Madhav Kumar Nepal

नेपाल संस्कृत विश्वविद्यालय सभाको सम्बोधन

माननीय सहकुलपति एवम् विद्वान् सभासद्हरू ! कुलपतिका हैसियतले आज यस नेपाल संस्कृत विश्वविद्यालय सभाको अध्यक्षता ग्रहण गर्ने अवसर प्राप्त भएकोमा मलाई ज्यादै खुसी लागेको छ । यस अवसरमा देश र जनताको स्वाधीनताका लागि प्राण आहुति गर्ने सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । मुलुकलाई शान्ति, अग्रगमन र विकासको दिशामा अघि बढाउने सिङ्गो राष्ट्रको चाहनाअनुरूप हामी अग्रसर भइरहेका छौं । अहिले हामी शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउने र जनचाहना अनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान निर्माण गर्ने दिशामा अभिमुख छौँ । यस्तो अवस्थामा प्राज्ञिक वर्गले निर्वाह गर्नुपर्ने भूमिका महत्त्वपूर्ण हुन्छ । हामीले लोकतन्त्रलाई बलियो बनाउन एवम् शान्ति, अग्रगमन र विकासको दिशामा सहज रूपमा अघि बढ्नका लागि शिक्षा क्षेत्रलाई अझ व्यापक, व्यवस्थित, अनुशासित र गुणस्तरीय बनाउन जरुरी छ । यस दृष्टिकोणबाट हेर्दा हामीले आफ्नो क्षेत्रलाई जति गुणस्तरीय र योग्य बनाउन सक्छौँ, त्यति नै लोकतन्त्रलाई बल पुग्छ भन्ने मलाई लाग्छ । शिक्षा स्वयम्मा साध्य नभई साधन मात्र हो । जुनसुकै भाषाका माध्यमबाट ज्ञान आर्जन गरे पनि राष्ट्रलाई योगदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । यही मान्यताका साथ नेपाल संस्कृत विश्वविद्यालयले आफूलाई अगाडि बढाइरहेको छ र आगामी दिनमा पनि बढाइरहनेछ भन्ने मैले आशा लिएको छु । संस्कृत वाङ्मयमा हाम्रा पूर्वजहरूको क िन तपस्या र साधनाबाट निःसृत ज्ञान-विज्ञानको विशाल भण्डार छ । वेद, उपनिषद्, दर्शन, स्मृति, व्याकरण, महाकाव्य, नाटक, पुराण आदि अत्यन्त मूल्यवान् ग्रन्थहरू छन् । तिनमा हाम्रा इतिहास, पुरातत्व र ऋषि-मुनिहरूका अनुभव, प्रयोग र ज्ञानको ूलो सम्पदा छ । यसभित्र वर्तमान मानव जीवन र राष्ट्रको विकासका निम्ति अत्यन्त उपयोगी अनेकौा प्रायोगिक विधाहरू छन् । तीमध्ये आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, ज्योतिष, वास्तुशास्त्र, कृषि जस्ता जनसरोकारका विषयहरू अत्यन्त महत्वपूर्ण छन् । तिनको शिक्षण, प्रशिक्षण, अनुसन्धान र प्रयोगमा विकास र विस्तार आवश्यक छ । त्यसो नहुादासम्म संस्कृत वाङ्मयलाई लोकपि्रय बनाउन तथा देश र जनताको सेवामा पूर्णरूपले लगाउन सकिादैन । तसर्थ, जनतासँग सरोकार राख्ने यस्ता विषयहरूको अध्ययन, अध्यापन, विकास र विस्तारमा विश्वविद्यालयले विशेष ध्यानमा राख्नुपर्छ । किनभने, जबसम्म कुनै पनि ज्ञानलाई हामीले सामाजिक जीवन र उत्पादन कार्यसँग जोड्न सक्दैनौँ, तबसम्म त्यसको वैज्ञानिकता र व्यावहारिकता पुष्टि हुन सक्दैन । यसर्थ, शिक्षालाई अझ बढी जनमुखी र लोकपि्रय बनाउनका लागि आजको दिनमा हामीले यस्ता कुरामा गम्भीरतापूर्वक ध्यान दिन जरुरी छ । विश्वका प्रचलित भाषाहरूमध्ये व्याकरणका दृष्टिले संस्कृत भाषा अत्यन्तै वैज्ञानिक र विशाल छ । विश्वका सबै साहित्यमध्ये अत्यन्त समृद्ध साहित्यमा संस्कृत पनि पर्दछ । यस भाषाको र र यसभित्र अन्तरनिहित ज्ञान-विज्ञानका विविध शाखाहरूको विकास र विस्तारमा संस्कृतज्ञहरूकै अहम् भूमिका रहन्छ । किनभने, कुनै पनि चीजको महत्व त्यसलाई बढी थाहा हुन्छ, जसले त्यसलाई बुझेको हुन्छ, चिनेको हुन्छ र त्यसका बहुआयामिकत विषयहरूका बारेमा थाहा पाएको हुन्छ । त्यसैले यस पुनीत र महत्वपूर्ण काममा लाग्न म संस्कृतका मर्मज्ञ र विशेषज्ञहरूलाई आग्रह गर्दछु । संस्कृत वाङ्मयभित्रका प्रायोगिक विधाको विकास र विस्तारमा नेपाल सरकारबाट विगतका दिनहरूमा झैं आवश्यक सहयोग र सद्भाव प्राप्त हुने कुुरामा म यस सभालाई आश्वस्त पार्न चाहन्छु । साथै, यस क्षेत्रमा थप कार्यक्रमबारे पनि पर्याप्त छलफल गरी सुझाव अघि सार्न अनुरोध गर्दछु । हामीले आयुर्वेद विज्ञानको गहिरो अध्ययन, आयुर्वेदिक औषधीहरूको निर्माण, प्रयोग र योग विज्ञानको क्रियात्मक प्रशिक्षणलाई विशेष रूपले ध्यानमा राख्नुपर्छ । तिनमा रहेका वैज्ञानिक कुराहरूको थप खोज-अनुसन्धानका अलावा प्रचार-प्रसारमा पनि त्यत्तिकै लाग्नुपर्छ । हाम्रो मुलुकको पूर्वदेखि पश्चिमसम्म, हिमालदेखि तराईसम्म थुप्रै औषधीजन्य जडिबुटीहरू घाँस-दाउराका रूपमा प्रयोग भइरहेका छन् । ती औषधिमूलक जडिबुटीहरूको सङ्कलन, संरक्षण, निर्माण, प्रशोधन र बजारको व्यवस्था मिलाउन सक्यौँ भने देशलाई यस क्षेत्रमा आत्मनिर्भर हुनका लागि निकै ूलो मद्दत पुग्छ भन्ने मलाई लाग्छ । विकट स्थानमा वसोवास गर्ने र गरिबीको रेखामुनिका जनतालाई समेत लाभान्वित तुल्याउने गरी विश्वविद्यालयका कार्यक्रमहरूको निरूपण हुनुपर्दछ । विश्व जनसमुदाय नै आयुर्वेद र योगतर्फ आकषिर्त भइरहेको वर्तमान परिवेशमा हामीसँग रहेको ज्ञान र स्रोतलाई भरपूर उपयोग गर्न विलम्ब गर्नु हुँदैन । देशभित्र पाइने औषधीमूलक जडिबुटीको ज्ञान विकास गर्ने खालका कार्यक्रमको तर्जुमा गरी आमजनतालाई पनि आर्थिक सबलतातर्फ उन्मुख गराउन विश्वविद्यालय अग्रसर हुनुपर्दछ । एक्काइसौं शताब्दीको आवश्यकता र चुनौतीलाई सामना गर्न सक्ने खालको जनशक्ति उत्पादन गर्ने दिशामा मौजुदा पा ्यक्रम र परीक्षा प्रणालीलाई सुधार्ने कार्यमा विश्वविद्यालयले ध्यान केन्दि्रत गर्नुपर्छ र प्राज्ञिक वर्गले त्यसमा विशेष भूमिका निर्वाह गर्नुपर्छ भन्ने मलाई लागेको छ । संस्कृत माध्यमिक विद्यालयहरू साधारण माध्यमिक विद्यालयहरूमा परिणत हुँदै गएका छन्, जसका कारण संस्कृत विश्वविद्यालयको छात्र-स्रोत सुक्दै गएको छ । यस अवस्थालाई ध्यानमा राखी विश्वविद्यालयले आवश्यक प्रेरणात्मक र प्रबर्द्धनात्मक कार्यक्रमहरू अघि बढाउनु उपयुक्त हुन्छ । गुरुकुलीय परम्परालाई जीवन्त राख्न संस्कृतको प न-पा नका लागि खोलिएका संस्कृत पा शाला, विद्याश्रम र आश्रमहरूको संरक्षण र संबर्द्धनका लागि सरकारले ध्यान दिइरहेको छ । यिनीहरूलाई अझै व्यवस्थित गर्नका लागि के गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल आवश्यक छ । नेपाल संस्कृत विश्वविद्यालय स्वायत्त संस्था हो । त्यसैले यसको चल-अचल सम्पत्तिलाई आयमूलक दृष्टिले अधिकतम परिचालन गर्न सक्नुपर्छ । यसो गर्न सकेमा मात्रै स्थायी आयस्रोत जुटाउन सकिन्छ र आर्थिक दृष्टिले आत्मनिर्भर हुन सकिन्छ । विश्वविद्यालयले यस दिशामा गम्भीर रूपमा ध्यान देओस् भन्ने मेरो आग्रह छ । शिक्षापे्रमी दाताहरूबाट शिक्षाको विकासका लागि संस्थाका नाममा दान दिइएको चल तथा अचल सम्पत्तिको उपयोग र उपभोगमा देखिएको असहज परिस्थितिलाई आपसी छलफल, सहमति र समझदारीका आधारमा समाधान गर्ने व्यवस्था मिलाउने दिशामा सरकारले पहल गर्दै जानेछ । अन्त्यमा, संस्कृत वाङ्मयको संरक्षण र सम्बर्द्धनमा समर्पित यस विश्वविद्यालयले आफ्नो उद्देश्य पूरा गराउनका लागि गहकिला प्रयासहरू अघि बढाउँदै जानेछ भन्ने अपेक्षा गर्दै विश्वविद्यालयको उन्नयनका लागि कटिबद्धताका साथ अघि बढ्न तपाईंहरू सबैलाई म हार्दिक आग्रह गर्दछु । धन्यवाद ! -नेपाल संस्कृत विश्वविद्यालय सभाका कुलपति सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालबाट ०६६ साउन २३ मा व्यक्त मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्