Madhav Kumar Nepal

वुटवलको औद्यगिक प्रदर्शनीलाई सम्बोधन गर्नुभएको मन्तव्य

कार्यक्रमका अध्यक्ष महोदय, माननीय मन्त्री तथा सभासद्हरू, विभिन्न दलका नेताहरू, यस क्षेत्रका उद्योगी-व्यापारीहरू, प्रदर्शर्नीमा सहभागी हुन आउनुभएका दाजुभाइ तथा दिदीबहिनीहरू ! आज मलाई रूपन्देही उद्योग सङ्घले आयोजना गरेको यस ११ औँ औद्योगिक प्रदर्शनीको उद्घाटन गर्न पाउँदा खुसी लागेको छ । म सर्वप्रथम यसका लागि आयोजक मित्रहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । हामी उत्पादनमा आत्मनिर्भर हुन सकिरहेका छैनौँ । कुनै पनि देशलाई आत्मनिर्भर, सम्पन्न र विकसित बनाउनका लागि सबभन्दा पहिलो सर्त आन्तरिक उत्पादनमा आत्मनिर्भरता हो । विश्वव्यापीकरणको यस युगमा कुनै एउटा देशमा उत्पादित सामग्रीहरूलाई हाम्रो देशमा आउनबाट रोक्न सक्दैनौँ । तर, त्यससँग मुकाबिला गर्ने उपाय भनेको हाम्रो उत्पादनमा बृद्धि गर्नु हो, गुणस्तरीय बनाउनु हो, जुन काम हामीले अपेक्षा गरे अनुरुप गर्न सकिरहेका छनौँ । फलस्वरूप हामीले वर्षेनी विदेशी मुलुकहरूसँगको व्यापार-घाटाको दर बढाउँदै लानुपरेको छ । तपाईंहरूले मोफसलमा बसेर मुुलुकका आन्तरिक उत्पादनहरूको प्रचार-प्रसार तथा सम्बर्द्धनका लागि राम्रो भूमिका निर्वाह गरिरहनुभएको छ । २०३५ सालमा स्थापना भएको यस रूपन्देही उद्योग सङ्घले २०४५ सालमा पहिलो पटक मोफसलमा आयोजना गरेको औद्योगिक प्रदर्शनीलाई निरन्तरता दिनु खुसीको कुरा हो । घरेलु उत्पादनको प्रचार-प्रसार गर्दै उद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले तपाईंहरूले जुन हिसावले कार्यक्रमलाई निरन्तरता दिनुभएको छ, यसले मुलुकको घरेलु उद्योगको विकासमा अवश्य पनि सकारात्मक योगदान दिनेछ भन्ने मैले विश्वास लिएको छु । हिजो नेपालमा प्रजातन्त्र आउँदा स्वतन्त्र भएका देशहरू आज कहाँबाट कहाँ पुगिसके तर, हामी भने लगभग जहाँका त्यहीँ छौँ । भौतिक विकासका पूर्वाधारहरू समयको माग अनुसार निर्माण गर्न सकिरहेका छैनौँ । भवन, राजमार्ग, पुल, जलविद्युत् आयोजना जस्ता ूला आयोजनालाई अगाडि बढाउन नसक्दा नै यस अवस्थामा रहिरहनुपरेको छ । ५० वर्षदेखि मुलुकमा एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्यो पनि सानो छ, एउटै मात्र पूर्व-पश्चिम राजमार्ग छ, त्यो पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप छैन । त्यही भएर मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि केही ूला आयोजनाहरूलाई अगाडि बढाउने अ ोट लिएको छु । त्यस अनुसार केही कामहरूको सुरुआत पनि भइसकेको छ । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने कार्यलाई अगाडि बढाइँदैछ । मेलम्चीको सुरुङ खन्ने कार्य सुरु भइसकेको छ । राजधानीलाई तराईसँग जोड्ने द्रुत मार्ग -फास्ट ट्रयाक) को पनि शिलान्यास भइसकेको छ । पोखरा र भैरहवा विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थल बनाउने कार्य पनि सुरु हुने क्रममा छ । त्यसैगरी पूर्वको पाँचथरदेखि पश्चिमको बैतडीसम्म पुग्ने मध्यपहाडी लोकमार्ग -पुष्पलाल लोकमार्ग) बनाउनेतर्फ पनि सरकारको ध्यान गएको छ । हामीसँग साधन-स्रोत नभएको होइन । ूलो राजनीतिक परिवर्तनबाट गुजि्रएका कारण समृद्ध नेपालको निर्माणमा सहयोग गर्न हाम्रा थुप्रै अन्तर्राष्ट्रिय मित्रहरूले इच्छा देखाइरहेका छन् । यदि बन्द, हडताल, चक्काजाम, आपसी द्वन्द्व जस्ता कार्यहरूलाई सधैँका लागि बन्द गर्ने हो र राजनीतिक स्थायित्व हुने हो भने हामीलाई हाम्रो मातृभूमिको मुहार फेर्न धेरै समय लाग्ने छैन । प्रकृतिले हामीलाई दिएका अनुपम उपहारहरूको हामीले अझै राम्रो प्रयोग गर्न सक्नेछौँ । लुम्बिनी क्षेत्रको विकासका लागि विशेष गुरुयोजना बनाउन मैले निर्देशन दिइसकेको छु । बनेको योजनालाई पनि अद्यावधिक गर्नुपर्ने आवश्यकता छ । गत महिना म स्वयम् लुम्बिनी विकास कोषको बै कमा सहभागी हुन आएको थिएँ । मैले त्यतिबेला पनि उहाँहरूलाई भनिसकेको छु- पाँच/दस वर्षका लागि होइन, सयकडौँ/हजरौँ वर्षका लागि सोचेर योजना बनाउनुहोस् । अहिले हेर्दा योजना महत्वाकाङ्क्षी जस्तो लाग्न सक्छ । तर, हामीले दूरदृष्टि राख्न सकेनौँ भने भोलि खोजेर ाउँ पनि पाइँदैन, योजना विस्तार गर्न पनि सकिँदैन । लुम्बिनीलाई रामग्रामसँग समेत जोडेर चक्र बनाउनुपर्छ । त्यसैले लुम्बिनी क्षेत्रको विकास लागि हामीले समयमै ध्यान दिनुपर्दछ । पर्यटनलाई हामी हाम्रो आर्थिक विकासको एउटा भरपर्दो मेरुदण्ड बनाउन सक्छौँ । अहिले भएका पूर्वाधारहरूको विकास, पर्यटकीय स्थलहरूको प्रचार-प्रसार, पर्यटकहरूका लागि सुविधाहरूको विस्तार जस्ता काम गरेर हामीले आगामी १० वर्षभित्र बाषिर्क २५ लाख पर्यटक भित्र्याउन सक्यौँ भने पनि अहिलेको अवस्थाबाट धेरै माथि उ ्न सक्छौँ । वर्षमा जम्मा पाँच लाख पर्यटक आउँदा पनि हामीलाई केही न केही सहयोग नै पुगेको छ । आगामी सन् २०११ लाई नेपाल पर्यटन वर्ष मनाउँदा मुलुकका १० लाख पर्यटक भित्र्याउने तयारी भइरहेको छ । पर्यटन क्षेत्रको विस्तारलाई ध्यानमा राखेर नै सरकारले पोखरा-लुम्बिनी फास्ट ट्रयाक बनाउने सोच अघि सारेको छ । पर्यटनलाई आर्थिक विकाससँग नजोडी हामी मुलुकलाई अघि बढाउन सक्दैनौँ । आर्थिक विकासका प्राथमिकताहरु- जलविद्युत्, पर्यटन, भौतिक पूर्वाधार, कृषिलगायतका क्षेत्रहरुलाई अघि सार्नुपर्दछ । 'स्वदेशी उत्पादन प्रयोग गरौँ, नेपाली हुनुमा गर्व गरौँ' भन्ने नाराका साथ आज तपाईंहरूले आयोजना गरेको यस प्रदर्शनीबाट उद्यमीहरूको हौसला अझै बढ्नेछ, हाम्रा स्वदेशी उत्पादनहरूले प्रचार-प्रसार पाउनेछन् र आफ्नै देशमा के कस्ता सामग्री उत्पादन भइरहेका छन् भन्ने बारेमा आम जनताले जान्ने अवसर पाउनेछन् । दुई साताअघि राजधानीमा घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको यस्तै प्रदर्शनी अवलोकन गर्न म पुगेको थिएँ । हाम्रा उत्पादनहरू निकै कलात्मक र सुन्दर छन् । तर, तिनीहरूलाई अझै वैज्ञानिक र व्यावसायिक रूपमा उत्पादन गर्ने व्यवस्था मिलाउन आवश्यक छ । प्रविधि र उत्पादनलाई सँगसँगै लैजान सक्यौँ भने मात्र त्यसले व्यावसायिकता हासिल गर्न सक्दछ । आज मात्रै हामीले यही प्रदर्शंनीस्थलमा मुस्ताङ-५ को नयाँ मोडलको जीपको उद्घाटन गरेका छौँ । यस अवसरमा मैले यसै कम्पनीले बनाएको शेर्पा जीपलाई सम्भिmरहेको छु । विगतमा पार्टीको महासचिव हुँदा र विपक्षी दलको नेताका हैसियतले शेर्पा जीप चढेको छु । त्यो जीप पहाडमा राम्रो चल्छ, तराईमा पनि चल्छ । मलाई साथीहरुले भनेपछि मैले गोल्छा दाजुभाइलाई यसलाई अझै 'अपग्रेड' गर्नुहोस् भनेँ । अहिले नयाँ रुपमा आएको छ । अवश्य पनि यसले बजार लिनेछ । मुलुकको जटिल राजनीतिक परिस्थितिबाट सबै क्षेत्र प्रभावित भइरहेका छन् । अझ उद्योगधन्दाहरू त झन् नराम्ररी प्रभावित भएका छन् । बन्द, हडताल जस्ता कार्यक्रमका कारण भएका उद्योगधन्दाहरू पनि बन्द हुने अवस्थामा पुगेका छन् । आज उद्योगी-व्यापारीहरूको गुनासो नै यही रहिआएको छ । महिनामा हिसाव गर्ने हो भने पन्ध्र दिन पनि उद्योगहरू चल्दैनन् । एकातिर उत्पादन छैन, बजारसम्म पुर्‍याउन पाइँदैन, विजुलीलगायतका कच्चा पदार्थको पनि अभाव छ । अनि अर्कातिर तलब-सुविधा बृद्धिको माग छ । यसलाई कसरी थेग्ने भन्ने उनीहरूको गुनासो छ, जुन जायज छ । जबसम्म उद्योगधन्दा, कलकारखानाहरूलाई सुचारु रूपमा चल्न दिइँदैन, तबसम्म रोजगारीका थप सम्भावनाहरू पनि सम्भावना हुन्छन् । अझ भएको रोजगारी पनि गुम्ने सम्भावना हुन्छ । मजदुरहरूको तलब पनि बढ्दैन । राष्ट्रिय उत्पादन पनि बढ्दैन । समग्रमा देशको आर्थिक उन्नति हुन सक्दैन । हाम्रा मित्र राष्ट्रहरूले सहयोग स्वरूप बनाइदिएका उद्योगधन्दाहरू पनि हामीले धमाधम बन्द गर्नुपर्ने विडम्बनापूर्ण अवस्था विद्यमान छ । स्रोत छ, साधन छ । तर, हामीकहाँ राम्रो व्यवस्थापन छैन । सँगसँगै स्थापना भएका अरू मुलुकका संस्थाहरूले धेरै प्रगति गरिसकेका छन् । थाइ एअरलाइन्स र नेपाल वायुसेवा निगम साथसाथै स्थापना भएका हु्न् भन्दा मानिसहरूले जिब्रो टोक्ने अवस्था छ । भएका साधनहरूको पनि योजनाबद्ध र नियमित प्रयोग हुँदैन । अहिले हामी चुनौती नै चुनौतीको बीचमा उभिएका छौँ । माओवादी सेनाका लडाकुहरूको समायोजन गरी निर्धारित मितिमा संविधान जारी गर्नु अहिलेको प्राथमिक काम हो । यसलाई सफल बनाउनु सबै राजनीतिक दलको साझा कार्यभार रहेको छ । सङ्क्रमणकाललाई बढीभन्दा बढी सहज बनाउनु र छोट्याउनुको सट्टा मुलुकको जिम्मेवार दल आफैँ बन्द, हडताल र तोडफोडमा उत्रिनुले गम्भीर चिन्ता सिर्जना गरेको छ । हामीलाई सबभन्दा पहिला शान्ति चाहिएको छ, संविधान चाहिएको छ । समयमै संविधान बनाउन सकियो भने हामी मुलुकलाई समृद्ध बनाउन सक्छौँ, सम्पन्न बनाउन सक्छौँ । यस दिशामा आ-आफ्नो ाउँबाट सक्रिय सहयोग, समर्थन र योगदान गर्न म सबै दल र समुदायलाई आह्वान गर्दछु । सरकार सबैसँग हातेमालो गरेर जान तयार भएको व्यहोरा पनि अनुरोध गर्दछु । यसै ाउँमा गत वर्ष नेकपा -एमाले) को आ ौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो । यस मण्डपलाई सुन्दर बनाउनका लागि एक करोड रकम विनियोजन गरिएका पचास लाख मात्र खर्च भएर बाँकी पचास लाख 'पि|mज' भएको खबर मैले भर्खरै सुनेँ । त्यस रकमलाई निरन्तरता दिनका लागि म प्रयत्न गर्नेछु । यसलाई अझ सुन्दर र व्यवस्थित बनाउन सकेमा वास्तवमा पूर्व र पश्चिमको मध्यविन्दुका रुपमा रहेको यस ाउँको उपयोगिता अझै बढ्नेछ । यहाँभित्रका रुखहरुलाई बचाएर मण्डप बनाउने तपाईंंहरुको प्रयासको म सराहना गर्दछु । अहिले जलवायु परिवर्तनले हामी सबैलाई प्रभावित बनाइरहेको छ । कार्बन उत्सर्जनले समस्या पैदा गरिरहेको छ । युरोपमा एउटा रुख काट्ने हो भने त्यसभन्दा पहिला पाँचवटा रुख रोपेर हुर्काउनुपर्दोरहेछ । तर, हाम्रो मुलुकमा त्यस्तो छैन । वातारणको रक्षा मानव जीवनको रक्षा हो, हाम्रो भविष्यको रक्षा हो । यही मान्यताका साथ रुख जोगाउन तपाईंहरु सक्रिय हुनुहोस् भन्ने मेरो आग्रह छ । अन्त्यमा, तपाईंहरूले १३ दिनसम्म यो कार्यक्रम आयोजना गरी ३ सय ५० वटा स्टलमार्फत् प्रदर्शन गर्न लागेका सामग्रीहरू लोकपि्रय बनून् र तपाईंहरूको कार्यक्रम सफल होस् भन्ने कामना गर्दै आफ्नो भनाइ यहीँ टुङ्ग्याउन चाहन्छु । धन्यवाद ! -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले रूपन्देही उद्योग सङ्घद्वारा आयोजित ११ औँ औद्योगिक प्रदर्शनी -२०६६ पुस ९, रामनगर-रूपन्देही) मा दिनुभएको मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्