Madhav Kumar Nepal

सम्माननीय प्रधानमन्त्री श्री माधवकुमार नेपालले कोपेन्हेगहन जलवायु सम्मेलन ९ऋइए ज्ञछ० को उच्चस्तरीय खण्डमा दिनु भएको बक्तव्य

सम्माननीय प्रधानमन्त्री श्री माधवकुमार नेपालले कोपेन्हेगहन जलवायु सम्मेलन ९ऋइए ज्ञछ० को उच्चस्तरीय खण्डमा दिनु भएको बक्तव्य कोपेन्हेगहन डेनमार्क १६१८ डिसेम्बर २००९ अध्यक्ष महोदय महामहिम राष्ट्रप्रमुख तथा सरकार प्रमुखज्यूहरु संयुक्त राष्ट्रसंघका महासचिव विशिष्ट प्रतिनिधिहरु महिला एबं सज्जनवृन्द मैले सगरमाथाको देश नेपालबाट यहांहरु सबैलाई हार्दिक शुभकामना लिईआएको छु । नेपालको मन्त्रिपरिषदले दुई हप्ताअघि सगरमाथाको आधारशिविरमा बै क गरी हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनका भयावह प्रभावहरुलाई उजागर गरेको छ । मन्त्रिपरिषदको यस बै कले १० सुत्रीय जलवायु परिवर्तनसम्बन्धी सगरमाथा घोषणापत्र जारी गरेको छ जसमा हालको २० प्रतिशतको संरक्षित प्राकृतिक आरक्षण क्षेत्रलाई विस्तार गरी २५ प्रतिशत र वनक्षेत्रलाई मुलुकको कूल क्षेत्रफलको ४० प्रतिशतसम्म पुर् याउने कुराहरु रहेका छन् । गएको हप्ता ११ डिसेम्बरका दिन विश्वका सुन्दरतम हिमशिखरहरु आरोहण गरेका कैयौं विख्यात पर्वतारोहीहरु लगायत विश्वभरबाट आएका सयकडौं मानिसहरुले यस सुन्दर आतिथेय शहर कोपेन्हेगनमा हिमाल बचाउने पर्वतारोहीहरुको शिखर सम्मेलनको क्रममा पैदलयात्रा सम्पन्न गरेका छन् । यी कार्यक्रमहरुका साथै समस्त नेपाली जनताको तर्फबाट मैले ल्याएको सन्देश के छ भने हाम्रो धर्तीलाई हामी हराभरा राखौं ता की हिमालय आल्पस र एण्डिज पर्वतमालाका शिखरहरु सदा हिउंले सेताम्य रहुन् र हाम्रा नाति पनातिहरुले पनि तिनको आरोहण गर्न र प्रशंसा गर्न पाइरहुन् । यदि हामी अहिले चुक्यौं र निर्णायक कदम लिन सकेनौं भने हाम्रा भावी सन्ततीहरुले हिमाली श्रृंखलाहरुको सुन्दरता अनुभव गर्नबाट बन्चित हुनेमात्र होइन हिमालयबाट निस्कने ूल् ूला नदीछेउ बसोबास गर्ने एक अरवभन्दा बढी मानिसहरुको जीवन नै गम्भिरतापूर्वक प्रभावित हुन जानेछ । हिमालयमा जलवायु परिवर्तनको प्रभाव देखिन थालिसकेको छ । नेपालमा प्रतिवर्ष औसत ०।०४ डिग्री से_िल्सयसका दरले तापक्रम बढिरहेको छ । यो विश्वव्यापी औसत वृद्धिभन्दा धरै बढी हो । त्यसमा पनि उच्च पहाडी क्षेत्रमा तापक्रम वृद्धिको दर अझ बढी रहेको छ । हिमनदीहरु खुम्चने र हिउं क्षेत्र घट्दै जानुलाई जलवायु परिवर्तनको प्रभावको स्पष्ट अभिव्यक्ति मान्न सकिन्छ । यसले दीर्घकालमा सम्पूर्ण क्षेत्रकै जलवायु प्रणालीलाई प्रतिकूल प्रभाव पार्ने देखिन्छ । हिमतालको निर्माण र फुट्ने क्रम जलवायु परिवर्तनको सम्भवतः सवभन्दा टड्कारो प्रभाव हो भन्न सकिन्छ । नेपालमा २० वटा त्यस्ता खतरनाक तालहरु छन् जो कुनैपनि बखत फुट्न सक्दछन् । अप्रत्यासित वर्षाको साथसाथै बेमौसमी वर्षा बाढी र खडेरीको अवस्था समेत आउने गरेको छ । जलवायुमा देखिएको यस्तो विषम परिवर्तनले नेपाललगायत यस क्षेत्रमै खाद्य असुरक्षा बढाउनुको साथै मानिसको जनजीवनलाई नराम्ररी प्रभावित पारेको छ । पृथ्वीको तापमानको बृद्धिलाई नियन्त्रण गर्न हामी अहिले नै कि्रयाशील भएनौं भने हिमाली क्षेत्रका वनस्पती र वन्यजन्तु लोप हुने खतराका साथै यहांको जैविक विविधता गम्भिररुपमा प्रभावित हुने र परिवेश प्रणाली पनि अपूरणीयरुपमा क्षतिग्रस्त हुने देखिन्छ । हिमालयमाथि परेको तापक्रम वृद्धिको असर एशिया क्षेत्रमा मात्र सिमित रहेको छैन । यसले संसार भरिको परिवेश प्रणालीलाई नै प्रभावित पार्दछ । यद्यपि विश्वव्यापी तापक्रम बृद्धिमा हिमाली क्षेत्रमा बसोवास गर्ने मानिसहरुको योगदान नगण्य छ तैपनि उनीहरु नै यस्तो प्रभावको पहिलो र अत्यन्त गम्भिर शिकार भएका छन् । यो न्यायोचित होइन । अध्यक्ष महोदय विश्वव्यापी तापक्रम वृद्धिमा औद्योगिक कि्रयाकलापहरु प्रमुख कारक भएको कुरा विज्ञानले वताउंदछ । वायुमण्डलमा भैरहेको हरितगृह ग्यासको ऐतिहासिक संकलनमा आजका विकासशील देशहरुको योगदान अत्यन्त न्यून रहेको छ । उदाहरणका लागि नेपालले केवल ०।०२५ प्रतिशत मात्र हरितगृह ग्यास उत्सर्जन गर्दछ । यो विश्वको औसतभन्दा ३ गुणाले कम हो । दुर्भाग्यवस यस्ता मुलुकहरु नै असमानुपातिक ढंगले वातावरण परिवर्तनको दुस्प्रभाव व्यहोर्न विवश छन् । कमजोर परिवेश प्रणाली र निर्वाहमुखी कृषिमा आधारित एवं भूपरिवेष् ित र अतिकम विकसित मुलुक भएको नाताले गरिवी र पछौटेपन विरुद्धको लडाईमा नेपालले गम्भिर चुनौतीहरु सामना गर्नु परिरहेको छ । यसका अतिरिक्त हामी अहिले शान्ति र प्रजातन्त्रलाई सुदृढ गर्दै बढ्दो जनचाहनालाई पुरा गर्ने उद्देश्यले महत्वपूर्ण राजनीतिक परिवर्तनको क्रममा छौं । हाम्रो वातावरण र प्राकृतिक संशाधनहरुलाई जलवायु परिवर्तनको प्रभावबाट जोगाउनु हाम्रा लागि नयां र थप चुनौती हुन गएको छ । हामी आफैंले सिर्जना नगरेको यो नयां समस्या थेग्न हामीलाई अतिरिक्त साधन र प्रविधिको आवश्यकता पर्दछ । तापक्रम बृद्धिको प्रतिकूल एबं अप्रत्यासित परिणाम रोक्न हामी सवैले सामुहिकरुपमा कि्रयाशील हुनुपर्दछ । अध्यक्ष महोदय यो विश्वव्यापी चुनौतीलाई प्रभावकारीरुपले सामना गर्न ग्ल् ँचबुभधयचप ऋयलखभलतष्यल यल ऋषिषबतभ ऋजबलनभ र प्थयतय एचयतयअयि लाई हामीले मूल आधारका रुपमा लिएका छौं । हामीले यी अन्तर्राष्ट्रिय सम्झौताहरु साझा तर फरक जिम्मेदारी तथा फरक फरक क्षमताका सिद्धान्तमा आधारित हुनाले हामी सबै मुलुकलाई यिनको प्रभावकारी कार्यान्वयन गर्न आव्हान गर्दछौं । नेपाल आपुनो भूमिका निर्वाह गर्न तयार छ । हामीले विश्वकै सर्वाधिक प्रभावकारी सामुदायिक वन कार्यक्रमहरु विकसित गरेका छौं । जलविद्युत तथा सौर्य एबं वायु उर्जाका क्षेत्रमा हाम्रो ूलो सम्भाव्यतालाई दृष्टिगत गर्दा हामी कार्वन न्यूट्रल मुलुक हुनसक्ने सम्भावना राख्दछौं । त्यसका लागि हामीलाई ूलो मात्रामा अन्तर्राष्ट्रिय सहयोग र समर्थन आवश्यक पर्दछ । हामीले तदनुरुप आफ्ना नीतिहरु अवलम्वन एबं अनुकूलन गर्न तयार छौं जसले नेपाली जनता र नेपालका लागि मात्र नभई सम्पूर्ण मानव समुदायको समृद्ध भविष्य निर्माणका निम्ति हाम्रो धर्तीलाई हराभरा राख्ने विश्वव्यापी साझा प्रयासमा मद्दत पुर् याउने छ । क्योटो प्रोटोकल अन्तर्गत सहमति भएअनुरुप हरितग्यास उत्सर्जनलाई घटाउने विद्यमान प्रतिवद्धतालाई पालना गर्नु हामी विकसित मुलुकहरुलाई आव्हान गर्दछौं । यस शिखर सम्मेलनलाई हामी हरितगृह ग्यास उत्सर्जनलाई अझ घटाउनका निम्ति महत्वाकांक्षी विश्वव्यापी एबं राष्ट्रिय लक्ष्यहरु निर्धारित गर्न आग्रह गर्दछौं । यी प्रयासहरुका वावजुद पनि जलवायु परिवर्तनका प्रभाव आगामी कैयौं वर्षसम्म पनि परिरहने अवश्यम्भावी छ । तसर्थ विकासशील एवं अल्पविकसित मुलुकहरुलाई अनुकूलन एबं प्रविधि बिकास र हस्तान्तरण गर्ने कार्यमा ोस सहयोग पुर् याउन हामी आव्हान गर्दछौं । हामी उदीयमान अर्थतन्त्रहरुको विकासका न्यायोचित अभिलाषाप्रति समर्थन जनाउंदै विश्वको तापमान कम गर्न सहयोग पुग्ने किसिमका महत्वकांक्षी लक्ष्यहरु निश्चित गर्न आग्रह गर्दछौं किनभने उनीहरुका कि्रयाकलापबाट हिमाली क्षेत्रको संरक्षणमा प्रत्यक्ष प्रभाव पर्न जानेछ । अधक्ष्य महोदय ७७ राष्ट्रहरुको समूह र चीनको तर्फबाट सुडानले दिएको वक्तव्य तथा अतिकम विकसित मुलुकहरुको तर्फबाट लेसेथोले दिएको वक्तव्यसंग म आफ्नो वक्तव्यलाई आवद्ध गर्न चाहन्छु । उनीहरुले जोड दिएअनुसार हाम्रा वांच्नपाउने तथा विकाससम्बन्धी सम्पूर्ण अधिकारहरु संरक्षित गर्दै सहस्राव्दी विकास लक्ष्य प्राप्तिका हाम्रा प्रयासहरुलाई दोव्वर गर्नु आवश्यक छ । रोग गरिवी र अशिक्षाबाट मुक्ति पाउने अल्पविकसित मुलुकका जनताहरुको चाहना पुरा गर्न थप विश्व ऐक्यवद्धता चाहिन्छ । सेता हिमाल निला सागर एबं निलो आकास सहितको हाम्रो हराभरा धर्तीको सौन्दर्य र सौजन्यबाट हाम्रा वर्तमान र भावी संततिहरुले फाइदा लिन सक्नेगरी हामी यो सम्मेलनलाई आशा र सफलताको एउटा कोशेढुंगाको रुपमा सफल पार्न सकौ भन्ने कामना गर्दछु । धन्यवाद ।
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्