Madhav Kumar Nepal

नेपाली राजदूतावासको प्रांगणमा

सहयोगी साथीहरु प्रतिनिधिमण्डलका सदस्यहरु राजदूतावासका कर्मचारीहरु साचारकर्मी मित्रहरु पि्रय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु आज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीका हैैसियतले भारतको पहिलो भ्रमण शुरु गरेकै दिन नेपाली राजदूतावासको प्रांगणमा नयां दिल्ली तथा भारतका विभिन्न स्थानमा बसोबास गरिरहनु भएका प्रवासी नेपाली साथीहरुसंग भेटघाट र अन्तरकि्रया गर्ने अवसर पाउंदा मलाई ज्यादै खुशी लागेको छ । सर्वप्रथम नेपाल र भारतबीच निकटतम सम्बन्ध स्थापना गर्न र दुइ देशबीचको जनस्तरको सम्बन्ध र समझदारी बढाउन प्रवासी नेपाली समुदायले निर्वाह गरेको भूमिकाको सराहना गर्दछु । यस अवसरमा २००७ सालको ऐतिहासिक जनआन्दोलनको पूर्वतयारीदेखि नेपालमा प्रजातन्त्र विधिको शासन मानवअधिकार र सामाजिक तथा आर्थिक रुपान्तरण गर्ने नेपाली जनताको आकांक्षालाई सफलीभूत बनाउने दिशामा भएका संपूर्ण आन्दोलनमा भारतमा रहनुहुने तपाईहरुबाट प्राप्त अमूल्य योगदान सहयोग र प्रेरणाको सगर्व सुखद स्मरण गर्दछु । नेपालीहरुले रोजगारी तथा शिक्षाका अवसरको खोजीमा नेपालबाट प्रवासतर्फ प्रस्थान गर्ने गरेको धेरै समय भैसकेको छ । भौगोलिक सन्निकटता तथा सामाजिक र सास्ंकृतिक समानताका कारण भारत नेपालीहरुको निमित्त सदा एक सहज गन्तव्य रहेको छ । तपाईहरुमध्ये अधिकांश यिनै कारणहरुले प्रवासमा समय व्यतित गरिरहनु भएको छ । आज संचार तथा यातायातका साधनको विकासका कारण नेपालीहरुको प्रवास यात्रामा ूलो वृद्धि आएको छ । साथै विगत केही दशकदेखि नेपालीहरु छिमेकमा रहेका परम्परागत गन्तव्यभन्दा पनि पर नयांनयां राष्ट्रहरुमा स्थापित हुन पुगेका छन् । तर हामी नेपालीहरु विश्वका जुनसुकै कुनामा रहेका भएतापनि नेपालप्रतिको माया तथा नेपाली संस्कृतिप्रतिको आफ्नो लगावलाई कहिले छाड्न सक्दैनौं । नेपालीहरुको राष्ट्रप्रेमप्रति रहेको भावनात्मक संवेगको सराहनास्वरुप म मेरा विदेश यात्रामा त्यहांका नेपाली समुदायसंग भेटघाट र भलाकुसारी गर्ने अवसरलाई सदा उपयोग गर्न चाहन्छु । पि्रय मित्रहरु राजनैतिक संक्रमणमा रहेको नेपाल हाल ऐतिहासिक मोडबाट गुजि्ररहेको छ । २०६२।६३ को ऐतिहासिक जनआन्दोलन नेपालभित्रका राजनैतिक शक्तिहरुको एकता तथा नेपाली जनताको अदम्य साहस तथा परिवर्तनप्रतिको लामो समयदेखिको आकांक्षा र गहिरो प्रतिव&ताको सफल परिणति थियो । त्यस जनआन्दोलन पछि भएको वृहत शान्ति सम्झौताले एक दशक भन्दा लामो आन्तरिक द्वन्दको विधिवत अन्त्य गरेको छ । दलहरुबीचको सहमति अनुरुप अन्तरिम संविधानको निर्माण र संविधान सभाको चुनावले नेपाली जनतालाई आफ्नो संविधान आफै निर्माण गर्ने अवसर पहिलोचोटी प्रदान गरेको छ । वर्तमान सरकारका दुई उच्चतम प्राथमिकतामा विद्यमान शान्ति प्रकि्रयालाई सकारात्मक निष्कर्षमा पुर् याउनु र निर्दिष्ट समयसीमाभित्रै जनआकांक्षा अनुरुपको संविधान निर्माण गर्नु पर्दछन् । यो कार्यको सफल कार्यान्वयनका लागि सरकार देशका सबै राजनैतिक दल तथा समूहसंग वार्ता सहमति सहकार्य एकता र समझदारीका आधारमा अघि बढ्न कटिबद्ध छ । नेपालको उज्ज्वल भविष्यको आधारशीलाका रुपमा रहने यस्ता चुनौतीलाई पूरा गर्न म स्वदेश र विदेशमा रहने यहांहरु सबैको कि्रयाशील समर्थन र सहयोगको अपेक्षा गर्दछु । यसकासाथै नेपाली राजनीतिमा भएको युगान्तकारी ऐतिहासिक परिवर्तनका सम्वाहक तथा त्यसका मूलपात्र नेपाली जनता नै भएको तथ्य म तपाईहरु समक्ष निवेदन गर्नु चाहन्छु । प्रवासमा बसोबास गर्ने नेपालीहरुले नेपालको सामाजिक तथा आर्थिक विकासमा ूलो योगदान पुर् याउदै आएका छन् । विदेशमा पाएको शिक्षा तथा विदेशमा र।ेजगारी गरेर सिकेको सीप र उपार्जन गरेको ज्ञान लिएर हजारौंका संख्यामा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु वर्षेनी नेपाल फर्कन्छन् । उनीहरुको ज्ञान सीप र पूंजीलाई पूर्णरुपमा सदुपयोग गर्न सकेमामात्र पनि नेपालको चौतर्फी उन्नतिको कार्यमा ूलो सहयोग पुग्ने कुरामा आज समग्र राष्ट्र विश्वस्त छ । यसैकारणले विगत केही वर्षदेखि नेपाल सरकारले विदेशमा वस्ने नेपालीहरुको ज्ञान सीप तथा पूंजीलाई नेपालको विकासमा सदुपयोग गर्नका निमित्त विभिन्न नीतिहरुको घोषणा गरेको छ । वर्तमान सरकारले गत महिना प्रस्तुत गरेको बजेट मार्फत त्यस्ता ोस कार्यक्रमहरुको घोषणा गरेका कुरा सर्वविदितै छ । प्रवासको बसाई तपाईहरुको निमित्त चुनौतीपूर्ण रहेको भएतापनि तपाईहरुले आफ्नो मातृभूमिप्रति प्रकट गरिरहनु भएको अगाध स्नेह र देशको द्रुततर विकास गराउन हरतरहले योगदान गर्ने तपाईहरुको अ ोटले संक्रमणकालमा रहेको राजनीतिक स्थितिलाई स्थायित्व प्रदान गर्ने कार्य र शान्ति प्रकि्रयाको संस्थागत विकासमा समर्थन गरीरहने आशा गर्दछु । नेपाली जनताको सम्प्रभुता उनीहरुको उत्साह र राष्ट्र निर्माणप्रतिको उनीहरुको वचनव¢ता हामी सबैको लागि सदा प्रेरणाको स्रोत रहिरहेको छ । दाजुभाइ तथा दिदीबहिनीहरु विदेशमा बस्ने नेपालीहरुको जीविकोपार्जन र जीवनलाई सहज बनाउन नेपाल सरकारले सदा हरसम्भव प्रयास गरिरहेको छ । विदेशस्थित हाम्रा राजदूतावासहरुको एउटा मूल कर्तव्य तपाईहरुजस्तै प्रवासी दाजुभाइ तथा दिदीबहिनीहरुलाई आवश्यक सेवा प्रवाह गर्ने र तपाईहरुले भोगेका र सम्भावित समस्याहरुका समाधानका उपाय पत्ता लगाउनु पनि हो । नयां दिल्लीस्थित नेपाली राजदूतावासलाई पनि यस मूल कर्तव्यबाट विचलित नभई सेवा प्रवाह गर्नका निमित नेपाल सरकारले सदा निर्देशन दिइरहेको छ । हाम्रा राजदूतावासहरुमा साधन तथा श्रोतको अभाव एउटा चुनौतीकै विषय भएको छ । देशको आर्थिक स्थितिले भ्याएसम्म साधन र श्रोतको क्रमशः व्यवस्था गर्दै लाने र आर्थिक कूटनीतिको अवलम्बनद्वारा हाम्रा कूटनीतिक नियोगहरुलाई अझ बढी सशक्त र कार्यशील बनाउदै लाने नेपाल सरकारको नीति रहेको छ । यस कार्यमा नेपाली समुदायको सहयोग र समर्थनको आशा सरकारले गरेको छ । नेपालको संस्कृतिप्रतिको अटूट लगाव र नेपालको शान्ति स्थिरता तथा उन्नतिप्रतिको उत्कट अभिलाषाका कारण विदेशमा बस्ने नेपालीहरुले खेलिरहेको भूमिकाप्रति म एकपटक पुनः सम्मान व्यक्त गर्न चाहन्छु । यिनै गुणहरुले गर्दा प्रवासमा रहेका सबै नेपालीहरु समग्र नेपालको जनस्तर तथा सद्भावनाका राजदूतका रुपमा उभिन पुगेका छन् । विश्वका सबै राष्ट७३टज्ञटघढसहरु र विशेषतः हाम्रा निकटतम छिमेकी राष्ट७३टज्ञटघढसहरुसंग समानता र पारस्परिक सद्भावका आधारमा मैत्री सम्बन्ध विकास र विस्तार गर्ने नेपालको परराष्ट७३टज्ञटघढस नीतिको मूलभूत उद्देश्य अनुरुप हामी भारतसंगको युगौं पुरानो सम्बन्धलाई आपसी हितका आधारमा प्रगाढ बनाउन इच्छुक छौं । विगत जनआन्दोलनदेखि हालसम्मको राजनैतिक घटनाक्रम र शान्ति प्रकि्रयामा भारत लगायत विश्व समुदायबाट प्राप्त समर्थनप्रति हामी कृतज्ञ छौं । यस परिप्रेक्ष्यमा आपसी सुमधुर सम्बन्ध भएको राष्ट७३टज्ञटघढस भारतबाट संक्रमणकालमा रहेको राजनैतिक स्थिति र चालू शान्ति प्रकि्रयाको संस्थागत विकास गरी देशलाई स्थायी शान्ति स्थायित्व र उन्नतितर्पु उन्मुख गराउने सरकारको प्रयासमा समर्थन जारी रहने आशा गर्दछौं । पि्रय साथीहरु शान्ति प्रकि्रयाको सफल अवतरण र नयां संविधानको निर्माणका अतिरिक्त नेपालको सामाजिक तथा आर्थिक रुपान्तरण तथा जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने दिशामा आर्थिक विकासको गतिलाई अघि बढाउन सरकार प्रयत्नशील छ । देशमा उपलब्ध साधनश्रोतको अधिकतम परिचालन गरी विकासको अभियानलाई ोस सघाउ पुर् याउनका निमित्त सरकार सहकारिताको विकास गर्न र निजी क्षेत्रसंग साझेदारी बढाउन इच्छुक छ । यसका साथै साधनश्रोतको कमी भएका हाम्रोजस्तो देशमा विकासका पूर्वाधारहरु खडा गर्न बाह्य लगानीको पनि आवश्यकता पर्दछ । यसै परिप्रेक्ष्यमा सरकारले अलम्बन गरेको लगानीमैत्री नीति र देशको आन्तरिक स्थितिमा आएको क्रमिक सुधारलाई दृष्टिगत गरी नेपालमा लगानी गर्न म भारतीय निजी क्षेत्रलाई आव्हान गर्दछु । यस कार्यमा यहांहरुको पनि सहयोगी भूमिका रहने कुरामा म विश्वस्त छु । अन्तमा देशमा जल्दाबल्दा समस्याहरुको हल गर्न वार्ता सहमति र सहकार्यको माध्यमबाट अघि बढने र देशलाई आर्थिकरुपमा सुदृढ बनाउने सरकारको प्रतिबद्धतामा भारतमा रहनुहुने तपाईहरु सबैको कि्रयाशील सहयोग र सहभागिताको पुनः अपेक्षा गर्दछु । धन्यवाद सम्माननीय प्रधानमन्त्री श्री माधवकुमार नेपालले नया दिल्लीस्थित नेपाली राजदूतावासको प्रांगणमा नेपाली समुदायलाई गर्नु भएको सम्वोधन नया दिल्ली २०६६ । ०५ । ०२ अगष्ट १८ २००९
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्