Madhav Kumar Nepal

गज्जुवावुको स्मृति दिवसमा व्यक्त गर्नुभएको मन्तव्य

कार्यक्रमका सभापति सद्भावना पार्टीका अध्यक्ष तथा माननीय मन्त्री राजेन्द्र महतो, माननीय मन्त्रीहरु, नेपाली कांग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलजी, एकीकृत नेकपा-माओवादी)का वरिष् नेता डा. बाबुराम भट्टराईजी, विभिन्न राजनीतिक दलका नेताहरु, कार्यक्रममा उपस्थित महानुभावहरु ! बरिष् राजनीतिज्ञ स्वर्गीय गजेन्द्रनारायण सिंहको आ ौँ पुण्य तिथिका अवसरमा आयोजित यस कार्यक्रममा म सर्वप्रथम उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु । गजेन्द्रनारायण सिंह नेपालको राजनीतिमा एकजना सुपरिचित विशिष्ट नेता हुनुहुन्थ्यो । एउटा फरक पार्टीको नेताका रुपमा उहाँसँग कैयौँ सन्दर्भहरुमा सहकार्यहरु भएका थिए । त्यति मात्र होइन, व्यक्तिगत रुपमा पनि उहाँ मेरा अभिन्न मित्र हुनुहुन्थ्यो । मलाई सम्झना छ- ०४७ सालमा पहिलो पटक उहाँ मेरो कोटेश्वरस्थित घरमा आउनुभएको थियो । त्यतिबेला त्यस ाउँमा बाटो पनि बनेको थिएन, एक-दुइटा मात्र घर थिए । मेरो घर निर्माणाधीन थियो । त्यतिबेला हामीले नेपालको राजनीतिका बिभिन्न पक्षहरुका बारेमा लामो कुराकानी गरेका थियौं । त्यो सम्झना अहिले पनि मेरो स्मृतिमा ताजै छ । अत्यन्त मिलनसार र आफ्ना कुरालाई व्यबस्थित रुपमा राख्न सक्ने क्षमता गजेन्द्रबाबुमा थियो । ०५१ सालमा त्रिशङ्कु संसद् बनेपछि त्यसबीचमा सरकार ग न/विघटनका अनेक शृङ्खलाहरु चले । त्यसक्रममा उहाँसँग भएका कुराकानी र सहकार्यका अनेक अनुभवहरु हामीसँग रहेका छन् । अनेक समयमा हामी सँगसँगै रहेका थियौं । राजनीतिका सबै उतारचढावका बीचमा हामीले सँगसँगै सहकार्य गरेका थियौं । राजनीति उहाँको एक मात्र समर्पणको थलो थियो । पञ्चायतकालमा पनि बहुदलीय व्यवस्थाका लागि उहाँले आफ्नो किसिमबाट दृढताका साथ सङ्घर्ष गर्नुभएको थियो । हामी भूमिगत थियौँ, गज्जुबाबु खुला हुनुहुन्थ्यो । उहाँले पञ्चायती एकदलीय व्यवस्थाका विरुद्ध बहुदलीय प्रजातन्त्र स्थापनाका लागि विभिन्न ाउँमा सशक्त आवाज उ ाउनुभएको थियो । यस अर्थमा हामी उहाँलाई बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थाका एउटा सशक्त हिमायती व्यक्तित्वका रुपमा सम्झन सक्छौँ । लोकतन्त्रप्रति उहाँमा गहिरो विश्वास थियो । आफ्नो सामथ्र्य र पार्टीको क्षमताले भ्याएसम्म उहाँले यस कार्यमा सकारात्मक योगदान दिनुभएको छ । नेपालको राजनीतिमा तराई-मधेसको मुद्दालाई स्थापित गराउने कामको श्रेय पछिल्लो अवस्थामा निःसन्देह रुपमा गजेन्द्रबाबुलाई नै जान्छ । नेपालका सबै क्षेत्रहरुको न्यायोचित विकास हुनुपर्दछ भन्ने उहाँको धारणा थियो । त्यसैले उहाँले तराई-मधेसको मुद्दालाई सधैँ प्राथमिकताका साथ उ ाउने गर्नुभएको थियो । मलाई लाग्छ- अहिले तराई-मधेसका मुद्दाहरुलाई उ ाइरहेका राजनीतिक दल र नेताहरु सबैले यस कुरालाई सहज रुपमा स्वीकार गर्नुहुनेछ । गजेन्द्रनारायण सिंहमा राष्ट्रिय एकता र अखण्डताप्रति ूलो संवेदनशीलता थियो । उहाँ सधैँ राष्ट्रियतालाई कसरी बलियो बनाउन सकिन्छ र त्यसका लागि मुलुकका सबै नागरिकलाई राष्ट्रिय भावनाले कसरी ओतप्रोत गर्न सकिन्छ भन्नेमा चिन्तित हुनुहुन्थ्यो । नेपालमा प्रान्तीय प्रणाली अर्थात् सङ्घीय शासन व्यवस्थाका सन्दर्भमा पनि उहाँको मान्यता स्पष्ट थियो । मुलुक सङ्घीय प्रणालीमा जानु भनेको राष्ट्रलाई कमजोर बनाउनु होइन । राष्ट्रलाई अझ बढी बलियो, एकताबद्ध र समृद्ध बनाउनका लागि नै हामी सङ्घीयतामा गइरहेका छौँ । विश्वका अरु देशले भोग्नुपरेका नकारात्मक पा हरुबाट शिक्षा लिँदै र सकारात्मक पक्षहरुबाट प्रेरणा लिँदै हामी अहिले सङ्घीयतातर्फ पाइला चाल्दैछौँ । हामीलाई फाइदा पनि छ- सङ्घीयतामा जाने विश्वकै सबभन्दा पछिल्लो मुलुक भएका कारण हामीले सबै पक्षमा शिक्षा लिन सक्छौँ । सङ्घीयतालाई सही रुपमा अघि बढाउन सक्नु वास्तवमा गजेन्द्रनारायण सिंहजस्ता नेताहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने मलाई लाग्छ । हिजोसम्म हाम्रो मुलुकमा राजतन्त्रको नेतृत्वमा एकात्मक र केन्द्रीकृत शासन प्रणाली थियो । त्यसले मुलुकको न्यायोचित विकास हुन सकेन भनेर हामीले नयाँ व्यवस्था अँगालेका छौँ । यसमा सबै क्षेत्र, जाति, भाषा, समुदाय, समूह, लिङ्ग र वर्गका जनताको समान आशा र अपेक्षा जोडिएको छ । लोकतन्त्रमा सबै नागरिक बराबर हुन्छन् भन्ने कुरा हामीले बोलीमा होइन, व्यवहारमा देखाउनुपरेको छ । त्यसका लागि तराईदेखि हिमालसम्म बस्ने सम्पूर्ण नेपालीहरुको शासन व्यवस्थामा स्वामित्व र सहभागिता जरुरी छ । अहिले हामीले यही दिशामा पाइला अघि बढाइरहेका छौँ । हामी नयाँ संविधान बनाउने चरणमा छौँ । संविधानसभाभित्र राज्यको भावी स्वरुपका बारेमा छलफल गरिरहेका छौं । यस्तो बेलामा सबैले आ-आफ्नो क्षेत्रबाट रचनात्मक, सिर्जनात्मक भूमिका निर्वाह गर्न जरुरी छ । अब हामीसँग जम्मा चार महिना मात्र बाँकी छ । त्यसअघि नै माओवादी सेनाका लडाकुहरुको समायोजन र पुनःस्थापना गरिसक्नुपर्नेछ । उनीहरुको रुचि, मापदण्ड, योग्यता र राजनीतिक दलहरुबीचको सहमतिका आधारमा सुरक्षा निकायहरुमा समायोजन र बाँकीलाई पुनःस्थापना गर्न सरकार तयार छ । नेपालको अन्तरिम संविधान- २०६३, दलहरुका बीचको बाह्र बुँदे सहमति, विस्तृत शान्ति सम्झौतालगायतका विगतका समझदारी, सहमति र सम्झौताहरुप्रति सरकार पूर्ण रुपमा प्रतिबद्ध छ । यसैका लागि संविधानले नै व्यवस्था गरेको विशेष समिति क्रियाशील छ । त्यसले गर्ने निर्णयका आधारमा यससम्बन्धी सबै कामहरुलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध छ । आजै पनि विशेष समितिको बै क बस्दैछ । हामीले लडाकुहरुको आचारसंहिता, चेन अफ कमान्डलगायतका महत्वपूर्ण विषयमा सहमति गर्न गइरहेका छौँ । अब सङ्ख्या, मापदण्ड, कार्यविधिलगायतका विषयहरुमा पनि हामी छिट्टै निष्कर्षमा पुग्नेछौँ भन्नेमा म विश्वस्त छु । स्वर्गीय सिंहप्रति श्र्रद्धासुमन अर्पण गरिरहेको यो अवसरमा अस्तीमात्रै जीप दुर्घटनामा तमलोपाका नेता श्रीकृष्ण यादवको निधन भएको खबरले मलाई स्तब्ध तुल्याएको छ । उहाँसहित चार जना नेताहरुको जीप दुर्घटनामा निधन भएको छ । म स्वर्गीय यावसहितका नेताहरुको निधनप्रति गहिरो शोक व्यक्त गर्दै श्र्रद्धा सुमन व्यक्त गर्न चाहान्छु र सम्बन्धित पार्टी र परिवारजनप्रति हार्दिक समवेदना पनि प्रकट गर्न चाहान्छु । अन्त्यमा, स्वर्गीय गजेन्द्रनारायण सिंहले आफ्नो जीवनको अन्तिम घडीसम्म मुलुकलाई पुर्‍याएको योगदानको राष्ट्रले सधैँ सम्झना गरिरहनेछ । गजेन्द्रबाबुप्रति पुनः एकपटक श्रद्धा-सुमन अर्पण गर्दछु । धन्यवाद ! -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले स्व. गजेन्द्रनारायण सिंहको आ ौँ स्मृति दिवसका अवसरमा सद्भावना पार्टीद्वारा आयोजित श्रद्धाञ्जली कार्यक्रम -२०६६ माघ १०, बानेश्वर, का माडौँ) मा व्यक्त गर्नुभएको मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्