Madhav Kumar Nepal

वीर अस्पतालको १ सय २० औं बाषिर्कोत्सवमा दिनुभएको मन्तव्य

कार्यक्रमका अध्यक्ष महोदय, मञ्चमा आसीन अतिथिहरू, स्वास्थ्यकर्मी मित्रहरू नेपालको सबैभन्दा पुरानो यस वीर अस्पतालको १ सय २० औँ वाषिर्कोत्सव कार्यक्रममा सहभागी हुन पाउँदा मलाई खुसी लागेको छ । सबभन्दा पहिला आजको दिनमा म वीर अस्पताल र यस कार्यसँग सम्बन्धित स्वास्थ्यकर्मीलगायत सबै महानुभावहरुलाई बधाई दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु । १ सय २० बर्षअघि स्थापित यस संस्थाले आफ्नो औचित्य प्रष्ट गरेको छ । १ सय २० वर्ष कुनै पनि संस्थाको जीवनमा चानचुने समय होइन । आधुनिक विश्वमा कमै मात्र संस्थाहरूले यस्तो अवसर पाएका छन् । अझ हाम्रो मुलुकमा त यति धेरै समय व्यतीत गर्ने संस्थाहरू औँलामा गन्दा पनि धेरै हुन्छ । लामो यात्राका क्रममा यस अस्पतालले पक्कै पनि थुप्रै आरोह-अवरोहहरू पार गरेको छ । ती सबैबाट शिक्षा लिँदै यसलाई अझै आधुनिक, व्यवस्थित र स्तरीय बनाउनका लागि आजको दिनमा सबैलाई प्रेरणा र अ ोट प्राप्त होस् भन्ने म कामना गर्दछु । नेपालको अन्तरिम संविधान- २०६३ ले स्वास्थ्यलाई जनताको मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ । तर, हामी सबैलाई थाहा छ- त्यस अनुरूप जनताले अझैसम्म सेवा उपभोग गर्न पाएका छैनन् । स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था दुबैको ध्यान अझैपनि सहर-बजारमै केन्दि्रत छ । मुलुकका दुर्गम र पिछडिएका क्षेत्रमा, गाउँका कुनाकाप्चामा उनीहरू पुग्न सकेका छैनन् । सरकारले जनतालाई अधिकतम स्वास्थ्य सेवा पुर्‍याउनका लागि हरसम्भव प्रयत्न गरिरहेको छ । गाउँ-गाउँमा स्वास्थ्य चौकी र स्वास्थ्यकर्मी पुर्‍याउने सरकारको लक्ष्य अनुरूप अगाडि बढ्ने कोसिस भइरहेको छ । तर, मलाई अधिकांश ाउँबाट गुनासो आउन बन्द भएको छैन । 'हाम्रो ाउँमा स्वास्थ्यकर्मी नै आउँदैनन्, आए पनि बस्दैनन् ।' आखिर यस्तो किन भइरहेको छ ? कतै मानवीय सेवा गर्ने भावनामा कमी आएको त छैन ? वा उनीहरूले राज्यबाट उचित प्रोत्साहन नपाएर त यस्तो अवस्था आएको होइन ? वा द्वन्द्व-असुरक्षाका कारण त होइन ? यी सबैको समाधान खोज्नुपर्छ । स्वास्थ्य सेवालाई बढीभन्दा बढी गाउँमुखी बनाउनुपर्छ, जहाँ अधिकांश जनता बस्छन्, जो गरिब, विपन्न र पछौटे अवस्थामा छन् । अहिले मध्य तथा सुदूरपश्चिम क्षेत्रमा झाडापखाला र हैजा फैलिएको छ । म भर्खरै रुकुम र जाजरकोटका गाउँगाउँ पुगेर फर्कें । मैले त्यहाँ विरामी, उनीहरूका कुरुवा, स्वास्थ्यकर्मी, राजनीतिक दलका कार्यकर्ता, सरकारी अधिकारीदेखि स्थानीय जनतासँग भेटेर कुराकानी गरेँ । म त्यता जानुभन्दा पहिला र फर्किसकेपछि पनि का माडौँमा मैले यो महामारी नियन्त्रण गर्नका लागि निरन्तर बै कहरू आयोजना गरिरहेको छु, त्यसको अनुगमन गरिरहेको छु । न्यूनतम स्वास्थ्य सेवा पनि नपाएर जनताले ज्यान गुमाउनुपर्दा मलाई एकदमै पीडा महासुस भइरहेको छ । अहिले त्यहाँ स्वास्थ्य केन्द्रमा आइपुगेका विरामीहरूको ज्यान बचेको छ भन्ने हामीले सुन्दछौं । तर, मुख्य समस्या- सबै विरामीहरू स्वास्थ्य केन्द्रसम्म गम्भीर नभएसम्म आइपुग्दैनन् । झाडापखालाका पर्याप्त लक्षण देखिँदासम्म पनि उनीहरू स्वास्थ्य केन्द्रमा नआउने र अन्तिम अवस्थामा पुग्दा घरमै वा विकट दुरीका कारण बाटैमा उनीहरूको मृत्यु हुने समस्या त्यहाँ प्रमुख रुपमा देखा परेको छ । भौगोलिक विकटताका कारण त्यहाँका जनतालाई स्वास्थ्य सेवा पुर्‍याउन निकै क िनाइ परिरहेको छ । कतिपय समचारहरु वास्तविकता वा के हो ? प्रचारित-प्रसारित भइरहेको छ म सम्बन्धित निकायलाई यसमा ध्यान दिन निर्देश्ान दिन चाहान्छु ।यो समस्या समाधान गर्नका लागि व्यापक मात्रामा अभियानका रूपमा जनचेतना जगाउन जरुरी छ । सरसफाई र स्वच्छताका बारेमा जनचेतना मात्रै जगाउन सकियो भने पनि यस रोगलाई बिस्तार हुनबाट जोगाउन सकिन्छ । जाजरकोट र रुकुममा त्यही समस्या छ । थप दसभन्दा बढी जिल्लाको समस्या पनि यही हो । स्वच्छ पिउने पानी, उचित सरसफाई, खाद्यान्न र पोषणको व्यवस्था अनि समयमै उपचारको व्यवस्था मिलाउन सकियो भने जनतलाई यस्ता समस्याबाट मुक्त गर्न सकिन्छ । यसर्थ, जनचेतना जगाउने कार्यमा राजनीतिक दल, गैरसरकारी सङ्घ/संस्था, सञ्चारमाध्यमलगायत सबैलाई सक्रिय सहयोग गर्नका लागि म हार्दिक आग्रह गर्दछु । उपस्थित महानुभावहरू, वीर अस्पताल नेपालको सबैभन्दा पुरानो अस्पताल मात्र होइन, यो जनताले सस्तो उपचार पाउने अस्पताल पनि हो । सरकारको नीति अनुसार यस अस्पतालले गरिब जनतालाई सेवा पुर्‍याइरहेको छ । मैले थाहा पाए अनुसार, यस अस्पतालले एक वर्षमा तीन लाखभन्दा बढी विरामीलाई सेवा प्रदान गर्ने गरेको छ । तीमध्ये अधिकांश गरिब, असहाय र निमुखा जनता हुने गर्दछन् । धनी र हुने-खानेका लागि अहिले राजधानीमा अत्याधुनिक र वातानुकुलित अस्पतालको कुनै अभाव छैन । तर, मेचीदेखि महाकालीसम्मका आमनागरिकका लागि वीर अस्पताल नै सुलभ र सहज अस्पताल रहेको छ । यसकारण आमजनताप्रतिको आफ्नो यो दायित्व निर्वाह गर्न अस्पताल सधैँ सचेत रहनेछ भन्ने मैले विश्वास लिएको छु । वीर अस्पतालको लामो इतिहास छ । तर, इतिहासले मात्र वर्तमानमा बाँच्न क ीन पर्छ । वर्तमानमा आफूलाई अग्रणी रूपमा स्थापित गर्नका लागि बढी प्रतिस्पर्धी, विश्वासिलो र गुणस्तरीय हुन जरुरी छ । आमजनतालाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्नु त छँदैछ । त्यसबाहेक स्वास्थ्य क्षेत्रका अहिलेका चुनौतीहरूको सामना गर्ने सामथ्र्य पनि यस अस्पतालले विकास गर्न जरुरी छ । जटिल खालका रोगको उपचार गर्ने दायित्व पनि यसै अस्पतालको हो । गत मङ्सिरदेखि पुनः आरम्भ गरिएको मृगौला प्रत्यारोपण जस्ता खर्चिला र जटिल सेवाहरू नेपालमै हुँदा अवश्य पनि जनताले राहतको ूलो सास फेर्नेछन् भन्नेमा कुनै शङ्का छैन । तर, यत्तिमै चित्त बुझाएर हुँदैन । स्वास्थ्य अनुसन्धानका क्षेत्रमा यस अस्पताललाई कसरी स्थापित गर्ने ? नयाँ-नयाँ तथ्यहरू पत्ता लगाउने गरी यस अस्पतालको कसरी विकास गर्ने ? स्वास्थ्य विज्ञान राष्ट्रिय प्रतिष् ानलाई अरू मुलुकहरूसँग प्रतिष्पर्धा गर्ने लामा कसरी बनाउने ? मलाई लाग्छ- वीर अस्पातलका अहिलेका चुनौतीहरू यिनै हुन् । यिनका साथै जनतासँग गरिने व्यबहार पनि महत्वपूर्ण हुन्छ । त्यसैले म उद्धार र सहृदयताकासाथ प्रस्तुत हुुन आग्रह गर्दछु । यी चुनौतीहरूको समाधान अरू कसैले गरिदिँदैन । मुख्य रूपमा यहाँका विशेषज्ञ चिकित्सक र स्वाश्थ्यकर्मीहरुले नै यी समस्याहरूको समाधानका लागि योजना बनाउनुपर्छ । कार्यान्वयनका लागि के गर्नुपर्छ भन्ने खाका तयार भएमा कहाँ के गर्नुपर्छ, उपाय खोज्न सकिन्छ । यस दिशामा अघि बढ्न म तपाईंहरूलाई आग्रह गर्दछु । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष् ानका रूपमा यस अस्पतालको विकास भएपछि अहिले तपाईंहरूले दक्ष विशेषज्ञहरू उत्पादन गरिरहनुभएको छ । यसको दायरालाई अझै विकास गर्नुपर्छ भन्ने मलाई लागेको छ । एक त हाम्रो मुलुकमा डाक्टरहरूको उत्पादन नै कम छ । त्यसमा पनि विशेषज्ञहरूको झन् बढि अभाव छ । त्यसलाई पूर्ति गर्ने गरी तपाईंहरूले आफ्नो प्रयास अघि बढाउनुहुने मैले विश्वास लिएको छु । हाम्रा सरकारी संस्थाहरू किन प्रभावकारी भइरहेका छैनन् भन्ने कुरा सधैँ खड्किने गरेको छ । यसको एउटा प्रमुख कारणमा मैले व्यवस्थापनको अभाव देखेको छु । हामीसँग स्रोत छ, साधन र बजार पनि छ । तर, कुशल व्यवस्थापन छैन । निर्धारित समयमा सेवाग्रहीलाई विश्वनीय सेवा प्रदान गर्ने कुरामा कमी छ । आफ्नो कामप्रति पूर्ण रूपमा उत्तरदायी हुने परिपाटीको कमी छ, अपेक्ष्ाित सेवा भावको कमी छ । स्वास्थ्यजस्तो मानवीय र अति संवेदनशील क्षेत्रमा सेवा गर्न पाउनु गौरवको कुरा हो भन्ने भावना सबै स्वास्थ्यकर्मीमा हुनुपर्छ । किनभने, यो मौका सबैले पाउँदैनन् । तपाईंहरूको सानो प्रयत्नले मान्छेको ज्यान बच्न सक्छ भने सानो लापरबाहीले ज्यान जान सक्छ । आम आमनागरिकले उपचार गराउने यस पवित्र ाउँमा बस्ने तपाईंहरूको उत्तरदायित्व त अरूको भन्दा धेरै बढी छ । यही भावना र कर्तव्यवोधका साथ तपाईंहरू लागिरहनुभएको छ र अझै लाग्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । अन्त्यमा, यो अस्पताल तपाईंहरू सबैको मिहिनेत, लगनशीलता र समर्पणका आधारमा टिकेको छ भन्ने कुरामा कुनै शङ्का छैन । यसलाई अगाडि बढाउने सिलसिलामा धेरैले योगदान दिनुभएको छ । सम्मानितलाई बधाई दिन चाहान्छु आगामी दिनमा पनि तपाईंहरू आफ्नो कर्तव्य पालना गर्दै यसको विकास र विस्तारमा समर्पित भइरहनु हुनेछ भन्ने विश्वास व्यक्त गर्दै, मलाई यो अवसर प्रदान गर्नुभएकोमा धन्यवाद दिँदै आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु । धन्यवाद । -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालद्वारा वीर अस्पतालको १ सय २० औँ वाषिर्कोत्सव -१२ साउन, २०६६) का अवसरमा व्यक्त मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्