना दिन चाहन्छु- यस इन्स्िटच्युटको निर्माणमा त्यस्तो हुने छैन । डेढ वर्षभित्र यस इन्स्िट्च्युटको निर्माण गरिसक्ने अ ोट गर्नुभएको छ, त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नुहोस् । यसको काम गर्ने जिम्मा पाएको शम्भु कन्स्ट्रक्सलने आफ्नो प्रतिष् ाका लागि पनि समयमै काम सम्पन्न गर्नेछ, सीटीईभीटीले पनि सहयोग गर्नेछ र डेढ वर्षभित्र तामनगरमा नयाँ भवन स्थापना हुनेछ भन्ने मलाई विश्वास छ । यो इन्स्िटच्युट निर्माण भएपछि मेकानिकलतर्फ ४८, अटो मेकानिकलतर्फ ४८ र इलेक्टि्रकल/इलोक्ट्रोनिक्सतर्फ ४८ जना विद्यार्थीहरूलाई तीनवर्षे पा ्यक्रम अन्तर्गत अध्यापन गर्ने तपाईंहरूले लक्ष्य राख्नुभएको छ । समयमै संरचना निर्माण सम्पन्न गर्न सकियो भने तपाईंहरूले अन्य प्राविधिक विषयहरूमा समेत अध्यापन गराउन सक्नुहुनेछ । त्यसका लागि सीटीईभीटीका तर्फबाट पनि सहयोग हुने नै छ । स्थानीय आवश्यकता, भौतिक संरचना जस्ता सबै पक्षलाई ध्यान दिँदै यस इन्स्िटच्युटलाई उच्च तहसम्म विकास गर्ने सोचसहित तपाईंहरू अगाडि बढ्नुहोस्, आफ्नो भावनालाई साकार पार्नुहोस् । तपाईंहरूले स्थानीय आवश्यकता र रोजगारीको अवस्था अनुरूप छोटो अवधिका तालिम समेत दिने उद्देश्य राख्नुभएको रहेछ । यस उद्देश्य मलाई निकै राम्रो लाग्यो । वास्तवमा मुलुकले अहिले जसरी बेरोजगारीको समस्या भोगिरहेको छ, त्यसको मूल कारण भनेकै आवश्यकता अनुसार प्राविधिक शिक्षातर्फ जोड नपुग्नु पनि हो । हामीकहाँ प्राविधिक शिक्षा तथा व्याबसायिक तालिम परिषद् -सीटीईभीटी) अन्तर्गत २१ वटा आङ्गिक शिक्षालय छन् भने निजी क्षेत्रमा ३ सय ४० वटा संस्थाहरू छन् । वाषिर्क रूपमा प्रवेशिका परीक्षा उत्तीर्ण गर्नेको कम्तीमा प्राविधिक शिक्षालयहरूले २५ प्रतिशत्त दक्ष जनशक्ति उत्पादन गर्नेसम्मको स्थिति देखिएको छैन । त्यसैले हामीले दक्ष जनशक्ति उत्पादन गरी बेरोजगारी समस्या अन्त्यका लागि समग्र नीति र संरचनामै सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ । आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू ! मेरो नेतृत्वमा सरकार ग न भएदेखि नै मैले निरन्तर रूपमा भन्दै आएको छु- वर्तमान सरकारका अघिल्तिर मुख्य रूपमा दुईवटा मूलभूत जिम्मेवारी छन्- पहिलो शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउनु र दोस्रो- निर्धारित मितिमा जनअपेक्षा अनुरूपको नयाँ संविधान निर्माण गरी जारी गर्नु । हामी यी दुवै जिम्मेवारी समय-सीमाभित्रै सम्पन्न गर्न सक्छौँ यदि हामी सबै जिम्मेवार पार्टी र नेताहरु इमानदार र दृढ सङ्कल्पित भयौँ भने । त्यसका लागि हामीमा सहकार्यका साथ अघि बढ्ने दृढ इच्छाशक्ति तथा आवश्यक लचकता चाहिन्छ । देश र जनताको हितका लागि पनि हामीले छिटोभन्दा छिटो यो पीडादायी सङ्क्रमणकालको अन्त्य गर्नुपर्दछ । तब मात्र देश शान्ति र राजनीतिक स्थिरताका लागि नयाँ युगमा प्रवेश गर्न सक्नेछ अनि मात्र हामी आर्थिक उन्नति र विकास-निर्माणका काममा केन्दि्रत भएर लाग्न सक्छौँ । अन्त्यमा, सुन्दर र समृद्ध नेपाल निर्माणको सपनालाई ध्यानमा राखी अगाडि बढ्नु हामी सबैको दायित्व हो । यसै अभियानलाई टेवा पुग्ने गरी तपाईंहरुले यस क्षेत्रमा अग्रणी शिक्षालय बनाउन गर्नुभएको प्रयासका लागि फेरि पनि हार्दिक धन्यवाद दिन चाहन्छु । साथै, मित्र राष्ट्र कोरिया सरकार, कोइकालगायत सबैलाई धन्यवाद दिन चाहन्छु । धन्यवाद ! -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले कोरिया-नेपाल इन्स्िटच्युट अफ टेक्नोलोजीको शिलान्यास कार्यक्रम -२०६६ माघ १५ गते, तामनगर, बुटवल-रूपन्देही) मा व्यक्त गर्नुभएको मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्