Madhav Kumar Nepal

मेलम्ची खानेपानी आयोजनाको शिलान्यास

यस सभाका सभापति माननीय उपप्रधानमन्त्रीजी माननीय मन्त्रीहरु माननीय सभासद्हरु महामहिम राजदूतहरु एसियाली विकास बैङ्कका उपाध्यक्ष यस क्षेत्रका बासिन्दाहरु उपस्थित भद्र महिला तथा सज्जनबृन्द बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ्गमार्गको शिलान्यास भएकोमा मलाई खुसी लागेको छ । उपत्यकाको बढ्दो जनसङ्ख्याका लागि खानेपानी आपूर्तिका सबै विकल्पहरु अपुग भएका छन् । यस अवस्थामा मेलम्ची खानेपानी आयोजना मात्र एउटा भरपर्दो समाधानका रुपमा देखा परेको छ । त्यसै कारण नेपाल सरकारले यस आयोजनालाई प्राथमिकताका साथ अघि बढाएको छ । सरकारको यस कार्यमा आ-आफ्नो ाउँबाट सकि्रय र रचनात्मक सहयोग पुर् याउन म सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछु । विगतमा विभिन्न क िनाइहरुका कारण समयमै यस महत्वपूर्ण आयोजनाको निर्माण कार्य सुरु हुन सकेन । हामीले समयमै यो काम सम्पन्न गर्न सकेको भए अहिलेसम्म राजधानीको खानेपानीको समस्या समाधान भइसक्ने थियो । अहिलेसम्म यस क्षेत्रमा विकासको प्रतिफल प्राप्त भइसक्ने थियो रोजगारीका अवसरहरुको सिर्जना भइसक्ने थियो र आयोजनाको लागत पनि घट्ने थियो । लामो समयको प्रतिक्षापछि आज आएर यस आयोजनाको सबभन्दा महत्वपूर्ण सुरुङ्गमार्ग निर्माण कार्यको शुभारम्भ भएको छ । अब यो आयोजना तोकिएको समयभित्र सम्पन्न गर्नैपर्छ भन्ने कुरामा म जोड दिन चाहन्छु । हामीले निर्धारित समयमै यो आयोजना सम्पन्न गरी राजधानीवासीको खानेपानीको समस्यालाई समाधान गर्नेछौँ र यस क्षेत्रका जनताको चाहना परिपूर्ति गर्नेछौँ भन्नेमा म आशावादी छु । हाम्रो मुलुकमा धेरै ूला आयोजनाहरु निर्माण हुन सकिरहेका छैनन् । एकातिर स्वदेशी पुँजीको अभाव अर्कातिर अनेकौँ जटिलता । यी कारणले गर्दा पनि हामीले यसमा वािाछत सफलता पाउन सकेका छैनौँ । अर्कातिर दातृ निकायहरु पनि हाम्रो देशको स्थितिले गर्दा सन्तुष्ट हुन सकिरहेका छैनन् । यस्ता समस्या भएका कारण हामीले ूला आयोजनाहरुमा दातृ निकायहरुलाई पनि आकर्षित गर्न सकिरहेका छैनौँ । यस्ता गतिविधिहरुले आयोजनालाई समयमै पूरा गर्न सकिँदैन । त्यति मात्र होइन समयमै निर्माण पूरा हुन नसकेका कारण त्यसको लागत पनि महङ्गो पर्दै जान्छ । हामीले याद राख्नुपर्छ- तत्कालै हाम्रो गोजीबाट खर्च नभए पनि जति लागत बढ्दै जान्छ त्यो सबै ऋण हाम्रै थाप्लोमा थपिँदै जान्छ । यही भावनाका साथ अघि बढ्न सक्यौँ भने मात्र हामीले सरकारका हरेक निर्णयहरुलाई आफ्नै निम्ति गरिएका हुन् भन्ने सम्झन सक्छौँ र त्यसमा हिस्सेदारी स्थापित गर्न सक्छौँ । सरकार भनेको जनताको प्रतिनिधि र अभिभावक दुबै हो । लोकतन्त्रमा सरकार सधैँ जनताको निगरानीमा हुन्छ । म आमजनसमुदायलाई आग्रह गर्न चाहन्छु- विकास-निर्माणसम्बन्धी सरकारका कामहरुमा सबै जनसमुदायले साथ दिनुहोस् । त्यसपछि निगरानी गर्ने काम पनि अघि बढ्न सकोस् । किनभने नोक्सानी हुँदा त्यसको वेफाइदा जनतालाई नै नै हुन्छ । त्यसैले काम समयमै सम्पन्न हुन्छ कि हुँदैन कामको गुणस्तर कायम राखिएको छ कि छैन यसमा अनियमितता भएको छ कि छैन यस्ता कुरामा व्यवस्थित र संस्थागत रुपमा ध्यान दिन सक्दा मात्रै सचेत नागरिकको कर्तव्य पूरा गरेको हरिनेछ । विगतमा द्वन्द्वका कारण थुप्रै भौतिक संरचनाहरु ध्वस्त भएका छन् । हामीले अब तिनको पुनःनिर्माण गरेर मात्र पुग्दैन अहिलेको आवश्यकतालाई परिपूर्ति गर्ने हिसावले थप नयाँ संरचनाहरु र नयाँ-नयाँ निर्माण गर्नुपर्ने भएको छ । द्वन्द्वले कुनै एक पक्षलाई मात्र प्रभावित पार्दैन सबैलाई मार पार्छ भन्ने कुरा हामीले भोगिसकेका छौँ । विगतको द्वन्द्वमा हजारौँ नागरिकको ज्यान मात्र गएन आमजनतासँग सम्बन्धित अनगीन्ति क्षतिहरु भएका छन् । हामीले अब तिनलाई पनि पूरताल गर्नुछ । साथसाथै यस्तो द्वन्द्वको स्थिति फेरि सिर्जना नहोस् र मुलुकमा कसैले पनि कुनै पनि किसिमबाट भेदभाव तथा उत्पीडनको स्थिति महसुस गर्न नपरोस् भनेरै अहिले हामी सबैको अपनत्व बोध हुने गरी जनचाहना अनुसारको नयाँ संविधान बनाउन गइरहेका छौँ । शान्ति प्रकि्रयालाई सार्थक निष्कर्षमा पुर् याउने र निर्धारित मितिभित्रै नयाँ संविधान बनाउने कुरा हाम्रो मुलुकको भाग्य र भविष्यसँग जोडिएको छ । किनभने विकास र राजनीति निरपेक्ष हुन सक्दैनन् । राजनीतिलाई सही दिशामा लैजान सकियो भने विकास निर्माणलाई पनि त्यही गतिमा अगाडि बढाएर लैजान सकिन्छ । त्यसैले यस कार्यमा सबै राजनीतिक दल नागरिक समाज र आमजनसमुदायको सकि्रय सहयोग हुन जरुरी छ भन्ने मलाई लाग्दछ । यस आयोजनाको कार्यान्वयनपछि राजधानीमा लामो समयदेखि रहेको खानेपानी आपूर्तिको समस्या समाधान गर्न मद्दत पुग्नेछ । यसले राजधानी र राजधानीबासीको समग्र विकासमा नै नयाँ आयाम थप्नेछ र राजधानीबासीको जीवनयापनमा अनुकूल प्रभाव पर्नेछ भन्ने मैले विश्वास लिएको छु । त्यति मात्र होइन वागमतीमा स्वच्छ पानी बग्नेछ र का माडौँको जनजीवनमा निकै सकारात्मक प्रभाव पर्नेछ । नेपालमा ज्यादै ूलो सङ्ख्यामा खानेपानी र त्यसका कारण उत्पन्न हुने रोगबाट मानिसको मृत्यु हुने गरेको छ । मुलुकको राजधानी शहर पनि खानेपानीजन्य समस्याबाट ग्रस्त भइरहेको छ । पानीजन्य रोगको उपचारमा वर्षेनी लाखौँ रकम खर्च हुने गरेको सन्दर्भलाई विचार गर्दा यस परियोजनाबाट का माडौँको समग्र जनजीवन ूलो प्रभाव पर्ने निश्चित त छँदैछ विदेशीहरुलाई समेत सकारात्मक प्रभाव पारेर पर्यटनमा सकारात्मक प्रभाव पार्नेछ भन्ने मैले विश्वास लिएको छु । हालै मात्र रुकुम जाजरकोटलगायतका मध्य तथा सुदूरपश्चिमका पहाडी जिल्लामा खासगरी फोहोर पानीका कारण झाडापाखाला फैलिएको छ र यसले महामारीको रुप समेत लिएको छ । यस प्रकोपबाट धेरै नेपालीको ज्यान गएको घटनाले स्वस्थ जीवनका लागि स्वच्छ खानेपानी र सरसफाईमा अझ वढी ध्यान जान आवश्यक भएको कुरालाई सबैले महसुस गर्नुपर्ने आवश्यकता छ । सबै नागरिकलाई स्वच्छ खानेपानीको आपूर्ति र सरसफाईको उचित प्रवन्ध गर्ने काम सरकारको प्राथमिक दायित्वभित्र पर्दछ । सम्वन्धित मन्त्रालयलाई यससम्बन्धी कामलाई योजनाबद्ध रुपमा अगाडि बढाउन म निर्देशन दिन चाहन्छु । यस अवस्थामा अझै पनि देशको राजधानीमै खानेपानी तथा सरसफाईको अभाव रहेको स्थितिप्रति सरकारका सबै निकायको ध्यान जानु अति आवश्यक पनि रहेको छ । यिनै कुराहरुलाई ख्याल गरी यस आयोजनाको छिटो निर्माणका लागि आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन सरकार तत्पर रहेको म जानकारी दिलाउन चाहान्छु । यस आयोजनाले राजधानीवासीको खानेपानीको माग मात्र पूरा गर्ने नभई स्रोत रहेको मेलम्ची उपत्यकामा समेत पर्याप्त भौतिक सामाजिक तथा आर्थिक विकासका अवसरहरु सिर्जना गर्नेतर्फ प्रयासहरु सुरु भएका छन् । अहिले म आउँदै गर्दा बाटोमा एकजना बैनीले भन्नुभयो- ुअरु त ीकै भयो सम्झौता भयो । तर महिलाहरुका बारेमा अलग्गै केही भएन अर्थात् महिलाहरुलाई सम्बोधन गरिएन ।ु म आयोजनासँग सम्बन्धित सबैलाई यस विषयमा महिलाहरुलाई अलग्गै कसरी सम्बोधन गर्न सकिन्छ त्यसबारे आवश्यक ध्यान दिन निर्देश गर्न चाहन्छु । यस आयोजनाबाट सबैले उचित लाभ प्राप्त गर्नेछन् भन्ने मैले विश्वास लिएको छु । विकास भनेको एउटाको हिस्सा काटेर अरुलाई बाँड्ने काम होइन । यो त साधन-स्रोतको अधिकतम र दीगो उपयोगवाट प्राप्त हुने अवसरहरुको न्यायोचित वितरण गरी लगानीको अधिकतम प्रतिफल लिने तथा जनताको जीवनस्तर माथि उ ाउने अभियान पनि हो । यस कुरालाई ध्यानमा राखेर अघि बढ्न म सबैलाई आग्रह गर्दछु । यस आयोजनाको आरम्भदेखि यहाँसम्म ल्याई पुर् याउन कुनै न कुनै रुपमा योगदान गर्नुुहुने र विभिन्न क िनाइहरुका बाबजुद आयोजनालाई यस अवस्थासम्म ल्याई पुर् याउन सहयोग गर्नुहुने सम्पूर्ण प्राविधिकहरु राष्ट्रसेवक कर्मचारी र नागरिकहरु आम जनसमुदाय का माडौँ र सिन्धुपाल्चोकका बासिन्दाहरुलाई म विशेष धन्यवाद दिन चाहन्छु । साथै यस प्रयासमा सार्थक सहयोग पुर् याउने दातृ निकायहरु- एसियाली विकास बैङ्क जापान सरकार ओपेक कोष एन।डी।एफ। लगायत नर्वे र स्वीडेन सरकार अनि छिमेकी चीनका कन्ट्याक्टर संस्थाहरुबाट बाट प्राप्त निरन्तर सहयोगका लागि म हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दछु । आयोजना निर्माणमा सकि्रय सहयोग पुर् याउने प्रभावित क्षेत्रका आमजनसमुदायलाई पनि सरकार र मेरो तर्पुबाट धन्यवाद दिन चाहन्छु । अन्त्यमा यो आयोजना द्रूत गतिमा निर्माण पूरा भई राजधानी तथा मेलम्ची क्षेत्रको विकासमा अर्थपूर्ण योगदान पुर् याउन सकोस् भन्ने मेरो शुभकामना व्यक्त गर्दै म आफ्नो मन्तव्य यहीँ टुङ्ग्याउँछु । धन्यवाद † सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले मेचलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको शिलान्यास १९ साउन ०६६ का अवसरमा व्यक्त गर्नुभएको मन्तव्य
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्