Madhav Kumar Nepal

मदनमणि दीक्षितको जीवन महाभियान

कार्यक्रमका अध्यक्षज्यू आदरणीय मदनमणि दीक्षितज्यू उपस्थित महानुभावहरु नेपालका विशिष्ट विद्वान् वैदिक वाङ्मयका ज्ञाता मूर्धन्य पत्रकार एवम् अर्थवोधयुक्त कथाहरुका स्रष्टा मदनमणि दीक्षितको जीवन महाभियान नामक कृति लोकार्पण गर्ने अवसर पाउनुलाई मैले सौभाग्यका रुपमा लिएको छु । ुमाधवीु जस्तो अमूल्य कृतिका रचनाकार र अनेकौँ निवन्ध तथा गहन रचनाकारहरुका शिल्पीका रुपमा विख्यात मदनमणि दीक्षितलाई सर्वप्रथम म नयाँ कृतिका लागि बधाई दिन चाहन्छु । आजको यो कार्यक्रममा मैले आपुूलाई नेपालको प्रधानमन्त्रीका रुपमा भन्दा पनि एउटा नेपाली नागरिकका रुपमा उभ्याएर तपाईंको दीर्घ साहित्य सेवा र नेपाली जनता एवम् नेपाल राष्ट्रप्रति तपाईंले देखाएको समर्पणको सम्मान गर्न चाहान्छु । पदले मानिस अविस्मरणीय हुँदैन । तर कृतिले मानिस अविस्मरणीय बन्छ । र मानिस वास्तवमा मानिसहरुका हृदय र स्मृतिमा पनि यही कारणले बाँचिरहन्छ । मदनमणि दीक्षितको चौतीसौँ कृतिका रुपमा यो ुजीवन ः महाभियानु कृति हाम्रा अगाडि आएको छ । लेखकले यस कृतिलाई आफ्नो भूमिकामा ुस्वजीवनीु भन्नुभएको छ । यो आत्मसंस्मरणात्मक कृति हो । त्यसैले उहाँको स्वजीवनी भए पनि यसले नेपालको राजनीतिक र सामाजिक जीवनलाई समेत व्यापक रुपमा समेटेको छ भन्ने तथ्यलाई पुस्तकका सम्बन्धमा विभिन्न लेखकहरुले व्यक्त गर्नुभएका विचारहरुले सावित गरेका छन् । मैले पुस्तक पूरै पढी भ्याएको छैन । तर जति पढेको छु त्यसका आधारमा भन्ने हो भने यो पुस्तकले नेपाली राजनीतिको एउटा महत्वपूर्ण कालखण्ड र नेपाली समाजमा क्रमशः देखा पर्दै गएका परिवर्तनका घटनाहरुलाई सुक्ष्म रुपले प्रस्तुत गरेको छ । नेपालको सामाजिक परिवर्तनका क्रमहरुलाई यस कृतिले आफ्नै ढङ्गले प्रस्तुत गरेको छ । त्यसैले नेपालको कम्युनिस्ट आन्दोलनका बारेमा चाख राख्नेले त यो पुस्तक पढ्नै पर्दछ । नेपालको कम्युनिस्ट आन्दोलनभित्रका विविध पक्षहरुका बारेमा पनि यो ुस्वजीवनीु जानकारीमुलक छ । जीवनको एउटै मात्र रङ्ग हुँदैन । विभिन्न रङ्गको संयोजन भएको हुन्छ जीवन इन्द्रेणी जस्तै । तर हेर्दा सुखद अनुभूति हुने आँखा र मनले आनन्द अनुभव गर्ने र सौन्दर्यवोध जगाउन सक्ने इन्द्रेणी जस्तै मात्र जीवन हँुदैन । यो त दुःख पीडा सङ्घर्ष आकाङ्क्षा आनन्द उपलब्धि सन्तोष र सुखहरुको इन्द्रेणी हो । ुजीवन ः महाभियानु त्यस्तै इन्द्रेणी हो जहाँ मदनमणि दीक्षितको जीवनका पीडा सङ्घर्ष आकाङ्क्षा र उपलब्धिहरु समेटिएको छ । यो कृति आकाशमा देखिने इन्द्रेणी जस्तै छ । तर यो इन्द्रेणी मदनमणि दीक्षितको जीवन कहानीमा त्यत्तिकै देखा परेको छैन । यस कृतिले उहाँको सङ्घर्षशील जीवनयात्राको लामो कालखण्डको घामछायाँ बोकेको छ । कसैका सामु नझुकीकन आफ्नै मान्यता र मूल्यमा अडेर जीवन जीउन चाहनेहरुका लागि हिजोको संसार पनि सजिलो थिएन र आजको संसार पनि सजिलो छैन । जीवनका सजिला बाटाहरुलाई छाडेर असजिलो लागे पनि अप् ्यारो बाटोमा हिँडेर आफ्नो जीवन अरुका लागि पनि बाँड्न चाहनेहरु र अरुका लागि पनि जीउन चाहनेहरु यो संसारमा थोरै हुन्छन् । मदनमणिजीले आफ्नो जीवन अरुका लागि बढी जीउनु भयो मुलुकका लागि बढी जीउनुभयो । तर आफ्ना लागि कम । त्यसै भएर नै होला आज हामी उहाँको सम्मानमा यहाँ उपस्थित भएका छौँ । नेपाली भाषामा झण्डै एक करोडभन्दा बढी शब्दहरु लेख्नुभएका मदनमणि दीक्षितका ती शव्दहरु उपन्यास कथा संस्मरण निवन्ध अनुवाद आदिका रुपमा हाम्रा सामु छन् । ती करोड शब्दहरुमा केवल मदनमणि दीक्षित मात्र बोल्नुभएको छैन नेपाली वाङ्मयसमेत सजीव रुपमा प्रस्तुत भएको छ । ती शब्दहरुमा नेपाली जनताका आशा आकाङ्क्षा र सङ्घर्षहरु पोखिएका छन् तिनका अनुभूति अनुभव र अपेक्षाहरु व्यक्त भएका छन् । ती एक करोड शब्दहरुले नेपालको इतिहास वर्तमान र भविष्यको समेत शब्दचित्र उतारेका छन् । साधना सहज र सरल हुँदैन । तर मदनमणि दीक्षितले अक्षरहरुको जङ्गलमा ज्ञान र सिर्जनाका लागि तपस्वीको जिन्दगी बिताउनुभएको छ । तर अक्षरहरु यस्ता माध्यम बनेका छन् जसले दीक्षितजीको ज्ञान अनुभूति अनुभव संवेदना र साधनालाई हाम्रो मन-मस्तिष्कमा अमिट रुपले छापिदिएका छन् । यस अर्थमा मदनमणि दीक्षितजीलाई ुअक्षर शिरोमणिु भनेर दिइएको विशेषण मलाई उपयुक्त लागेको छ । ुआनन्दमय आकाशु लाई मदनमणि दीक्षितको आत्मसंस्करणको पहिलो खण्ड मान्ने हो भने यो ुजीवन महाभियानु लाई उहाँको ुस्वजीवनीु वा आत्मसंस्मरणको दोस्रो खण्ड मान्नुपर्दछ । तर यो नै पूर्ण होइन । उहाँको ुस्वजीवनीु को तेस्रो वा अन्तिम खण्ड लेखिन नै बाँकी छ जुन उहाँले निकट भविष्यमा लेख्न थाल्नुहुनेछ भन्ने म आशा गर्दछु । मदनमणि दीक्षितका बारेमा चर्चा गर्दा उहाँको पत्रकार जीवन र ुसमीक्षाु साप्ताहिकको चर्चा गरिएन भने मलाई लाग्छ- त्यो अपुरो हुन्छ । नेपाली जनताको लोकतान्त्रिक अधिकार प्राप्तिका लागि ुसमीक्षाु साप्ताहिकले पाचायतकालमा अविस्मरणीय रुपमा सङ्घर्षशील भूमिका खेलेको थियो । त्यो साप्ताहिकले राजनीतिक विश्लेषण र सूचनाको क्षेत्रमा मात्रै होइन नेपाली साहित्यको श्रीवृद्धिका लागि पनि महत्वपूर्ण भूमिका खेलेको थियो । मदनमणि दीक्षितको जीवनको महाभियानमा ुसमीक्षाु साप्ताहिक एउटा महत्वपूर्ण साथीका रुपमा रह्यो भन्ने मलाई लाग्छ । नेपाली पत्रकारिताको एउटा महत्वपूर्ण कालखण्डको विशिष्ट प्रतिनिधि थियो- ुसमीक्षाु साप्ताहिक । नेपाली समाज र राजनीतिक क्षेत्र त्यस पत्रिकाका लागि पनि उहाँप्रति आभारी छ । ुजीवन ः महाभियानु नाम नै मी ो र अर्थपूर्ण छ । प्रत्येक व्यक्तिका जीवनका आफ्नै प्रकारका दुःख-सुख हुन्छन् । धेरैका दुःख-सुख नितान्त व्यक्तिगत वा पारिवारिक सीमाभित्रै सीमित रहन्छन् । तर स्रष्टाका वा कुनै महत्वपूर्ण उद्देश्यका लागि जीवन सुम्पनेहरुका दुःख-सुखलाई धेरैले आफ्नै ान्छन् र त्यहाँ आपुूलाई पनि खोज्छन् । मदनमणिजीले भोग्नुभएका कतिपय अप् ्यारा र सङ्घर्षहरु लोकतन्त्र र जनताका लागि सङ्घर्षको बाटो रोज्ने सबैको साझा व्यथा हो । आजको गणतन्त्र उहाँ र उहाँहरु जस्तै धेरैले आफ्नो समयमा गर्नुभएको सङ्घर्षसमेतको प्रतिफल हो । उहाँले आफ्नो जीवनलाई साँच्चै एउटा महाभियानका रुपमा अघि बढाउनुभयो । यो कृति त्यही महाभियानको गाथा हो भन्ने मलाई लाग्छ । यस्तो महत्वपूर्ण कृति लोकार्पण गर्ने अवसरमा मलाई सामेल हुन मदनमणि दिक्षितजीले आग्रह गर्नुभएकोमा म उहाँलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । मैले प्रधानमन्त्री भएपछि पुस्तक विमोचन कार्यक्रमहरुमा सकेसम्म नजाने प्रयत्न गरेको थिएँ । तर यो कार्यक्रमका लागि मैले ुनाईंु भन्नै सकिनँ । ुअक्षर शिरोमणिु एवम् नेपाली साहित्य आकाशका एक उज्ज्वल नक्षत्र मदनमणि दीक्षितका कृति जनता समक्ष ल्याउने समारोहमा सामेल हुन पाउँदा मैले एउटा बेग्लै आनन्द अनुभव गरिरहेको छु । अन्तमा पुनः एकपल्ट उहाँबाट अरु अनेकौँ महत्वपूर्ण कृतिहरुको सिर्जना हुने अपेक्षाका साथ शतायुको पुनः कामना गर्दछु । धन्यवाद सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले मदनमणि दीक्षितद्वारा लिखित ुजीवन महाअभियानु पुस्तक विमोचन लोकार्पण समारोह २०६६ साउन ३१ मा व्यक्त गर्नुभएको मन्तव्य
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्