Madhav Kumar Nepal

नेपाल-भारत चेम्बर अफ कमर्शले बिराटनगरमा आयोजना गरेको कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य

कार्यक्रमका सभापति महोदय, महामहिम राजदूत, उद्योगपति-व्यापारीहरू, उपस्थित भद्र महिला तथा सज्जनवृन्द ! उद्योग-व्यवासाय क्षेत्रका अगुवा संस्थाहरूको संयुक्त आयोजनामा यस औद्योगिक क्षेत्रमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मलाई दुई शव्द व्यक्त गर्ने अवसर प्रदान गर्नुभएकोमा सबै आयोजकहरूलाई धन्यवाद दिन चाहन्छु । मुलुकको आर्थिक विकासमा उद्योग वाणिज्य क्षेत्रको अहम् भूमिका रहने कुरा निर्विवाद छ । बढ्दो विश्वव्यापीकरणको प्रवाहसँगै उद्योग र व्यापारका क्षेत्रमा प्रतिस्पर्धी क्षमताको विकास गर्न अति आवश्यक छ । प्रतिस्पर्धी क्षमताबाट नै बजारमा पहुँच सहज हुने भएकोले दिगो आर्थिक विकासका लागि हाम्रो औद्योगिक तथा व्यापारिक क्षमताको अभिवृद्धि गरी विकासको आधारलाई मजवूत तुल्याउनु आजको आवश्यकता हो । यस पृष् भूमिमा आज उद्घाटन गरिएको मनमोहन स्मृति पोलिटेक्निकलेे मुलुकलाई आवश्यक दक्ष तथा सीपयुक्त प्राविधिक जनशक्तिको विकास गरी आर्थिक विकासमा ोस योगदान पुर्‍याउनेछ भन्ने मैले अपेक्षा राखेको छु । खास गरी स्वदेशी उद्योेगहरूमा दक्ष र सीपयुक्त जनशक्तिको व्यवस्था गर्न र वैदेशिक रोजगारीका माध्यमबाट थप प्रतिफल प्राप्त गर्नसमेत यस पोलिटेनिकले महत्वपूर्ण योगदान दिने अपेक्षा गर्न सकिन्छ । यसबाट तपाईंहरू सबै लाभान्वित हुनुहुनेछ र अन्ततः मुलुक नै लाभान्वित हुनेछ भन्ने सरकारले अपेक्षा गरेको छ । सरकारी तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र राष्ट्रको आर्थिक विकास सम्भव रहन्छ । यसै तथ्यलाई मध्यनजर राखी नेपाल सरकार सरकारी-निजी-साझेेदारीको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन प्रयत्नशील रहँदै आएको छ । यसलाई मूर्त रूप दिन उद्योगी-व्यापारी मित्रहरूको निरन्तर सक्रियता रहनेछ भन्ने मैलेे विश्वास लिएको छु । मुलुककै प्रमुख औद्योगिक सहरका रूपमा विराटनगरले मुलुकको आर्थिक विकासको प्रयासलाई गति दिन महत्वपूर्ण भूमिका खेलिरहेको कुरा हामी सबैले बुझेका छौं । थप उद्योगहरूको स्थापना गर्ने र औद्योगीकरणको प्रक्रियालाई अगाडि बढाउन यस क्षेत्रमा एक विशेष आर्थिक क्षेत्रको स्थापना गर्न नेपाल सरकारलेे आवश्यक कारवाही अगाडि बढाएको कुरा तपाईंहरूलाई जानकारी गराउन पाउँदा मलाई खुसी लागेको छ । औद्योगिक प्रवर्द्धन र व्यापार विस्तारलाई सरकारलेे आर्थिक विकासको प्रमुख कडीका रूपमा अंगीकार गरेकोले यसतर्फ सकारात्मक पाइला चाल्न सरकार कटिबद्ध रहेको छ । सरकारले नयाँ वाणिज्य नीति सार्वजनिक गरिसकेको छ भने औद्योगिक नीति र वैदेशिक लगानी नीति ल्याउने कार्य अन्तिम चरणमा पुर्‍याएको छ । यसै गरी बोर्ड अफ इन्भेस्टमेन्ट र रेडे्रसल युनिट ग नका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको पनि म यहाँ उल्लेख गर्न चाहन्छु । मुलुकमा विद्यमान राजनीतिक सङ्क्रमणका कारण लगानी र व्यापार विस्तारका सम्भावनाका सामु समस्या उत्पन्न भएकोतर्फ नेपाल सरकार सचेत रहेको छ । राजनीतिक मतभेदहरू आˆना ाउँमा होलान् तर आर्थिक विकासका लागि बन्द, हडताल, घेराउ जस्ता अवाञ्छित क्रियाकलापलाई निरुत्साहित गर्न र आर्थिक विकासको अभियानलाई टेवा पुर्‍याउन म सबै राजनीतिक दल र सम्बद्ध सबैलाई आग्रह गर्दछु । उद्योग, लगानी र व्यापारको क्षेत्रमा निजी क्षेत्रले अग्रणी भूमिका निर्वाह गर्ने र सरकारलेे सहजकर्ता, नियामक र उत्प्रेरकका रूपमा काम गर्ने भएकोले पनि सरकार र निजी क्षेत्रको सहकार्यलाई अझ घनिभूत र पारस्पारिक बनाएर लैजानुपर्ने आजको आवश्यकता हो । सहयोग र सहभागिताको संस्कृतिको जगेर्ना गर्दै मुलुकको आर्थिक विकासको कामलाई अगाडि बढाउनुपर्ने आवश्यकता छ । आज मनमोहन पोलिटेक्निक उद्घाटन गर्ने क्रममा यसका भौतिक संरचनाहरको निरीक्षण गर्दा अझै सबै ाउँमा राम्ररी स्थापना भइसकेको मैले पाइनँ । तर, जुन संरचना र उपकरणहरु छन्, भारतले सरकारले जुन महत्व दिएको छ, मनमोहन स्मृति प्रतिष् ानले जुन मिहिनेत गरेको छ, यसको आधारमा हेर्दा म आशावादी छु । अहिले भर्खरै यस पोलिटेक्निकका कार्यकारी निर्देशक गोविन्द गजुरेलजीको प्रस्तुतिबाट पनि मैले यहाँ प्रचुर सम्भावना रहेको पाएको छु । हामीले हाम्रो शिक्षालाई दैनिक कर्मसँग जोड्नुपर्छ । अहिले भर्खरै सुन्यौँ- ४ लाख ५० हजारमध्ये हामीले ४ लाख जनशक्तिलाई तालिम दिन सकेका छैनौँ । अहिले शिविरमा रहेका १९ हजार र बाहिर निस्किँदै गरेका ४ हजार गरी २३ हजार माओवादी लडाकुहरुलाई पनि हामीले छोटो समयका लागि भए पनि तालिम दिन सक्यौँ भने त्यो उपयोगी हुनेछ । २४ घन्टे तालिम तीन अवधिका लागि सञ्चालन गर्न सकियो भने त्यो व्यावहारिक हुन्छ र त्यसले तत्कालको आवश्यकता पूर्ति गर्न सक्छ । जीवन र रोजगारीसँग गाँसिएको शिक्षाले मात्रै मानिसलाई आत्मनिर्भर बनाउँछ । त्यही भएर मैले अघि पनि भनेँ- यस्ता कलेजहरु चौधै अञ्चलमा विस्तार गर्नुपर्छ र भविष्यमा विश्वविद्यालयको रुप दिनुपर्छ । एक अर्काको आवश्यकतालाई बुझेर हामीले तालिमहरु सञ्चालन गर्न सक्यौँ भने त्यो बढी उपयोगी हुन्छ भन्ने मलाई लाग्छ । अन्त्यमा, कार्यक्रमको अन्तिमसम्म बसेर तपाईंहरुका कुरा सुन्ने मन थियो । तर, छिटो का माडौँ फर्किनुपर्ने भएकाले बस्न सकिनँ । यसका लागि क्षमाप्रार्थी हुँदै विदा लिन चाहन्छु । धन्यवाद ! -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले मनमोहन स्मृति पोलिटेक्निकको उद्घाटनका अवसरमा नेपाल-भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्टि्रज, नेपाल उद्योग वाणिज्य महासंघ, सीएनआई, भारतीय दूताबास, मोरङ उद्योग संग न र मोरङ व्यापार संघद्वारा आयोजित 'मनमोहन स्मृति पोलिटेक्निकबाट नेपाली उद्योग क्षेत्रले गरेको अपेक्षा' विषयक अन्तरक्रिया -२०६६ कात्तिक १६, हात्तीमुढा-मोरङ) मा व्यक्त गर्नुभएको मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्