Madhav Kumar Nepal

ाकुराम बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा दिनुभएको मन्तव्य

कार्यक्रमका अध्यक्षज्यू, उपस्थित महानुभावहरु ! आज मलाई निकै रमाइलो अनुभूति भइरहेको छ । आजभन्दा ४०-४१ वर्षअघि म यसै ाकुरराम कलेजको विद्यार्थी थिएँ । यस प्राङ्गणमा प्रवेश गर्दा मात्र होइन, वीरगन्ज आउनासाथ सधैँ मेरो मानसपटलमा भर्खरै किशोर अवस्था पार गर्दै गर्दाका ती दिनहरुको सम्झना आउँछ । आज यस क्याम्पसमा मैले आफूलाई यस रुपमा आफूलाई पाउँदा मलाई त्यसबेलाको सम्झना झन् तीब्र रुपमा भइरहेको छ । ती दिनहरु सम्झँदा म अहिले पनि रोमाञ्चित हुने गर्दछु । वीरगन्जसँग मेरो कहिल्यै नबिर्सिने सम्बन्ध छ । मैले रौतहटको श्री जुद्ध इङ्लिस हाइस्कुलबाट एसएलसी उत्तीर्ण गरे पनि परीक्षा केन्द्र भने पर्साकै बीरगन्जमा थियो । त्यसपछि म आम किशोर-युवाले झैँ मनमा अनेक सपना सँगालेर यस ाकुरराम कलेजमा प्रवेश गरेको थिएँ । मैले यस कलेजमा जे जति कुराहरु सिकेँ, तिनले वास्तवमा मलाई भविष्यको फराकिलो क्षितिज देखाएका थिए । यस कलेजमा आउनु अगाडि नै मैले रौतहटमै पुष्पलाल समूहको सम्पर्क पाइसकेको थिएँ । तर, खुला रुपमा राजनीतिक गतिविधिमा संलग्न भएको यही ाउँमा हो । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि विधान बनाउन भएको निर्वाचनमा म मेरो कक्षाको प्रतिनिधित्व गर्दै निर्वाचित भएको थिएँ । भूमिगत रुपमा म त्यसअघि नै राजनीतिमा सक्रिय भइरहेको भए पनि वास्तवमा खुला रुपमा म त्यही घटनाबाट राजनीतिमा सक्रिय भएको हुँ । यस अर्थमा ाकुरराम कलेज मेरो राजनीतिक जीवनका लागि निकै महत्वपूर्ण ाउँ हो । अहिले यहाँ उभिइँरहँदा मैले त्यतिबेलाका हाम्रा गुरुहरुलाई सम्भिmरहेको छु । म पढ्ने बेला कलेजको पि्रन्सिपल जगत्मोहन अधिकारी र भाइस पि्रन्सिपल मोहनप्रसाद लाखे हुनुहुन्थ्यो । अहिले पनि मलाई उहाँहरुको सम्झना आइरहेको छ । मैले ाकुरराम कलेजमा दुई वर्ष बिताएँ- २०२५ देखि २०२७ सम्मको व्याचको विद्यार्थीका रुपमा । मेरो सानैदेखिको बानी आफूले पढेका र सिकेका कुराहरुको नोट तयार गर्ने थियो । म कक्षामा गुरुहरुले पढाएका विषयहरुमा नोट तयार गर्थें । मेरा अक्षर पनि बुझिने र राम्रा थिए । म पढाइमा राम्रो मानिन्थेँ । त्यसैले होला, मेरो नोट अरु साथीहरुले पनि लिएर अध्ययन गर्दथे, सार्थे । हामी नबुझेका कुरामा आपसमा छलफल गरेर पनि पढ्थ्यौँ । त्यतिबेलाका साथीहरु सम्झँदा अहिले पनि खुसी लाग्छ । अहिले पनि उहाँहरुमध्ये धेरैसँग भेटघाट हुन्छ । कोही राजनीतिमा हुनुहन्छ, कोही उद्योग-व्यापारका क्षेत्रमा हुनुहुन्छ । कोही होटल व्यवसायमा हुनुहुन्छ । कोही जागिरमा हुनुहुन्छ । मैले यतिबेला स्वर्गीय रामविलास यादवलाई सम्भिmरहेको छु । उहाँ कलेजको सामुन्नेको घरमा बस्नुहुन्थ्यो । उहाँ र म मिल्ने साथी थियौँ । पछि उहाँ प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभयो र उपसभामुख अनि मन्त्रीसमेत बन्नुभयो । मेरा बालसखा विमल श्रीवास्तव यही वीरगन्ज उपमहानगरपालिकाको मेयर भइसक्नुभएको छ भने अर्का मित्र मुरारीजी उपमेयर बन्नुभयो । त्यतिबेलाका मित्रहरु राजनीतिक रुपमा भिन्नाभिन्नै विचारमा पनि हुनुहुन्छ । तर, अहिले पनि भेटघाट हुँदा आत्मीयता र हार्दिकता उस्तै हुन्छ, खुसी लाग्छ । म बीरगन्जमा डेरा सर्दै बसेको छु । यहाँका गल्ली-गल्ली र चोक-चोकका बारेमा म जान्दछु । त्यसकारण यहाँको परिवेश र हावापानीसँग म परिचित छु । त्यतिबेला त अहिले जति घर पनि थिएनन्, अहिले जति सहर पनि बनेको थिएन । यही नजिकै मेरा मित्र आमोद अधिकारीको घरमा मैले पहिलो पटक कम्युनिस्ट नेता मनमोहन अधिकारीलाई भेटेको थिएँ । नेपाल कम्युनिस्ट पार्टीका पहिलो निर्वाचित महासचिव जस्तो मानिसलाई भेट्दा म निकै उत्साहित भएको थिएँ । मानिसको जीवन सामाजिक उतार-चढावका बीचमा खारिन्छ । खुसी र दुःखका क्षण भनौँ वा सफलता-असफलताका बीच नै उसको वास्तविक जाँच हुन्छ । जसले घाम-पानी खाएको छ, त्यसले चुनौती सामना गर्न सक्छ । मानिसले गम्भीर गल्ती गरेको छैन भने ऊ कसैसँग डराउँदैन । जब कसैसँग डराउँदैन भने उसले जस्तोसुकै चुनौतीको पनि सामना गर्न सक्छ । ममा त्यो हिम्मत र आँट छ । देशको दुरावस्थाले मलाई सधैँ पिरोलिरहन्थ्यो । यसलाई बदल्नका लागि किन राम्ररी प्रयास नगरिएको होला भन्ने लागिरहन्थ्यो । अब यी सबै अभिभाराहरु म र मेरो नेतृत्वको सरकारको जिम्मामा आएका छन् । सम्पूर्ण सामाजिक वेथिति, कुरीति, जनताका पीडा, दुःख, व्यथा र वेदनालाई समाप्त पार्ने काम हामीले गर्नुपर्नेछ । गरिबी, अभाव, पछौटेपन, भेदभाव, वेरोजगारी, भ्रष्टाचार, अत्याचार र दुराचारलाई पनि सधैँ-सधैँका लागि अन्त्य गर्नुछ । हाम्रो प्यारो मातृभूमि नेपाललाई सुन्दर र समुन्नत बनाउनुछ । एकता, प्रेम र सद्भावको सुन्दर सामाजिक परिवेश कायम गर्नुछ । 'नयाँ नेपाल' को सुन्दर परिकल्पनालाई साकार पार्नुछ । हामीसँग खुबी छ, जाँगर छ, साधन-स्रोत छ, देश-विदेशको सद्भाव र सहयोग छ । गर्न नसकिने होइन, सम्भव छ । आउनुहोस्, एकताबद्ध भई इतिहासले सुम्पेको यो जिम्मेवारी पूरा गर्न हातेमालो गर्दै अघि बढौँ ! सम्भव छ र सम्भव गरिछाड्नुछ । आवश्यक छ- सङ्कल्प र आत्मविश्वासको । स्वच्छ चरित्र, पवित्र उद्देश्य र आदर्श कर्मले मानिसको मनोबल दह्रो बनाउँछ, आत्मविश्वास बढाउँछ । र, सबैखाले चुनौतीको सामना गर्ने सङ्कल्प र दृढता पैदा गर्छ । सधैँभरि सकारात्मक र उज्यालो भविष्यप्रति आशावादी हुँदै नकारात्मक र अँध्यारो त्रासबाट मुक्त हुनुपर्छ । जे हुनुपर्ने हो, हुन्छ । तर, जेसुकै होस् भनेर निस्त्रिmय बस्नु हुँदैन । स्थितिबाट सकारात्मक दिशा परिवर्तन गर्न सम्भव प्रयत्न गर्नैपर्छ । आत्तिएर, तर्सिएर, निराश भएर वा आवेशमा आएर परिस्थिति बदलिने होइन । परिस्थिति त प्रयास गरेर पो परिवर्तन हुने हो वा आन्तरिक कारणमा परिवर्तन नहुञ्जेल पर्खिनुपर्ने हुन सक्छ । 'नबिराउनू-नडराउनू' र 'नआत्तिनु-नमात्तिनु' भन्ने मूल मन्त्रलाई सधैँ मनमा राखिरहनुपर्छ । अहिले देशको परिस्थितिले सहमति र सहकार्यको खोजी गरिरहेको छ । बेला-बेलामा दलहरुका बीचमा देखा पर्ने असहमति र असमझदारीहरुले मानिसहरुमा आशङ्का उत्पन्न गर्ने गर्छ । तर, हामीहरु आपसी असमझदारीलाई हल गर्न सक्षम छौँ । हामीले दलहरुको सहमति र सहकार्यका आधारमा मुलुकबाट सामन्ती राजतन्त्र समाप्त गरेका हौँ, लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका हौँ । अब यसलाई संस्थागत गर्नका लागि पनि सहमति र सहकार्यमा जानैपर्छ । मलाई विश्वास छ- दलहरुका बीचमा यस कुरामा कुनै दुई मत छैन र हुने पनि छैन। किनभने, शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन र निर्धारित मितिमा नयाँ संविधान लेख्न सबै दल एकताबद्ध हुनुको विकल्प छैन । त्यही भएर कतिपय विषयमा गम्भीर मतभिन्नताहरु हुँदाहुँदै पनि हामी सबै दलहरु फेरि एउटा सहमतिमा आइपुगका छौँ । दुई महिनाअघि देखि दलहरुबीचमा देखा परेको असमझदारीका कारण अवरुद्ध भएको संसद् सुचारु भएको छ । यो निकै सुखद र सकारात्मक पक्ष हो । हामीले यसलाई अझै उचाइँका साथ अघि बढाउनेछौँ भन्नेमा म विश्वास दिलाउन चाहन्छु । निश्चित रुपमा हाम्रा सामु चुनौतीहरु छन् । तर, जस्तासुकै चुनौतीहरुको पनि सामना गर्ने हामीले नै हो । सामूहिक प्रयत्नका आधारमा हामी चुनौतीहरुको सामना गर्न सक्छौँ । मुलुकका विद्यमान समस्याहरु समाधान गर्न सरकार इमानदारीपूर्वक लागिपरेको छ । यस कार्यमा आ-आफ्नो ाउँबाट सक्रिय र रचनात्मक सहयोग गर्न म आम दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक आग्रह गर्दछु । आज मैले पढेको क्याम्पसमा तपाईंहरुले मलाई जुन रुपमा सम्मान गर्नुभयो, यसका लागि म आभारी छु । धन्यवाद ! -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालद्वारा ाकुरराम क्याम्पसद्वारा वीरगन्जमा आयोजित अभिनन्दन कार्यक्रममा २६ असार, २०६६ मा व्यक्त मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्