Madhav Kumar Nepal

छैटौं राष्ट्रिय पर्यटन परिषदको बै कमा व्यक्त गर्नुभएको मन्त्ाव्य

परिषद्का उपाध्यक्ष तथा सदस्य महानुभावहरु ! राष्ट्रिय पर्यटन परिषद्को यस छैटौँ बै कमा सहभागिता, गहन छलफल र सुझावका लागि म तपाईंहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । पर्यटन विकासको प्रचुर सम्भावना भएको मुलुकमा यससम्बन्धी नीतिगत मार्गनिर्देशन गर्ने, योजना तथा विकास कार्यको समीक्षा गर्ने, पर्यटन क्षेत्रमा परिआउने बाधा-अड्चन फुकाउने र मन्त्रालयका कार्यक्रमहरु पर्यटन प्रबर्द्धनात्मक बनाउने यस परिषद्को बै क हामी आज १० वर्षपछि पहिलो पटक बस्दैछौँ । २०५६ मङ्सिर ३ गते पाँचौँ बै क बसेयता परिस्थितिमा थुप्रै फेरबदल आइसकेको छ । तर, हामीले त्यस अनुकूल पर्यटन क्षेत्रलाई अद्यावधिक गर्न कत्तिको सकेका छौँ भन्ने कुराको यो एउटा प्रमाण हो । नेपालको आर्थिक-सामाजिक विकासमा पर्यटन क्षेत्रको महत्वलाई यहाँ दोहोर्‍याइरहनु नपर्ला । अब हाम्रो ध्यान पर्यटन विकासबाट नेपालको अर्थतन्त्रले कसरी बढीभन्दा बढी लाभ लिन सक्छ भन्ने विषयमा केन्दि्रत हुन आवश्यक छ । पर्यटनले नेपालको कुल गार्हस्थमा कम्तीमा ३ प्रतिशत योगदान गरेको छ । यसमा प्रत्यक्ष/अप्रत्यक्ष गरी ५ लाख ४८ हजार जनाले रोजगारी पाएका छन् भने यस क्षेत्रलाई विस्तार गर्दा अझै लाखौँले रोजगारी पाउन सक्छन् । जलस्रोत र पर्यटनमा जुनसुकै सरकारले पनि उच्चतम महत्व दिनुपर्छ भन्ने मलाई लाग्छ । आज छलफलका क्रममा सदस्यहरुले उ ाउनुभयो- वर्षको कम्तीमा एक पटक परिषद्को बै क बस्नुपर्छ । तर, हामीले सन् २०११ लाई नेपाल पर्यटन वर्षका रुपमा मनाउन गइरहेको सन्दर्भमा आगामी सन् २०१० मा कम्तीमा दुईपटक बै क बस्नुपर्छ । त्यसको व्यवस्था मिलाउनका लागि म आजै निर्देशन दिन चाहन्छु । विश्वकै ूलामध्येका पर्यटक उद्गम स्थलहरु हाम्रो सीमापारी छन् र संसारकै अनुपम प्राकृतिक सौदर्य, सांस्कृतिक वैभव र साहासिक पर्यटनका लागि अद्वितीय स्थलहरु हामीसँग प्रशस्तै छन् । तर पनि, यी सबै अवसरहरुबाट यथोचित लाभ लिन नसकेको यथार्थलाई स्वीकार्दै अबका हाम्रा क्रियाकलापहरु बढी योजनाबद्ध, व्यवसायिक र उपलब्धिमूलक हुन आवश्यक छ । एकातर्फ साधन-स्रोतको कमी हाम्रो समस्या हो भने उपलब्ध साधन-स्रोतको अधिकतम उपलब्धि हासिल हुने गरी उपयोग गर्न सकियो वा सकिएन, साधनको प्राथमिकीकरण गर्न सकियो वा सकिएन, साधन-स्रोतको प्रयोगबाट अधिकतम लाभ लिन सकियो वा सकिएन भन्ने कुराको पनि हामीले समीक्षा गर्नुपर्ने बेला भएको छ । हामीलाई थप साधन-स्रोतको आवश्यकता त छ । तर, भइरहेका साधन-स्रोतको उच्च उपलब्धी हासिल हुने क्षेत्रमा लगानी गर्न पनि हामी प्रयत्नशील हुनैपर्दछ । हामीसँग संसारलाई चिनाउने सगरमाथा छ, गौतम वुद्ध जन्मेको लुम्बिनी छ, २० किलोमिटरको क्षेत्रमा ६-६ वटा विश्व सम्पदा सूचीमा परेका सम्पदाहरु छन्, दक्षिण एसियाकै उत्कृष्टमध्येको जंगल सफारी छ र सन् २००९ को एक मूल्याङ्कनमा विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक नेपाल परेको छ । हामीसँग मध्यकालीन कला-संस्कृतिसम्बन्धी सम्पदाहरु छन्, हिन्दूहरुका पूण्यभूमी पशुपति, मुक्तिनाथ क्षेत्र जस्ता धार्मिक स्थलहरु छन् । प्राकृतिक सम्पदा सम्पन्न खप्तड, रामारोशन र इलाम जस्ता स्थानहरु छन् । राम-जानकी मन्दिर र मिथिला सँस्कृति जस्ता धरोहर पनि हामीसँग छन् । विश्वमै अति सुन्दर मानिने राराताल र उच्च भूभागमा रहेको तिलिचो ताल हामीसँग छ । सीताको जन्मभूमिदेखि धनुषको अवशेष पनि हामीसँगै छन् । बराह क्षेत्र, स्वर्गद्वारी, गोसाइकुण्ड जस्ता प्राकृतिक सम्पदाहरु पनि यहीँ छन् । विश्वका १ अर्ब हिन्दूमध्ये अलिकति मात्रै आए भने पनि हामीलाई धेरै हुन्छ । हाम्रो अतिथि सत्कार शैली विश्व मै प्रशंसनीय छ । तर पनि, यी सबै पक्षलाई घुम्न चाहने पर्यटकसम्म पुर्‍याउन, उनीहरुलाई नेपाल भ्रमणमा लोभ्याउन, नेपालसम्म आइपुग्न चाहिने सहज र सरल यातायातको साधन उपलब्ध गराउन, आतिथ्यका लागि गुणस्तरीय र प्रतिस्पर्धी सेवा प्रदान गर्ने सबै पूर्वाधार जुटाउन हामीले अझै समन्वयात्मक ढङ्गले निकै प्रयत्न गर्नुपर्ने छ । बाह्य विश्वलाई नेपालसँग जोड्ने हवाई यातायात ज्यादै महङ्गो छ, विश्वका सीमित सहरबाट मात्र सोझो हवाई सम्पर्क छ, हाम्रो वायुसेवा प्रभावकारी र भरपर्दो छैन, एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो छ, पर्याप्त सुविधा उपलब्ध छैन । अझ त्यहाँबाट प्रदान गरिने सेवाहरु न्यून गुणस्तरका हुने र अनावश्यक ढिलासुस्ती हुने गुनासाहरु बारम्बार सुन्ने गरिन्छ । पोखरा, चितवन र खुम्बु क्षेत्रबाहेक अर्को गतिलो गन्तव्य हामीले विकास गर्न सकेका छैनौँ । सम्पदा संरक्षण र प्रचार-प्रसारमा हामी हाम्रा प्रतिस्पर्धीभन्दा हामी ज्यादै पछाडि छौँ । अवश्य पनि पर्यटकहरु यत्तिकै आउँदैनन् । हामीले उनीहरुलाई नेपालमा सुरक्षाको पूर्ण रुपमा प्रत्याभूति गराउनुपर्छ । त्यसैगरी, वायुसेवा, होटल जस्ता पूर्वाधारहरु पनि त्यत्तिकै महत्वपूर्ण छन् । गत वर्ष हाम्रो मुलुकमा पाँच लाखभन्दा बढी विदेशी पर्यटकहरु आएका थिए । त्यस सङ्ख्यालाई कम्तीमा दोब्बर बनाउने गरी यस तपाईंहरु सक्रिय हुनुपर्दछ । यी सबै सन्दर्भमा नै हामीले अहिले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरालाई अगाडि बढाइरहेका छौँ । त्यससँग जोड्ने गरी फास्ट ट्रयाक निर्माण गर्ने कामको सुरुआत भइसकेको छ । पोखरा विमानस्थललाई विस्तार गर्ने, पोखरा-लुम्बिनी फास्ट ट्रयाक निर्माण गर्ने जस्ता कार्यलाई पनि हामीले प्राथमिकतामा राखेका छौँ । आन्तरिक र बाह्य पर्यटकहरुलाई आकषिर्त गर्नका लागि हामीले केही कामहरु गर्नैपर्ने भएको छ । हामीले कीर्तिपुरमा जातीय संग्राहलय, गोकर्णका सहिद स्मृति संग्राहलय, नारायणहिटीमा नेपालको इतिहास झल्किने गरी विशाल संग्राहलय बनाउने योजना अघि सारेका छौँ । त्यसैगरी, स्थानीयस्तरमा आ-आफ्ना जातिहरुका पहिचान झल्किने गरी संग्राहलय बनाउने र त्यस जातिका बारेमा बुझ्न चाहेमा त्यही संग्राहलयलाई प्रयोग गर्न सकिने सम्भावनालाई हामीले उपयोग गर्नुपर्छ । भारतमा कर्मचारीलाई एक महिना देशभित्र घुम्नका लागि छुट्टी दिइन्छ । उनीहरुलाई पनि नेपालसम्म ल्याउनेबारे कुराकानी भइरहेको छ । हामीले सन् २०११ लाई नेपाल पर्यटन वर्षका रुपमा मनाउँदैछौँ । हामीले पर्यटनलाई साँचो अर्थमा नेपालको आर्थिक विकासको मेरुदण्डका रुपमा विकास गर्नका लागि यस अभियानलाई तीब्र गतिका साथ अघि बढाउन जरुरी छ । तपाईंहरुको ध्यान यस कार्यमा पूर्ण रुपमा केन्दि्रत भएमा मात्र यस अभियानलाई सफल बनाउन सकिन्छ । अब हामीले गत वर्षदेखि बीबीसी जस्ता प्रभावकारी सञ्चारमाध्यममार्फत प्रचार-प्रसार पनि थालेका छौँ । त्यसबाट कति उपलब्धि हासिल भयो ? त्यसको पनि लेखाजोखा गर्नुपर्ने बेला भएको छ । गत वर्षदेखि पर्यटन पूर्वाधारमा मन्त्रालयलाई रकम बिनियोजन भइरहेको छ । त्यसको उपयोग कसरी भइरहेको छ ? त्यो पनि समीक्षाको विषय हो । नेपालमा पर्यटनसम्बन्धी काम गर्ने धेरै जिम्मेवारी पाएको पर्यटन बोर्डलाई हामीले अझै प्रभावकारी बनाउन जरुरी छ । नागरिक उड्ड्यनलाई बढी भरपर्दो र उच्च सेवा प्रदायक स्वायत्त निकाय बनाउन भइरहेको पहललाई छिटोभन्दा छिटो यथार्थमा परिणत गर्नुपर्दछ । हामीले हाम्रो आकाश सुरक्षित छ भनेर गर्वका साथ बाहिरी जगत्लाई भन्न सक्नुपर्दछ । यसै सन्दर्भमा नयाँ विमान थप्नेबारे काम सुरु भइसकेको छ । तर, नेपालमा कुनै काम गर्न थाल्यो भने सरकारलाई प्रोत्साहित गर्ने होइन, विरोध गर्ने गरिन्छ । यति वर्षपछि गर्न थालिएको काममा सरकारलाई प्रोत्साहित गर्नुपर्छ । यी र यस्तै विषयका अतिरिक्त पर्यटनको विकाससँगै नेपालको संस्कृति र पर्यापरणीय संरक्षणमा पनि बिशेष चनाखो हुन म तपाईंहरु सबैलाई आग्रह गर्दछु । संस्कृति र पर्यावरण संरक्षणबिना पर्यटकीय स्थलहरुले आकर्षण गुमाउनेछन् र हामी निरन्तर लाभ लिनबाट बञ्चित हुनेछौँ भन्ने कुरा हामीले बिर्सनु हुँदैन । अन्तमा, यस परिषद्ले गरेका निर्णयहरुको कार्यान्वयन गर्दा मन्त्रालय, बोर्ड र प्राधिकरणसँग उपलब्ध स्रोत-साधनको यथार्थ स्थितिलाई ध्यानमा राखी सबै निकायहरुले समन्वयात्मक रुपमा कामको प्राथमिकता तोकी उपलब्धि मापन हुने गरी उपयोग गर्न र 'नेपाल पर्यटन वर्ष २०११' सफल बनाउन निरन्तर क्रियाशील हुन तपाईंहरु सबैलाई आग्रह गर्न चाहन्छु । साथै, आज भएको छलफलमा तपाईंहरुका थप केही सुझावहरु छन् भने दुई साताभित्र दिनुहोस् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, पर्यटन मन्त्रालयका सचिव र निजी क्षेत्रका एकजना प्रतिनिधि रहने गरी ग न हुने कार्यदलले त्यसलाई अन्तिम रुप दिनेछ । धन्यवाद ! -सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय पर्यटन परिषद्का अध्यक्ष माधवकुमार नेपालले परिषद्को छैटौँ बै क -२०६६ मङ्सिर ५, सिंहदरबार-का माडौँ) मा दिनुभएको निर्देशन मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्