Madhav Kumar Nepal

ुअन्तर्राष्ट्रिय युवा दिवस

कार्यक्रमका सभापति माननीय युवा तथा खेलक्रदमन्त्री अतिथिहरु उपस्थित युवा साथीहरु अन्तर्राष्ट्रिय युवा दिवस- २००९ को अवसरमा मुलुकभित्र र बाहिर रहेका सम्पूर्ण युवाहरुमा सर्वप्रथम म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । नेपालमा लोकतन्त्र स्थापनाको लडाइँमा नेपाली युवाहरुले गरेको बलिदानीपूर्ण सङ्घर्षको जति प्रशंसा गरे पनि कम हुन्छ । नेपालको इतिहासमा भएका सबै युगान्तकारी जनपक्षीय आन्दोलनहरुमा नेपाली युवाहरुले पुर् याएको योगदान स्वर्ण अक्षरले अङ्कित भइसकेको छ । २००७ सालदेखि २०६२÷६३ सालसम्मका नेपालका हरेक परिवर्तनहरुमा युवा वर्गको निर्णायक योगदान रहँदै आएको छ । नेपालमा राजनीतिक स्वतन्त्रताको नारासहित प्रजातन्त्रमा ल्याउनमा ०४६ सालअघि युवा-विद्यार्थीले गरेको सङ्घर्ष होस् वा ०६२;६३ मा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न निर्वाह गरेको अग्रणी भूमिका होस् यी सबैका लागि नेपालका युवाहरु बधाईका पात्र छन् । मैले तपाईंहरुका अगाडि नै तपाईंहरुका सम्पूर्ण कुराहरुको वर्णन गरिरहनु पर्दैन । युवा साथीहरु यस वर्ष अन्तर्राष्ट्रिय युवा दिवसको नारा ुदिगोपनाः हाम्रो चुनौती हाम्रो भविष्यु रहेको छ । दिगोपना भनेको दिगो विकास हो । दिगो विकासले प्राकृतिक स्रोत र साधनका उत्पादनशील एवम् प्राकृतिक गुणहरुलाई नाश नगर्ने र आफैँमा धानिन सक्ने अविछिन्न विकास प्रकि्रयालाई इङ्गित गर्दछ । साथै यसले वर्तमानमा मात्र होइन भावी पिढीका प्रत्येक व्यक्तिको न्यूनतम जीवनयापन गर्न पाउने अधिकारको संरक्षण गर्दछ । दिगो स्रोतको व्यवस्थापन तथा त्यसको लाभको न्यायोचित र समानुपातिक वितरण नै दिगो विकासको लक्ष्य हो । दिगो आर्थिक विकास गर्दा वातावरणीय प्रभाव अध्ययन गर्ने वातावरणमा ह्रास आउन नदिने र भविष्यसम्मको आवश्यकतालाई मध्यनजर गर्ने कामलाई ध्यानमा राख्नुपर्छ । साथै समाजको संस्कृति परम्परा र जीवनशैलीका असल गुणहरुलाई सम्बद्र्धन र प्रवद्र्धन गर्नुपर्दछ । दिगो विकासका आर्थिक सामाजिक वातावरणीय मानवीय साँस्कृतिक र शासकीय पक्षहरु छन् । सिङ्गो मुलुक संविधान निर्माण र शान्ति प्रकि्रयालाई सार्थक निष्कर्षमा पुर् याउन अगाडि बढिरहेको यस घडीमा दिगो विकासका सबै आयामहरुमा हाम्रो ध्यान जान जरुरी छ । किनभने अहिले जग निर्माण गर्दा हामीले यस्ता विषयहरुमा ध्यान पुर् याउन सकेनौँ भने भोली गएर पछुताएर मात्र केही हुँदैन । त्यसैले नयाँ संविधानमा युवाहरुको सरोकारका विषय तथा मुद्दाहरुलाई सकेसम्म बढी समाविष्ट गर्नेतर्फ हाम्रो ध्यान जान जरुरी छ । गास बास कपास शिक्षा स्वास्थ रोजगार कला सुरक्षा खेलकुद स्वस्थ मनोराजन जस्ता युवाहरुका आवश्यकतालाई आधुनिक राज्यले दायित्वका रुपमा ग्रहण गर्ने गर्दछ । वर्ग जात लिङ्ग भाषा धर्म क्षेत्र वा अपाङ्गताका आधारमा गरिने सबै किसिमका विभेदको अन्त्य गर्दै युवाका लागि सहज र सरल जीवनयापन गर्न सक्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता बनेको छ । यसका साथै आर्थिक सामाजिक राजनीतिक तथा शासकीय क्षेत्रमा विशेष महत्व राख्ने हरेक प्रकारका नीति निर्माण योजना निर्माण र कार्यान्वयन प्रकि्रयामा युवालाई बढीभन्दा बढी सहभागिता गराउँदै राष्ट्रिय विकासलाई द्रूत गतिमा अघि बढाउनुपर्छ भन्ने मलाई लाग्छ । निरङ्कुशताविरुद्धको राजनीतिक लडाइँले अब पूर्णता प्राप्त गर्न लागेको छ । यस्तो बेलामा सबै राजनीतिक दलहरुका बीचमा अझ बढी हार्दिकता एकता र सहकार्यको आवश्यकता छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणका साथसाथै हामीले गरिबी अशिक्षा रोग भोक र विभेदका विरुद्ध लडाइँ लड्न बाँकी नै छ । आर्थिक पछौटेपन र सामाजिक विभेदविरुद्धको लडाइँमा पनि नेपाली युवाहरुले अगि्रम मोर्चा सम्हाल्नुपर्ने बेला आएको छ । युवा साथीहरु सबै राजनीतिक दल सम्बद्ध युवा साथीहरु यहाँ उपस्थित हुनुहुन्छ गैरसरकरी क्षेत्रका युवाहरु पनि हुनुहुन्छ । मुलुकको सामाजिक-आर्थिक विकासमा युवाहरुको योगदान र भूमिकालाई सुनिश्चित गर्नका लागि सहकार्य सम्वाद र सहभागिता आवश्यक छ । सरकारको सम्बन्धित मन्त्रालयमार्फत सम्पूर्ण युवाहरुको चाहना र आवश्यकता प्रतिबिम्बित भयो भने सरकारलाई नीति निर्माण गर्न सहज हुनेछ । यसैले म तपाईंहरुका बीचमा सहकार्य र सहभागिताका लागि आह्वान गर्दछु । युवाहरुका सन्दर्भमा अहिलेको अवस्थामा हामीले मुख्य तीनवटा कुरामा ध्यान पुर् याउनुपर्छ भन्ने मलाई लाग्छ ः पहिलो- राष्ट्र राष्ट्रियता जनता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति युवाहरुलाई समर्पित र प्रतिबद्ध बनाउँदै उनीहरुमा उत्तरदायित्व र जवाफदेहीताको भावना बढाउनुपर्दछ । दोस्रो- श्रमप्रति सम्मान र शोषणप्रति घृणाको भावना विकास गर्दै उनीहरुका शारीरिक मानसिक बौद्धिक नैतिक तथा संवेगात्मक पक्षहरुको विकास गरी युवाहरुमा देखिएका सबै प्रकारका विचलनहरुको अन्त्य गर्दै उच्च मनोवलयुक्त नैतिकवान प्रगतिशील सुसंस्कृत तथा दक्ष युवा तयार गर्नुपर्दछ । तेस्रो- युवाहरुका आधारभूत अधिकारलाई सुनिश्चित गर्दै उत्पादनशील स्रोतहरुमा युवा समुदायको पहँुच कायम गरी देशको आर्थिक सामाजिक राजनीतिक र साँस्कृतिक क्षेत्रका सबै तहका नीति निर्माण निर्णय र कार्यान्वयन प्रकि्रयाहरुमा लैङ्गिक संवेदशीलतामा आधारित अर्थपूर्ण सहभागितासहित राष्ट्रिय विकासका सम्वाहकका रुपमा स्थापित गर्नुपर्दछ । युवाहरु एक आपसमा लड्ने-झगडा गर्ने प्रवृत्तिबाट माथि उ ी समग्र युवा विकास र मुलुकको सम्बृद्धितर्फ अग्रसर हुनुपर्दछ । राष्ट्रिय युवा नीति युवासम्वन्धी कानुनी प्रारुप संस्थागत र संरचनागत बन्दोवस्तमा पनि कतिपय सुधारहरुको जरुरत हुन सक्छ । युवा सहभागिताका लागि पहुँच वृद्धि गरी सम्पूर्ण युवालाई विकासको अधिकार सुनिश्चित गर्न राज्यले पहल गर्नेछ । मुलुकको विकास र प्रगतिका लागि शान्ति अपरिहार्य छ । अब समाजमा दीगो शान्ति स्थापनाका लागि पनि युवाहरुले रचनात्मक सहयोग गर्न जरुरी छ । ुसबैका लागि शिक्षाु लाई मूल मुद्दा बनाई औपचारिक र अनौपचारिक शिक्षामा पहुँच बढाउन जोड दिने राज्यको नीति छ । बेरोजगारी प्रमुख समस्या भएको अवस्थामा दिगो उच्च र फराकिलो आर्थिक वृद्धिका माध्यमबाट युवा रोजगारीमा जोड दिनु आजको आवश्यकता हो । निश्चित कार्य योजना बनाई निश्चित समयभित्र रोजगारीमा आत्मनिर्भर हुने र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गर्न सकिएन भने हाम्रो मुलुकबाट युवाहरुको पलायन रोकिने छैन । युवा साथीहरु तपाईंहरु नै मुलुकको राजनीतिक आर्थिक सामाजिक र साँस्कृतिक रुपान्तरणका अग्रदूत हुनुहुन्छ परिवर्तनका सम्वाहक हुनुहुन्छ । नयाँ संविधान निर्माण गर्न र शान्ति प्रकि्रयालाई सार्थक निष्कर्षमा पुर् याउन तपाईंहरुबाट मुलुकले रचनात्मक सहयोगको आशा गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसको यस अवसरमा तपाईंहरुबाट मुलुकले गरेको अपेक्षा पूरा गर्ने दिशातर्फ तपाईंहरुको ध्यान जान सकोस् भन्ने कामना गर्दै आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु । धन्यवाद सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालद्वारा अन्तर्राष्ट्रिय युवा दिवस- २००९ का अवसरमा आयोजित कार्यक्रम २८ साउन २०६६ मा व्यक्त मन्तव्य
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्