Madhav Kumar Nepal

दैलेख महोत्सव उद्घाटनमा व्यक्त गर्नुभएको मन्तव्य

कार्यक्रमका अध्यक्ष महोदय, माननीय मन्त्री तथा सभासद्हरू, मञ्चमा आसिन अतिथिहरू, उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरू ! आज म तेस्रो पटक यस रमणीय दैलेख जिल्लामा आएको छु । यसअघि पहिलो पटक २०५२ सालमा उपप्रधानमन्त्रीका रूपमा म यहाँ आएको थिएँ भने दोस्रो पटक ०५८ सालमा पार्टीको महासचिवका रूपमा यहाँ आएको थिएँ । आज तेस्रो पटक प्रधानमन्त्रीका रूपमा यहाँ उपस्थित भएर दैलेखवासी दाजुभाइ तथा दिदीबहिनीहरूसँग भेटघाट गर्ने अवसर मिलेको छ । दैलेख महोत्सवको आयोजना गरी यो भेटघाटको अवसर जुटाइदिएकोमा सर्वप्रथम म आयोजक जिल्ला विकास समिति तथा सहआयोजकहरू नारायण नगरपालिका र उद्योग वाणिज्य संघका मित्रहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । हाम्रो मुलुक विविधतायुक्त छ । विविधताका बीचमा एकता नै हामी नेपालीको पहिचान बनेको छ । हिमाल, पहाड र तराईको सुन्दर संयोजनले हाम्रो मुलुकलाई साँच्चै विविधताको माला बनाएको छ । प्रकृतिले हामीलाई अनुपम उपहारहरू दिएको छ । हाम्रो मुलुकको भौगोलिक बनावट, हावापानी, रहनसहन र रीतिथिति वास्तवमा दुनियाँका लागि नै लोभलाग्दो छ । विश्वका कतिपय मुलुकमा अति गर्मी हुन्छ भने कतिपय मुलुकमा अति जाडो हुन्छ । भर्खरै मात्र डेनमार्क र चीन पुग्दा मैले देखेँ- त्यहाँ अत्यन्त चीसो छ । सामान्य अवस्थामा मानिस घरबाट बाहिर निस्कन पनि सक्दैनन् । तर, हाम्रो मुलुकका कुनै पनि भू-भागमा त्यस्तो अवस्था हामी पाउँदैनौँ । छैन । यस्ता अनेक विशेषताहरूको सङ्गम यस मुलुकलाई हामीले समृद्ध बनाउनु परेको छ, विकासको नयाँ शिखरमा पुर्‍याउनुपरेको छ । वास्तवमा दैलेख जिल्ला आफैँमा विविध विशेषताहरू भएको जिल्लाका रूपमा परिचित छ । नेपाली भाषाको उत्पत्तिका हिसावले होस् वा त्यसको पहिलो प्रमाणिक शिलालेख भेटिएका हिसावले होस्, यस जिल्लाले ूलो महत्व राख्दछ । सबैभन्दा ूलो र निरन्तर बलिरहेको ज्वालामुखी, पञ्चकोशी जस्ता अनेक धार्मिकस्थल पनि यही जिल्लामा छन् । अझ विभिन्न जातजातिका थरहरूको उत्पत्तिका हिसावले पनि यो जिल्ला ऐतिहासिक जिल्लाका रुपमा रहेको छ । दुल्लु नजिकै रहेको 'नेपा', जहाँबाट 'नेपाल' थरको उत्पत्ति भएको भनिन्छ, मलाई त्यहाँ जान अत्यन्तै मन थियो । तर, समय अभावका कारण आज यो सम्भव नभए पनि म कुनै दिन अवश्य त्यहाँ पुग्नेछु । मैले सुनेको छु- यहाँ प्रशस्त प्राकृतिक सम्पदाहरू छन् । तिनीहरूको संरक्षण र विकासका लागि तपाईर्ंहरू नै लाग्नुपर्दछ । हाम्रो गाउँ, जिल्ला र देशको विकास अरू कोही आएर गरिदिने होइन, हामी आफैँले गर्नुपर्दछ । त्यसैले आफ्नो गाउँ र जिल्लाको विकासका लागि पनि सबभन्दा पहिला तपाईंहरू नै जुट्नुपर्दछ । सरकारले त त्यसमा सहयोग गर्ने मात्रै हो । अनेक बाधा-अवरोधका बाबजुद भर्खरै बजेट पारित भएर गाउँ-गाउँमा आउन थालेको छ । आफ्नो गाउँमा आएको बजेटको सही सदुपयोग भयो/भएन ? त्यसबाट कस्ता आयोजनाहरू निर्माण हुन गइरहेका छन् ? ती आयोजनाहरू गुणस्तरीय छन् कि छैनन् ? यस्ता काममा तपाईं जनसमुदायले निगरानी गर्नुपर्दछ । अन्यत्र कतै नपाइने ज्वालामुखी यही दैलेख जिल्लामा पाइन्छ । श्रीस्थान, नाभिस्थान र पादुकामा रहेका ज्वालाका बारेमा तपाईंहरूले अझै आवश्यक प्रचार-प्रसार गर्न सक्नुभएको छैन । ती स्थलहरूको धार्मिक र पुरातात्विक महत्व त आफ्नो ाउँमा छँदैछ, त्यसबाहेक पर्यटनसँग जोडेर अगाडि लैजान सकियो भने त्यसले यस क्षेत्रको विकासमा ूलो टेवा पुर्‍याउनेछ । हामीले प्राकृतिक रूपमा सुन्दर स्थानहरूका बारेमा प्रचार-प्रसार गर्नुपर्दछ । हाम्रा गाउँ- ाउँमा हामीले पर्यटकलाई ल्याउन सफल भयौँ भने पनि यहाँ रोजगारीका प्रशस्त अवसरहरू खुल्दछन् । त्यसैले पञ्चकोशी क्षेत्रको समग्र विकासका लागि तपाईंहरूले स्थानीयस्तरबाट योजना बनाउनुहोस्, सरकारले आवश्यक सहयोग गर्नेछ । सरकारले सन् २०११ लाई 'नेपाल पर्यटन वर्ष' का रूपमा मनाउन गइरहेको छ । त्यसलाई समेत ध्यानमा राखेर पर्यटकहरूलाई आकषिर्त गर्ने गरी कार्यक्रम निर्माण गर्न म तपाईंहरूलाई हार्दिक आग्रह गर्दछु । हामीले भर्खरै विभिन्न झाँकीहरु देख्यौँ, राउटे दाजुभाइ-दिदीबहिनीहरुको नाच देख्यौँ । यहाँ प्रस्तुत भएका झाँकीहरुले आ-आफ्ना परम्परा र संस्कृतिहरुको प्रतिनिधित्व गर्दछन् । त्यसैगरी यहाँ भर्खरै प्रस्तुत गरिएका मागहरुतर्फ पनि मेरो ध्यान गएको छ । जुम्लालाई जोड्ने छोटो र सुगम बाटो बनाउन सकेमा पक्कै पनि यस जिल्लाका जनताले ूलो सुविधा पाउनेछन् । त्यसैगरी, यहाँको अरु बाटोघाटो, बैंक स्थापना जस्ता कुरामा पनि मेरो ध्यान गएको छ । हामीले पर्याप्त मात्रामा भौतिक पूर्वाधारहरुको विकास गर्न सकिरहेका छैनौँ । त्यसैले केही ूला परियोजनाहरुलाई अगाडि बढाउनुपर्छ भन्ने मेरो मान्यता छ । त्यही अन्तर्गत मध्यपहाडी लोकमार्ग अर्थात् पुष्पलाल लोकमार्गलाई अगाडि बढाउने सोच सरकारले बनाएको छ । मुलुकको उत्तरी भागलाई समेट्ने गरी सुदूरपूर्वको पाँचथरदेखि सुदूरपश्चिमको बैतडीसम्म जोड्ने पुष्पलाल लोकमार्ग निर्माण गर्न सक्यौँ भने हामीले हाम्रो मुलुकको तस्वीर नै अर्को बनाउन सक्नेछौँ । अहिले भए जस्तो साँघुरो बाटो होइन, चार लेनको फराकिलो बाटो बनाउने सोचका साथ अघि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । हामीले यो बाटो बनाएर राष्ट्रलाई अझ बढी उन्नत एकताबद्ध बनाउन सक्छौँ । उत्तरी क्षेत्रमा आर्थिक गतिविधिलाई हामीले त्यस लोकमार्गका माध्यमबाट बढाउन सक्छौँ । त्यस क्षेत्रमा फलफूल खेती विस्तार गर्न सकिन्छ, कृषि उत्पादनलाई बढाउन सकिन्छ । त्यति मात्र होइन, बाटो भएमा त्यस क्षेत्रमा रहेको जलविद्युत् उत्पादनको अपार सम्भावनालाई पनि हामी सजिलै उपयोग गर्न सक्दछौँ । वास्तवमा भौतिक विकास-निर्माणको पूर्वाधार नै सडक हो । त्यसपछि विजुलीवत्ती र सञ्चारसेवालाई गाउँ-गाउँसम्म पुर्‍याउन सकियो भने विकासको एउटा चक्र पूरा हुन्छ । यही मान्यताका आधारमा मैले पुष्पलाल लोकमार्गलाई सकेसम्म धेरै जिल्लाहरुलाई फाइदा पुग्ने गरी योजना बनाउन निर्देशन दिएको छु । आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू ! अब म तपाईंहरूसँग मुलुकको वर्तमान अवस्थाका बारेमा केही कुरा राख्न चाहन्छु । मुलुकका प्रमुख राजनीतिक दलहरू मिलेर विगत तीन वर्षको अवधिमा धेरै ऐतिहासिक र युगान्तकारी कामहरू गरेका छौँ । हामीले दुई हजार वर्ष पुरानो सामन्ती राजतन्त्रात्मक युगको अन्त्य गरेका छौँ र हाम्रो देशलाई गणतन्त्रको नयाँ युगमा प्रवेश गराएका छौँ । विश्वको इतिहास हेर्दा शान्तिपूर्ण रूपमा यति छोटो अवधिमा यति धेरै परिवर्तन भएको पाइँदैन । दलहरूबीचको सहमति, एकता र सहकार्यका आधारमा मात्रै हामीले यति महत्वपूर्ण कामहरू सम्पन्न गरेका छौँ । तर, त्यही आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्ने बेलामा अहिले दलहरूका बीचमा असमझदारी देखिँदा जनतामा आशङ्का उत्पन्न भएको छ- कतै दलहरू मिल्न नसकेर आन्दोलनका उपलब्धिहरू गुम्ने त होइनन् ? कतै समयमै संविधान नबन्ने त होइन ? मलाई विश्वास छ- दलहरूका बीचमा देखा परेको असहमतिको चाँडै अन्त्य हुनेछ र निर्धारित मितिमा संविधान बनाउन हामी सफल हुनेछौँ । विगतभन्दा अहिलेको अवस्थामा केही सुधार पनि आएको छ । पाँच महिनादेखि अवरुद्ध व्यवस्थापिका-संसद् खुलेको छ । उपराष्ट्रपतिको सपथग्रहणसम्बन्धी विवाद समाधान गर्नका लागि संविधान संशोधनको प्रक्रिया अघि बढ्ने अवस्थामा छ । त्यति मात्र होइन, संविधानसभाभित्र नयाँ संविधानका कतिपय अन्तरवस्तुहरूमाथि छलफल सकिएको छ । सहमति हुन नसकेका विषयहरूलाई संवैधानिक समितिले निर्वाचनका माध्यमबाट टुङ्गो लगाएको छ । हिजै मात्र विशेष समितिको बै कमा तीन महिनाको सेरोफेरोमा माओवादी सेनाका लडाकुहरुको समायोजन र व्यवस्थापन गरिसक्ने कुरा उ ेको छ । यी सबै सकारात्मक विषयहरू हुन् । यति हुँदाहुँदै पनि प्रमुख विपक्षी दल एकीकृत नेकपा -माओवादी) ले 'नागरिक सर्वोच्चता' का नाममा अहिले पनि आन्दोलन गरिरहेको छ । मैले बारम्बार भन्दै आएको छु- नागरिक सर्वोच्चता कुनै एउटा दलको मात्र परिभाषामा पर्ने विषय होइन । नागरिक सर्वोच्चताकै लागि हामीले त्यति ूलो बलिदानीपूर्ण आन्दोलन गरेका हौँ । हामीले हिजो राजनीति सुरु गरेकै नागरिकका हातमा अधिकार ल्याउनका लागि अर्थात् नागरिक सर्वोच्चताका लागि हो । नागरिक सर्वोच्चता भनेको नागरिकका प्रतिनिधिहरूले बनाएको नियम, कानुन र संविधानको सर्वोच्चता हो । विगतमा प्रधानसेनापतिलाई माओवादी एक्लैले गरेको कारवाहीलाई अरू पार्टीले स्वीकार नगरेको तथ्य सबैलाई थाहा छ । बहुमत दल र संसद्का बहुमत सदस्यहरूको समर्थन गुमाइसकेपछि एउटा पार्टीको निर्णयमा सीमित रहेको त्यस निर्णयलाई राष्ट्रले अस्वीकार गर्‍यो र उहाँहरूले सरकारबाट राजीनामा दिनुभयो । सहमतिको राजनीतिलाई तोड्ने, संविधानको भावना, मर्म र प्रावधानविपरीत आफू चल्ने अनि संविधान मिचेको आरोप अरुमाथि लगाउने ? एउटा प्रक्रियामा प्रवेश गरेपछि त्यसलाई स्वीकार गर्नुका साटो माओवादीले 'खेल चाहिँ खेल्छु तर जीत चाहिँ मेरै हुनुपर्छ' भन्ने मान्यता राखेको छ । यस कुरालाई नागरिक सर्वोच्चता भन्न पाइँदैन । कुनै एक दलले जे भन्छ, त्यो नै नागरिक सर्वोच्चता हुन सक्दैन । माओवादीसँग अहिले पनि निजी सेना छ, हतियार छ, अर्धसैन्य संरचना छ । जबसम्म सेना र हतियार रहन्छ, तबसम्म कुनै पनि पार्टी नागरिक पार्टी हुन सक्दैन । त्यसैले नागरिक सर्वोच्चताको कुरा गर्नुअघि माओवादी हामी जस्तै नागरिक पार्टी हुनुपर्दछ । माओवादीले मालिकसँग वार्ता गर्ने कुरा गरी विदेशीलाई नेपालको मामिलामा हस्तक्षेप गर्न औपचारिक रुपमा निम्ता दिएको छ । राष्ट्रवादको चर्को नारा लगाउँदै उसले यसबाट गम्भीर राष्ट्रघाती काम गर्न पुगेको छ । यो माओवादीभित्र लुकेको असङ्गतिपूर्ण र देशद्रोही विचार हो । यसको प्रत्येक राष्ट्रभक्त नेपालीले विरोध र निन्दा गर्नुपर्दछ । सरकार सहमतिका लागि तयार छ, सबै दलहरूसँग मिलेर अघि बढ्न तयार छ । तर, एक हातले ताली बज्दैन । सहमतिका लागि माओवादी पनि तयार हुनुपर्दछ । यदि माओवादीको मनमा मुलुकमा सेना हावी हुन्छ कि वा राष्ट्रपतिको भूमिका बढ्छ कि भन्ने आशङ्का छ भने ती आशङ्का पनि मेटाउन सकिन्छ । साढे पाँच महिनाभित्र हामी नयाँ संविधान बनाउन गइरहेका छौँ । अहिले आन्दोलनका नाममा समय खर्च गर्नुभन्दा नयाँ संविधानमा यस्ता कुराहरूलाई कसरी व्यवस्थित गर्न सकिन्छ ? त्यसबारेमा बहस गरौँ, विगतका कुरा कोट्याएर समय खेर नफालौँ, रचनात्मक काममा खर्च गरौँ । मेरो उहाँहरूलाई यही आग्रह छ । शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याएर आउने पाँच महिनाभित्र नयाँ संविधान लेख्न र घोषणा गर्न सरकार तयार छ । त्यसका लागि सबभन्दा पहिला माओवादी सेनाका लडाकुहरूको समायोजन र व्यवस्थापन गर्नुपर्दछ । विगतमा माओवादीसँग हतियार र सेना राखेर निर्वाचनमा जाँदा के-के भयो ? त्यसको भुक्तभोगी तपाईंहरू नै हुनुहुन्छ । अहिले पनि शिविरमा बसेका माओवादी कार्यकर्ताहरु हतियारसहित बाहिर निस्किने, शान्ति सम्झौताको धज्जी उडाउने, हतियार प्रदर्शन गर्ने, उद्दण्डता देखाउँदै विपक्षीलाई कुटपिट र लुटपाट गर्ने गरेका छन् । यसरी नै गाउँ-गाउँमा वाइसीएलका नाममा माओवादीले जनतालाई दुःख दिने गरेका घटनाहरू सार्वजनिक भइरहेका छन् । सल्यानमा नेकपा -एमाले) को जिल्ला अधिवेशनमाथि नै आक्रमण गर्न उनीहरू पछि परेनन् । त्यति मात्र होइन, बैतडी, मुगु, ताप्लेजुङलगायतका जिल्लामा उनीहरूले राजनीतिक कार्यकर्तामाथि आक्रमण गरेका छन्, रुकुमकी पत्रकार टिका विष्टलाई चरम यातना दिएका छन् । अहिले पनि उनीहरूले निजी तथा सरकारी जग्गा र भवनहरू खाली गरेका छैनन् । त्यति मात्र होइन, ेक्कापट्टामा जोरजबर्जस्ती गर्ने, समानान्तर सत्ताको धम्की दिने र अझ कतिपय अवस्थामा अभ्यास गर्ने जस्ता कामहरु उनीहरुले गर्दै आएका छन् । यस्ता क्रियाकलापहरूले सहमतिको राजनीति अघि बढाउन सहयोग गर्दैनन् । त्यसैले म आग्रह गर्न चाहन्छु- सबभन्दा पहिला तपाईंहरू यस्ता क्रियाकलाप बन्द गर्नुहोस् । होइन भने तपाईंहरू आफूले खनेको खाल्डोमा आफैँ फस्नेबाहेक कुनै उपाय छैन । मैले माथि पनि चर्चा गरेँ- माओवादीका क्रियाकलापहरूले अहिले पनि मानिसहरूमा आशङ्का उत्पन्न गरिरहेको छ । उनीहरूका नेताहरूले बारम्बार 'सत्ताकब्जा गर्छौं' भनेको सुनिन्छ । यो आपत्तिजनक कुरा हो । एकातिर सरकारको नेतृत्वको दावी गर्ने अनि अर्कातिर सत्ताकब्जाको तयारी गर्ने ? अनि माओवादीलाई कसरी विश्वास गर्न सकिन्छ ? म माओवादीलाई भन्न चाहन्छु- तपाईंहरूले साँच्चै सत्ताकब्जा गर्न खोज्नुभयो भने त्यसको मूल्य निकै महङ्गो पर्नेछ । किनभने, नागरिक र आफ्नो रक्षा गर्नु संसारका प्रत्येक राज्यको कर्तव्य हो । म फेरि जोड दिएर भन्न चाहन्छु- सहमति र सहकार्यको विकल्प छैन । हामीले विगत दस वर्षमा अपूरणीय क्षति बेहोरिसकेका छौँ । विकास र समृद्धिका हिसावले हामी ४०/५० वर्ष पछाडि परिसकेका छौँ । त्यस दुर्भाग्यपूर्ण अवस्थालाई फेरि निम्त्याउन हामी कसैलाई पनि मन छैन । त्यसैले आउनुहोस्- फेरि एकै ाउँमा बसौँ, आ-आफ्ना कमी-कमजोरीको समीक्षा गरौँ र नयाँ गन्तव्यका लागि फेरि एकजुट भएर अघि बढौँ ! अन्त्यमा, तपाईंहरूले आयोजना गरेको यस पहिलो दैलेख महोत्सवले जिल्लाका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक धरोहरहरूलाई उजागर गर्न र यस जिल्लालाई अझ बढी चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने कामना गर्दै आफ्नो भनाइ यहीँ टुङ्ग्याउन चाहन्छु । धन्यवाद ! -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले जिल्ला विकास समितिद्वारा आयोजित दैलेख महोत्सव -२०६६ पुस २२, काँडाचौर, दैलेख) मा दिनुभएको मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्