Madhav Kumar Nepal

वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ान धरानमा व्यक्त गर्नुभएको मन्तव्य

प्रमुख अतिथि प्राध्यपक रमेश सी. डेकाज्यू , प्रतिष् ानका सभासद्हरू, दीक्षित हुन लाग्नुभएका छात्रछात्राहरू, उपस्थित भद्र महिला तथा सज्जनवृन्दहरू ! यस वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ानको सातौँ दीक्षान्त समारोहमा कुलपतिका रूपमा उपस्थित भई आफ्ना अभिव्यक्ति तपाईंहरू समक्ष राख्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । नेपालको पूर्वी भेगमा अवस्थित सुन्दर नगरी धरानमा स्थापित यस प्रतिष् ानले स्थापनाको १५ औँ वर्ष पूरा गरी १६ औँ वर्षमा प्रवेश गरिसकेको छ । यस अवधिमा यसले राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान दिनुका साथै अन्तर्राष्ट्रिय स्तरमा समेत आफूलाई चिनाउन सफल भएकोमा हामी गौरवान्वित छौँ । देशलाई आवश्यक पर्ने दक्ष तथा कुशल जनशक्तिको तयारीबाट मात्र देशको भविष्य सुनिश्चित गर्न सकिन्छ । आज दीक्षित हुनुभएका तपाईंहरू देशको भविष्य हुनुहुन्छ । तपाईंहरूको अनुहारमा मैले हाम्रो मुलुकको उज्यालो भविष्य प्रतिविम्बित भएको देखिरहेको छु । यसबाट स्वस्थ तथा असल समाजको निर्माण हुन धेरै ूलो योगदान पुग्नेछ भन्ने मैले विश्वास लिएको छु । आज उपाधि पाउनुभएका चिकित्साशास्त्रका स्नातकोत्तर एवम् स्नातक चिकित्साशास्त्री, नर्सिङ्शास्त्री, दन्तचिकित्साशास्त्री एवम् एलाइड हेल्थ साइन्सेस शास्त्रीहरू सबैलाई म हार्दिक बधाई दिन चाहन्छु । आज यहाँ उपाधि पाउने ६ सय ५४ जना विद्यार्थी मात्र होइन, विगतमा यस प्रतिष् ानबाट शिक्षा आर्जन गर्ने १ हजार ५ सय ५४ जना विद्यार्थी यस मुलुकका योग्य जनशक्ति हुनुहुन्छ । तपाईंहरूमाथि राष्ट्रले लगानी गरेकोमा खुसी लागेको छ । राष्ट्रको अपेक्षा परिपूर्तिमा तपाईंहरूको योगदान अविस्मरणीय हुनेछ भन्ने मैले विश्वास लिएको छु । यस दीक्षान्त समारोहले तपाईंहरूलाई नयाँ जोस, जाँगर र हौसलाका साथ अघि बढ्न अभिप्रेरित गरिरहोस् र तपाईंहरूका भविष्यका पाइलाहरू सधैँ सफलतातर्फ अग्रसर भइरहून् भन्ने कामना गर्दछु । आज दीक्षित हुनेहरूमा छिमेकी मित्रराष्ट्र भारतलगायत अन्य मित्रराष्ट्रका छात्रछात्राहरू पनि भएको थाहा पाउँदा मलाई थप खुसी लागेको छ । तपाईंहरूलाई पनि म हार्दिक बधाई दिन चाहन्छु र तपाईंहरूको भविष्य सफल रहोस् भन्ने कामना गर्दछु । तपाईंहरू हाम्रो देशमा रहँदा यहाँको वस्तुस्थिति र प्राकृतिक सुन्दरताका बारेमा राम्रोसँग परिचित हुनुभएको छ । आ-आफ्नो देशमा फर्केपछि हाम्रा यी कुराहरूबारे भन्न र नेपालको राम्रो अन्तर्राष्ट्रिय छवि बनाउन तपाईंहरूले मद्दत गर्नुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु । नेपालका अधिकांश जनता ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोवास गर्छन् । त्यसैले समग्र गाउँ र दुर्गम क्षेत्रहरूको सन्तुलित विकास नभएसम्म समष्टिगत रूपमा नेपालको विकासको परिकल्पनालाई पूर्ण बनाउन सकिँदैन । यसका निम्ति हाम्रा हरेक योजना, लक्ष्य र कार्यक्रमहरू ग्रामीण धरातलमा आधारित हुनुपर्दछ । आजको यस टड्कारो आवश्यकतालाई यस प्रतिष् ानले आफ्नो प्रारम्भकालदेखि नै अङ्गीकार गर्दै आफ्ना सम्पूर्ण शैक्षिक एवम् सेवासम्बन्धी कार्यक्रमहरूलाई ग्रामीण परिवेशमा ढाल्न खोजेको पाउँदा मलाई खुसी लागेको छ । समुदायमुखी पा ्यक्रम, अध्ययनको प्रारम्भदेखि नै विद्यार्थीलाई ग्रामीण समुदायमा भिज्ने, त्यहाँको बस्तुस्थिति तथा जनताका दुःख-पीडा बुझ्ने र भविष्यमा एउटा संवेदनशील एवम् व्यावहारिक चिकित्सक/स्वास्थ्यकर्मी बनाउने किसिमले प्रतिष् ानले आफ्ना कार्यक्रमहरूलाई परिलक्षित गरेको छ । यहाँबाट उत्पादित हरेक तहका प्राविधिक जनशक्ति स्वास्थ्य क्षेत्रका आवश्यकताहरूलाई सम्बोधन गरी समस्या समाधान गर्न सहयोगी हुनेमा म विश्वस्त छु । प्रतिष् ानद्वारा सञ्चालन हुँदै आएका स्वास्थ्य विकासका कार्यक्रमहरूबाट यस क्षेत्रका जनताले स्व्ाास्थ्य चेतना एवम् उपयुक्त स्वास्थ्य उपचार सेवा पाएका छन् । साथै, स्वास्थ्य कार्यक्रमको माध्यमद्वारा यस भेगको समष्टिगत विकासमा टेवा पुगेको छ र पिछडिएका समुदायलाई समेत रोजगारीका अवसरहरू सिर्जना गरी गरिबी निवारणमा पनि बल पुगिरहेको छ । आज देशले साँच्चै एउटा ूलो अ ोट लिनुपर्ने बेला आएको छ । सङ्क्रमणकालीन परिस्थितिले गर्दा हाम्रा सामाजिक, भौतिक, शैक्षिकलगायतका संरचनाहरू विखण्डित र विशृङ्खलित भएका छन् । सम्पूर्ण सचेत नागरिकले यस कुरालाई हृदयदेखि नै मनन गरी राष्ट्रप्रेम र राष्ट्रिय दायित्वबाट अभिप्रेरित भई आ-आफनो क्षेत्रमा अ ोट गर्नुपर्ने भएको छ । यस कार्यमा राष्ट्रले स्वास्थ्य क्षेत्रमा संलग्न सचेत व्यक्तित्वहरूबाट झन् बढी अपेक्षा राखेको छ । प्रतिष् ानमा कार्यरत चिकित्सक र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जनशक्तिलगायत विद्यार्थीहरूले पनि यसरी नै ग्रामीण क्षेत्र र खासगरी दुर्गम भेगहरूलाई भविष्यमा आफ्नो कार्यक्षेत्र बनाई आफूले प्राप्त गरेको ज्ञान र सीपको उपयोग निरन्तर रूपमा गरिरहेमा मात्र प्रतिष् ानले परिकल्पना गरेको समग्र मानव विकासमा स्वास्थ्यलाई माध्यमका रूपमा अपनाउने कार्यनीतिले मूर्त रूप प्राप्त गर्नेछ । यस कुरामा यहाँ कार्यरत सम्पूर्ण विद्वत्जनहरू अवश्य पनि सचेत हुनुहुन्छ भन्नेमा म विश्वस्त छु । स्वास्थ्य सेवालाई प्रत्येक नागरिकको मौलिक हकका रूपमा संविधानमै स्थापित गरिएको छ । स्वास्थ्य सेवामा सर्वसाधारणको समेत सहज पहुँच पुर्‍याउन सकियोस् भनी मुलुकले अङ्गीकार गरेको स्वास्थ्य नीति अनुरूप नै प्रतिष् ानले अति दुर्गमलगायत विभिन्न क्षेत्रका लागि सीटहरू आरक्षण गरी अध्ययन/अध्यापन गराउने व्यवस्था मिलाएको छ । यो सराहनीय काम हो । यसले राष्ट्रियस्तरका दक्ष चिकित्सक एवम् अन्य स्वस्थ जनशक्ति उत्पादन गर्न तथा खासगरी पूर्वाञ्चल विकास क्षेत्रमा समष्टिगत रूपमा स्वास्थ्यस्तर वृद्धि गर्न अहम् भूमिका निर्वाह गरेको छ । परिवर्तित परिस्थिति अनुसार पिछडिएका वर्ग, जाति र क्षेत्रका मेधावी विद्यार्थीका लागि प्रतिष् ानको ढोका अझ सहज बनाउनुपर्दछ । उत्पादित जनशक्तिको समुचित वितरण र सदुपयोग भएको छ/छैन ? त्यसको अनुगमन गर्नुपर्ने आवश्यकता छ । यहाँबाट उत्पादित जनशक्तिलाई जुन क्षेत्रबाट आउनुभएको छ, केही समय स्वस्फूर्त रूपमा त्यसै क्षेत्रमा गई काम गर्ने अ ोट गर्न म आग्रह गर्दछु । एकातिर यो कार्य तपाईंहरूले देखाएको देशभक्ति र कर्तव्यबोध हुनेछ भने अर्कातिर अरूका लागि पनि उदाहरण बन्नेछ । वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ान यस क्षेत्रको मात्रै नभई राष्ट्रकै एउटा गौरव हो । यस प्रतिष् ानलाई यस स्तरसम्म पुर्‍याउन अथक मिहिनेत गर्ने सम्पूर्ण प्राध्यापक, प्रशिक्षक, चिकित्सक, कर्मचारी र अन्य महानुभावहरूलाई पनि यस अवसरमा धन्यवाद दिन चाहन्छु । तपाईंहरूले अझ बढी हौसलाका साथ कार्य गरी यस संस्थालाई राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा अझ परिचित गराउने कार्य गर्नुहुने अपेक्षा गरेको छु । साथै, यस संस्थालाई आत्मनिर्भर बनाउनुपर्ने टड्कारो आवश्यकता महसुस भइरहेको सन्दर्भमा तपाईंहरूको योगदानले यस लक्ष्य परिपूर्तिमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने कुरामा मैले विश्वास लिएको छु । यो प्रतिष् ान नेपाल-भारतबीचको साझेदारी परियोजनाको अनुपम नमुना हो । यसको विकासका लागि मित्रराष्ट्र भारत सरकारले पुर्‍याएको सहयोगप्रति म नेपाल सरकारका तर्फबाट आभार प्रकट गर्दछु । आउँदा दिनहरूमा पनि भारत सरकारबाट यसको विकासका लागि निरन्तर सहयोग प्राप्त हुने सरकारले विश्वास लिएको छ । साथै, छिमेकी भारत तथा अन्य मित्र राष्ट्रहरूबाट समेत आई कार्यरत शिक्षकहरूलाई पनि प्रतिष् ानको उत्थानमा पुर्‍याएको योगदानका लागि कुलपतिका हैसियतले धन्यवाद दिन चाहन्छु । अन्त्यमा, यस प्रतिष् ानको विकासमा संलग्न रहने प्रतिष् ान परिवारलाई धन्यवाद दिन चाहन्छु र दीक्षित हुने विद्यार्थीहरूलाई पुनः बधाई ज्ञापन गर्दै तपाईंहरूलाई आफ्नो कार्यर्क्षेत्रमा निरन्तर सफलता मिलिरहोस् भन्ने कामना गर्दछु । धन्यवाद ! -सम्माननीय प्रधानमन्त्री तथा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ानका कुलपति माधवकुमार नेपालले प्रतिष् ानको सातौँ दीक्षान्त समारोह -२०६६ माघ ८, धरान-सुनसरी) मा दिनुभएको दीक्षान्त मन्तव्य) प्रमुख अतिथि प्राध्यपक रमेश सी. डेकाज्यू , प्रतिष् ानका सभासद्हरू, दीक्षित हुन लाग्नुभएका छात्रछात्राहरू, उपस्थित भद्र महिला तथा सज्जनवृन्दहरू ! यस वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ानको सातौँ दीक्षान्त समारोहमा कुलपतिका रूपमा उपस्थित भई आफ्ना अभिव्यक्ति तपाईंहरू समक्ष राख्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । नेपालको पूर्वी भेगमा अवस्थित सुन्दर नगरी धरानमा स्थापित यस प्रतिष् ानले स्थापनाको १५ औँ वर्ष पूरा गरी १६ औँ वर्षमा प्रवेश गरिसकेको छ । यस अवधिमा यसले राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान दिनुका साथै अन्तर्राष्ट्रिय स्तरमा समेत आफूलाई चिनाउन सफल भएकोमा हामी गौरवान्वित छौँ । देशलाई आवश्यक पर्ने दक्ष तथा कुशल जनशक्तिको तयारीबाट मात्र देशको भविष्य सुनिश्चित गर्न सकिन्छ । आज दीक्षित हुनुभएका तपाईंहरू देशको भविष्य हुनुहुन्छ । तपाईंहरूको अनुहारमा मैले हाम्रो मुलुकको उज्यालो भविष्य प्रतिविम्बित भएको देखिरहेको छु । यसबाट स्वस्थ तथा असल समाजको निर्माण हुन धेरै ूलो योगदान पुग्नेछ भन्ने मैले विश्वास लिएको छु । आज उपाधि पाउनुभएका चिकित्साशास्त्रका स्नातकोत्तर एवम् स्नातक चिकित्साशास्त्री, नर्सिङ्शास्त्री, दन्तचिकित्साशास्त्री एवम् एलाइड हेल्थ साइन्सेस शास्त्रीहरू सबैलाई म हार्दिक बधाई दिन चाहन्छु । आज यहाँ उपाधि पाउने ६ सय ५४ जना विद्यार्थी मात्र होइन, विगतमा यस प्रतिष् ानबाट शिक्षा आर्जन गर्ने १ हजार ५ सय ५४ जना विद्यार्थी यस मुलुकका योग्य जनशक्ति हुनुहुन्छ । तपाईंहरूमाथि राष्ट्रले लगानी गरेकोमा खुसी लागेको छ । राष्ट्रको अपेक्षा परिपूर्तिमा तपाईंहरूको योगदान अविस्मरणीय हुनेछ भन्ने मैले विश्वास लिएको छु । यस दीक्षान्त समारोहले तपाईंहरूलाई नयाँ जोस, जाँगर र हौसलाका साथ अघि बढ्न अभिप्रेरित गरिरहोस् र तपाईंहरूका भविष्यका पाइलाहरू सधैँ सफलतातर्फ अग्रसर भइरहून् भन्ने कामना गर्दछु । आज दीक्षित हुनेहरूमा छिमेकी मित्रराष्ट्र भारतलगायत अन्य मित्रराष्ट्रका छात्रछात्राहरू पनि भएको थाहा पाउँदा मलाई थप खुसी लागेको छ । तपाईंहरूलाई पनि म हार्दिक बधाई दिन चाहन्छु र तपाईंहरूको भविष्य सफल रहोस् भन्ने कामना गर्दछु । तपाईंहरू हाम्रो देशमा रहँदा यहाँको वस्तुस्थिति र प्राकृतिक सुन्दरताका बारेमा राम्रोसँग परिचित हुनुभएको छ । आ-आफ्नो देशमा फर्केपछि हाम्रा यी कुराहरूबारे भन्न र नेपालको राम्रो अन्तर्राष्ट्रिय छवि बनाउन तपाईंहरूले मद्दत गर्नुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु । नेपालका अधिकांश जनता ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोवास गर्छन् । त्यसैले समग्र गाउँ र दुर्गम क्षेत्रहरूको सन्तुलित विकास नभएसम्म समष्टिगत रूपमा नेपालको विकासको परिकल्पनालाई पूर्ण बनाउन सकिँदैन । यसका निम्ति हाम्रा हरेक योजना, लक्ष्य र कार्यक्रमहरू ग्रामीण धरातलमा आधारित हुनुपर्दछ । आजको यस टड्कारो आवश्यकतालाई यस प्रतिष् ानले आफ्नो प्रारम्भकालदेखि नै अङ्गीकार गर्दै आफ्ना सम्पूर्ण शैक्षिक एवम् सेवासम्बन्धी कार्यक्रमहरूलाई ग्रामीण परिवेशमा ढाल्न खोजेको पाउँदा मलाई खुसी लागेको छ । समुदायमुखी पा ्यक्रम, अध्ययनको प्रारम्भदेखि नै विद्यार्थीलाई ग्रामीण समुदायमा भिज्ने, त्यहाँको बस्तुस्थिति तथा जनताका दुःख-पीडा बुझ्ने र भविष्यमा एउटा संवेदनशील एवम् व्यावहारिक चिकित्सक/स्वास्थ्यकर्मी बनाउने किसिमले प्रतिष् ानले आफ्ना कार्यक्रमहरूलाई परिलक्षित गरेको छ । यहाँबाट उत्पादित हरेक तहका प्राविधिक जनशक्ति स्वास्थ्य क्षेत्रका आवश्यकताहरूलाई सम्बोधन गरी समस्या समाधान गर्न सहयोगी हुनेमा म विश्वस्त छु । प्रतिष् ानद्वारा सञ्चालन हुँदै आएका स्वास्थ्य विकासका कार्यक्रमहरूबाट यस क्षेत्रका जनताले स्व्ाास्थ्य चेतना एवम् उपयुक्त स्वास्थ्य उपचार सेवा पाएका छन् । साथै, स्वास्थ्य कार्यक्रमको माध्यमद्वारा यस भेगको समष्टिगत विकासमा टेवा पुगेको छ र पिछडिएका समुदायलाई समेत रोजगारीका अवसरहरू सिर्जना गरी गरिबी निवारणमा पनि बल पुगिरहेको छ । आज देशले साँच्चै एउटा ूलो अ ोट लिनुपर्ने बेला आएको छ । सङ्क्रमणकालीन परिस्थितिले गर्दा हाम्रा सामाजिक, भौतिक, शैक्षिकलगायतका संरचनाहरू विखण्डित र विशृङ्खलित भएका छन् । सम्पूर्ण सचेत नागरिकले यस कुरालाई हृदयदेखि नै मनन गरी राष्ट्रप्रेम र राष्ट्रिय दायित्वबाट अभिप्रेरित भई आ-आफनो क्षेत्रमा अ ोट गर्नुपर्ने भएको छ । यस कार्यमा राष्ट्रले स्वास्थ्य क्षेत्रमा संलग्न सचेत व्यक्तित्वहरूबाट झन् बढी अपेक्षा राखेको छ । प्रतिष् ानमा कार्यरत चिकित्सक र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जनशक्तिलगायत विद्यार्थीहरूले पनि यसरी नै ग्रामीण क्षेत्र र खासगरी दुर्गम भेगहरूलाई भविष्यमा आफ्नो कार्यक्षेत्र बनाई आफूले प्राप्त गरेको ज्ञान र सीपको उपयोग निरन्तर रूपमा गरिरहेमा मात्र प्रतिष् ानले परिकल्पना गरेको समग्र मानव विकासमा स्वास्थ्यलाई माध्यमका रूपमा अपनाउने कार्यनीतिले मूर्त रूप प्राप्त गर्नेछ । यस कुरामा यहाँ कार्यरत सम्पूर्ण विद्वत्जनहरू अवश्य पनि सचेत हुनुहुन्छ भन्नेमा म विश्वस्त छु । स्वास्थ्य सेवालाई प्रत्येक नागरिकको मौलिक हकका रूपमा संविधानमै स्थापित गरिएको छ । स्वास्थ्य सेवामा सर्वसाधारणको समेत सहज पहुँच पुर्‍याउन सकियोस् भनी मुलुकले अङ्गीकार गरेको स्वास्थ्य नीति अनुरूप नै प्रतिष् ानले अति दुर्गमलगायत विभिन्न क्षेत्रका लागि सीटहरू आरक्षण गरी अध्ययन/अध्यापन गराउने व्यवस्था मिलाएको छ । यो सराहनीय काम हो । यसले राष्ट्रियस्तरका दक्ष चिकित्सक एवम् अन्य स्वस्थ जनशक्ति उत्पादन गर्न तथा खासगरी पूर्वाञ्चल विकास क्षेत्रमा समष्टिगत रूपमा स्वास्थ्यस्तर वृद्धि गर्न अहम् भूमिका निर्वाह गरेको छ । परिवर्तित परिस्थिति अनुसार पिछडिएका वर्ग, जाति र क्षेत्रका मेधावी विद्यार्थीका लागि प्रतिष् ानको ढोका अझ सहज बनाउनुपर्दछ । उत्पादित जनशक्तिको समुचित वितरण र सदुपयोग भएको छ/छैन ? त्यसको अनुगमन गर्नुपर्ने आवश्यकता छ । यहाँबाट उत्पादित जनशक्तिलाई जुन क्षेत्रबाट आउनुभएको छ, केही समय स्वस्फूर्त रूपमा त्यसै क्षेत्रमा गई काम गर्ने अ ोट गर्न म आग्रह गर्दछु । एकातिर यो कार्य तपाईंहरूले देखाएको देशभक्ति र कर्तव्यबोध हुनेछ भने अर्कातिर अरूका लागि पनि उदाहरण बन्नेछ । वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ान यस क्षेत्रको मात्रै नभई राष्ट्रकै एउटा गौरव हो । यस प्रतिष् ानलाई यस स्तरसम्म पुर्‍याउन अथक मिहिनेत गर्ने सम्पूर्ण प्राध्यापक, प्रशिक्षक, चिकित्सक, कर्मचारी र अन्य महानुभावहरूलाई पनि यस अवसरमा धन्यवाद दिन चाहन्छु । तपाईंहरूले अझ बढी हौसलाका साथ कार्य गरी यस संस्थालाई राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा अझ परिचित गराउने कार्य गर्नुहुने अपेक्षा गरेको छु । साथै, यस संस्थालाई आत्मनिर्भर बनाउनुपर्ने टड्कारो आवश्यकता महसुस भइरहेको सन्दर्भमा तपाईंहरूको योगदानले यस लक्ष्य परिपूर्तिमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने कुरामा मैले विश्वास लिएको छु । यो प्रतिष् ान नेपाल-भारतबीचको साझेदारी परियोजनाको अनुपम नमुना हो । यसको विकासका लागि मित्रराष्ट्र भारत सरकारले पुर्‍याएको सहयोगप्रति म नेपाल सरकारका तर्फबाट आभार प्रकट गर्दछु । आउँदा दिनहरूमा पनि भारत सरकारबाट यसको विकासका लागि निरन्तर सहयोग प्राप्त हुने सरकारले विश्वास लिएको छ । साथै, छिमेकी भारत तथा अन्य मित्र राष्ट्रहरूबाट समेत आई कार्यरत शिक्षकहरूलाई पनि प्रतिष् ानको उत्थानमा पुर्‍याएको योगदानका लागि कुलपतिका हैसियतले धन्यवाद दिन चाहन्छु । अन्त्यमा, यस प्रतिष् ानको विकासमा संलग्न रहने प्रतिष् ान परिवारलाई धन्यवाद दिन चाहन्छु र दीक्षित हुने विद्यार्थीहरूलाई पुनः बधाई ज्ञापन गर्दै तपाईंहरूलाई आफ्नो कार्यर्क्षेत्रमा निरन्तर सफलता मिलिरहोस् भन्ने कामना गर्दछु । धन्यवाद ! -सम्माननीय प्रधानमन्त्री तथा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ानका कुलपति माधवकुमार नेपालले प्रतिष् ानको सातौँ दीक्षान्त समारोह -२०६६ माघ ८, धरान-सुनसरी) मा दिनुभएको दीक्षान्त मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्