Madhav Kumar Nepal

गण्डकी मेडिकल कलेज पोखराको उद्घाटन समारोहमा व्यक्त गर्नुभएको मन्तव्य

कार्यक्रमका अध्यक्ष महोदय, विभिन्न पार्टीका नेताहरू, उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरू ! आज कास्की जिल्लाको यस सुन्दर नगरी पोखरामा एउटा नयाँ कामको सुरुआत भएको छ । निजी क्षेत्रबाट आफ्नै लगानी र श्रममा निर्माण हुन गइरहेको गण्डकी मेडिकल कलेज स्थापनाका लागि त्यसको टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर स्थापना हुनु हामी सबैका लागि खुसीको कुरा हो । जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने तपाईंहरूको कार्यको म सराहना गर्दछु । हाम्रो मुलुकले अहिले विभिन्न किसिमका समस्याहरूसँग जुधिरहनुपरेको छ । तीमध्ये स्वास्थ्य क्षेत्र पनि एउटा निकै संवेदनशील र महत्वपूर्ण क्षेत्र हो । त्यही भएरै नेपालको अन्तरिम संविधान- २०६३ ले पहिलो पटक स्वास्थ्यलाई जनताको मौलिक अधिकारका अरूमा स्थापित गरेको छ । यसको अर्थ- नागरिकलाई न्यूनतम स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको दायित्वभित्र पर्छ । यही मान्यताका आधारमा राज्यले जनतालाई बढीभन्दा बढी स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि आफ्नो स्रोत र साधनले भ्याएसम्म प्रयत्न पनि गरिरहेको छ । तर, त्यो पर्याप्त छैन । अहिले पनि साना-तिना रोगको निदानका लागि जनताले सदरमुकाम धाउनुपर्छ । यो समस्यालाई समाधान गर्नका लागि स्वास्थ्य संस्थाहरूको विस्तार र विकासमा सरकारले ध्यान दिइरहेको छ । निजी क्षेत्रबाट स्थापना गरिने यस्ता संस्थाहरूले सरकारको यस अभियानमा सहयोग पुर्‍याउने छन् भन्ने मलाई विश्वास छ । तपाईंहरूलाई थाहा छ- अहिले हाम्रो मुलुकको मध्य तथा सुदुरपश्चिमका पहाडी जिल्लाका बासिन्दाहरू झाडापखालाको महामारीबाट आक्रान्त छन् । अहिलेसम्म सयौँको ज्यान गइसकेको छ भने हजारौँ विरामी परेका छन् । झाडापखाला र हैजाको त्यस महामारीलाई नियन्त्रण गर्नका लागि सरकारले हरसम्भव प्रयत्न गरिरहेको छ । राजधानी, नेपालगन्ज र सुर्खेतबाट स्वास्थ्यकर्मी र औषधीहरू प ाइरहेको छ । सुदूरपश्चिम क्षेत्रमा पनि ध्यान बढाइरहेको छ । स्वास्थ्य केन्द्रसम्म आइपुगेका विरामीहरूले राम्ररी उपचार पाएका छन् र उनीहरू निको भएर घर फर्किएका छन् । तर, भौगोलिक विकटता र जनचेतनाको कमीका कारण मानिसहरूलाई स्वास्थ्य केन्द्रसम्म आइपुग्नमा पनि समस्या छ । यस समस्यालाई समेत समाधान गर्नका लागि घुम्ती स्वास्थ्य टोलीहरूको पनि व्यवस्था गरिएको छ । झाडापखाला जस्तो साधारण रोगको पनि उपचार हुन नसक्नु दुखद् कुरा हो । यसबाट म अन्यन्त चिन्तित भएको छु । मैले आफैँ भाडापखालाबाट सबभन्दा बढी प्रभावित रुकुम र जाजरकोट पुगेर विरामी, उनीहरूका कुरुवा, स्वास्थ्यकर्मी एवम् सर्वसाधारण जनतालाई भेटेर फर्किएको छु । महामारी नियन्त्रणका लागि सम्भव सबै उपायहरूको प्रयोग गर्न सरकारले कुनै कसर बाँकी राखेेको छैन । अहिले स्वास्थ्यमन्त्री त्यही क्षेत्रमा खटिनुभएको छ । स्थानीयस्तरमा बिभिन्न राजनीतिक दलहरुले पनि आफ्ना कार्यकर्ता परिचालन गरेका छन् । स्वास्थ्यकर्मीहरुमार्फत बिरामीहरुले सेवा पाएको या नपाएको नियमित अनुगमन भइरहेको छ । राजनीतिक दलहरुले स्वयंसेवकहरु परिचालन गरिरहेका छन् । यसरी सरकार पूर्ण नियन्त्रणका लागि निरन्तर प्रयत्नशील छ । मुलुकमा यस्ता महामारी नियन्त्रण गर्नका लागि समेत निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूको ूलो भूमिका हुन्छ । अहिले पनि कतिपय संस्थाहरूबाट सहयोग प्राप्त भइरहेको छ । हामीले जति धेरै मात्रामा यस्ता संस्थाहरूको विकास गर्न सक्यौँ, त्यति धेरै सरकार र जनता दुबैलाई फाइदा हुन्छ । अहिलेको युग प्रतिस्पर्धा र गुणस्तरीयताको युग हो । यस प्रस्तावित गण्डकी मेडिकल कलेजको टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरले अवश्य पनि यस कुरालाई ध्यानमा राखेको होला भन्ने मलाई लागेको छ । आफ्नो क्षेत्रमा गुणस्तरीय सेवा उपलब्ध गराउन सक्यौँ भने मात्र हाम्रो विश्वनीयता बढ्छ । यस कुरामा तपाईंहरूले विशेष ध्यान पुर्‍याउनु हुने नै छ भन्ने मैले अपेक्षा गरेको छु । हाम्रो मुलुकमा आवश्यक मात्रामा दक्ष चिकित्सकहरूको उत्पादन भइरहेको छैन । पछिल्लो अवधिमा केही शैक्षिक संस्थाहरू स्थापना भएका छन् । तर, तिनले पनि पर्याप्त मात्रामा स्वास्थ्यकर्मीहरू उत्पादन गर्न सकिरहेका छैनन् । यस्तो अवस्थामा तपाईंहरूको यस कलेजले योग्य, दक्ष र सेवाभाव भएका चिकित्सकहरू उत्पादन गर्न सक्यो भने त्यसबाट यो कलेज र चिकित्सकहरू मात्र होइन, सिङ्गो राष्ट्र नै लाभान्वित हुनेछ । हामीले उच्च र दक्ष जनशक्ति विकास गर्दा ग्रामीण क्षेत्रमा बस्ने बहुसङ्ख्यक जनतालाई ध्यान राख्नुपर्छ । उनीहरूका छोराछोरीको पहुँच यस संस्थासम्म कत्तिको स्थापित हुन्छ ? यो मुलुक जहाँका अधिकांश जनता गाउँमा बस्छन्, जहाँ जनताको एउटा ूलो हिस्सा गरिबीको रेखामुनि छ, त्यहाँ खुल्ने संस्थाले मुलुकको यस संवदेशनीलताप्रति पनि ध्यान पुर्‍याउनुपर्छ । त्यसैले संस्था खोल्ने योजना बनाउने बेलामै गरिब र जेहेन्दार विद्यार्थीहरूका लागि विशेष व्यवस्था गर्नुपर्छ भन्ने मलाई लाग्छ । यस कुरामा तपाईंहरूले अवश्य पनि ध्यान पुर्‍याउनुभएको होला । हाम्रो मुलुकमा सबै क्षेत्रमा एउटा आम समस्या देखा परेको छ । त्यो हो- जुनसुकै संस्थाहरू पनि सहरमै केन्दि्रत हुने । स्वास्थ्य क्षेत्रमा पनि यही समस्या छ । अधिकांश स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरू राजधानी का माडौँमै केन्दि्रत छन् । वास्तवमा जनताको उपचार गर्न पाउनुलाई स्वास्थ्यकर्मीहरूले अवसरका अरूमा लिनुपर्छ । यस मेडिकल कलेजबाट उत्पादित चिकित्सकहरूमा विकट गाउँबस्तीमा पुगेर जनताको सेवा गर्ने र देशभित्रै बसेर काम गर्ने भावना उत्पन्न गराउने काम कलेजले गरोस् भन्ने कामना गर्दछु । उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईंहरूका अगाडि म मुलुकको वर्तमान अवस्थाका बारेमा केही कुरा राख्न चाहन्छु । अहिले मुलुक सङ्क्रमणकालबाट गुजि्ररहेको छ । यस्तो बेलामा स्वाभाविक अरूमा मुलुकमा तरल र असहज स्थिति हुन्छ । त्यसलाई ोस र सहज स्थितिमा अरूान्तरण गर्नकै लागि सबै दलहरूका बीचमा आपसी समझदारी, सहमति र सहकार्य हुनुपर्छ । यही मान्यताका साथ हामीले नेपाली मौलिकता र विशिष्टतासहितको शान्ति प्रक्रियाको विकास गरेका हौँ । अर्थात् जसरी जोत्ने, खन्ने, रोप्ने, वीउ ओसार्ने गरी विभिन्न जिम्मेवारी निर्वाह गरेर रोपाइँ गरेपछि मङ्सिरमा धान भित्र्याउन पाइन्छ, त्यसरी नै नेपालको शान्ति प्रक्रिया अहिले ीक त्यही अवस्थामा आइपुगेको छ । हामीले हिजो जस्तासुकै आरोप र खतराहरूको पर्वाह नगरी जोखिम मोलेर देश-विदेश शान्ति प्रक्रिया सुरु गरेका थियौा । अहिले त्यो शान्ति प्रक्रियाको बाली भित्र्याउने बेला आएको छ । अर्थात् हामी नयाँ संविधानमार्फत हिजोको सङ्घर्षका उपलब्धिहरूलाई संस्थागत गर्न गइरहेका छौँ । यस्तो बेलामा झगडा गर्‍यौँ भने हाम्रो मिहिनेत खेर जान सक्छ, दुःख गरेर हुर्काएको बाली पाकेको बेला र्झन सक्छ । जनतामा दलहरु नमिल्ने हुन् कि ? लामो सङ्घर्ष र बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने हो कि भन्ने चिन्ता छ । तर, म सरकारका तर्फबाट तपाईंहरूलाई आश्वस्त पार्न चाहन्छु- हामी शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन र निर्धारित मितिमा नयाँ संविधान लेख्न सक्षम हुनेछौँ र प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नेछौँ आपसी मतभेद र विवादहरूलाई छलफलका माध्यमबाट समाधान गर्दै हामी मुलुक र जनताका लागि विगतमा झैँ मूलभुत सबै विषयमा साझा विन्दुमा आइपुग्नेछौँ र मुलुकलाई नयाँ युगमा प्रवेश गराउनेछौँ । यो कुनै आन्दोलनको मौसम होइन । अहिले आन्दोलन गर्नुपर्ने कुनै विषय र कारण छैन । एउटा सरकारले राजिनामा दिएपछि स्वाभाविक रूपमा अर्को सरकार बन्छ, बन्नुपर्छ । आफूले पनि सरकार चलाउन नसक्ने अरुलाई पनि नदिने नकरात्मक सोच त्याग्नुपर्छ । नयाँ सरकार बन्ने कुरालाई आफ्नो भविष्य नै खतरामा पर्‍यो कि, धर्ति नै फाट्यो कि भन्ने रुपमा लिन जरुरी छैन । लोकतन्त्रमा यसलाई आकाशै खसेको अरूमा लिन जरुरी छैन । यो प्रक्रिया हिजो पनि थियो र भोली पनि रहनेछ । सत्ता छोड्नुपर्दाको छट्पटीमा आन्दोलनको मलमपट्टी लगाउनुछ भने मेरो भन्नु केही छैन । तर, म आह्वान गर्छु- आउनुहोस्, सहमतिको यात्रामा कुनै अवरोध सिर्जना हुन नदिऔँ । अब धेरै समय छैन । एक वर्षभन्दा कम अवधिमा हामीले नयाँ संविधान बनाएर सङ्क्रमणकाल समाप्त पारिसक्नुछ । अहिले मुलुक र जनताका लागि नयाँ संविधान बनाउनमा केन्दि्रत होऔँ । यसैमा सबैको हित छ । अन्त्यमा, आज तपाईंहरूले नेपालको मेडिकल शिक्षाका क्षेत्रमा नयाँ योगदान गर्ने उद्देश्यसहित जुन कार्यको थालनी गर्नुभएको छ, म यसको सफलताको कामना गर्दै आफ्नो भनाइ यहीँ टुङ्ग्याउन चाहन्छु । धन्यवाद ! -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले प्रस्तावित गण्डकी मेडिकल कलेजको शिक्षण अस्पताल एन्ड रिसर्च सेन्टर उद्घाटन -२६ साउन, २०६६) मा व्यक्त गर्नुभएको मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्