Madhav Kumar Nepal

एभरेष्ट एक्स्िपडिन नेपालको कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य

यस कार्यक्रमका सभापति महोदय, मञ्चमा आसीन यस संस्थाका सल्लाहकारहरू र सदस्यहरु कुटनीतिक नियोगका मित्रहरू, आजका अभिनन्दित व्यक्तित्व मीनबहादुर शेरचनज्यू, उपस्थित आदरणीय महिला तथा सज्जनवृन्द ! आज अभिनन्दित व्यक्तित्व मीनबहादुर शेरचन वास्तवमा साहस र सक्रियताका एक अनुपम नमुना हुनुहुन्छ । सामान्य हिँडडुल गर्नका लागि पनि अरूको साहरा चाहिने करिब ७७ वर्षको उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखर चुमेर उहाँले विश्वलाई चकित पार्नुभएको छ । र, यही कारणले उहाँको नाम गिनिज बुकमा पनि दर्ता भएको छ । एकजना साहसी नेपालीको नाम गिनिज बुकमा दर्ता भएकोमा म नेपाल सरकार र मेरो व्यक्तिगत तर्फबाट पनि अत्यन्त हर्ष व्यक्त गर्दछु । साथै, साहसिक योद्धा मीनबहादुर शेरचनलाई हार्दिक बधाई दिन चाहन्छु । प्रकृतिले हामीलाई अनुपम उपहारहरू दिएको छ । तीमध्ये सगरमाथा सर्वश्रेष् उपहार छ । हामीले विश्वको शीर सगरमाथालाई आफ्नो काँधमाथि राखेर बाँच्ने गौरव प्राप्त गरेका छौँ । विश्वका लागि सगरमाथा आकर्षणको केन्द्र बन्ने गरेको छ । अहिले पनि हाम्रो मुलुकलाई विश्वमा चिनाउने थोरै सम्पदाहरूमध्ये सगरमाथा एउटा हो । हाम्रो राष्ट्रिय गौरब सगरमाथाका कारण विश्वमा अनेक कीर्तिमान कायम भएका छन् । तीमध्येको एउटा कीर्तिमान मीनबहादुर शेरचनले कायम गर्नुभएको छ । ७६ वर्ष ३ सय ४० दिनमा सगरमाथाको शीरमा पाइला राखेर विश्वमै बढी उमेरमा सगरमाथा आरोहण गर्ने कीर्तिमान राख्नु कम जोखिमपूर्ण कुरा होइन अझै उहाँले सन् २०१४ मा ८४ वर्षको उमेरमा विश्व रेकर्ड तोड्ने संकल्प राख्नु भएको छ । उहाँको त्यो संकल्प र अभियानमा सफलता मिलोस् भन्ने कामना गर्दछु । दृढ इच्छाशक्ति हुने हो भने कुनै पनि काम असम्भव हुँदैन भन्ने कुराको एउटा उदाहरण उहाँको यो सफल आरोहण हो भन्ने मलाई लाग्छ । सगरमाथासँग जोडिएर विश्वमा अनेक कीर्तिमानहरूमध्ये कतिपय कीर्तिमानहरू नेपाली नागरिकहरूले कायम गर्नुभएको छ । सबभन्दा कम उमेर अर्थात् १५ वर्षमै सगरमाथा आरोहण गर्ने मिङ किपा शेर्पा, पुरुषमध्ये सबभन्दा कम उमरेमा अर्थात् १६ वर्षमा सगरमाथा आरोहण गर्ने युवा तेम्बाछिरी शेर्पा, सबभन्दा छोटो अवधिमा अर्थात् ८ घन्टा १० मिनेटमा सगरमाथा आरोहण गर्ने पेम्बा दोर्जे शेर्पा, १९ औँ पटक सगरमाथा आरोहण गर्ने आप्पा शेर्पा जस्ता नेपालका सपुतहरूले वास्तवमा हाम्रो मुलुकको नाम विश्वमा उजागर गर्न उल्लेख्य भूमिका निर्वाह गरेका छन् भन्ने मलाई लाग्छ । यो हामी सबैका लागि गौरवको विषय छ । अहिले जलवायुमा आइरहेको तीब्र परिवर्तनबाट सगरमाथा पनि पृथक् रहन सकेको छैन । जलवायु परिवर्तनको नकारात्मक असर नेपालमा सबभन्दा बढी हिमताल र हिम शृङ्खलाहरूमा पर्ने गरेको छ । केही बर्ष अघिसम्म हिउँले सेताम्य देखिने पहाडहरू अहिले क्रमशः टाटेपाटे देखिन थालेका छन् । यसमा हाम्रो त्यति धेरै दोष छैन । विकसित र औद्योगीकरण तीब्र रूपमा भइरहेका मुलुकहरूले अत्यधिक मात्रामा गर्ने ग्यास उत्सर्जनका कारण त्यसको मार हाम्रा जस्ता मुलुकहरूले भोग्नुपरिरहेको छ । नेपालका तर्फबाट मैले संयुक्त राष्ट्रसंघको ६४ औँ महासभामा पनि यो विषय उ ाएको हँु । त्यसैगरी आगामी डिसेम्बरमा डेनमार्कको राजधानी कोपनहेगनमा हुन गइरहेको विश्व सम्मेलनमा पनि नेपालले यस मुद्दालाई प्राथमिकताका साथ उ ाउनेछ । हाम्रा तर्फबाट सगरमाथा जस्ता राष्ट्रिय गौरवको हिम शृङ्खलाहरूलाई बचाइराख्नका लागि पनि पर्याप्त मात्रामा सजगता र तत्परता देखाउन जरुरी छ । अहिले मैले सुन्ने गरेको छु- आरोहीहरूका कारण सगरमाथामा फोहोर थुपि्रएको छ रे ! त्यहाँ सडेर नजाने प्लास्टिकका सामानहरू प्रशस्त्र मात्रामा फ्याँकिएका कारण हिमालको सुन्दरता कुरूप हुने मात्र होइन, त्यसले हिमाललाई दीर्घकालीन रूपमा समेत प्रतिकूल असर पर्दछ । यसकारणले हामी सगरमाथाको सुन्दरताको संरक्षणका लागि पनि त्यत्तिकै जरुरी छ । हामीले आफूसँग भएका प्राकृतिक सम्पदाहरूको पनि उचित रूपमा प्रचार-प्रसार गर्न सकेका छैनौँ । विश्वका कैयौँ मुलुकहरूले पर्यटनबाटै मुलुकको अर्थतन्त्र चलाएका छन् । तर, हामीले पर्याप्त मात्रामा पर्यटन क्षेत्रमा विकास गर्न सकिरहेका छैनौँ । आजभन्दा चार दिन अघि मात्र विगत १० वर्षदेखि बस्न नसकेको राष्ट्रिय पर्यटन परिषद्को बै क मेरो अध्यक्षतामा सम्पन्न भएको छ । नियम-कानुन बनाउँदा उच्च प्राथमिकता दिनका लागि प्रधानमन्त्रीको अध्यक्षतामा यस्ता समिति, आयोग र परिषद्हरूको व्यवस्था गरिएको छ । तर, व्यवहारमा १०-११ वर्षसम्म एउटा पनि यस्ता समितिको बै क नबसालेको मैले पाएँ । मैले अहिलेसम्म त्यस्ता एक दर्जनभन्दा बढी निकायहरूको बै क बसालिसकेको छु र उनीहरूलाई तोकिएको जिम्मेवारी कार्ययोजनासहित निर्धारित मितिमा पूरा गर्न निर्देशन दिएको छु । हामीले सन् २०११ लाई नेपाल पर्यटन वर्ष मनाउने तयारी गरिरहेका छौँ । यसक्रममा हामीले हाम्रा सबै प्राकृतिक सम्पदाहरूको उचित प्रचार-प्रसार र उपयोग गर्नुपर्ने आवश्यकता छ । हिमाल आरोही, पर्यटन व्यवसायी, सञ्चारकर्मी, नागरिक समाजलगायत सबैलाई आ-आफ्नो क्षेत्रबाट २०११ लाई नेपाल पर्यटन वर्षका रुपमा सफल पार्न यस सम्बन्धमा सहयोग गर्न म आग्रह गर्न चाहन्छु । अन्त्यमा, नेपालका सफल हिमाल आरोहीहरूलाई प्रोत्साहित गर्नका लागि वाल, युवा महिला-पुरुषदेखि वृद्धहरुलाई उत्साही गर्न तपाईंहरूले थालनी गरेको यस्तो प्रयासलाई अझै विस्तार गर्नुहोस,् तपाईंको आगामी संकल्प पनि पूरा हुन सकोस, नेपालको र्कीतिमान राख्नुभएकोमा फेरि पनि हार्दिक बधाइ र शुभकामना दिँदै आफ्नो मन्तव्य यहीँ टुङ्ग्याउन चाहन्छु । -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले 'सिनियर सिटिजन माउन्ट एभरेस्ट एक्स्िपडिन नेपाल, २००८' द्वारा आयोजित सबभन्दा बढी उमेरमा सगरमाथा आरोही मीनबहादुर शेरचनको सम्मानमा आयोजित कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्