Madhav Kumar Nepal

नेपाल टेलिभिजनद्वारा आयोजित हेम-सुनील जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारु वितरण समारोह

कार्यक्रमका अध्यक्ष महोदय, मानननीय मन्त्रीहरु नेपाल टेलिभिजनका पदाधिकारीहरु यहाँ उपस्थित महानुभावहरु नेपाल टेलिभिजन हेरिरहनुभएका देशभित्र र विश्वका विभिन्न भू-भागका नेपाली दिदीबहिनी तथा दाजुभाइहरु सर्वप्रथम आज ुहेम-सुनील जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारु पाउनुहुने पत्रकारद्वय मदन आचार्य र टेकबहादुर खड्कालाई हार्दिक बधाई दिँदै उहाँहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । नेपाल टेलिभिजनका कर्मचारी तथा साचारकर्मीहरुले आफ्ना सहकर्मीद्वय हेम भण्डारी र सुनीलकुमार िसंहको दुःखद् मृत्युको स्मरण गर्दै उहाँहरुको सम्झनालाई चिरस्थायी बनाउन यो पुरस्कार स्थापना गर्नुभएको छ । यसका लागि म तपाईंहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । तीन वर्षअघिको त्यो दिन सम्झिँदा मात्रै पनि कहाली लाग्छ । नेपालको प्रकृति संरक्षणका क्षेत्रमा समर्पित व्यक्तित्वहरु बोकेर उडेको हेलिकोप्टर ताप्लेजुङको धुन्सामा दुर्घटनाग्रस्त हुँदा २४ जना होनहार व्यक्तित्वले हृदयविदारक मृत्युवरण गर्नुपर् यो । तत्कालीन वन तथा भूसंरक्षणमन्त्री गोपाल राई नेपालका मूर्धन्य व्यक्तित्व डा। हर्क गुरुङदेखि यस क्षेत्रमा चासो राख्ने विदेशी मित्रहरुले अल्पायुमै आफ्नो जीवन गुमाउनुपरेको त्यस घटनालाई हामी कहिल्यै बिस्रन सक्दैनौँ । प्रकृति संरक्षणका क्षेत्रमा मुलुकले भोग्नुपरेको त्यो क्षतिलाई कहिल्यै पूर्ति गर्न सकिने छैन । त्यसैक्रममा समाचार संकलनका लागि साथमै रहनुभएका नेपाल टेलिभिजनका समाचारदाता हेम भण्डारी र क्यामराम्यान सुनीलकुमार िसंहको पनि निधन भएको थियो । उहाँहरुको सम्झनाले हामीलाई आफ्नो कर्तव्यप्रति अझ बढी जिम्मेवार र संवेदनशील बनाउन सहयोग गर्छ भन्ने मलाई लाग्छ । वास्तवमा कुनै पनि पेशामा लगनशील भएर लाग्ने हो भने त्यो खतरा र चुनौतीमुक्त छैन । तर पत्रकारिता त्यसभन्दा भिन्न छ । तपाईंहरुको सुझबुझपूर्ण र जिम्मेवार कार्यले जनतालाई समयमै सुसूचित बनाउँछ मुलुकलाई अघि बढ्न मद्दत गर्दछ र सिङ्गो समाजमा नयाँ आशा र उत्साहको साचार गर्दछ । त्यसैगरी तपाईंहरुको सानो लापरबाहीले ूलो सनसनी मच्चाउन सक्छ िहंसा भड्काउन सक्छ साम्प्रदायिक सद्भाव विथोलिन सक्छ । यति महत्वपूर्ण र संवेदनशील पेसामा रहनुभएका तपाईं पत्रकार साथीहरुले बेला-बेलामा विभिन्न खतराहरु मोल्नुपरेको हामी देख्दछौँ । अहिले भर्खरै पुरस्कृत हुनुभएका मदन आचार्य र टेकबहादुर खड्का रिपोर्टले पनि त्यही कुरा देखाउँछ । वर्तमान नेपालमा राज्य विचार तथा अभिव्यक्ति स्वतन्त्रताप्रति संवेदनशील मात्र होइन पत्रकारहरुको व्यावसायिक स्वतन्त्रताप्रति प्रतिवद्ध पनि छ । तर राज्यले विचार तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सम्मान दर्शाएर मात्रै पुग्दो रहेनछ । यो राजनीतिक स्वतन्त्रता आजको विश्वमा गैरराज्य पक्षबाट पनि ूलो परिमाणमा अपहरित भइरहेको देखिन्छ । नेपाल पनि यो प्रवृत्तिको अपवादका रुपमा रहेको छैन । सशस्त्र द्वन्द्वकालमा मात्र होइन त्यसपछिका दिनमा पनि गैरराज्य पक्षबाट पत्रकारलाई बेला-बेलामा सताउने र उनीहरुको ज्यान समेत लिने गरिएको पाइन्छ । कतिपय ाउँमा पत्रकारहरु समाचार प्रवाहित गरेका आधारमा अपहरणमा परेको र मारिएको पनि हामी भूल्न सक्दैनौँ । दैलेखका डेकेन्द्र थापा सिन्धुपाल्चोकका ज्ञानेन्द्र खड्कादेखि बाराका वीरेन्द्रकुमार साहसम्म यसका उदाहरण हुन् । कुनै पनि पत्रकारले समाचार लेखेकै कारण अकालमा मृत्युवरण गर्नु नपरोस् भन्नेमा सरकार सचेत छ पत्रकारको सुरक्षाका निम्ति सरकार प्रतिबद्ध छ । यसक्रममा कैलालीका पत्रकार जगत्प्रसाद जोशीको रहस्यमय मृत्युका सम्बन्धमा छानबिन गर्न ग ित समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि मैले निर्देशन दिइसकेको छु । नेपालमा वाक तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ूला- ूला संघर्षहरु भएका छन् । विगतमा हामीले बारम्बार साचालन गरेको राजनीतिक आन्दोलनको एउटा महत्वपूर्ण हिस्सा अभिव्यक्ति स्वतन्त्रताको माग पनि थियो । लोकतन्त्रको यही मूल मर्मलाई आत्मसात गरी सरकारले साचारमाध्यमहरुलाई प्रोत्साहित गर्ने नीति अङ्गीकार गरेको छ । कुनै पनि लोकतान्त्रिक सरकार साचारमाध्यम र साचारकर्मीसँग डराउँदैन हातेमालो गर्न चाहन्छ । वर्तमान सरकार साचार क्षेत्रको विकास र प्रबद्र्धनका लागि पूर्ण रुपमा प्रतिबद्ध छ र तपाईंहरुसँग हातेमालो गरेर अघि बढ्न चाहन्छ । अपारदर्शिता अहिले हाम्रो मुलुकको एउटा चुनौतीका रुपमा देखा परेको छ । नागरिकको सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै सरकारले सूचनाको हकसम्बन्धी कानुन ल्याएको छ राष्ट्रिय सूचना आयोग निर्माण गरेको छ । तर त्यसलाई अझै प्रभावकारी र सक्षम बनाउन आवश्यक छ । मैले सरकारी निकायहरुलाई आ-आफ्नो कार्यालयमा सूचना अधिकारी तोक्न र जनतालाई चाहिएका सूचनाहरु अविलम्ब प्रदान गर्न निर्देशन दिइसकेको छु । कुनै काम अपारदर्शी भयो भने त्यहाँ आशङ्का हुन्छ । त्यसैले लोकतन्त्रमा राष्ट्रिय सुरक्षा भौगोलिक अखण्डता र व्यक्तिगत गोपनीयतालाई ख्याल गर्दै पूर्णतया पारदर्शिता अपनाउनुपर्छ । त्यसो भयो भने मात्र नागरिकले सूचनाको हक उपभोग गर्न पाउँछन् र अभिव्यक्ति स्वतन्त्रता फस्टाउँछ । उपस्थित महानुभावहरु तथा नेपाल टेलिभिजनका दर्शक महानुभावहरु अहिले हामी संक्रमणकालबाट गुजि्ररहेका छौँ । यस्तो बेलामा समाजका सबै क्षेत्र उत्तरदायी र जिम्मेवार हुनुपर्दछ । आपसमा दुरी बढाउने होइन हार्दिकता र विश्वासको विकास गर्नुपर्छ । एकअर्काका कमी-कमजोरी खोतल्ने होइन आपसमा मित्रताका हात फैलाउनुपर्छ । साचारमाध्यमहरुले यस कार्यमा महत्वपूर्ण योगदान गर्न सक्छन् भन्ने मलाई लाग्दछ । कहिलेकाहीँ हाम्रा साचारमाध्यमहरु अलि धेरै नकारात्मक कुराहरुमा आकर्षित हुन्छन् भन्ने गुनासो व्याप्त छ । वास्तवमा साचारमाध्यमहरुले सार्वजनिक मध्यस्थकर्ताको भूमिका खेल्न सक्छन् र खेल्नुपर्छ भन्ने मलाई लाग्छ । विगत तीन वर्षदेखि जारी शान्ति प्रकि्रयालाई सार्थक निष्कर्षमा पुर् याउनु र निर्धारित मितिमा नयाँ संविधान लेखिसक्नु हामी सबैको दायित्व हो । त्यसका लागि विगतमा झैँ सबै दलहरुका बीचमा आपसी विश्वास सहमति र सहकार्य आवश्यक छ । विगतमा भएका कुनै घटना विशेषलाई लिएर त्यसकै चर्चा-परिचर्चामा समय खेर फाल्नुभन्दा नयाँ संविधान कस्तो बनाउनुपर्छ र त्यसमा के कस्ता प्रावधानहरु राख्नुपर्छ भन्नेमा हामीले ध्यान केन्द्रित गर्न जरुरी छ । विगतमा हामीले निकै ऐतिहासिक कामहरु मिलेर सम्पन्न गरेका छौँ । २ सय ४० वर्ष पुरानो राजतन्त्रलाई सबै दलहरु मिलेरै समाप्त पारेका हौँ । संविधानसभाको निर्वाचन पनि हामी सबै दलहरुले मिलेरै सम्पन्न गरेका हौँ । आज कुनै एउटामाथि दोष थुपारेर कोही पनि उम्किन सक्दैनौँ । किनभने हामी सबैले एउटै डुंगामा यात्रा गरिरहेका छौँ । हामीबीच मूलभूत विषयहरुमा अहिले पनि विवाद छैन केवल आ-आफ्ना दृष्टिकोणहरुका कारण कोणहरुमा फरक परिरहेको छ । हामीले हिजो राजतन्त्र अन्त्य गरी नागरिक सर्वोच्चताकै लागि लोकतन्त्र स्थापना गरेका हौँ । अझ त्यतिले मात्र पूर्ण रुपमा नागरिक सर्वोच्चता स्थापित हुन सक्दैन भनेर गणतन्त्र ल्याएका हौँ । गणतन्त्रमा सबै नागरिक बराबर छन् सबैलाई एउटै नियम-कानुन लाग्छ । कसैबाट कुनै गल्ती भयो भने त्यसको उपचारका निम्ति सम्बन्धित निकायहरु छन् । त्यही भएरै शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात गरिएको छ । लोकतन्त्रमा हरेक निकाय एक-अर्काप्रति उत्तरदायी हुन्छन् । कार्यपालिका व्यवस्थापिका र न्यायपालिकाहरुको अलग-अलग व्यवस्था पनि त्यसै कारण गरिएको हो । कसैलाई केही कुरामा चित्त बुझेन भने नियमसम्मत रुपमा व्यवस्थापिका-संसद्मा छलफल गर्न सकिन्छ । तर जनताको सर्वोच्च प्रतिनिधि थलो- संसद्मा अवरोध गरेर कुनै पनि समस्याको समाधान निस्किन सक्दैन भन्ने कुरामा हामी स्पष्ट हुनुपर्दछ । अहिले देखा परेको राजनीतिक जटिलता समाप्त पार्नका लागि दलहरुका बीचमा छलफल चलिरहेको छ । म आशावादी छु- हामी समाधानमा पुग्नेछौँ । विगतमा यसभन्दा जटिल विषयहरुमा हामीले सहमति कायम गरेका छौँ र एकसाथ हिँडेका छौँ । त्यसैले हामी अहिलेको समस्या समाधान गर्न पनि सफल हुनेछौँ । जनताले अहिले पनि हामीमाथि औँला ड्याइरहेका छन्- कतै दलहरुको आपसी विवादका कारण समयमै संविधान निर्माण नहुने त होइन कतै हिजो रगत-पसिना बगाएर स्थापना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने त होइन हामी राजनीतिक दलले जनताको यो चासो र सरोकारलाई गम्भीरतापूर्वक लिनुपर्छ । र निर्धारित समयमै नयाँ संविधान निर्माण गरिसक्ने कुरालाई ध्यानमा राख्नुपर्छ । नयाँ संविधान निर्माण गर्नुभन्दा अगाडि नै हामीले माओवादी सेनाका लडाकुहरुको व्यवस्थापन गरिसक्नुपर्ने छ । राज्य यसमा गम्भीर छ । मैले यस विषयलाई तदारुकताका साथ लिएको छ । त्यसैका लागि विशेष समितिको बै क नियमित बसाल्ने र यस समस्यालाई राजनीतिक दलहरुबीचको सहमतिका आधारमा छिटो समाधान गर्ने मेरो प्रत्यत्न छ । प्रमुख विपक्षी एकीकृत नेकपा माओवादी यसमा अझै अपेक्षित गम्भीर र जिम्मेवार हुनुपर्दछ । मेरो आग्रह छ- यो तपाईंहरुको मात्र समस्या होइन । जबसम्म अस्थायी शिविरहरुमा रहेका लडाकु र हतियारहरुको व्यवस्थापन हुन सक्दैन तबसम्म शान्ति प्रकि्रयालाई सार्थक निष्कर्षमा पुर् याउन सकिँदैन र नयाँ संविधान पनि निर्माण गर्न सकिँदैन । यसर्थ हामी सबै मिलेर सबभन्दा पहिला यो समस्या समाधान गरौँ र अस्थायी शिविरहरु खाली गरौँ भन्ने मेरो आग्रह छ । म एकीकृत नेकपा माओवादी लाई आन्दोलन फिर्ता लिन आग्रह गर्दछु । सरकारमा आउनुहोस् म तपाईंहरुलाई स्वागत गर्न तयार छु । यदि सक्नुहुन्न भने जिम्मेवार र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुहोस् बन्द हडताल नाकाबन्दी जस्ता जनतालाई दुःख दिने काम नगर्नुहोस् । यसबाट कसैको पनि हित हुदैन । अन्त्यमा जोखिमपूर्ण पत्रकारितामा लाग्ने पत्रकारहरुलाई प्रोत्साहित गर्न तपाईंहरुले यो पुरस्कार स्थापना गर्नुभएकोमा फेरि धन्यवाद दिँदै यसको निरन्तरताका लागि शुभकामना दिन चाहन्छु । धन्यवाद सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल टेलिभिजनद्वारा आयोजित हेम-सुनील जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारु वितरण समारोह २०६६ कात्तिक २१ िसंहदरबार-का माडौँ मा व्यक्त गर्नुभएको मन्तव्य
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्