Madhav Kumar Nepal

नौ नम्बर वडामा आयोजित कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य

कार्यक्रमका सभापति कमरेड । मञ्चमा उपस्थित नेकपा एमालेका केन्द्रीय सदस्यहरु, बिभिन्न कमिटीमा आबद्ध साथीहरु तथा कार्यक्रममा सहभागी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरु । धेरै व्यक्तिहरुल्ााई आशनग्रहण गराएको देखेपछि यसो जिज्ञासा राखेको थिएँ- कतिबेर जाने हो ? साथीहरुले भन्नुभयो- आशनग्रहण धेरैको, भाषण चाहीँ एकजनाको मात्रै । वास्तवमा धेरैको भाषण हुन्छकी भन्ने मलाई चिन्ता थियो रामै्र भयो । कार्यक्रममा म अलि ढिलो आएँ तर जानेरै ढिलो आएको हँु । किनभने अहिले संसद अवरुद्ध छ । अवरुद्ध संसद खुलाउने कुरा अहिले मेरो पहिलो प्राथमिकतामा पर्दछ । विहान ७ बजेदेखि नै एकीकृत नेकपा -माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल -प्रचण्ड), मोहन वैद्य -किरण), नारायणकाजी श्रेष् -प्रकाश), तीनैजना नेताहरुसँग मेरो निवास कोटेश्वरमा कुराकानी भएको थियो । तपाइर्ंहरुले अलिकति दुख उ ाउँदा त्यहाँ सःुखका कुरा आउन सके राम्रै हुनसक्छ भन्ने ानेरै त्यस कुराकानीलाई महत्व दिएँ । उहाँ आजै लण्डन जाने भएकाले उहाँहरुले घोषणा गरेको आन्दोलन र अवरुद्ध संसदलाई सहज निकास दिने उपयाको खोजीका निम्ति मैले समय खर्चें । त्यसकारण ढिलो आएकोमा क्षमा माग्नु चाहान्छु । र, यी राष्ट्रिय महत्वका काम हुन् भन्ने तपाईंहरुले बुझ्नु हुनेछ भन्ने अपेक्ष पनि गर्दछु । मैले आज उहाँहरुलाई भने - तपाईंहरुले सधैँ नकरात्मक काममात्रै गर्ने, सबै प्रक्रियाहरुमा बाधा अबरोधमात्रै खडा गर्ने काम गर्नुभयो भने जनतामा राम्राे सन्देश जाँदैन । जनताले तपाईंहरुलाई सकरात्मक शक्ति ान्ने छैनन्, समाजको निम्ति उपयोगी ान्दैनन्, सबैको दिमागमा नेकपा-माओवादी) नकरात्मक, ध्व्ांशात्मक शक्ति हो र खाली समस्या खडा गर्ने शक्ति हो भन्ने पर्नेछ । त्यसकारण तपाईंहरुको भूमिका परिवर्तन गर्नुस् र राम्राे भएन भने । त्यस्तै, मैले उहाँहरुलाई यो पनि भने - मजस्तो सजिलो प्रधानमन्त्री पाउनु हुन्न । यति गालिगर्दा पनि जम्मै सहेको छु । केही जवाफ नदिएर विष जति सबै पान गरेर बसेको छु । यस्तो मान्छे कहाँ पाइन्छ ? मान्छेको कुरा काट्यो भने त चारवटा जवाफ दिन्छ तर मैले त्यस्तो गरिरहेको छैन । शान्ती प्रक्रियालाई सकरात्मक निश्कर्षमा पुर्‍याउनका लागि मभन्दा सजिलो र उपयुक्त मान्छे अरु कोही पाउनु हुन्न । माओवादीका भावनालाई बुझ्ने, संवेदनशीलतालाई बुझ्ने, नेताहरुको अप् ्यारोलाई बुझ्ने, कार्यकर्ताहरुको अवस्थालाई बुझ्ने मान्छे अरु कुनै फेला पार्न सक्नुहुन्न । त्यसकारण तपाईंहरुले सँधै जुन बाधा खडा गर्दै आउनुभएको छ त्यसले त मलाईभन्दा पनि तपाईंहरुलाई बढि नोक्सान पुर्‍याउँछ । हुनत उहाँहरुले पनि राम्रै कुरा गर्नुभयो- तपाईंप्रति हाम्रो कुनै गुनासो छैन, तपाईं सज्जन, इमान्दार हुनुहुन्छ । मलाई उहाँहरुले के शब्दको प्रयोग गर्नुहुन्न र सबैथोक गर्नुहुन्छ - तपाईंभन्दा असल मान्छे त यो धत्ािर्मा पाइदैंपाईंदैन भन्नुहुन्छ । तर, सँधैभरी समस्या खडा गरेर पो अप् ्यारो परेको हो । कुरा चाँही मी ो तर कामचाँही अलि नमि ो गर्ने प्रवृत्ति छ । मैले उहाँहरुलाई भने- संसद अबरुद्ध गरेपछि संविधान निर्माणमा अबरोध पुग्छ, संसद अबरुद्ध भएपछि पार्टीहरुको सम्बन्धमा असर पर्छ, संसदलाई बेकार, काम नलाग्ने थलोको रुपमा जनतासामू देखाउन पुग्नुहुन्छ । संसदलाई बेकामे बनाउनुको मतलव संसदबिरोधी हुनु हो । लोकतन्त्रलाई क्रियाशील हुन नदिन बाधा खडा गर्दा माओवादीको चरित्र लोकतन्त्रबिरोधीका रुपमा चित्रण हुन थाल्यो भने स्वाभाविक रुपमा जनताबाट बिस्थापित हुने, अन्तराष्ट्रिय समुदायको विश्वास समाप्त हुने स्थिति बन्छ । यो कुराहरु ीक भएन । उहाँहरुले भन्नुभयो- हामी पनि कुनै उपाया त निकाल्न चाहान्छौं, उपायाको खोजि गरौं । उपया छ र खोजि गर्न सकिन्छ । हामीबीचमा छलफल गरौं, कार्यदल बनाऔं, राष्ट्रपति र प्रधानमन्त्रीको अधिकार र कतव्र्य के हुनुपर्छ भन्नेबारेमा गहन चिन्तन, मनन गरौं, व्यापक बिचार मन्थन गरौं र सहमतिको उपाया खोजि गरौं । तपाईंहरु आफैंले भन्ने गर्नुभएको छ- बुढी मरी भन्ने चिन्ता होइन्ा, काल पल्कियो भन्ने चिन्ता लागेको छ । तर, बुढी नमर्नु मरिसकेपछि केको चिन्ता गर्ने ? यदि काल पल्किन्छ कि भन्ने चिन्ता हो भने, भोलिको चिन्ता हो भने हिजोको चिन्ता होइन भविष्यको चिन्ता हो भने भविष्यको बारेमा छलफल गरौं । भोलिका बारेमा, आजको बारेमा छलफल गरौं । अब बिगतको बारेमा मात्रै छलफल गरेर समय व्यतित गर्नुको कुनै अर्थ छैन । आज राम्राे होस्, भविष्य सुन्दर होस्, भविष्य अन्योलबाट मुक्त होस् भन्ने चाहेको हो भने बसौं, छलफल गरौं, उपयाको खोजि गरौं तर संसदलाई अबरोध गरेर होइन । संसदलाई बन्दगी राखेर होइन, संसदमा जटिलता खडा गरेर होइन । यसमा उहाँहरु पनि सहमत हुनुभएको छ । र, आजको कुराकानी सकरात्मक नै ानेको छु । कुराकानीबाट संसदको अबरोध हटाउन सहयोग पुग्छ भन्ने मैले अपेक्षा राखेको छु । अहिले पार्टी कामको सिलसिलामा कमरेड प्रचण्ड लण्डन जानुभयो । अब उहाँको जिम्मेवारी कमरेड किरणको काँधमा आएको छ । उहाँ कार्यवाहक अध्यक्ष हुनुभएको छ । कमरेड किरणले कामलाई कति कुशलतासाथ पूरा गर्नुहुन्छ अब उहाँको नेतृत्व क्ष्ामताको पनि परीक्षण हुन्छ । नेताहरुको पहिचान कामकै बेलामा हुन्छ , अप् ्यारो बेलामा हुन्छ । किरण कमरेडले संसदको अबरोध हटाएर, नेपालको राजनीतिलाई सोझो दिशामा लैजान भूमिका खेल्नुभयो भने मान्छेले कमरेड मोहन वैद्य-किरण)प्रति अत्यन्तै सकरात्मक धारणा राख्न पुग्नेछन् र संसदका उपनेता नारायणकाजी श्रेष् प्रति पनि मान्छेका धारणा सकरात्मक हुनेछ । अब हेरौं, यी दुवै नेताले कस्तो भूमिका खेल्नुहुनेछ जनताले नियालीरहेका छन् । म आफैं पनि हेर्न चाहान्छु । वास्तवमा अहिले द्वन्द्व गर्ने, झगडा गर्ने र आरोप-प्रत्यारोप गर्ने बेला होइन । अहिले त विगत आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्ने हो । विगतमा हामीले पसिना र रगत बगाएर कमाएको उपलब्धिलाई बचाउने कुरामा जसरी किसानहरुले बाली लगाउने, हुर्काउने जुन काम गर्दछन् यस क्रममा बाली लगाउने र हुर्काउने काममात्रै पर्याप्त हुँदैन । बाली थन्क्याउन सकियो भने मात्रै बाली लगाउने र हुर्काउने कुराको पनि अर्थ हुन्छ । बाली लगाएको छ, बाली राम्ररी फलेको छ तर घरमा ल्याएर थन्क्याएर उपयोग गर्न सकिएन भने सबै मेहनत खेर जान्छ । अहिले नेपालमा उपलब्धीप्रति बेखुसी रहेका शक्तिहरु पनि छन्, विगत आन्दोलनमा सहकार्य गर्दै अगाडि बढेका शक्तिहरु आपसमा काटमार गरुन् भन्ने उनीहरु चाहान्छन् । उनीहरु माओवादी अझै उग्र बाटोमा जाउन्, माओवादीको छवी बिगि्रएर जावस्, माओवादीलाई घरमा बिगि्रएको शक्ति जस्तो हो भन्ने मान्छेले ानुन् भन्ने चाहान्छन् । माओवादीहरुले यसलाई राम्ररी बुझ्न जरुरी छ । उनीहरुले आफूलाई बिगि्रएको सन्तान होइन, सपि्रएको शक्तिका रुपमा प्रस्तुत गर्नुपर्छ । जहाँसम्म सरकार र पार्टीहरुको कुरा छ, नेकपा-एमाले), नेपाली कांग्रेस र सरकारमा रहेका फोरम, तमलोपा, सद्भावना र नेकपा-माले)लगायतका सबै पार्टीहरु, सरकारमा रहेका सबै घटक र सहयोग गर्ने सबै पार्टीहरु सहमतिको आधारमा अगाडि बढ्न चाहान्छन् । त्यसकारण माओवादीले यो अवसरलाई राम्ररी सदुपयोग गर्नु आवश्यक छ । अहिले मु भेडले जनताको पीडा अझ थपिन्छ । माओवादीले मु भेडको बाटो रोज्यो भने राज्यसामू दुईवटामात्रै विकल्प रहनेछ - कि घुँडा टेकेर समर्पण गर्ने, कि जनताको पिरमर्का नहुनेगरी र जनतालाई कष्ट नहुनेगरी बाटो सफा गर्ने । अब सरकारले घुँडा टेक्ने कुरै भएन, आत्मसमर्पण गर्ने कुरा हुँदैन तर मु भेड पनि गर्न चाहाँदैन । त्यसकारण सरकार यस्ता कुराहरु वार्ताबाट, सम्वादबाट, छलफलबाट हल गर्न चाहान्छ । संसद अबरोध नगरीकन, शान्ती प्रक्रियालाई सार्थक निश्कर्षमा पुर्‍याउने दिशातर्फ अगाडि बढेर, संविधान निर्माणको कामलाई सहज रुपमा अगाडि बढाएर, हामी मिलेर जाऔं । अहिले जनताका अनेक पीडा देखिएका छन् । सुदुरपश्चिम र मध्यमपश्चिमका जनताले भोग्नुपरेको झाडा पखलाको प्रकोप होस्, चाहे बाढी र पहिरोले विभिन्न ाउँमा पारेको असर होस, चाहे कोशीको बाढीलेे जनतालाई पुर्‍याएको क्षतिको पीडाको कुरा होस् । चाहे महङगीको मारमा परेका जनताका वेदनाको कुरा होस्, चाहे खडेरीको मारमा परेका जनताका पीडाको कुरा होस्, खडावृष्टि र अतिवृष्टिले पारेको प्रभावको कुरा होस् या जनता बरोजगारीको समस्याले पिल्सीरहेको कुरा नै किन नहोस् । यी सबै कुरामा हाम्रो ध्यान जान जरुरी छ । पार्टीहरु सबै मिलेर अगाडि बढ्नु जरुरी छ । पार्टीहरुले नै जनताको समस्या समाधान गर्नका लागि रचनात्मक, सिर्जनात्मक, सकरात्मक भूमिका बनाउनु जरुरी छ । त्यसकारण अहिले हाम्रो सरकार मूल कुरामा केन्दि्रत हुन चाहान्छ । शान्ति प्रक्रियाभित्र माओवादी लडाकू व्यबस्थापन र समायोजनका कुराहरु छन् । त्यसैगरी द्धन्द्धपीडितका समस्या सम्बोधन गर्नु पर्ने कुराहरु छन् । टुहुरा, पीडित बालबालिकाहरुका कुरा छन् । यी जम्मै विषयहरुलाई समुचित रुपमा सम्बोधन गर्नु पर्दछ । हामीले यस अवधिभित्र गरेका काम सबैसामू प्रष्ट छन् । हामी सबै काम पारदश्र्ाी ढंगले गर्न चाहान्छौं । जनताको विश्वास जितेर अगाडि बढ्न चाहान्छौं, जनताको न्यानो माया चाहान्छौं, जनताको समर्थन चाहान्छौं । हामी जनताका लागि मरिहत्ते गर्ने तर जनताले चाँही कामै भएन भन्ने स्थिति नआवस् । त्यसकारण मध्यपश्चिम र सुदुरपश्चिमको सन्दर्भमा पनि आग्रह गरेँ- नेकपा-एमाले)को स्वास्थ्यकर्मीहरुको टोली, नेकपा-माओवादी)को स्वास्थ्यकर्मीहरुको टोली र नेपाली कांग्रेसको प्रतिनीधिमण्डललाई आग्रह गरें- तपाईंहरुले आफ्ना हजारौं कार्यकर्ताहरुलाई ती भेगमा परिचालित गर्नुस्, प्रत्येक गाउँमा मोबाइल टोली खटाउन निर्देशन दिनुस्, प्रत्येक गाउँका जनतामा चेतना जगाउने कुरामा स्वास्थ्यसम्बन्धि, सफाईसम्बन्धि जनचेतना जगाउने कुरामा आफ्नो कार्यर्का परिचालित गर्ने कुरामा भूमिका खेलिदिनुस्, आवश्यक पर्ने सम्पूर्ण औषधिहरु सरकारले उपलब्ध गराउँछ । आवश्यक स्वास्थ्यकर्मीहरु ती ाउँमा प ाउन सरकार संकल्पित छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका स्वास्थ्यकर्मी र साधन-स्रोतहरु प्रकोप नियन्त्रणमा परिचालन गर्न सरकार तयार छ । र, हामीले नेपाली सेनाका स्वास्थ्यकर्मीलाई औषधिसहित प ाएका छौं । सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली र बिभिन्न अस्पतालका डाक्टरहरुलाई पनि प ाइएको छ । यस कार्यमा नेकपा-माओवादी) ले पनि आफ्ना स्वास्थ्यकर्मीहरुलाई परिचालित गरिरहेको छ । नागरिक समाज, बिभिन्न संघ-संस्था, सरकारी, गैरसरकारी, स्वदेशी र विदेशी सबै संघ-संस्थाहरुलाई म हार्दिक धन्यवाद दिन चाहान्छु । पानी पर्दै गएपछि अवश्यपनि झाडापखलाको प्रकोप कम हुँदै जानेछ । तर फेरी अर्को रोग निमोनियाको खतरा पनि देखिनसक्छ । त्यसैले स्वास्थ्य मन्त्रालयले अहिलेदेखि नै सतर्कता अपनाउँदै पहल गर्नुपर्ने आवश्यकता छ । मैले स्वास्थ्यमन्त्रीलाई एउटा टोली स्ट्याण्डवाई राख्न निर्देशन दिएको छु । तीन जना निर्देशक तहका व्यक्तिहरु सुर्खेत, जाजरकोट र रुकुममा खटिएका छन् । त्यस्तै एकजना मन्त्रीलाई त्यँही राख्ने, डोटीलाई कमाण्ड पोष्ट बनाउने सोचाई पनि बनाएका छौं । त्यसकारण सरकार त्यस क्षेत्रका जनताको पीडाप्रति सम्वेदनशील छ । सम्वोधन गर्नका लागि भए भरको शक्ति, स्रोत र साधन लगाउन प्रतिबद्ध पनि छ । जनताका यस्ता समस्याहरु आफ्ना ाउँमा छन,् तिनको सम्बोधन हामीले गर्नैपर्छ । विकास निर्माणका चाहानालाई पनि ध्यानमा राख्नैपर्छ । यहि ९ नम्बर वडाको सिनामंगलको बागमती पूल भत्कियो तर निर्माण गर्ने काम अझै सुरु भएको छैन । तपाईंहरुका थुप्रै चाहानाहरु होलान् तर पूल निर्माण सरकारले गरोस् भन्ने तपाईंहरुको भावनालाई मैले बुझेको छु । सिनामंगल पूल छिटोभन्दा छिटो बनाउनुपर्छ भन्ने कुराप्रति म आफैंपनि प्रतिबद्धहुँदै निर्माणका लागि टेण्डर जारी गरिसकेको जानकारी दिन चाहान्छु । ६ करोड रुपैंया छुट्याएर टेण्डर जारी गरिएको छ । ३ करोड ९२ लाख रुपैंयाँको टेण्डर स्वीकृत पनि भइसकेको छ । अब सहमति अनुसार २ बर्षभित्र गोल्डेन गुड्स सेर्पा कम्पनीले पूल निर्माण गर्ने काम गर्नेछ । २ बर्ष लगाउन जरुरी छैन । म कन्सट्रक्सनलाई के भन्न चाहान्छु भने -तपाईंले एक बर्षभित्र पूल निर्माण गर्नुभयो भने तपाईंलाई हामी बिशेष रुपमा बधाई दिनेछौं, उच्च मूल्यांकन गर्नेछौ ।ं र, सँगसँगै कम्पनीको प्रतिष् ा पनि बृद्धि हुनेछ । एक बर्षभित्रै पूल निर्माण गर्न नसकिने होइन, सकिन्छ । यो काम सम्पन्न गर्नुस्, अर्को काममा हात हाल्नुस्, नयाँ काममा पनि तपाईंले स्वाभाविक रुपमा हात हाल्नुभयो भने कम्पनीको प्रतिष् ा बढ्नेछ । त्यसकारण कति ढिलो गर्ने होइन, कति छिटो गर्ने भन्नेगरी अगाडि बढ्नुस् । सरकारले कानुन बमोजिमका सम्पूर्ण सहयोग उपलब्ध गराउनेछ । कुनै समस्या पर्‍यो भने सम्पर्क गर्नुहोस्, म आफैं लाग्नेछु । हाम्रा कामहरु सबै ाउँमा ढिला गर्ने प्रवृत्ति छ । म केही समयअघि २ नम्बर क्षेत्रको साँखु जाँदै थिएँ त्यसक्रममा भत्किएको बाटो अझै नबनेको देखें । त्यस बाटोका लागि सरकारको तर्फबाट २ करोड २२ लाख रुपैंयाँ छुट्याइएको छ । बाटोको पीच गर्ने काम अझै भएको रहेनछ । मैले फेरी सचिवलाई बोलाएर सोधें- कति पटक चासो राखिसकें तरपनि काम किन अगाडि बढ्दैन ? उनले स्थानीय समस्याले गर्दा मात्रै ढिला भएको हो काम सुरु गरिसकेका छौं । जोरपाटीबाट अन्तिमसम्म पीच गर्नेछौं भनेका छन् । त्यसकारण योजना बनाएपनि हामी समयमै काम सम्पन्न गर्दैनौं । यो समस्या हामीकहाँ विद्यमान छ । बाटो बनाउन सुरु गरेका हुँदैनौं, बाटो भत्किन सुरु गर्छ । क्वालिटी नै राम्रो हुँदैन । त्यसकारण क्वालिटी पनि राम्राे हुनुपर्छ, समयभित्रै कामपनि सम्पन्न हुनुपर्छ । यसले स्वाभाविक रुपमा प्रभाव राम्रो पर्न सक्छ । अहिले सरकारले सबै क्षेत्रमा सन्तुलित र व्यबस्थित ढंगबाट बजेट बिन्यास गरेको छ । बजेटबारे अवश्यपनि तपाईंहरुले मूल्यांकन गर्नुभएको होला । हामीले समाजका सबै क्षेत्रलाई, वर्गलाई, सबै समुदायलाई, विपन्न वर्गलाई बिशेष ध्यान दिएका छौं । यस्तो लोकपि्रय, जनमुखी र जनताको समस्या सम्बोधन गर्ने बजेट बिरलै आउने गर्छ । बजेटको रकम समयमै सही रुपमा सदुपयोग हुनुपर्छ । योजना कार्यान्वयन हुनुपर्छ । योजना कार्यान्वयन गर्नका लागि बिभिन्न जिम्मेवारी हुन्छ । जिम्मेवारी पाएका संघ-संस्थाहरुको दायित्व हुने भएकाले सबैले भूमिका खेल्नुपर्छ । अहिले सिनामंगलमा आएर तपाईंहरुको बीचमा उपस्थित हुँदाखेरी केही साथीहरुको टिप्पणी सुन्ने गर्दछौं - का माडौंको क्षेत्र नं २ भन्दा अन्त तपाईंको ध्यान नै जाँदैन । प्रधानमन्त्री भएको मान्छे वडावडा, गाउँगाउँमा पुग्नुहुन्छ भन्ने गरेकोपनि सुन्छु । मैले जवाफ दिएको छु- मान्छेले सबैभन्दा पहिला दुई ाउँलाई सम्भिmन्छ- कि जन्मभूमी, कि कर्मभूमि । जन्मभूमि मेरो रौतहट र कर्मभूमि का माडौंको २ नम्बर क्ष्ाेत्र हो । रौतहट त जन्मभूमि र कर्मभूमि दुवै हो । हुन त मेरो धेरै जिल्ला कर्मभूमि छन् । कुनै एक समयमा धनुषा कर्मभूमि थियो । अर्को समयमा मेची अञ्चलको झापा थियो । का माडौं मात्रै होइन सिंगो बागमति मेरो कर्मभूमि थियो । नारायणी, जनपुर अञ्चल पनि थियो । का माडौं मेरो कर्मभूमि मात्रै होइन अहिलेको बसोबास भूमिपनि भएकाले यहाँका जनतासँग भेटघाट गर्नु, एकघण्टाको समय निकालेर भएपनि उहाँहरुको समस्या सुन्नु राम्रै हुन्छ भन्ने मैले ानेको छु । जनतासँगको सम्बन्ध बाक्लो बनाउँदा केही बिगि्रने छैन । जनताभन्दा पर राखेर आफूलाई ूलो मान्छे ान्नु, दम्भी हुनु, सर्बसाधरण जनतासँग के हात मिलाउनु, किन कुरा गर्नु भनि ान्नु पो गैरजिम्मेवार कुरा हो । त्यसकारण सर्बसाधरण, गरीब, विपन्न जनताहरु, समस्याले पिरोलिएका जनताका समस्या, पीडा र ब्यथाहरु थाहा पाउने, सुन्ने र देख्ने अवसरहरुलाई राजनीतिक नेताहरुले छोड्नु हुँदैन । नेताहरुको जीवन जनताका निम्ति समर्पित हुनुपर्छ । समय जनता र देशको समस्या समाधान गर्ने कुरामा बित्नुपर्छ । त्यसकारण पनि मैले सकेस्ाम्म महिनाको एक पटक क्षेत्रहरुमा जाऊँ भन्ने सोच्दै आएको छु । तर, अहिलेसम्म त हप्तैपिच्छे भइरहेको छ तर महिनाको एकचोटी भयो भनेपनि पर्याप्तै हुन्छ भन्ने बिस्तारै ान्नुहोला । मेरो त एउटा मिसन छ- मैले चुनावको बेला भनेको पनि थिएँ- प्रत्येक गाउँमा कम्तीमा एक पटक आउँछु, प्रत्येक वडामा कमसेकम आउँछु । ९ नम्बर वडा छुटेको थियो । सबै ाउँमा त भ्याइयो मूलपानी गाविस बाँकी छ । मूलपानीमा कार्यक्रम राख्नुस् । त्यो भयो भने कुनै गाउँले गुनासो गर्ने ाउँ रहनेछैन । त्यसपछि समयले भ्यायो भने वडाको पनि टोलसम्म पुगौंला । कोटेश्वरमै सहयोगीनगर, नरेफाँट, जडिबुटी, टाउन प्लानिङ छ । सबै ाउँलाई समेट्नेगरी आएपछि मलाई पनि सन्तोष हुन्छ, जनताले पनि सन्तोष महसुश गर्छन् । जनताले पनि गुनासो गर्ने मौका हुँदैन, कसैले पनि औंला ड्याउने मौका पाउँदैनन् । जनताको हीतमा सकेसम्म धेरैभन्दा धेरै काम गर्ने हो तर जनताको अहीतमा कुनैपनि काम नगर्ने हो । राष्ट्रको हीतमा अधिकतम काम गर्ने हो । डेढ हप्तापछि म भारत भ्रमणमा जाँदैछु । यसै सिलसिलामा आज माओवादीका नेताहरुसँग पनि कुराकानी भएको थियो । यी बिषयमा कुरा गर्नुस्, यी बिषयमा नगर्नुस् भनेर उहाँहरुले पनि शुभेच्छा व्यक्त गर्नुभएको छ । हुन त मैले तपाईंहरुले सबै समस्या खडा गरेर भारत भ्रमणमा बाधा खडा गर्न खोज्नुभएको छ भनें त्यसबाट म तर्सिनेवाला छैन । तपाईंहरुको बाधाबाट मेरो कार्यक्रम रोकिनेवाला पनि छैन । एकपटक निर्णय गरिसकेपछि त लागू गर्छु, गर्छु । तर उहाँहरुले त्यस्तो कुनै मनासय छैन भन्नुृभयो । हाम्रो मनासय वास्तवमा तपाईंको सरकारले राम्रो काम गरोस् भन्ने नै हो । मैले भने होइन तपाईंहरुले त अवैधानिक भन्नुहुन्छ, क पूतली भन्नुहुन्छ, केके भन्नुहुन्छ भन्नुहुन्छ । यो त बाहिर जनताका लागि पो भनेको त, जनताको लागि भनेको रे तर भित्र भनेको अर्कै छ । दोहोरो कुरा गर्नु त हुँदैन नि त्यसकारण पार्टीको विश्वसनीयता हुन्छ भने भित्र र बाहिर एउटै बोली र व्यबहार हुन्छ । इमान्दार मान्छे पारदर्शी ढंगले चल्दछ र उसले अरु कुनै लुकाउनुपर्ने आवश्यकता महसुश गर्दैन । देशको लागि यसबीचमा मैले के काम गरेको छु यसको बारेमा धेरै ब्याख्या गर्नु पर्दैन तर मैले साथीहरुलाई भनिसकेको छु- ६० दिनको बीचमा केके काम गरें व्यबस्थित रुपमा प्रतिवेदन तयार गर्नुस् । राम्रो कामको केके सुरुवात गरे ? बे ीक काम रोक्न केके गरें ? र अरु कोही आएको भए यति गर्न सक्थ्यो कि सक्दैनथ्यो ? यसअघिका प्रधानमन्त्रीहरुले ६० दिनको बीचमा, १ सय दिनको कार्यकालको बीचमा केके काम गरे ? त्यो पनि खोजेर तुलना गरेर जनताका बीचमा लिएर जाऊँ । यो देशमा धेरै गर्न सकिन्छ गर्न नसकिने होइन । यहि का माडौंकै सन्दर्भमा फोहर सँधैका लागि समाप्त पार्नका लागि मैले बै कको आयोजना गरी छलफल गरिसकेको छु । कार्यदल बनाइसकेको छु र मैले के सोचेको छु भने अब डम्पिङ साईट खोज्दै हिँड्ने, फोहर थुपार्ने, भुईंमा कोच्ने होइन यात रिसाइलिङ गर्ने या बिजुलीमा परिणत गरेर उर्जामा परिवर्तन गर्ने काम गर्नुपर्छ । यसबारे केही बिचार आएका छन्- एउटा राम्राे ाउँ खोजेर डम्पिङ गर्ने । डम्पिङ गर्दा धेरै जग्गा चाहिन्छ तर का माडौंमा जग्गाको अभाव छ । भुईंमुनी डम्पिङ गर्नुभयो भने फोहरको कुनै मूल्य पाइदैंन । फोहरमैला प्लाष्टिकको रिसाइक्लिङ गर्दा सामान बिक्री हुनसक्छ । फलामलाई पगालेर फलामै निकाल्दा फेरी मूल्य प्राप्त हुन्छ । बिजुली निकाल्यो भने बिजुलीले पनि मूल्य दिन्छ । त्यसकारण फोहर फाल्ने चीज होइन यो त जोगाउने चीजका निम्ति हुन्छ । खास ाउँमा राखेर उर्जामा, उत्पादनमूलक कार्य गर्ने मूल्य हाँसिल गर्ने कार्यमा परिणत गर्न सक्छौं । यसमा दुईमध्य एक उपया अबलम्वन गर्नुपर्छ भन्ने लागेको छ । बिजुली मात्रै निकालियो भने कम्तीमा २० मेगावाट बिजुली निकाल्न सकिदों रहेछ । त्यसका लागि डेढसय रोपनीभित्र पनि धेरै काम गर्न सकिन्छ । हामीले छलफल चलाइरहेका छौं । फोहरको समस्या सँधैका लागि समाधान हुनेगरी मैले योजना बनाएको छु । बिभिन्न सम्बद्ध संस्थाहरुलाई आमन्त्रण गरेको छु । उहाँहरुको प्रस्तावलाई अध्ययन गर्ने क्रम सुरु गराएको छु । यो समस्या समाधान गर्ने संकल्प पनि गरेको छु । दोस्राे समस्या का माडौंको वागमती नदी । वागमती प्रदुषित छ । नदीभित्र पानी होइन ढल बग्ने गरेको छ । ढलमति भएको छ त्यसैले वागमतीलाई सुन्दरीजलमा बग्ने स्वच्छ पानी जस्तै नदीका रुपमा परिणत गर्ने दोस्राे संकल्प छ । गुहेश्वरी र पशुपतिनाथहुँदै बानेश्वर, थापथलीहुँदै बग्दै गएको वागमती स्वच्छ र सुन्दर होस जसले गर्दा मानिसहरु बेलुकी र बिहान दुवै पटक घुम्न जाने, परिवारकासाथमा किनारमा उभिएर समय बिताउने अबस्था सिर्जना गर्न सकियोस् । वागमतीको दुवै किनारमा फराकिलो बाटो र सुन्दर बगैंचाको रुखहरु रोपेपछि वागमती नदीमा स्वच्छ पानी सलल बगेको स्थिति बनाउने योजना छ । त्यसका लागि १४ अरब लाग्नेछ ५ बर्षभित्र काम पूरा गर्न सकिन्छ । म खोज्दैछु १४ अरबको सहयोग कसले गर्ने हो ? ५ बर्ष भनिएपनि ३-४ बर्षभित्रै पुरा गर्ने मेरो अर्को संकल्प छ । वागमतीलाई सुन्दर बनाउन अर्को समानन्तर ढल सुन्दरीजलबाट सुरु गरेर गुहेश्वरीसम्म, गुहेश्वरी र पशुपतीबाट सुरु गरेर मिनभवन, कोटेश्वर हुँदै अगाडि बढाउन हाम्रो ध्यान जानुपर्छ । मनोहरा खोला, बिष्णुमतीमा ध्यान दिनु आवश्यक छ । यो सजिलो गरी सम्पन्न हुन सक्दैन लगानी बढ्न पनि सक्छ । १४ अरबभन्दा बढि लाग्छ भनेपनि सरकारले उच्चतम प्राथमिकता दिएर लगानी गर्नेछ । का माडौंको तेश्र्रो समस्या ट्राफिकको समस्या हो । बाटाहरु साँघुरा छन्, गाडीहरु थुप्रै छन्, पुराना गाडिले वातबरण प्रदुषित बनाइरहेको छ । नियम छल्दा दुर्घटना हुने गरेको छ । कार्यथलोमा जान मान्छेलाई ढिलो हुने गरेको छ त्यसकारण्ण ट्राफिकको समस्या समाधान गर्ने अर्को ूलो चुनौति भएपनि यो चुनौति सजिलै गरी हल हुन सक्दैन । घर यति धेरै बनिसकेका छन् कि अब सबै घर भत्काएर पनि सम्भव छैन ।एउटा इलाकामा घर भत्काएको देख्दा त मन चसक्क पोल्छ । यसका बाबजुद पनि समस्या हल गर्नका लागि तीन-चार ाउँहरुमा प्लाई ओभर बनाउने, मोटर नै माथिबाट गुडाउँदै जाने । भोलि यस्तो सम्भावनाको अध्ययन गर्नु पर्दछ । हङकङ, मनिलामा जस्तै अर्को पुलको सडक बनाए जस्तै का माडौंमा बनाउनुपर्ने आवश्यकता पर्छ भने त्यसमा पनि हाम्राे ध्यान जानुपर्छ । अहिल्यै त्यसमा मेरो ध्यान नगएपनि भएकै अबस्थामा सुधार गर्ने सोच मैले राखेको छु । यस बाहेक जनताले दिनदिनै भोगिरहेका समस्याहरु छन् । शान्तीसुरक्ष्ाा, महंगी, बेरोजगारीका समस्यालाई सम्बोधन गर्नपनि म त्यतिकै लागिपरेको छु । अहिलेको मूल काम भनेकै शान्ती प्रक्रियालाई सार्थक निश्कर्षमा पुर्‍याउने र जनचाहनाअनुरुप समयमै संविधान निर्माण गर्ने कामलाई केन्द्रबिन्दूमा राखेर जनताका समस्या सम्बोधन गर्ने कुरालाई पनि त्यतिकै जोड दिनुपर्ने आवश्यकता छ । यसमा तपाईंहरु सबैको सहयोग चाहिन्छ । तपाईंहरुले राख्नुभएको समस्या समाधान गर्न केकति सकिन्छ त्यसलाई पनि हामीले यथोचित ध्यान दिने कुरा राख्दै तपाईंहरुको सहयोग र सद्भावको अपेक्ष्ाा गर्दैर् आफ्नो मन्तव्य यहि टुंग्याउँछु धन्यवाद, नमस्कार । -सम्माननीय प्रधानमन्त्रीले २०६६, साउन २४ गते शनिबार नौ नम्बर वडा कमिटी का माडौंले गुरुकुलमा आयोजना गरेको कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य ।)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्