Madhav Kumar Nepal

का माडौं विश्वविद्यालयको सिनेटमा सम्बोधन

प्राज्ञ-सभाका सदस्यहरु समतामुलक समाज निर्माणको सबैभन्दा शक्तिशाली साधन शिक्षा हो भन्नेमा हाम्रो सायदै दुईमत होला । शिक्षा नै यस्तो माध्यम हो जसले मान्छेभित्रको अथाह क्षमतालाई उजागर गर्ने अवसर प्रदान गर्दछ । सङ्क्षेपमा भन्नुपर्दा शिक्षाले व्यक्तिलाई आफू आफू बसेको परिवेश मानव समाज र विश्व ब्रम्हाण्डलाई चिन्ने बुझ्ने परिवर्तन र विकास गर्ने क्षमता प्रदान गर्दछ । साथै मानव जीवन र समाजलाई सुखी र सम्मृद्ध बनाउने साधन र क्षमता दुवै प्रदान गर्दछ । मानव जीवनको यस्तो महत्वपूर्ण विषयको नीति निर्माण र त्यसको कार्यान्वयनमा आपुनो जीवन बिताएका हामीहरुले हाम्रा कि्रयाकलापलाई के उपर्युक्त दिशातर्फ उन्मुख गराउन सकेका छौँ आजका दिनमा पनि यो यक्ष प्रश्न तपाईं-हाम्रा अगाडि चुनौतीका रुपमा उपस्थित छ । हामीले एकातिर आधारभूत शिक्षामा सबैको पहुँच सुनिश्चित गर्नुछ भने अर्कोतर्फ विश्वव्यापीकरणसँगै हाम्रो उत्पादनलाई विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने पनि बनाउनु छ । अहिले पनि हामीले हाम्रो शिक्षालाई गुणस्तरीय बनाउन सकेका छैनौँ । जबसम्म हामीले शिक्षालाई गुणस्तरीय र उपयोगी बनाउन सक्दैनौँ अनि जीवनसँग जोड्न सक्दैनौँ तबसम्म हामीले आत्मनिर्भर नागरिक उत्पादन गर्न सक्दैनौँ । प्राचीनकालदेखि नै ज्ञान आर्जनको थलोका रुपमा स्थापित हाम्रो मुलुकलाई हामीले अझै पनि शिक्षाको आकर्षक स्थल बनाउन सकेका छैनौँ । एकातिर गुणस्तरीय शिक्षाको व्यवस्था हुन सकेको छैन भने अर्कातिर भएको शिक्षा पनि अत्यन्तै महङ्गो छ । यसमा आमजनताका छोराछोरीको सहज पहुँच छैन । हामीले यी दुबै समस्याहरुलाई कसरी समाधान गर्ने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्छ भन्ने मलाई लाग्छ । हामीले शिक्षित भनेर प्रमाणपत्र दिइएका व्यक्तिहरु बेरोजगार बस्नुपर्ने स्थिति छ । उनीहरुलाई आफैँ आफ्नो परिवार र समाजको बोझ हुने अवस्थाबाट कसरी उन्मुक्ति दिलाउने त्यति मात्र होइन आपुनो जीवन सुखी र सहज बनाउनुका साथै परिवार समाज र मानव जातिकै उन्नतिमा उपयोगी हुन सकेमा मात्र हामीले दिएको शिक्षाको उद्देश्य पूरा भएको हुनेछ । हामीले दिएको शिक्षा जीवनोपयोगी हुन सकेन भने त्यसबाट भएको मानवीय नोक्सानी पूर्ति गर्ने कुनै उपाय छैन । हामी धेरैको जीवन पहिलाभन्दा सम्मृद्ध र सहज भएको छ । तर यो सम्मृद्धि र सहजता सबैलाई उपलब्ध छैन । मुलुकमा अझै सफा पानी पिउनुपर्छ भन्ने ज्ञान नहुँदा र सफा पानीमा पहुँच नहुँदा सयौँ नागरिकको जीवन गुमेको दुखद् स्थिति छ । गरिबी अशिक्षा र भोकमरी हाम्रा साझा शत्रु हुन् । ती शत्रुसँग लड्न पनि गुणस्तरीय र जीवनोपयोगी शिक्षामा सबै नेपालीको पहुँच अनिवार्य छ । सरकारले यस बर्ष शिक्षामा धेरै ूलो लगानी बृद्धि गरेको छ । तर त्यो लगानीको ूलो हिस्सा आधारभूत शिक्षामा खर्च हुने गरेको छ । त्यसैले उच्च शिक्षामा चाहेजति साधन पुर् याउन नसकिएको वास्तविकताप्रति सरकार बेखबर छैन । त्यसैमा पनि उच्च शिक्षामा बिनियोजित रकमको ूलो हिस्सा सरकारद्वारा साचालित त्रिभुवन विश्वविद्यालयमा जाने हुँदा अन्य विश्वविद्यालयहरु आपुनो कमाइमा भर पर्नुपर्ने वा जे छ त्यहीबाट चल्नुपर्ने अवस्थाबाट गुज्रनु परिरहेको छ । यस का माडौँ विश्वविद्यालयले स्थापनाको छोटो अवधिमा सरकारबाट प्राप्त सानो अनुदानका अतिरिक्त स्वदेशी तथा विदेशी दाताहरुबाट ूलो सहयोग जुटाई आपुनो सेवालाई विस्तार गर्नुका साथै गुणस्तरीय शिक्षा विस्तारमा हासिल गरेको उपलब्धि सराहनीय छ । यस विश्वविद्यालयलाई यहाँसम्म ल्याइपुर् याउन अवश्य पनि धेरै जनाको योगदान छ । म उहाँहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । शैक्षिक संस्थाहरु विस्तार र परिपक्व हुँदै जाँदा तिनीहरुप्रति सेवाग्राही समुदाय समाज दाता शुभेच्छुक र सर्वसाधारणको चासो र निगरानी बढ्दै जान्छ । हाम्रो सामाजिक संरचना परम्परागत सामन्ती चरित्रसँग मिल्दोजुल्दो छ । राजनीतिक हिसाबले हामी बहुलवादी लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेका छौँ । त्यसैले हाम्रा परम्परागत सामाजिक मूल्य मान्यता सोचाइ व्यवहार एकातिर छन् भने उच्चतम आदर्शको अपेक्षा गर्ने बहुलवादी लोकतान्त्रिक राजनीतिक व्यवस्थामा सामाजिक संस्थाका निर्णय प्रकि्रया तथा सेवा-सुविधामा सम्बद्ध पक्षको सार्थक संलग्नताको चाहना अर्कातिर छ । यी दुईबीच तालमेल नहुँदा सामाजिक संस्थाहरु द्वन्दको चपेटामा पर्न गई त्यस्ता संस्था निर्माणमा निस्वार्थ योगदान दिने र त्यस्ता संस्थासँग भविश्य जोडिएका हजारौँ व्यक्तिको भावना र भविष्यमा ूलो आघात पुग्न सक्छ । सामाजिक संस्थाका निर्णायक तहमा बस्ने हामीहरुले सामाजिक रुपान्तरणका यी जटिल आयामहरुलाई बुझेर आफूलाई लचिलो र मिलनसार बनाउन सकेनौँ भने हामीले खडा गरेका हाम्रा सिर्जनाहरु जटिलतामा फस्नेछन् । कुनै पनि सामाजिक संस्था त्यस समाजको समकालीन सामाजिक-आर्थिक विकासको अग्रणी र अनुकरणीय संस्था त हुन सक्छ तर नितान्त भिन्न भने हुन सक्दैन । भिन्नभन्दा अग्रणी र अनुकरणीय हुने बाटोले संस्थालाई चिरस्थायी र लक्षोन्मुख बनाउँछ । यस कुरालाई ध्यानमा राखेर चल्नुपर्छ भन्ने मलाई लाग्छ । पछिल्लो राजनीतिक परिर्वतनपछि जातीय क्षेत्रीय लैङ्गिक भाषिक र वर्गीय मुद्दाहरु मुखरित भएका छन् । उनीहरुको पहिचान र प्रतिनिधित्वको आवाजलाई सबैखाले संस्थाहरुले सुन्नुपर्दछ । का माडौँ विश्वबिद्यालय यस क्षेत्रकै एउटा उत्कृष्ट नमूना केन्द्र बन्न सकोस् र त्यस पुनीत कार्यमा ूलो समुदायको सहभागिता रहन सकोस् भन्ने मेरो शुभेच्छा छ । यस कार्यमा सहयोग जुटाउन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दै यस विश्वविद्यालयको कुलपतिका हैसियतमा र व्यक्तिगत रुपमा पनि उपर्युक्त उद्देश्य हासिल गर्ने सबै प्रयत्नहरुमा मेरो तपाईंहरुलाई पूर्ण सहयोग हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु । धन्यवाद सम्माननीय प्रधानमन्त्री तथा का माडौँ विश्वविद्यालयका कुलपति माधवकुमार नेपालले सिनेट बै क १८ साउन ०६६ मा दिनुभएको मन्तव्य
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्