Madhav Kumar Nepal

६४ औं हिरोसिमा र नागासाकी स्मृति दिवसमा व्यक्त गर्नुभएको मन्तव्य

कार्यक्रमका अध्यक्ष महोदय, विदेशी नियोगका प्रतिनिधिहरु, राजनीतिक दलका नेताहरु उपस्थित महानुभावहरु ! आज हामी जुन सन्दर्भमा यहाँ उपस्थित भएका छौँ, यो सन्दर्भको स्मरण गर्नेबित्तिकै अहिले पनि मानिसहरुको आङ सिरिङ्ग हुन्छ । मानव सभ्यतामाथि नै कलङ्क लाग्ने गरी जापानका दुई सहरमा भएको नरसंहारकारी आक्रमण अहिलेसम्मकै संसारको सबैभन्दा त्रासदीपूर्ण आक्रमण हो । सन् १९४५ अगस्ट ६ मा हिरोसिमा र त्यसको तीन दिनपछि अगस्ट ९ मा नागासाकी सहरमाथि क्रमशः 'फ्याटम्यान' र 'लिटिल व्याय' नामक अणुबम प्रहार गरिएको थियो । त्यसयता ती दिनहरुलाई मानव सभ्यताका सबभन्दा घातक र विनाशकारी काला दिनका रुपमा लिइन्छ । दुबै सहरमा गरेर तत्कालै दुई लाखभन्दा बढी निदोर्ेष व्यक्तिले अकालमा ज्यान गुमाउनुपरेको थियो भनेे क्षणभरमै दुबै सहर ध्वस्त भई सुनसान, खण्डहर र डरलाग्दा हुन पुगेका थिए । त्यो कहालीलाग्दो र वीभत्स नरसंहार सम्भवतः संसारकै पहिलो र ूलो थियो । त्यस घटनाबाट मर्नेहरु त मरे नै, बाँचेकाहरुको जीवन पनि निकै कष्टकर भयो । अङ्गभङ्ग भएका कारण उनीहरु विरुप मात्र भएनन्, विकीरणको प्रभावले अहिलेसम्म पनि समस्याहरु उत्पन्न भइरहेका छन् भनिन्छ । यसैका कारण क्यान्सरलगायत अनेकौं नयाँ-नयाँ रोगहरुको सङ्क्रमण व्यापक हुँदै गयो र वर्षेनी मृत्युवरण गर्नेहरुको सङ्ख्या पनि बढ्दै आयो । आज एकातिर विश्व शान्तिका लागि निरन्तर प्रयासहरु भइरहेका छन् भने अर्कातिर अझै पनि आणविक हातहतियारको उत्पादन, भण्डारण र व्यापार रोकिएको छैन, जसका कारण आणविक युद्धको सन्त्रास कायमै छ । आणविक हतियारको उत्पादन पूर्ण रुपमा बन्द नहुनु र उत्पादित हतियार नष्ट नगरिनुबाट विश्व शान्तिका लागि डरलाग्दो चुनौती र विनासकारी खतरा बाँकी नै छ भन्ने देखिन्छ । अब पृथ्वीमा कुनै पनि हातलमा पुनः हिरोसिमा-नागासाकीको दुःखान्त दोहोरिनु हुँदैन । आणविक शस्त्र-अस्त्रमा कटौती हुनुपर्छ, यसको उत्पादनमा पूर्ण रुपमा बन्देज लगाउनुपर्छ र एक्काइसौँ शताब्दीलाई आणविक हातहतियाररहित शताब्दी बनाउनुपर्छ भन्ने हाम्रो धारणा छ । आणविक हतियारहरुको उत्पादन, भण्डारण र व्यापारलाई शक्तिसम्पन्न मुलुकहरुका बीचमा प्रतिस्पर्धाको विषय कदापि बनाइनु हुँदैन । आज विश्वका अधिकांश जनता रोग, भोक, अशिक्षा र अभावबाट प्रभावित छन् । उनीहरुले राम्ररी एक पेट खान पाएका छैनन्, एकसरो लगाउन पाएका छैनन्, साधारण रोगको पनि उपचार पाएका छैनन् । यस्तो बेलामा म विश्वका सम्पन्न मुलुकहरुलाई विनाशकारी आणविक शक्ति विस्तारमा होइन, यस्ता न्यूनतम मानवीय समस्याहरुतर्फ ध्यान केन्दि्रत गर्न आग्रह गर्न चाहन्छु । आजको विश्वमा हतियारको होडबाजी चाहिएको छैन । बरु, नयाँ-नयाँ खोज, अनुसन्धान र आविस्कारहरुमा प्रतिष्पर्धा र होडबाजी हुन जरुरी छ । विज्ञान-प्रविधिको विकाससँगै मानव जीवनमा नयाँ-नयाँ खतराहरु पनि उत्पन्न हुँदै गएका छन्, नयाँ-नयाँ सङ्क्रामक र खतरनाक रोगहरु देखा परिरहेका छन् । यिनीहरुबाट विश्वका नागरिकहरुलाई कसरी बचाउने ? यस्ता चुनौतीहरुसँग लड्ने शक्तिको विकास कसरी गर्ने ? म विश्वका विकसित मुलुकहरुलाई आणविक हतियारको विस्तारमा होइन, यस्ता चुनौतीहरुलाई परास्त गर्नका लागि प्रतिस्पर्धा गर्न आग्रह गर्न चाहन्छु । विश्वमै शान्त र सुन्दर मुलुकका रुपमा स्थापित नेपाल पछिल्लो दशकमा आन्तरिक द्वन्द्वबाट ग्रस्त हुन पुग्यो । हामीले त्यसबाट निकै देखिने र कतिपय नदेखिने क्षति भोगेका छौँ । देखिने गरी हजारौँ नागरिकको ज्यान गयो, अर्बौंका भौतिक संरचनाहरु ध्वस्त भए । तर, यीबाहेक तत्काल नदेखिने धेरै क्षति हामीले अहिले मात्र होइन, दीर्घकालसम्म पनि बेहोर्नु परिरहनेछ । द्वन्द्व बढ्दै गयो भने त्यसले कति विकराल रुप लिन्छ र त्यो कति निर्दयी हुन्छ भन्ने कुरा विश्वका अनेकौँ घटनाक्रमहरुले देखाइसकेका छन् । यी घटनाहरुबाट समेत शिक्षा लिँदै हामीले नेपालमा मौलिक चरित्रको शान्ति प्रक्रिया सुरु गरेका थियौँ । अहिले हामी त्यसलाई सार्थक निष्कर्षमा पुर्‍याउने र एक वर्षभन्दा कम समयभित्र जननिर्वाचित संविधानसभाबाट नयाँ संविधान लेख्ने चरणमा छौँ । मुलुक र जनताको भाग्य-भविष्यसँग खेलवाड नगरी म सबैलाई यस कार्यमा पूर्ण जिम्मेवारीका सहभागी हुन आह्वान गर्न चाहन्छु । किनभने, हामीले निर्धारित मितिमा नयाँ संविधान लेख्न सकेनौँ भने सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सक्दैनौँ । अहिलेसम्म हामीले गरेका प्रयासहरु, दलहरुका बीचमा भएका समझदारी-सहमतिहरु र जनताको बलिदानलाई अब नयाँ संविधानमार्फत संस्थागत गर्नुछ, त्यसलाई मूर्त रुप दिनुछ । कुनै आग्रह-पूर्वाग्रह, क्षणिक आवेग, उत्तेजना वा कुण् ाबाट प्रभावित नभई राष्ट्रिय अभिभारा पूरा गर्नका लागि आ-आफ्नो ाउँबाट योगदान गर्न म सबैलाई अपिल गर्न चाहन्छु । हाम्रो मुलुक परापूर्वकालदेखि नै विविध सभ्यता र संस्कृतिहरुको सङ्गमस्थल हो । अनेकतामा एकता भएको यो मुलुक उर्वर शान्तिभूमि हो । त्यसैले विश्वका शान्तिकामी जनतासँग हातेमालो गर्दै विश्व शान्तिको पहरेदारी गर्नु हाम्रो कर्तव्य हो । यस जिम्मेवारीलाई नेपालले निरन्तर रुपमा बहन गरिरहनेछ भन्ने म विश्वास दिलाउन चाहन्छु । अन्त्यमा, आणविक हतियार र युद्धलाई सधैँका लागि निषेध गर्नुपर्ने मान्यताका साथ नेपाल अप|mो-एसियाली जनएकता सङ्ग नले वर्षेनी सञ्चालन गर्दै आएको अभियानको म प्रशंसा गर्दछु । साथै, यो ६४ औँ स्मृति दिवसका अवसरमा अस्त्रको होडको विपक्षमा तथा निःशस्त्रीकरणका पक्षमा हामी सबै लाग्न सकौँ भन्ने कामना गर्दै अकालमा ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली एवम् एटम बमपीडित घाइतेहरुप्रति सहानुभूति प्रकट गर्दछु । धन्यवाद ! -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले ६४ औँ हिरोसिमा-नागासाकी स्मृति दिवसका सन्दर्भमा नेपाल अप|mो-एसियाली जनएकता सङ्ग नद्वारा आयोजित 'आणविक हतियारको सन्त्रास' विषयक प्रवचन कार्यक्रम -२५ साउन, २०६६) मा व्यक्त गर्नुभएको मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्