Madhav Kumar Nepal

एड्स दिवसका अवसरमा व्यक्त गर्नुभएको मन्तव्य

कार्यक्रमका अध्यक्ष माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्री उमाकान्त चौधरी, माननीय पयर्टन तथा नागरिक उड्यनमन्त्री शरदसिंह भण्डारी, मञ्चमा उपस्थित राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्याय, भरखरै सद्भावना राजदूतका रुपमा सम्मानित अत्यन्तै चर्चित कलाकारद्वय मदनकृष्ण श्रेष् र हरिवंश आचार्यज्यू, अमेरिकी राजदूतावास र यूएनएफपीका प्रतिनिधि मित्रहरु, राष्ट्रिय सद्भावना राजदूत सन्ध्या लामा, यस क्षेत्रमा कार्यरत महानुभावहरू, प्रभावित मित्रहरू, उपस्थित सम्पूर्ण महानुभावहरू ! वास्तवमा यहाँ सन्ध्या लामासँग कुरा गर्दा मैले तेस्राे लिंगीबारे नयाँ जानकारी पाएँ । उहाँ पहिला सन्दिप लामा हुनुहुन्थ्यो । तर पछि सन्ध्या लामा हुनुभएछ । तेस्रो लिंगीको पनि आफ्नै पीडा छन् । तर अहिले हामी यहाँ एचआइभी एड्सका बारेमा चर्चा गर्न गइरहेका छौं । आज विश्वभरि नै 'एचआइभी र एड्सको सेवामा सबैको पहुँच बढाऔँ, मानवअधिकार सुनिश्चित गरौँ' भन्ने नाराका साथ हामीले २१ औँ एड्स दिवस मनाइरहेका छौं । विश्वभरिका जनतामा सचेतनता र जागरण फैलाउनका लागि आजको दिनको ूलो महत्व रहने गर्दछ । यस अर्थमा आज हामीले पनि नेपालमा यो दिवस मनाइरहेका छौँ । एचआइभी/एड्स अहिले विश्वका लागि एउटा ूलो चुनौतीका रूपमा देखा परेको छ । रोग, भोक र गरिबीका विरुद्ध लडिरहेको हाम्रो जस्तो मुलुकका लागि यो अर्को चुनौती थपिएको छ । हाम्रो मुलुकमा अहिलेसम्म गरिएको रक्तपरीक्षण अनुसार १४ हजार ७ सय ८७ जनालाई यो रोग लागिसकेको र ४ सयभन्दा बढीको मृत्यू भइसकेको प्रमाणित भएको छ । तर, यो रोग लागेका सबै मानिस रगत जचाउन आएका छैनन् । एक अनुमान अनुसार, नेपालमा यो सङ्ख्या ७० हजारको आसपासमा पुगेको छ । रोगको पहिचान नै नभएका कारण यो रोगको सङ्क्रमण बढ्ने खतरा बढी हुन्छ । यसर्थ, सम्भावित खतरायुक्त क्षेत्रहरूमा हामीले अझ ध्यान बढाउन जरुरी भएको छ । यसका साथै, रोगीहरूलाई उपचार र सेवामा पहुँच बढाउनुका साथै थप क्षेत्रमा यो रोग विस्तार हुन नदिनका लागि आवश्यक सावधानी र सतर्कताको लागि त्यत्तिकै लाग्न जरुरी छ । भूमण्डलीकरणको यस दुनियाँमा धेरै कुराहरूले आफैँ भौगोलिक सिमानाहरू पार गर्ने गर्दछन् । हामी फरक भूगोलमा छौँ, फरक सामाजिक परिवेशमा छौँ । तर, विश्वका मानव जातिले सामना गर्नुपर्ने समस्याहरू भने उस्तै छन् । विश्वको कुनै एउटा कुनामा प्लेग रोग देखा पर्‍यो भने त्यसले विश्वकै फन्को मार्न धेरै समय लगाउँदैन । वर्ड फ्लु वा स्वाइन फ्लु हाम्रो मुलुकमा देखिएका थिएनन् । तर, विश्वको अर्को कुनाबाट हाम्रो मुलुकमा भित्रिन ती रोगहरूलाई कुनै छेकबार लागेन । एचआइभी एड्स पनि त्यस्तै एउटा भयाबह महामारी हो, जसलाई हामीले चाहेर पनि रोक्न सकिरहेका छैनौँ । मानिसको व्यक्तिगत तथा सामाजिक सम्बन्धका कारण यस्ता रोगहरू विस्तार हुँदै जाने गरेका छन् । जानी-जानी अवश्य पनि कसैले आफ्नो ज्यानलाई खतरामा पार्दैन । कुनै पनि रोग सर्ने कारणहरूका बारेमा यदि सही सूचनाहरू उपलब्ध गराउन सक्ने हो भने त्यस्ता रोगहरूबाट सजिलै बँच्न र बचाउन सकिन्छ । एचआइभी एड्सका सन्दर्भमा पनि यही कुरा लागू हुन्छ । कुन-कुन अवस्थामा एचआइभी एड्स रोग सर्छ र कुन-कुन अवस्थामा सर्दैन भन्ने कुरा आम मानिसलाई बुझाउन सक्ने हो भने यस रोगबाट हुने क्षति नियन्त्रण गर्न सकिन्छ । गल्ती एउटा मानिसले गर्छ तर मानिस भनेको यस्तो प्राणी हो- त्यसको असर सिङ्गो समाजलाई नै पर्दछ । ऊ मात्र होइन, उसका परिवारका सदस्यहरू पनि त्यसबाट प्रभावित नभई रहन सक्दैनन् । यसर्थ, हामीले सबभन्दा बढी ध्यान जनचेतना, जनजागरण, नैतिक शिक्षाको प्रचार, असल व्यवहार र अनुशासित जीवनयपानमा दिनुपर्दछ । एचआइभी/एड्सको महामारी रोक्नका लागि अहिले विश्वभरि नै प्रयासहरू भइरहेका छन् । हाम्रो मुलुकले पनि विश्वका अन्य मुुलुकहरूले झैँ सहश्राब्दी विकास लक्ष्य तथा संयुक्त राष्ट्रसङ्घीय महासभाको एचआइभी/एड्ससम्बन्धी विशेषसभाको बै कद्वारा पारित घोषणापत्रमा उल्लिखित लक्ष्यहरू पुरा गर्ने प्रतिबद्धता जनाइसकेको छ । सहश्राब्दी विकास लक्ष्य तथा सेवामा सबैको पहुँचजस्ता प्रतिबद्धताहरू पूरा गर्ने क्रममा नेपालमा एचआइभी/एड्स कार्यक्रमको राष्ट्रिय स्तरमा संयोजन तथा कार्यान्वयनका लागि एचआइभी/एड्स तथा यौन रोग नियन्त्रण विकास समिति कार्यरत छ । राष्ट्रिय एचआइभी/एड्स रणनीति -२००६-२०११) तथा राष्ट्रिय एचआइभी/एड्स कार्ययोजना -२००८-२०११) तयार भई कार्यान्वयनमा रहेको छ । त्यसैगरी, राष्ट्रिय कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनका लागि राष्ट्रिय अनुगमन तथा मूल्याङ्कन निर्देशिका तथा कार्ययोजनालाई प्रयोगमा ल्याइएको छ । नयाँ सङ्क्रमण रोक्नु, सङ्क्रमितहरूलाई उपचार र हेरचाह पुर्‍याउनु र प्रभावितहरूलाई आवश्यक सहयोग प्रदान गर्नु सबैको कर्तव्य हो । एचआइभीे सङ्क्रमणको जोखिममा रहेका समूह र यसबाट सङ्क्रमित/प्रभावितहरूप्रति समाजमा विद्यमान हेयभाव तथा भेदभाव गर्ने प्रवृत्ति एचआइभीपछिको दोस्रो महामारी हो, जसले उनीहरूलाई एचआइभीसम्बन्धी सेवाबाट बञ्चित गराउँदै आएको छ । यसबाट सङ्क्रमण झन् बढ्छ । त्यसैले यस्तो भेदभाव कम गर्न आवश्यक कानुन, नीति र नियम बनाई तिनको कार्यान्वयन गर्नु नीति निर्मातादेखि कार्यान्वयनको तल्लो तहसम्म कार्यरत सबैकोे दायित्व हो । एचआइभी एड्सको रोकथाम, उपचार, हेरचाह तथा सहयोग सेवामा आवश्यक सबैको पहुँच पुग्न सकेमा मात्र एचआइभी एड्सबाट सुरक्षित हुन पाउने अधिकार, उपचार, हेरचाह तथा सहयोग पाउने अधिकारलगायत बिना भेदभाव बाँच्न पाउने अधिकारहरू सुनिश्चित हुन्छन् । हाम्रो मुलुकमा भएका संरचनाहरूले उचित रूपमा काम गर्न नसक्दा हामीले अपेक्षित उपलब्धिहरू हासिल गर्न सकेका छैनौँ । एड्स रोगको भयाबह चुनौतीको सामना गर्न प्रधानमन्त्रीको अध्यक्षतामा निर्माण गरिएको राष्ट्रिय एड्स परिषद्को बै क ११ वर्षसम्म नबसेको थाहा पाउँदा मलाई आश्चर्य लाग्यो । मैले सरकारको नेतृत्व सम्हालेपछि गत भदौ १० गते यसको बै क बोलाउन लगाई एचआइभी सङ्क्रमित, प्रभावित एवम् जोखिम समूहहरूलगायत आम जनसमुदायको हक-अधिकार सुनिश्चित गर्ने मस्यौदा विधेयक तयार पार्न निर्देशन दिएको छु । त्यसका लागि उपयुक्त संरचनाहरूको टुङ्गो लगाई तिनीहरूको क्षमता बृद्धि गर्ने नीति-नियम बनाउन सोही बै कमार्फत एचआइभी/एड्स तथा यौनरोग विकास समितिलाई निर्देशन दिइसकिएको कुरा म यहाँ उल्लेख गर्न चाहन्छु । एचआइभी एड्सको नियन्त्रण सरकार वा कुनै एउटा मात्र निकायको प्रयासबाट सम्भव छैन । यसका लागि समाजका सबै वर्ग, क्षेत्र र समुदायको सक्रियता जरुरी छ । खासगरी, यस क्षेत्रमा लागिरहेका सङ्घ/संस्था, सरोकारवाला व्यक्तिहरू र आमसञ्चारमाध्यमको यसमा विशेष भूमिका हुन्छ । आज मात्रै हामीले सद्भावना राजदूतको रुपमा चर्चित व्यक्तित्व मनोनयन गरेका छौं । विगत लामो समयदेखि उहाँहरुले एड्स नियन्त्रण र जनचेतना अभिवृद्धीमा भूमिका खेल्दै आउनुभएको छ । दुई पुरुष र दुई महिला मिलाएर मनोनयन गर्न पाएको भए अझै राम्रो हुन्थ्यो । जे होस् उहाँहरु तीनै जनालाई आजैबाट हामीले विशेष दायित्व सुम्पिएका छौं । उहाँहरुले खेल्नुभएको भूमिकाको उच्च प्रशंसा पनि गरेका छौं । वास्तवमा आजको दिनले आमजागरण पैदा गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने अपेक्षा गरेको छु । यस दिनमा सरकारका तर्फबाट तपाईंहरू सबैसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु । 'एचआइभी र एड्सको सेवामा सबैको पहुँच बढाऔँ, मानवअधिकार सुनिश्चित गरौँ !' धन्यवाद ! -सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय एड्स परिषद्का अध्यक्ष माधवकुमार नेपालले २१ औँ विश्व एड्स दिवस -१ डिसेम्बर) का अवसरमा आयोजित समारोह -२०६६ मङ्सिर १६, खुलामञ्च-का माडौँ) मा दिनुभएको मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्