Madhav Kumar Nepal

नेपाल लोकतन्त्र ऐक्यबद्धता समूह

माननीय श्री डिपि त्रिपा ी नेपाल लोकतन्त्र ऐक्यवद्धता समूहका सभापति एवम् नेशनलिष्ट कंग्रेस पार्टीका नेता माननीय सांसदज्यूहरु विशिष्ट मित्रहरु प्यारा बरिष् राजनैतिक नेतागण सहकर्मी महिला तथा सज्जनवृन्द नेपाल लोकतन्त्र ऐक्यवद्धता समूहले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पाउँदा मलाई खुशी लागेको छ । नेपालमा लोकतन्त्र नागरिक स्वतन्त्रता एवम् गणतान्त्रिक व्यवस्था स्थापनाका लागि यस समूहले प्रदान गरेको नैतिक समर्थनलाई नेपालका जनताले निकै सर् हाहना गर्दछन् । म यस अवसरमा यस समूहको नेतृत्व गर्ने पहिला व्यक्ति स्वर्गीय हरकिशन िसंह सुरजित जसले हाम्रो संघर्षलाई सकारात्मक गति दिन महत्वपूर्ण भूमिका खेल्नु भयो प्रति श्रद्धााजली अर्पण गर्न चाहन्छु । भारतीय कम्युनिष्ट पार्टी का नेता एबी वद्र्धनलाई पनि म धन्यवाद दिन चाहन्छु । तपाईहरु सबैलाई थाहै छ नेपाल अहिले आपुनो आधुनिक इतिहासको निकै महत्वपूर्ण चरणमा छ । एकदशक लामो आन्तरिक द्वन्द पछि हामी द्वन्दपश्चातको चरणमा संक्रमण गर्दैछौं । आजको विश्वमा सशस्त्र द्वन्दले कुनै समस्याको समाधान गर्दैन भन्ने कुरामा हामीहरु सबै सहमत भएकोले यो सम्भव हुन गएको हो । नेपालमा पनि हामीले बन्दुकको भाषा हाबी हुन नदिने निर्णय गरी शान्ति र सहयोगको बाटो रोज्यौं । माओवादी दल लगायत नेपालका सबै राजनैतिक दलहरुले अन्तरिम संविधान मार्पुत मुलुकले लिनुपर्ने भावी दिशाका वारेमा सहमति कायम गर्ने निर्णय गरेका छन् । हाम्रो राजनैतिक आर्थिक एवम् सामाजिक क्षेत्रहरुमा एउटा नयाँ युगको थालनी गर्ने यस साझा समझदारीले हामीहरु सबैलाई एकजुट गराएको छ । सन् २००६ को नोभेम्बरमा नेपाल सरकार र नेपाल कम्युनिष्ट पाटीर्ं माओवादी ले बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरी एक दशक लामो सशस्त्र द्वन्दको अन्त्य गरेका छन् । तपाईहरु सबैलाई थाह छ कि अपि्रल २००८ मा नेपाली जनताले संविधान सभाका लागि मतदान गरे । नेपालको इतिहासमै पहिलोपटक जनताले आपुनै निर्वाचित प्रतिनिधिहरुद्वारा संविधान निर्माण गर्ने अवसर पाएका छन् । हाम्रो संविधान सभाको निर्वाचन एक मिश्रित समानुपातिक प्रतिनिधित्व प्रणाली अन्तर्गत भएको थियो । यसले हाम्रो संविधान सभालाई सबैभन्दा बढी समावेशी प्रकृतिको प्रतिनिधिमूलक अंग बनाएको छ । संविधान सभामा सबै सिमान्तकृत समूहहरुको प्रतिनिधित्व छ र र यसमा एकतिहाई सदस्यहरु महिला छन् । संविधान सभाको पहिलो बै कले नेपाललाई एक संघीय लोकतान्त्रिक गणतन्त्र घोषित गर् यो र त्यसपछि नेपालमा प्रथम राष्ट्रपति एवम् प्रथम उप-राष्ट्रपतिको चयन गर् यो । अहिले मुलुकका लागि नयाँ संविधान लेख्ने कार्यमा संविधान सभा ब्यस्त रहेको छ । हालै संविधान सभा सदस्यहरुबाट जनताबाट प्रत्यक्ष सुझाव संकलन गर्ने राष्ट्रब्यापी परामर्श कार्यक्रम सम्पन्न भएको पनि अवगत गराउन चाहन्छु । यस अभ्यासबाट हाम्रो संविधान निर्माण प्रकि्रयामा सम्भव भएसम्मको ब्यापक जनसहभागिता सुनिश्चित गर्ने कार्य भएको छ । हाम्रा सामु चुनौतीपूर्ण कार्यहरु छन् । तथापि हालैका परिवर्तनलाई सम्भव बनाउने जनआन्दोलन पछिका विगत तीन वर्षतिर फर्केर हेर्दा हामीले निकै प्रगति गरेको पाउँछौं । तर हामीले अझ बढी प्रगति हासिल गर्न बाँकी नै रहेको छ । शान्तिलाई संस्थागत गर्न एवम् नेपाली जनताको आकांक्षा अनुरुप संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधारशिला खडा गर्नेतर्पु हामीले ोस प्रगति हासिल गर्नु पर्नेछ । हामीले नयाँ संविधान निर्माण गर्ने कार्य निर्धारित समयभित्रै पूरा हुने आशा गरेका छौं । नयाँ संविधान लेख्ने क्रममा हाम्रा आपुनै आवश्यकता एवम् परिस्थिति अनुकूलका संघीय सिद्धान्त अनुरुप राज्यको पुनसंरचना हुनुपर्छ भन्ने कुरामा हामी सबै सहमत छौं । सबै सिमान्तकृत समूहहरुलाई मूल प्रवाहमा ल्याउने कार्य सुनिश्चित गर्न यस्तो पुनसंरचना आवश्यक छ । त्यस्तै बहुदलीय प्रतिष्पर्धा स्वतन्त्र निष्पक्ष एवम् आवधिक निर्वाचन वैयक्तिक स्वतन्त्रता शान्तिपूर्ण सभा एवम् विचारको स्वतन्त्रता मानव अधिकार विधिको शासन जस्ता लोकतन्त्रका सिद्धान्तहरुप्रति नेपाल दृढतापूर्वक प्रतिवद्ध छ । विभिन्न राजनैतिक उथलपुथलको अनुभव पछि मुलुकले अब एक न्यायपूर्ण समाजको निर्माणका लागि मात्र नभई आर्थिक विकासका साथै दिगो शान्ति एवम् स्थायित्वका लागि उपयुक्त वातावरण सृजना गर्नका लागि समेत लोकतन्त्रका आधारभूत सिद्धान्तहरु पूर्णरुपले अंगिकार गरेको छ । नयाँ संविधान र राज्य पुनसंरचनाको आपुनै ऐतिहासिक महत्व रहनुको साथसाथै नेपालमा शान्ति स्थायित्व एवम् प्रगति दिगोरुपमा सुनिश्चित गर्न पनि यसको ूलो महत्व रहने पनि म यहाँ साथीहरुलाई उल्लेख गर्न चाहन्छु । त्यसैले शान्ति प्रकि्रयालाई सबै राजनैतिक दलहरुबीचको समर्थन सहयोग र एकताबाट सकारात्मक निष्कर्षमा पुर् याउने कार्यमा मेरो प्राथमिकता रहेको छ । हामी सबै मिलेर यो कार्य गर्नुछ । त्यस्तै संविधान लेख्ने कार्य निर्धारित समयभित्रै सम्पन्न हुनुपर्दछ । नेपाली जनता र सरकारले लामो र क िन संक्रमणको अपेक्षा गरेका छैनन् । नेपाली जनता शान्ति प्रकि्रयालाई यथाशीघ्र टुँग्याई लोकतन्त्र सुदृढीकरण स्थायित्व एवम् विकासमा केन्द्रित हुन चाहन्छन् । हामी आफैले तय गरेको शान्ति प्रकि्रयाको बाटोमा अघि बढ्न हामीले भारत एवम् अन्तर्राष्ट्रिय समुदायबाट समर्थन र सहयोग पाएको कुरा उल्लेख गर्दा हामी अत्यन्त हर्षित अनुभव गर्दछौं । हामी हाम्रा सबै अन्तर्राष्ट्रिय मित्रहरुको समर्थन र समझदारीको लागि धन्यवाद दिन्छौं । कुनै पनि राजनैतिक रुपान्तरण अर्थपूर्ण हुनका लागि गुणात्मक आर्थिक एवम् सामाजिक रुपान्तरण पनि साथसाथै हुनुपर्दछ भन्ने कुरामा म विश्वास गर्दछु । हामीले तीब्र एवम् समावेशी आर्थिक विकासको कार्यलाई उच्च महत्व दिएका छौं । यस सन्दर्भमा म भारतका जनता एवम् सरकारलाई हाम्रो शान्ति प्रकि्रयामा प्रदान गरेको समर्थन एवम् दशकौंदेखि नेपालमा विकासका पूर्वाधारहरु निर्माणका लागि पुर् याएको सहयोगका लागि धन्यवाद दिन चाहन्छु । नेपालका जनताको वर्तमान अपेक्षा एवम् आकांक्षा अनुरुप आउँदा दिनमा यस्तो सहयोगमा अभिवृद्धि भई अझ सुदृढ हुँदै जाने आशा गरेको छु । आजको भूमण्डलिकृत विश्वमा कुनै पनि राष्ट्रका लागि छिमेकमा शान्ति एवम् स्थायित्व अपरिहार्य रहेको हामी सबैलाई विदितै छ । नेपाल र भारत धेरै निकट मित्रहरु हुन् । हाम्रो सम्वन्ध हाम्रा साझा सामाजिक एवम् सांस्कृतिक मूल्यका साथै जनस्तरको सुदृढ सम्पर्कमा आधारित छ । मित्रताको यस लामो परम्पराले आपसी समझदारी सम्मान एवम् सहयोगको दिगो सम्बन्ध विकसित गरेको छ । हामी यस सम्बन्धलाई एक अर्काको सार्वभौमिकता स्वतन्त्रता एवम् क्षेत्रीय अखण्डताको सम्मान गर्ने आधारभूत सिद्धान्त अवलम्बन गर्दै अझ सुदृढ बनाउने कार्यमा लागेका छौं । हाम्रो सम्बन्धको इतिहास नेपालमा भएका महत्वपूर्ण परिवर्तन हाम्रा सम्बन्ध विकास गर्ने असिमित अवसर एवम् भारतको बढ्दो प्रगतिले हाम्रो सम्बन्धमा एउटा नयाँ युगको शुरुवात हुनसक्ने अवस्थाको सृजना गरेको छ । अझ विशेषगरी नेपालको ब्यापक रुपान्तरण प्रकृया एवम् भारतले हासिल गरेको ऐतिहासिक महत्वको आर्थिक प्रगतिले हाम्रो सम्बन्धलाई अझ माथि उकास्न आवश्यक गतिशीलता एवम् दर्शनसहितको सवल एवम् सकि्रय प्रवद्र्धनको अवसर सृजना गरेको छ । हाम्रो सम्बन्धको यस्तो प्रवद्र्धन हाम्रो समयको नयाँ वास्तविकता र हाम्रा जनताको ब्यापक आशा एवम् आकांक्षा अनुरुप नै रहेको छ । मेरो भारत भ्रमणको उद्देश्य पनि यही नै हो र यसै दर्शन अनुरुप म हाम्रो सम्बन्धलाई बढ्दो समझदारी विश्वास एवम् सबै सम्भावित क्षेत्रहरुमा बृहत साझेदारीसहित नयाँ उँचाइमा पुर् याउन चाहन्छु । यसले आगामी वर्षहरुमा नेपालमा शान्ति स्थायित्व र समुन्नतिलाई वास्तविकतामा बदल्नुका साथै दिगो बनाउने छ । धैर्यपूर्वक सुनिदिनु भएकोमा म तपाईहरुलाई धन्यवाद दिन चाहन्छु । अव तपाईहरुको विचार एवम् अन्तरकि्रयाका लागि आमन्त्रण गर्दछु । नेपाल लोकतन्त्र ऐक्यवद्धता समूहलाई सम्माननीय प्रधानमन्त्रीज्यूले गर्नुभएको सम्बोधन नयाँदिल्ली अगष्ट २००९
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्