Madhav Kumar Nepal

रुसी सांस्कृतिक केन्द्रमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुभएको मन्तव्य

कार्यक्रमका अध्यक्ष प्रा.डा. माधव शर्माज्यू, रुसी महासङ्घका महामहिम राजदूत आन्द्रे एल त्रोफिमोभ, हेड अफ द डिरेक्टोरेट अफ सेक्रेटरियट अफ द फेडेरल एजेन्सी- सेर्गेई अलेक्जान्डर सापोभालोभ, रुसी सांस्कृतिक केन्द्रका निर्देशक भ्लादिमिर नोभिकोभ विशिष्ट अतिथिहरू, उपस्थित महानुभावहरू ! आज म यहाँ आउँदा रुसी संस्कृति अनुसार मलाई स्वागत गरियो । एकजना रुसी महिला नुन र पाउरोटी लिएर ढोकामा बसेको देख्दा अलमल भयो । के गर्ने हो ? खाने हो कि ? बाँड्ने हो कि ! भन्ने लाग्यो । प्रत्येक देशको आफ्नै विशिष्ट पहिचान हुन्छन् । रुसको पनि आफ्नै पहिचान छ । त्यस संस्कृति अनुरुप स्वागत गरेको देख्दा मलाई खुसी लाग्यो । नेपालमा पनि यस्ता पहिचानहरु छन् । ती जीवित राख्नुपर्छ । एसियाको आफ्नै संस्कृति छ । त्यस संस्कृतिलाई बचाउनु पर्छ । नेपालमा रुसी महासङ्घको विज्ञान तथा संस्कृति केन्द्र स्थापनाको ३० औँ वर्षगाँ का अवसरमा आयोजित यस कार्यक्रममा मलाई आमन्त्रण गरी दुई शब्द राख्ने अवसर दिनुभएकोमा आयोजक मित्रहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । मैले रुसलाई म्याक्सिम गोर्की, लेनिन र ट्राटस्कीका रचनाहरुबाट बुझन् सुरु गरेको थिएँ । २०२६ सालतिर रुसी पुस्तकालयमा हाम्रै गाउँका कृष्णप्रसाद भण्डारी हुनुहुन्थ्यो । त्यसैगरी विष्णुबहादुर माननन्धर पनि हाम्रै गाउँका हुनुहुन्थ्यो । पहिलो पटक का माडौँमा मेरो भेट कृष्णप्रसाद भण्डारीसँग रुसी पुस्तकालयमा भएको थियो । त्यतिबेला हाम्रै गाउँका गोविन्द भट्ट नेपाल-चीन मैत्री पुस्तकालयमा हुनुहुन्थ्यो । वास्तवमा मेरो रुची त्यतिबेलादेखि नै बढेको हो । पछिल्ला दिनमा रुसी सांस्कृतिक केन्द्र बौद्धिक बहसको थलो बनेको छ । नेपाल र रुसी महासङ्घ हार्दिक र न्यानो सम्बन्ध भएका मित्र राष्ट्रहरू हुन् । खासगरी नेपालको आर्थिक विकासमा तत्कालीन सोभियत सङ्घले पुर्‍याएको योगदानलाई हामी कहिल्यै भुल्न सक्दैनौँ । मित्र राष्ट्र रुसको सहयोगमा नेपालमा थुप्रै भौतिक संरचनाहरू बनेका छन् । नेपालको औद्योगिक विकास र प्रगतिका लागि रुसले गरेको सहयोग अत्यन्तै उल्लेखनीय छ । वास्तवमा रुसले नेपालमा विशिष्ट र आफ्नै स्थान बनाएको छ । कुनै एउटा राष्ट्रका बारेमा अर्को राष्ट्रमा त्यति धेरै थाहा नहुन सक्छ । अझ भौगोलिक रूपमा टाढा रहेका राष्ट्रहरूमा त त्यसो हुनु अस्वाभाविक पनि होइन । तर, नेपालमा रुसका बारेमा त्यस्तो स्थिति छैन । रुसका बारेमा नेपालको बौद्धिक वर्ग जानकार छ । खासगरी, रुसी साहित्यले नेपाली पा कहरूका मनमा राम्रो स्थान बनाएको छ । रुसका नेता लेनिनका बारेमा नसुन्ने नेपालीहरू कमै होलान् । त्यसैगरी, म्याक्सिम गोर्कीका रचना नपढ्ने पा कहरू पनि भेटाउन मुश्किल छ । नेपालमा पुस्तकालय नै स्थापना गरेर रुसी सांस्कृतिक केन्द्रले आफ्नो मुलुकको कला, साहित्य, संस्कृतिलगायतको प्रबर्द्धन र प्रचारका लागि निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । रुसी साहित्य प्रशस्त मात्रामा नेपालीमा अनुवाद भएको छ । यसबाट रुसको राजनीति, सामाजिक अवस्था, कला, संस्कृतिलगायतका विषयमा नेपाली पा कले राम्ररी बुझ्ने मौका पाएका छन् । यस केन्द्रले वास्तवमा नेपाल र रुसका बीचमा जनस्तरमा सम्बन्ध स्थापना र विस्तार गर्नमा ूलो भूमिका निर्वाह गरेको छ । भौगोलिक रूपमा टाढा भए पनि सांस्कृतिक र साहित्यिक रूपमा रुसलाई नेपाली जनता आफ्नो नजिकको मित्र ान्दछन् । रुसबाट उच्च शिक्षा हासिल गरेर नेपाल फर्केका व्यक्तिहरूको सङ्ख्या ूलो छ । विगतमा नेपाली विद्यार्थीलाई खासगरी प्राविधिक क्षेत्रमा छात्रवृत्तिसहित उच्च शिक्षा प्रदान गर्न मित्र राष्ट्र रुसले निकै राम्रो भूमिका निर्वाह गरेको थियो । मेरा घरमा तीन दाजुभाइमध्ये मेरा दुई भाइले रुसमै इन्जिनियरिङ पढेर आएका हुन् । नेपाल र रुसका बीचको सम्बन्धलाई हार्दिक र प्रगाढ बनाउनमा यस रुसी सांस्कृति केन्द्रको पनि योगदान छ भन्ने कुरामा दुईमत छैन । नेपाल र रुसका बीचको सम्बन्ध निकै पुरानो छ । हाम्रा दुई देशका बीचमा सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता सधैँ सुमधुर सम्बन्ध रहँदै आएको छ । सन् १९९० अघि र पछि राजनीतिक उथलपुथल भएता पनि दुबै मुलुकको सम्बन्ध रहेको उस्तै छ । विगतमा दुई मुलुकका बीचमा उच्चस्तरीय राजनीतिक भ्रमणहरूको आदान-प्रदानमार्फत पनि सम्बन्धलाई उच्चस्तरको र प्रगाढ बनाउने प्रयासहरू भएका थिए । अहिले पनि हामीले रुसी महासङ्घसँगको सम्बन्धलाई उत्तिकै महत्व दिएका छौँ । म महामहिम रुसी राजदूतमार्फत रुसी महासङ्घलाई विगतमा झैँ नेपालमा आफ्नो अभिरुचि बढाउन, सहयोग र लगानी अभिबृद्धि गर्न आग्रह गर्दछु । नेपालमा लगानीका प्रशस्त अवसरहरू छन् । रुसी महासङ्घ र त्यहाँको निजी क्षेत्रले नेपालमा लगानी गर्न सक्छन् । त्यसैगरी, रुसी नागरिकहरू अरू मुलुकको भ्रमण गर्नमा अग्रपङ्क्तिमा छन् । हाम्रो मुलुक प्राकृतिक रूपमा अत्यन्तै सुन्दर छ । नेपालीहरु आफ्ना मित्रहरुलाई स्वागत र आतिथ्य गर्न त्यत्तिकै प्रख्यात छन् । रुसीहरु एकपटक नेपाल आए भने यहाँको प्राकृतिक सुन्दरता, हिमाली मनोरम दृश्य, भौगोलिक बनावट र नेपाली आतिथ्यबाट प्राप्त हुने असीम आनन्दको भरपुर उपयोग गर्न सक्षम हुनेछन् । उपस्थित महानुभावहरू ! अहिले हाम्रो मुलुक सङ्क्रमणकालीन अवस्थाबाट गुजि्ररहेको छ । यस्तो बेलामा मुलुकमा हामीले मिलेर धेरै अहम् महत्वका सवालहरूलाई समाधान गर्नुछ । सङ्घीयता, राज्यको शासकीय स्वरूपजस्ता विषयहरूलाई कुनै एक दल वा सरकारले मात्र निष्कर्षमा पुर्‍याउन सक्दैन । यी मूलभूत विषयहरूलाई दलहरूका बीचको छलफलबाट सहमतिमा पुर्‍याएपछि मात्रै हामी नयाँ संविधान लेखनलाई साँचो अर्थमा अगाडि बढाउन सक्छौँ । संविधानसभामा अहिले नयाँ संविधानमा राखिनुपर्ने कतिपय विषयहरूका बारेमा छलफल चलिरहेको छ र ती विषयहरूमा राम्रो समझदारी पनि बन्दै गइरहेको छ । तर, प्रमुख दलहरूका बीचमा आधारभूत विषयहरूमा सहमति भयो भने मात्र निर्धारित समयभित्र संविधान लेख्न सजिलो हुन्छ । हामी सबैका सामु रहेका लक्ष्यहरुमध्ये शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउने र नयाँ संविधान लेख्ने कुरा प्रमुख हुन् । उद्देश्य नयाँ संविधान लेखन हो । नयाँ संविधान लेख्नकै लागि हामीले संविधानसभाको निर्वाचन सम्पन्न गरेका हौँ । यसका लागि हामीले ूलो बलिदान गरेका छौँ, रगत-पसिना बगाएका छौँ । तर, अहिले शान्ति स्थापना होस् र निर्धारित समयमै नयाँ संविधान बनोस् भन्ने जनचाहनालाई बेवास्ता गरेर कतै मुलुक मु भेडतर्फ जाने त होइन भन्ने गम्भीरु आशंका खडा भएको छ । अहिले उ ाइएका सबै विषयवस्तुलाई व्यवस्थ्ापिका-संसद्भित्र छलफल गर्नुपर्छ । अन्य तरिकाबाट जाँदा जनताले सास्ती पाउँछन् र मुलुकले ूलो मूल्य चुकाउनुपर्छ । त्यसैले मु भेडलाई त्यागेर सबै सहमतिमा आउनुपर्छ र म त्यसका लागि सबैलाई आह्वान गर्दछु । अन्त्यमा, रुसी सांस्कृतिक केन्द्रले आफूलाई दुई देशबीच जनस्तरमा सम्बन्ध विकास गर्ने सेतुका रूपमा जसरी स्थापित गरेको छ, त्यसलाई अझै विकसित बनाउनेछ भन्ने आशा गर्दछु । साथै, यो केन्द्र बौद्धिक बहस गर्ने थलोका रुपमा स्थापित भइरहोस्, दुई देशका बीचको सम्बन्ध प्रगाढ बनाउन सहयोगी बनोस् भन्ने कामना गर्दछु । त्यही भएर पनि होला अहिले भर्खरै यहाँ धेरै मित्रहरुले तपाईंहरुलाई बधाई र शुभकामना पनि दिनुभएको छ । यस केन्द्रले दुई देशबीचको सम्बन्धलाई विस्तार गर्नमा पुर्‍याएको भूमिकाको सराहना गर्दै आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु । धन्यवाद ! -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा रुसी विज्ञान तथा संस्कृति केन्द्र स्थापनाको ३० औँ वर्षगाँ का अवसरमा आयोजित कार्यक्रम -२०६६ कात्तिक १७, कमलपोखरी-का माडौँ) मा दिनुभएको मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्