Madhav Kumar Nepal

राष्ट्रिय प्रकृति संरक्षण कोषको बै कमा सम्बोधन गर्नुभएको मन्तव्य

राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माननीय वन तथा भूसंरक्षणमन्त्री, कोषका सदस्यहरू, उपस्थित महानुभावहरू ! राष्ट्रिय प्रकृति संरक्षण कोषको संरक्षकका हैसियतले पहिलो पटक तपाइर्ंहरू समक्ष उपस्थित हुन पाउँदा मलाई खुसी लागेको छ । तपाईंहरूले आज यहाँ प्रस्तुत गरेका विवरणहरू सुन्दा हाम्रो मुलुकको प्रकृति तथा वन्यजन्तु संरक्षणको अवस्था के रहेछ भन्ने कुरा स्पष्ट भएको छ । यस कार्यमा खटिइरहनुभएका तपाईंहरू सबैलाई म संरक्षकका हैसियतले हार्दिक धन्यवाद दिन चाहन्छु । प्रकृतिले हाम्रा लागि धेरै सुन्दर उपहारहरू दिएको छ । हाम्रो मुलुक आर्थिक रूपमा धनी छैन । तर, प्राकृतिक सम्पदाका हिसावले विश्वका धनी मुलुकहरूमध्ये नै पर्दछ । यस कुरामा हामीले गर्व गर्नुपर्छ । साथसाथै, एउटा कुरामा दुःख पनि लाग्छ- जुन मात्रामा हामीले यसको संरक्षण, प्रचार-प्रसार र उपयोग गर्न सक्नुपर्दथ्यो, त्यो गर्न सकिरहेका छैनौँ । अरू मुलुकहरूमा नभएका वस्तुहरूको पनि 'रेप्लिका' बनाएर पर्यटकहरूलाई आकषिर्त गरिरहेको पाइन्छ । तर, हाम्रो मुलुकमा भएका प्राकृतिक सम्पदाहरूको पनि हामीले उचित उपयोग गर्न सकेका छैनौँ । अब बेला आएको छ, ढिला गर्नु हुँदैन । आज हामीले उचित रूपमा प्रकृति संरक्षण गर्न सकेनौँ भने भोलि चाहेर पनि हामीले यो काम गर्न पाउने छैनौँ । त्यही भएर हामीले आजै योजना बनाउनुपर्छ, अझै महत्वाकांक्षी योजना बनाउनुपर्छ र कार्यान्वयनमा लैजानुपर्छ र विश्वका सामु उदाहरण भएर प्रस्तुत हुन सक्नुपर्दछ । तपाईंहरूलाई यस दिशामा क्रियाशील हुनका लागि म विशेष रूपमा आग्रह गर्न चाहन्छु । विश्वमा मरुभूमिकरण बढ्दो छ । हाम्रो मुलुकमा पनि वन क्षेत्रको अतिक्रमण बढ्दो छ । प्रभावकारी रूपमा वृक्षारोपण गर्ने काम हुन सकिरहेको छैन । भएका रुखहरू काट्न सजिलो छ । तर, एउटा रुख हुर्काउन कति समय लाग्छ ! यस कुरालाई ध्यानमा राखेर हामी प्रत्येकले एउटा रुख रोप्ने र त्यसलाई जोगाउने अभियान चलायौँ भने हाम्रो मुलुकको अनुहार नै अर्कै हुनेछ । म चाहन्छु- हाम्रा घर, गाउँ, बस्ती, सहर, बाटाघाटा, नदी र नहर किनारामा व्यापक वृक्षारोपण गरियोस् र यसको संरक्षणका लागि पनि त्यत्तिकै तदारुकताका साथ अघि बढाइयोस्, यसलाई एउटा विशाल अभियान र आन्दोलनका रुपमा लोकपि्रय बनाइयोस् । हरियाली हाम्रो सभ्यता र संस्कृति नै बनोस् । रुख काट्ने होइन, संरक्षण गर्ने र त्यसको क्षेत्र विस्तार गर्ने बानी जनस्तरमा हुर्काउन सकियोस् । प्रत्येक घर र बस्तीमा व्यापक र बाक्लो रुख लगाई सुन्दर र सघन बनको काखमा रमाउने स्वभाव आमजनतामा विकास गर्न सकियोस् । अहिले भर्खरै तपाईहरुले यहाँ अन्नपूर्ण, मनास्लु, बर्दिया, शुक्लाफाँट र चिडियाखानाका विषयमा प्रस्तुत गरेका विषयहरुले धेरै कुरा उजागर गरेका छन् । आजको चुनौती र योजनाहरुका बारेमा तपाईंहरुले अघि सारेका कुराहरुलाई पूरा गर्नका लागि सामूहिक प्रयास जरुरी छ । त्यस कार्यमा के कस्तो सहयोग गर्नुपर्छ, त्यसका लागि सरकार तयार छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले अहिले महत्वपूर्ण कामहरू गरिरहेको छ । अन्नपूर्णलगायतका संरक्षण क्षेत्रहरूको विकास र संरक्षणले मुलुकको प्रकृति संरक्षणका क्षेत्रमा अवश्य पनि उल्लेखनीय योगदान पुर्‍याएको छ । गत महिना मैले आफैँ उपल्लो मुस्ताङ- लोमान्थाङ पुगी त्यस क्षेत्रको अवलोकन गरेको छु । प्रकृृति संरक्षणका कार्यहरूलाई अझ विस्तार गरी स्थानीय वासिन्दाको जीवनस्तरमा समेत सुधार ल्याउने काममा तपाईंहरूले अझ बढी ध्यान दिने मैले अपेक्षा गरेको छु । जलवायु परिवर्तन अहिले संसारकै लागि एउटा प्रमुख चिन्ताको विषय बनेको छ । जलवायु परिवर्तनले पार्ने प्रभावबाट विश्वका कुनै पनि मुलुक पृथक् रहन सक्ने देखिँदैन । नेपालले जलवायु परिवर्तनमा कुनै नकारात्मक योगदान पुर्‍याएका छैनौँ । तर, यसो भन्दैमा जलवायु परिवर्तनको असरबाट हामी उम्किन सक्दैनौँ । त्यही भएर हामीले अहिले जलवायु परिवर्तनसँग मुकाबिला गर्नका लागि मेरै अध्यक्षतामा उच्चस्तरीय जलवायु परिवर्तन परिषद् ग न गरेका छौँ । संयुक्त राष्ट्रसङ्घको ६४ औँ महासभामा पनि मैले जलवायु परिवर्तनका बारेमा हाम्रो मुुलुकको धारणा स्पष्ट रुपमा राखेको छु । साथै, आगामी पुसमा डेनमार्कको राजधानी कोपनहेगनमा आयोजना हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनमा पनि हामी आफ्नो मुलुकको धारणा राख्नेछौँ । यही सिलसिलामा हिमालयहरूमा परिरहेको असरका बारेमा विश्व समुदायको ध्यानाकर्षण गर्नका लागि हामीले यही मङ्सिर १९ गते सगरमाथाको आधार शिविरमा मन्त्रिपरिषद्को बै क आयोजना गर्न गइरहेका छौँ । मैले यहाँ जलवायु परिवर्तनका बारेमा यति चर्चा किन गरेको हुँ भने जलवायु परिवर्तनको प्रत्यक्ष असर हाम्रो प्रकृतिमा पर्छ, हामीमा पर्छ, वन्यजन्तुमा पर्छ । अर्थात् हामी कोही पनि यसको असरबाट भाग्न सक्दैनौँ । यसर्थ, आफ्नो क्षेत्रमा बढीभन्दा बढी प्राकृतिक सम्पदाहरूको संरक्षण कसरी गर्न सकिन्छ ? बन्यजन्तुहरूको संरक्षण कसरी गर्न सकिन्छ ? यस दिशामा क्रियाशील हुनुपर्दछ । राष्ट्रिय प्रकृति संरक्षण कोषले संरक्षणका केही कार्यक्रम अगाडि बढाएको छ । सरकारले गौरीशङ्कर संरक्षण क्षेत्र घोषणा गरी कोषलाई व्यवस्थापनको जिम्मेवारी आगामी केही दिनमा सुम्पन गइरहेको छ । यस क्षेत्रलाई स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुग्ने गरी संरक्षण र विकासका कार्यक्रम सञ्चालन गर्नेछ भन्ने कुरामा म आशावादी छु । त्यस्तै कोषले वागमती नदीको दीर्घकालीन संरक्षण गर्ने उद्देश्यले गुरुयोजना बनाएको छ । सरकारले उच्च प्राथमिकताका साथ वागमती गुरु योजनालाई कार्यान्वयनका लागि अगाडि बढाउन खोज्दैछ । वागमती गुरुयोजनालाई मैले अत्यन्तै महत्व दिएको छु । वागमती नदी र यसको किनारामा रहेका वस्तीहरुको सुन्दरता संरक्षण गर्ने मात्र होइन, सिङ्गो पशुपति क्षेत्र अनि का माडौँ रुप र स्वरुपमा यसले अचम्मको परिवर्तन ल्याउने मैले अपेक्षा गरेको छु । मैले केही ऐतिहासिक महत्वका सङ्ग्रहालयहरू निर्माण गर्ने कुरा अगाडि बढाइरहेको छु । ऐतिहासिक कालखण्डहरूलाई सम्झाउने, जातीय पहिचान झल्काउने, मुलुकको प्रतिष् ा अन्तर्राष्ट्रिय स्तरमा फैलाउने र पर्यटन क्षेत्रको व्यापक विकासका लागि त्यस्ता सङ्ग्रहालयहरू उपयोगी हुन्छन् भन्नेमा म विश्वस्त छु । तपाईंहरूले पनि अन्तर्राष्ट्रिय स्तरको जुलोजिकल पार्क निर्माणको योजना अगाडि सार्नुभएको छ । यसलाई अघि बढाउन म निर्देशन दिन चाहन्छु । अहिले छ हेक्टरमा चिडियाखाना छ । तपाईंहरुले भक्तपुरको सूर्यविनायकमा छनोट गर्नुभएको तीन सय हेक्टरको विकल्पका तुलनामा समेत यो सानो हो । तीन सय हेक्टर जमिनलाई नै सम्पूर्ण रुपमा प्रयोग गर्ने गरी योजना बनाउनुहोस् । हाम्रोमा बढी भाग कार्यालयका लागि प्रयोग हुने चलन छ । कुनै विलम्ब नगरी अघि बढाउनुहोस् । म तपाईंहरुलाई सरकारका तर्फबाट निर्देशन दिन चाहन्छु । वन्यजन्तु संरक्षण पनि तपाईंहरूको दायित्वभित्र पर्दछ । हाम्रो मुलुकबाट बर्षेनी ूलो मात्रामा दुर्लभ बन्यजन्तुहरूको चोरी शिकारी हुने र त्यो विदेश निर्यात हुने गरेको पाइन्छ । यसलाई रोक्नका लागि कडाभन्दा कडा उपाय अपनाउनुपर्दछ । विश्वमै लोपोन्मुख, दुर्लभ तथा संसारका लागि विशेष आकर्षणका रूपमा रहेको एक सिङ्गे गैँडाको नेपाल प्रमुख वासस्थान हो । यसमा पनि चितवन राष्ट्रिय निकुञ्ज मुख्य हो । तर, विगत केही वर्षयता गैँडाको सङ्ख्या अत्यधिक घटेको विभिन्न अध्ययन,घटना तथा तपाईंहरुले भर्खरै प्रस्तुत गरेका विवरणहरुले पनि देखाएका छन् । यस अवधिमा गैँडा तस्करहरूको सञ्जाल अत्यधिक रूपमा बढ्न पुगेको देखिन्छ । अपराधीहरुको त्यस्तो सञ्जाल तोड्न र तिनलाई कुनै सहुलियत नदिई कडा कारवाही गर्न म विशेष निर्देशन दिन चाहन्छु । कोषले समेत वन्यजन्तु संरक्षणमा काम गरिरहेको छ । यसमा अझ बढी ध्यान केन्दि्रत गर्न म तपाईंहरूको विशेष ध्यानाकर्षण गर्दछु । चराचुरुङ्गी र बन्यजन्तुको वासस्थान र क्रिडास्थलका रुपमा थुप्रै क्षेत्रको विस्तार गर्नुपर्छ । हाम्रो देशमा जैविक विविधताको संरक्षण गर्ने, जडिबुटी तथा फलफूल खेती क्षेत्रका विस्तार गर्ने र वनजन्य उद्योगको विकासमा विशेष जोड दिने काम गर्नुपर्दछ । यसरी वनसँग जोडिएका समग्र पक्षको एकीकृत विकास गर्ने एकीकृत योजना अघि बढाउनुपर्दछ । जनतासँग नजोडिएको कुनै विकास दिगो हुन सक्दैन । जनताको जीवनस्तर बढाउने गरी तपाईंहरुले जसरी सहभागितामुलक प्रणाली अपनाउनुभएको छ, यसलाई अझै बढावा दिनुहोस् । जनतामा चेतना, जागरण र स्वामित्व बढाउने गरी काम गर्न सकियो भने यसमा असम्भव कुरा केही छैन । हाम्रो मुलुकप्रति विदेशीको सद्भाव बढ्दो छ । तसर्थ, हामीलाई प्राप्त हुने सहयोग घट्दो होइन, बढ्दो छ । अब ढिलो नगर्नुहोस्, हामीले धेरै पख्र्यौं, अब काम गरौँ । अन्त्यमा, प्रकृति र बन्यजन्तु संरक्षण कार्यमा तपाईंहरू अझ बढी क्रियाशील रहनुहुनेछ भन्ने अपेक्षा गर्दै आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु । धन्यवाद ! -सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षक माधवकुमार नेपालले कोषको बै क -२०६६ मङ्सिर १५ जावलाखेल, ललितपुर) मा दिनुभएको मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्