Madhav Kumar Nepal

कार्यकर्ता भेटघाट

काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौंको क्षेत्र नं। २ को मुलपानीमा कार्यकर्ता भेटघाट गर्नुभएको छ । कार्यकर्ता भेटघाटका लागि उहाँ शनिवार विहान पौने ९ बजे मुलपानी पुग्नुभएको थियो । प्रधानमन्त्री नेपाललाई स्थानीय पार्टी कार्यकर्ताहरुले विकास निर्माणका बारेमा मागहरु राखेका थिए । अन्य दलका कार्यकर्ताहरुले समेत प्रधानमन्त्री नेपाललाई भेटेका थिए । सो अवसरमा उहाँले सहमतिका साथ अघि बढ्न सरकार तयार रहे पनि माओवादी त्यसका लागि तयार नभएका कारण समस्या उत्पन्न भइरहेको बताउनुभयो । नबिराउनू नडराउनू भन्ने मान्यताका साथ आफू अघि बढिरहेको बताउँदै प्रधानमन्त्री नेपालले आफ्नो आसन्न भारत भ्रमणका बारेमा अनावश्यक शंका नगर्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा एमालेका बैकल्पिक केन्द्रीय सदस्य रामेश्वर फुयाललगायतका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्