Madhav Kumar Nepal

चित्रकला महोत्सव

कार्यक्रमका अध्यक्षज्यू उपस्थित विद्वान् स्रष्टा मित्रहरु आज तपाईंहरुले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झेर उहाँमै केन्द्रित रहेर जुन चित्रकला महोत्सव आयोजना गर्नुभएको छ यो वास्तवमा उहाँप्रतिको ूलो सम्मान हो । साहित्य कला सङ्गीत जस्ता मौलिक सिर्जनाहरुबाट राष्ट्रको सेवा गर्ने स्रष्टाहरु अजम्मरी हुन्छन् र उनीहरुको सम्झना सधैँभरि भइरहन्छ भन्ने कुराको द्योतक आजको कार्यक्रम हो भन्ने मलाई लाग्छ । महाकवि देवकोटाका बारेमा मैले धेरै भनिरहनुपर्दैन । उहाँको मृत्युको आधा शताब्दीपछि आजसम्म पनि सधैँ उत्तिकै चर्चा पाइरहने उहाँको उचाइँ बराबरका नेपाली स्रष्टाहरु कोही छैनन् भन्दा अत्युक्ति नहोला । मैले बुझेसम्म आजसम्म नेपालमा सबभन्दा बढी खोज अनुसन्धान अध्ययन र विवेचना कसैको भएको छ भने महाकवि देवकोटाको नै भएको छ । उहाँका विषयमा कैयौ पुस्तकहरु लेखिएका छन् । विभिन्न विद्वान्हरुले विद्याबारिधिहरु हासिल गर्नुभएको छ । विद्यालयदेखि विश्वविद्यालय तहसम्म सम्भवतः सबभन्दा बढी पढिने-पढाइने स्रष्टा पनि देवकोटा नै हुनुहुन्छ । मुलुकले सधैँ-सधैँ सपुतहरु पाउँदैन । आ-आफ्नो युगमा आ-आफ्नो क्षेत्रमा एकाध जना व्यक्तित्वहरु जन्मिन्छन् जसले युगौँयुगसम्म पनि आफूलाई स्थापित गराउने सफलता पाउँछन् । महाकवि देवकोटाको जन्म शताब्दी मनाइरहेको यस अवस्थामा उहाँ नेपालीहरुको मात्र होइन विदेशी साहित्यकारहरुको दिमाग पनि जीवित हुनुहुन्छ । त्यस्ता स्रष्टालाई महोत्सवको आयोजना गरी सम्झनुले वास्तवमा मुलुककै कला र साहित्यप्रति सम्मान भएको छ भन्ने मलाई लाग्छ । लक्ष्मीप्रसाद देवकोटा जुन समयमा जन्मिनुभयो जुन समयमा उहाँले शिक्षा हासिल गर्नुभयो र जुन समयमा उहाँले साहित्य रचना गर्नुभयो त्यो समय आजभन्दा निकै भिन्न थियो । जहानियाँ राणाशासन र राजतन्त्रका बीचमा पनि उहाँले एउटा विद्रोही र क्रान्तिकारी साहित्यकारका रुपमा आफूलाई स्थापित गराउनु चानचुने कुरा थिएन । वास्तवमा उहाँको त्यही विशिष्ट गुणले नै हामीले आजसम्म पनि उत्तिकै मर्यादा र सम्मानका साथ सझिरहेका छौँ । महाकवि देवकोटाको जन्म शताब्दीको अवसर पारेर आज यहाँ मुलुकका प्रतिष् ित चित्रकारहरु भेला हुनुभएको छ । उहाँहरुको चित्रकला पनि महाकवि देवकोटामै समर्पित छ । चित्रकारहरुले देवकोटालाई आ-आफ्नै कोणबाट हेर्नुभएको छ । लक्ष्मीप्रसाद देवकोटा राजनीतिमा पनि लाग्नुभएको थियो । शिक्षामन्त्रीका रुपमा पनि उहाँले मुलुकको सेवा गर्नुभएको थियो । तर उहाँको राजनीतिक व्यक्तित्वका बारेमा मानिसहरुलाई त्यति धेरै मतलब छैन । तर उहाँले नेपाली भाषालाई अन्तर्राष्ट्रिय जगत्मा पुर् याउनका लागि समेत गरेको योगदान भने आज पनि ताजै छ । अवश्य पनि तपाईंहरुले महाकवि देवकोटाका यिनै अमर कार्यहरुको सम्झना गर्दै ुमहाकवि देवकोटा शताब्दी महोत्सव २०६६ु मनाउने निर्णय गर्नुएभएको होला । यस वर्षभरि विभिन्न कार्यक्रम आयोजना गर्नका लागि त्रिमूर्ति निकेतनले शतवार्षिकी समारोह समिति नै ग न गरेको छ । तपाईंहरुले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु जारी राख्नुहुने नै छ । आफ्नो युगका महान् स्रष्टा लक्ष्मीप्रसाद देवकोटाप्रति हार्दिक श्रद्धा व्यक्त गर्दै आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु । धन्यवाद † सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकीको अवसरमा आयोजित चित्रकला महोत्सव २३ साउन ०६६ मा व्यक्त मन्तव्य
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्