Madhav Kumar Nepal

साहित्य सन्ध्याको कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य

यस कार्यक्रमका अध्यक्षज्यू, ँसाहित्य सन्ध्या पुरस्कार-२०६५’ बाट भर्खरै सम्मानित व्यक्तित्व शान्ता मानवीज्यू, उपस्थित सम्पूर्ण साहित्यकार एवम् साहित्यपे्रेमी मित्रहरू Û विगत ३३ वर्षदेखि प्रगतिशील साहित्य सिर्जनाका लागि संस्थागत ढङ्गले निरन्तर क्रियाशील 'साहित्य सन्ध्या नेपाल' द्वारा आयोजित पुरस्कार वितरण एवम् विशेष कविगोष् ी कार्यक्रममा मलाई आमन्त्रण गर्नुभएकोमा अत्यन्तै खुसी लागेको छ । 'साहित्य सन्ध्या' ले नेपाली साहित्यको इतिहासमा आˆनो विशिष्ट र मौलिक स्थान बनाइसकेको छ भन्ने मलाई लाग्दछ । २०३३ सालमा राजविराज क्याम्पसमा प्राध्यापनरत साहित्यकारद्वय गङ्गाप्रसाद उप्रेती र डा. केशवप्रसाद उपाध्यायको अगुवाइमा प्रारम्भ भएको यस संस्थाले २०३९ सालदेखि का माडाँैंमा आफूलाई क्रियाशील बनाएको र २०४२ सालदेखि प्रत्येक महिनाको पहिलो शनिवार नियमित कविगोष् ी, अन्तर-क्रिया, राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रगतिशील/प्रगतिवादी स्रष्टाहरूको जन्म-सन्दर्भ पारेर उनीहरूका विषयमा चर्चा-परिचर्चा समेत गर्दै आएको कुराबाट हामी अनभिज्ञ छैनौँ । यस संस्थाले आफूलाई नयाँ र पुराना प्रगतिशील/प्रगतिवादी स्रष्टाहरूको साझा चौतारीका रूपमा विकास गर्दै आएको छ । पुराना पुस्ताका स्रष्टाहरूलाई सम्मान र नयाँ पुस्ताका स्रष्टाहरूलाई माया, स्नेह र सिर्जनात्मक वातावरण प्रदान गर्दै आएको यथार्थसँग म स्वयम् अवगत छु । प्रगतिवादी वैचारिक निष् ाका अटल प्रतिमूर्ति जनकवि यृुद्धप्रसाद मिश्र र पारिजातको अभिभावकत्व प्राप्त गर्दै पञ्चायती निरङ्कुशताका विरुद्धमा न्याय, स्वतन्त्रता र वर्गीय मुक्तिका पक्षमा स्रष्टाहरूलाई गोलबन्द गर्ने जस्तो महत्त्वपूर्ण कार्य यस संस्थाले गर्दै आएको छ । २०४६ साल र २०६२/०६३ मा सम्पन्न ऐतिहासिक जनआन्दोलनहरूमा 'साहित्य सन्ध्या' का तर्फबाट खेलिएको भूमिका पनि अत्यन्त प्रशंसनीय छ । साथै यस संस्थाले नवप्रतिभाहरूलाई मञ्च उपलब्ध गराउनका साथै निष्पक्ष ढङ्गले उनीहरूद्वारा वाचित रचनाहरूको समीक्षा गरिदिई साहित्य सिर्जनासम्बन्धी एक किसिमको प्रशिक्षण नै दिँदै आएको छ भन्दा फरक पर्दैन । म यसका लागि तपाईंहरुलाई विशेष बधाई दिन चाहन्छु । यस संस्थाले २०४३ सालदेखि प्रत्येक वर्ष नेपाली प्रगतिशील र प्रगतिवादी स्रष्टालाई प्रदान गर्दै आएको 'साहित्य सन्ध्या पुरस्कार' बाट यस पटक शान्ता मानवीलाई सम्मान गर्ने जुन काम गरेको छ, त्यो अत्यन्तै प्रशंसनीय छ । कमरेड शान्ता मानवी नेपालको वाम-प्रजातान्त्रिक आन्दोलनकी एक जना सेनानी हुनुहुन्छ र कुसंस्कार र लैङ्गकि शोषण-उत्पीडनका विरुद्ध अथक सङ्घर्षशील स्रष्टा हुनुहुन्छ । उहाँलाई सम्मान गरेर 'साहित्य सन्ध्या' आफू पनि सम्मानित भएको छ भन्ने मलाई लाग्छ । उहाँलाई पुरस्कारका निम्ति छनोट गरेर 'साहित्य सन्ध्या' ले उपयुक्त सम्मान वा पुरस्कार उपयुक्त व्यक्तिलाई नै दिनुपर्दछ भन्ने मान्यतालाई चरितार्थ गरेको छ । उहाँलाई आफ्नै हातबाट सम्मान गर्न पाउँदा मलाई विशेष हषर्ानुभूति भएको छ । म कमरेड मानवीलाई हार्दिक बधाई दिन्छु र उत्तरोत्तर सिर्जनशीलताको कामना गर्दछु । उहाँ र मैले एउटै कमिटीमा बसेर १६ वर्षसम्म सँगै काम गर्‍यौँ । २०३७ सालमा अनेमसंघको तयारी समिति ग न गर्ने जिम्मेवारी मलाई दिएको थियो । त्यसक्रममा कमरेड शान्ता अध्यक्ष्ामा निर्वाचित हुनुभएको थियो । आफूलाई दिइएको जिम्मेवारी पूरा गर्न सधैँ तल्लीन रहनुहुने कमरेड शान्ता मानवीले आफूलाई साहित्यिक क्षेत्रमा पनि संलग्न गराउनुभएकोमा मलाई खुसी लागेको छ । सामन्तवादी नेपाली समाजमा न्याय स्थापना गर्नका लागि श्रमजीवी जनतालाई सचेत बनाउने मात्र होइन, आफ्नै व्यक्तिगत जीवनमा पनि उहाँले निकै लामो र क िन संघर्ष गर्नुभएको छ । म उहाँलाई आग्रह गर्न चाहन्छु- तपाईंका ती अनुभवहरु अहिलेका पुस्ताका लागि प्रेरणाका विषयहरु हुन सक्छन् । त्यसैले तपाईं ती अनुभवहरुलाई छिटोभन्दा छिटो लिपिबद्ध गर्नुहोस् । अब म वर्तमान साहित्यका सन्दर्भमा आफूलाई लागेका केही कुरा राख्न चाहन्छु । साहित्य वा कलालाई जीवनसँग जोडेर हेर्ने र जीवनभन्दा पृथक् रूपमा हेर्ने दुईओटा धारामध्ये हामी साहित्यलाई जीवनसँग जोडेर हेर्ने धाराको प्रतिनिधित्व गर्दछाँै । साहित्य र कला जीवनको प्रतिविम्ब हो र विचारधाराको एउटा रूप पनि हो । यो समाजको आर्थिक-भौतिक परिस्थितिभन्दा भिन्न हुँदैन । यसको मौलिक पक्ष भनेकै प्रस्तुतिगत चमात्कारिकता हो । समाजका कुरूप यथार्थप्रति क ोर प्रहार गर्दै सत्य, शिव र सुन्दरका पक्षमा वकालत गर्नु साहित्यका सन्दर्भमा प्रगतिशीलता हर्छ । अन्याय, असत्य, विभेद, यथास्थितिवाद र जडताका विरुद्ध न्याय, सत्य, समानता, परिवर्तन र गतिशीलताको सम्बाहक साहित्यले नै आजको युग र जनभावनाको प्रतिनिधित्व गर्न सक्दछ । विचार नभएको सिर्जना रूपमा जतिसुकै सुन्दर भए पनि त्यसले मानवीय हृदयलाई आनन्दित गराउन सक्तैन र सकारात्मक गन्तव्यका निम्ति मस्तिष्कलाई जगाउन पनि सक्तैन । त्यस्तै शिल्पपक्ष कमजोर भएको रचना पनि मात्र कोरा भाषण साबित हुन्छ । त्यस्तो साहित्यले सहृदयी र भावुक पा कहरूको मनलाई जित्न सक्तैन अनि साहित्यिक उचाइ पनि प्राप्त गर्न सक्तैन । विचार र कलाको सन्तुलन नै उच्च कोटिको साहित्यको द्योतक हो भन्ने मलाई लाग्दछ । आज नेपाली साहित्यका सन्दर्भमा दुईओटा अतिवादी दृष्टिकोणहरू व्याप्त भएको मैले पाएको छु । ती हुन्- पहिलो, उत्तर आधुनिकताका नाममा अराजकतालाई साहित्य मान्ने दृष्टिकोण र दोस्रो, क्रान्तिका नाममा आतङ्कमा सौन्दर्य देख्ने दृष्टिकोण । यी दुवै गलत प्रवृत्ति हुन् । सामाजिक र मानवीय मूल्यवत्तालाई अस्वीकार गर्ने प्रवृत्ति र विवेकहीन, क्रूर अनि हिंस्रक स्वरूपका आतङ्ककारी प्रवृत्ति कहिल्यै पनि सौन्दर्यका संवाहक हुन सक्तैनन् । यस्ता प्रवृत्ति बोकेका साहित्यिक रचनाहरूबाट सौन्दर्यानुभूति गर्न सकिँदैन । यिनका विरुद्धमा वैचारिक र सिर्जनात्मक दुवै ढङ्गले सशक्त प्रतिवाद हुनुपर्दछ । साहित्यले यो वा त्यो कुनै पनि कोणबाट जनविरोधी क्रियाकलाप र गतिविधिको समर्थन गर्नु हुँदैन । बरु त्यस्ता प्रवृत्तिविरुद्ध आˆनो कलमलाई तिखार्नुपर्दछ र जनताको अनौपचारिक विधायकको भूमिका निर्वाह गर्नुपर्दछ । यो अभिभारा 'साहित्य सन्ध्या' जस्ता संस्था र यससँग सामीप्य राख्ने स्रष्टाहरूले मात्र पूरा गर्न सक्तछन् भन्ने विश्वास मैले गरेको छु । अन्त्यमा नेपाल प्रज्ञा प्रतिष् ान ग न प्रधानमन्त्रीको टेवुलबाटै भएन कि भन्ने लागेको छ । सम्बन्धित व्यक्तिलाई घच्घच्याउनेछु, निर्देशन दिनेछु । संविधान निर्माण र शान्ति-प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने कार्यमा तपाई साहित्यकारहरूका तर्फबाट समेत यथेष्ट सहयोगको अपेक्षा गर्दछु । सम्मानित स्रष्टा शान्ता मानवीलाई पुनः बधाई दिन्छु र आफ्नो सङ्क्षिप्त मन्तव्य यहीँ टुङ्ग्याउँछु । धन्यवाद ! -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले साहित्य सन्ध्याद्वारा आयोजित पुरस्कार वितरण तथा कवि गोष् ी -२०६६ मङ्सिर ६, नेपाल प्रज्ञा प्रतिष् ान, कमलादी-का माडौँ) मा व्यक्त गर्नुभएको मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्