Madhav Kumar Nepal

ओखलढुंगा महोत्सवमा व्यक्त गर्नुभएको मन्तव्य

कार्यक्रमका अध्यक्ष महोदय, माननीय उपप्रधानमन्त्री, मन्त्रीहरू, नेकपा -एमाले) का महासचिव कमरेड ईश्वर पोखरेल, मञ्चमा आसिन विशिष्ट व्यक्तित्वहरु, राष्ट्रसेवक कर्मचारीहरू, ओखलढुंगावासी रुम्जाटारका दाजुभाइ तथा दिदीबहिनीहरू ! 'मेरो प्यारो ओखलढुंगा-सिद्धीचरण श्रेष् को कविता र पछि गीतका रुपमा आएको कुरा प्रसिद्ध छ । घुमीफिरी रुम्जाटार सायद २०५२ पछि म पनि घुमीफिरी रुम्जाटार आएको छु । ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्रको विकासलाई केन्द्रविन्दुमा राखेर तपाईंहरूले आयोजना गर्नुभएको यस 'ओखलढुङ्गा रुम्जाटार सांस्कृतिक पर्यटकीय महोत्सव २०६६' को उद्घाटन गर्ने अवसर दिनुभएकोमा म आयोजक मित्रहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । तपाईर्ंहरूले आफ्नो क्षेत्रको विकास, यहाँका विशेषता र पर्यटकीय क्षेत्रहरूको प्रचार-प्रसार र प्रबर्द्धनका लागि यो महोत्सव आयोजना गर्नुभएको छ । 'नयाँ नेपाल ऐतिहासिक गाउँ घुमिफिरी रुम्जाटार हेर्न जाऔँ' भन्ने नाराका साथ आयोजित यस महोत्सवले दर्शकहरूलाई आकषिर्त गर्ने मात्र होइन भन्ने सिंगो देशको ध्यानकषिर्त गर्न सकोस्, प्रत्येक वर्ष यस्तै महोत्सव गर्नसक्नुहोस् भन्ने शुभेच्छा प्रकट गर्दै म यसको पूर्ण सफलताको कामना गर्दछु । भौगोलिक रूपमा हाम्रो मुलुक विकट छ । संसारको भूगोल कतै पनि एकनासको हुँदैन- कहीँ पहाड हुन्छ, कहीँ तराई हुन्छ । यी सबै विशेषताहरूका आधारमा जुनसुकै मुलुकको निर्माण भएको हुन्छ । हाम्रो मुलुक पनि हिमाल, पहाड र तराईको संयोजनबाट मिलेको छ । पहाडका आफ्ना दुःख छन् तर यसका आफ्नै विशेषताहरू पनि छन् । तराईमा पाइने विशेषता पहाडमा पाइँदैनन्, त्यसैगरी पहाडका विशेषता तराईमा पाइँदैनन् । यिनै विशेषताहरूका आधारमा हाम्रो मुलुक विविधताको धनी बनेको छ । विविधतामा एकता हाम्रो विशेषता बनेको छ । पहाडी जीवनको सुन्दरता यहाँका मनोरम डाँडापाखाहरू, स्वच्छ वातारण, हरिया फाँटहरू, कलकल बग्ने खोलानालाहरू र यी सबैबाट निसि्रत सुगन्धमा लुकेको छ । आज तपाई रुम्जाटारबासीहरू जसरी जुट्नुभएको छ, यसैगरी आफ्नो गाउँ- ाउँ र क्षेत्रको विकास लागि सबै नेपाली एकताबद्ध भएर रुम्जाटारसँग सिकेर उ ्न र जुट्न सक्ने हो भने विकासका लागि हामीले अरू कसैको मुख ताकिरहनु पर्दैन । हामीले विकासलाई सहरमा मात्र होइन, गाउँमा केन्दि्रत गर्नु आजको आवश्यकता बनेको छ । गाउँ नै गाउँले बनेको हाम्रो मुलुकमा जबसम्म विकासलाई गाउँकेन्दि्रत र गाउँमुखी बनाउन सक्दैनौँ, तबसम्म विकासको प्रतिफल आमजनताले महसुस गर्न सक्दैनन् । २०५१ मा हामीले यही मान्यताका आधारमा 'आफ्नो गाउँ आफैँ बनाऔँ', 'नौ स' को अभियान जस्ता गाउँकेन्दि्रत कार्यक्रम सञ्चालन गरेका थियौँ । आज पनि नेपालका गाउँमा विकासको लहर फैलिदैं गएको देख्दा हामीलाई खुसी लागेको छ । हामीलाई विश्वास छ- सरकारले अघि सारेका कार्यक्रमहरूमा आमजनताको सहभागिता हुन सक्यो भने, कार्यान्वयन हुन सक्यो भने विकासको एउटा लहर नै सिर्जना हुनेछ । तर, विडम्बना नै भन्नुपर्दछ- पाँच महिनासम्म बजेट पारित हुनै दिइएन र अहिले कार्यान्वयनको चरणमा पनि अनेक बाधा-व्यवधानहरू खडा गर्ने प्रयत्न हुँदैछ । आफ्नो गाउँ- ाउँमा अरू कसैले कतैबाट आएर विकास गरिदिँदैन, तपाईं-हामीले आफैँ गर्ने हो । त्यसकारण तपाईंहरू एकजुट हुनुहोस्, एकताबद्ध हुनुभयो भने सरकारले पनि प्रोत्साहन गर्नेछ, सहयोग गर्नेछ । पर्यटनलाई हाम्रो मुलुकको आर्थिक विकासको एउटा भरपर्दो पूर्वाधारका रूपमा विकास गर्न सकिन्छ । 'अतिथि देवो भवः' अर्थात् पाहुनालाई भगवान् सरह मान्ने हामी नेपालीहरूको संस्कार छ । हामीले हाम्रा यस परिचयलाई प्रचार-प्रसार गरी पर्यटकहरू भित्र्याउन सक्ने हो भने हाम्रो मुलुकको विकासमा ूलो मद्दत पुग्न जान्छ । विश्वका धेरै मुलुकले पर्यटन व्यवसायका माध्यमबाट आफूलाई समृद्ध र विकसित बनाएका छन् । हामीसँग विश्वको सर्वोच्च शिखर सगरमाथा छ, भगवान् गौतम बुद्धको जन्मस्थल छ, अलौकिक हिमालहरू छन्, तालहरू छन् । पर्यटकलाई आकषिर्त गर्ने यस्ता स्थानहरूको पहिचान र तिनको उचित प्रचार-प्रसारको अभावमा हामीले आफ्नो महत्व नै संसारलाई बुझाउन सकिरहेका छैनौँ । आज तपाईंहरूले आयोजना गरेको यो महोत्सव जस्तै आ-आफ्नो गाउँ- ाउँमा हामीले यस्ता थुप्रै कार्यक्रमहरू आयोजना गर्न सक्ने हो भने त्यसबाट मुलुकको पर्यटन प्रबर्द्धनमा ूलो योगदान पुर्‍याउन सक्दछ हुन्छ भन्ने मलाई लाग्दछ । तपाईंहरूले जिल्लाको विकास निर्माणका लागि उ ाउनुभएका कुराहरूप्रति मेरो ध्यान गएको छ । अहिले भर्खरै उपप्रधानमन्त्री र मन्त्रीबाट प्रतिबद्धता सुनिसक्नुभएको छ । ४० बर्षअघि बन्न थालेको विमानस्थल अझै बन्न सकेको छैन । लुक्लाको विमानस्थलमा अवतरण गर्न नसक्दा यही आउँछ भन्ने सुनेँ । कालोपत्रे गर्ने प्रक्रिया सुरु हुनेछ । सिचाईं, रिङरोड, जुस उद्योग आदिको परिकल्पना गर्नुभएको छ । सहरोन्मुख पछि ल ीभद्र सहर नबनोस् अहिलेदेखि योजना बनाउनुहोस् । सिधा बाटो, घरघरमा पुग्ने बाटो, कलकारखाना, सरकारी कार्यलय-घुमीफिरी रुम्जाटार होइन, साँच्चै बन्नेछ । म हेदर्ैैथें-संस्कृतिमन्त्रीले भन्नुभयो-गुरुङहरुले धर्मकर्म गर्दा बाहुन दंग, संघात्मकताका नाममा जातीय एकता होइन, विभाजन आउँछ कि भन्ने लागेको छ । विमानस्थललाई कालोपत्रे गरिनुपर्ने, सुनकोसीमा पक्की पुल निर्माण गर्नुपर्ने, अस्पतालको स्तरोन्नति गर्नुपर्ने, पर्यटन पूर्वाधारमा लगानी गर्नुपर्ने, विद्युत् प्रसारण लाइन सुचारु गर्नुपर्नेदेखि मध्यपहाडी राजमार्गको बाटो निर्माण गर्नुपर्ने लगायतका सरकारी बैंक स्थापना गर्नुपर्नेलगायतका यहाँ स्थानीय बासिन्दा र राजनीतिक दलहरूले उ ाएका मागहरूलाई सरकारले सरकारात्मक रूपमा लिएको छ । हामीले पनि चाहेका छौं । पुष्पलाल लोकमार्ग पाँचथरदेखि वैतडीसम्म बाटोको रेखांकन गर्दा ध्यान दिइनेछ । गौरव गर्न लायकको ाउँ हो । भर्खरै उपप्रधानमन्त्री र ईश्वर पोखरेलले भन्नुभयो- रामलक्ष्मण जस्ता योद्धा, लोकतान्त्रिक योद्धाको सम्मान गरेर नयाँ पुस्तालाई प्रेरित गरियो भने भोलि हामीलाई पनि इतिहासले सम्मान गर्नेछ । उपस्थित जनसमुदाय, अहिले मुलुकको राजनीति सङ्क्रमणकालबाट गुजि्ररहेको छ । दलहरूका बीचमा सहमति र सहकार्यको आवश्यकता छ । तर, सहकार्यको कसैको अस्तित्व नै स्वीकार नगरेर, बन्द, हड्ताल, चक्काजाम र ढुङ्गामुढा गरेर कायम हुन सक्दैन । सहमतिको राजनीति अगाडि बढ्न सक्दैन । सहमति र सहकार्यका लागि सबभन्दा पहिला साझा एजेन्डाहरूमा एकमत हुनुपर्दछ । एकलौटी गणराज्यहरूको घोषणा गर्ने, शान्ति सम्झौता र आफ्नै पूर्वघोषणाविपरीत बन्द-हडतालजस्ता कार्यक्रमहरूको आयोजना गर्ने, अरू राजनीतिक दलका कार्यक्रममाथि आक्रमण गर्ने, अरू दलका नेता-कार्यकर्तामाथि साङ्घातिक हमला गर्ने जस्ता कुराले वास्तवमा सहमतिको राजनीति बिथोल्छ । मुडभेडको सिर्जना गर्दछ । हामीले सम्झना गर्नुपर्छ-हिजो राजतन्त्रका विरुद्ध आन्दोलन गर्दा हामी आफैँ बसेर निर्णय गरेका हौँ । संविधानसभाको निर्वाचन पनि हामी आफैँले गराएका हौँ । आज देखा परेका समस्याहरू पनि हामी आपसमा बसेर समाधान गर्न सक्छौँ । एक अर्कामाथि दोषारोपण गर्ने गरेर होइन, उत्तेजनामा आएर होइन, समास्या समाधानका लागि अनावश्यक ह छोड्नुपर्दछ, लोकतान्त्रिक व्यवहार देखाउन सक्नुपर्दछ र खेलमा सहभागी भइसकेपछि खेलको नियमलाई मान्नुपर्दछ । सबैको अस्तित्व स्वीकार गरेर मात्रै हामी सबैलाई मान्य हुने सहमतिमा पुग्न सक्छौँ । नेपालको राजनीतिमा विदेशी शक्तिलाई घचेट्टने सोच निन्दनीय छ । मालिक खोज्दै विदेश चार्हाने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । आत्मविश्वास भएमा आफैंलाई मालिक देख्नुपर्छ । माओवादी लडाकूको समायोजन गरेर साँढे पाँच महिनामा संविधान बनाउनुपर्छ । माओवादीका लडाकू, हतियार र वाईसीएलको अर्धसैन्य संरचना कायम रहेसम्म मुलुकमा संविधान बन्न सक्दैन । शान्तिपूर्ण राजनीतिमा ल्याउने हामीहरूको दायित्व शान्ति प्रक्रियालाई पूर्णतामा पुर्‍याएर नयाँ संविधान बनाएपछि मात्र पूरा हुन्छ । वर्तमान सरकार आफ्नो त्यो दायित्व निर्वाह गरी लोकतान्त्रिक हिसावबाट नयाँ निर्वाचन गराएर नयाँ आउने सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेपछि मात्रै विदा हुन्छ । यसमा सबै स्पष्ट भए हुन्छ । तर, माओवादीलाई मेरो आग्रह छ- सक्नुहुन्छ, विशाल छाती छ भने आउनुहोस्, सरकारमा सँगै बसेर काम गरौँ । यदि सक्नुहुन्न भने जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नुहोस्, रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुहोस् । मैले भन्दै आएको छु- न्यूनतम कुरामा राजनीति नगरौँ । देशको विकास कसरी गर्ने ? गाउँघरको विकास कसरी गर्ने ? विकास निर्माणलाई कसरी अगाडि बढाउने ? मुलुकको राष्ट्रिय सुरक्षा, आर्थिक, विदेश जस्ता नीतिहरूलाई एकमत र एकताबद्ध साथ कसरी अघि बढाउने ? मुलुकलाई समृद्ध, समुन्नत र विकसित बनाउनका लागि हामीले यस्ता न्यूनतम विषयहरूमा साझा सहमति बनाउनैपर्दछ । यस अर्थमा पनि एकता र सहमतिको कुनै विकल्प छैन भन्ने कुरा सबैले बुझ्नुपर्छ । संसद खुलेको छ । जटिलता फुकाउन सकिन्छ । जनप्रतिनीधि संस्थालाई स्थापित गर्न सक्छौं । तपाईंहरूको यस महोत्सव, जो अत्यन्तै रमाइलो वातवतरणमा सुरु भएको छ । चीन भ्रमणमा जाँदा यहाँ उत्पादित सामाग्री लिएर जान्छु । तपाईंको उत्पादन चीन र तिब्बतसम्म पुग्नेछ । अन्त्यमा महोत्सवको पूर्ण सफलताको कामना गर्दै यहाँ उत्पादित बस्तु, यहाँका विशेषता र सम्भावनाहरूका बारेमा तपाईंले अझ व्यापक प्रचार-प्रसार गर्नुहोस् भन्ने आग्रह गर्दै आफ्नो मन्तव्य यहीँ टुङ्ग्याउन चाहन्छु । धन्यवाद ! -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले ओखलढुङ्गा रुम्जाटार सांस्कृतिक पर्यटकीय महोत्सव उद्घाटन -२०६६ पुस १०, रुम्जाटार, ओखलढुङ्गा) कार्यक्रममा व्यक्त मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्