Madhav Kumar Nepal

साउन १० गते साँखुमा सम्बोधन गर्नुभएको मन्तव्य

कार्यक्रमका कमरेड सभापति । मञ्चमा उपस्थित हुनुभएका सम्मानित जेष् नागरिक आदरणीय बुबा । उपस्थित सम्पूर्ण प्यारा साथीहरु, बिभिन्न राजनीतिक दलका नेताहरु र यस परिसरमा उपस्थित हुनभएका यस इलाकाका सम्पूर्ण जनसमुदायहरु । आदरणीय आमा-बुबा, दाजु-भाइ तथा दिदी-बहिनीहरु । सम्भव भएसम्म महिनाको एक पटक जनताको बीचमा पुग्ने मैले धारणा बनाएको छु । यहि धारणा बमोजिम यस बीचमा हप्तैपिच्छे म जनताको बीचमा पुगेको छु । यस सिलसिलामा नाङलेभारे, लप्सीफेदी, कोटेश्वर, गो ाटार, डाँछी र का माडौं क्षेत्र नं- २ का बिभिन्न ाउँहरुमा म जनताको बीचमा पुगें । म सोच्दै थिएँ - साथीहरुले नगर र गाउँवरीपरि कार्यक्रम राख्नुहुन्छ त्यसैले सँधैभरी साँखु किन जाने ? तर, उहाँहरुल्ो उपयुक्त समय मिलाऊँ, जनतालाई सूचित गरौं, सबै ाउँमा गइसकेपछि र बजेटको पनि जोहो गरिसकेपछि मात्रै साँखुमा कार्यक्रम राखौं भन्नेपो सोच्नु भएको रहेछ । जे भएपनि साँखुहुँदै मेलम्चीसम्मको अत्यन्तै राम्राे पीच बाटो निर्माण गर्ने वलियो आधार तयार भएकेा छ । यस पटकको बजेटमा ३१ करोडको ब्यबस्था भएको मैले सुनेको छु । यसलाई राम्ररी सदुपयोग गर्दै समयभित्रै निर्माणको काम सम्पन्न गर्ने कुरामा यस क्ष्ाेत्रमा क्रियाशील रहनुभएका सम्पूर्ण राजनीतिक दलहरु, नागरिक समाज र स्थानीय जनसमुदायहरु सबैको अत्यन्तै सक्रिय भूमिकाको मैले अपेक्षा गरेको छु । बजेटमा रकमको व्यबस्था गर्नु सजिलो कुरा होइन । र, बजेटमा रकम छुट्याउनु नै सबैथोक पनि होइन । जोरपाटीदेखि साँखुसम्म जोड्ने बाटोका लागि २ करोड २२ लाख रुपैंया बजेट छुट्याइएको थियो तर अहिलेसम्म त्यो रकम त्यतिकै थन्किएको र बाटाका खाल्डाखुल्डी यथावत रहेको स्थिति देख्दा मलाई बजेटमा पैसा पर्याप्त छुट्याएर मात्रै केही हुँदो रहेनछ भन्ने लागेको छ । काम अगाडि बढाउन, गुणस्तरीय काम गर्न र नमूना कार्य सम्पन्न गर्न छेउछाउका जनताहरु, छरछिमेकका जनताहरु, स्थानीय जनताहरु सबैको चासो, सरोकार र संलग्नताको आवश्यकता पर्दछ । त्यसकारण तपाईंहरुले प्रत्येक निर्माण कार्यका लागि सरोकार समूह बनाउनु पर्छ । त्यस समूहलाई पैसा र भत्ता आवश्यक छैन । त्यतिकै सरोकार र चासो राख्नु पर्‍यो, त्यस कामका लागि कुन्, कुन् शीर्षकमा कतिकति रुपैंया खर्च गर्ने भनेर साइनबोर्ड राख्न लगाउनु पर्‍यो । साइनबोर्ड राख्न सकियो भने कुन मितिमा काम सुरु गरेर कहिले सम्पन्न गर्ने हो ?, के-के काममा कति खर्च गर्ने हो ? र गुणस्तरीयता कस्तो हुने हो ? थाहा हुन्छ । यी सबै कुराको बिबरण जनताले बुझ्नेगरी राख्न सकिन्छ । काम समयमै सम्पन्न भएन भने घचघच्याउन सकिन्छ, दबाब दिन सकिन्छ र बाध्य पार्न सकिन्छ । यी सबै कामका लागि जनताको सक्रिय भूमिकाको आवश्यकता पर्दछ । निर्माण गर्ने काम सरकारको हो, हाम्राे काम त बाटोमा हिँड्ने हो भन्ने सोचेर हुँदैन । बाटो बनाउने काममा तपाइर्ंहरुको सहभागिता चाहिन्छ, बाटो जोगाउन पनि चाहिन्छ, बाटोको दीघार्यूलाई सुनिश्चित गर्न पनि तपाईंहरुको भूमिका चाहिन्छ । यो हाम्राे बाटो हो, हामी सबैका निम्ति हो, यो मेरो बाटो हो जुन् हाम्रा निम्ति बनाइएको हो भन्ने भावना सबैमा हुनुपर्छ । त्यसपछि मात्रै आफ्नो सम्पत्ति जस्तो ानेर प्रत्येकले जोगाउने जिम्मेवारी महसुश गर्न सक्दछन् । त्यसकारण सरकारको काम, कहिले जाला घाम भनेजस्तो छाड्ने, बेवास्ता गर्ने र आनन्दले बस्ने होइन । प्रत्येक कुरामा तपाईंहरु सजग हुनुपर्ने, नहुँदा खबरदारी गर्दै घचघच्याउनु पर्ने आवश्यकता पर्दछ । निर्माणको समय फेरी सारिसक्नु भएको छ । अहिले केन्द्रीय कमिटीका बैकल्पिक सदस्य कमरेड रामेश्वर फूयाँलले भन्दै हुनुहुन्थ्यो- मैले त मुख्य कुरा नै भन्न छुटाएछु । के छुट्यो भनेर सोधेको त बागमतीमा दुईवटा पूल र मनोहरामा दुईवटा पूल निर्माणका लागि बजेटमा रकम छुट्याइएको कुरा बताउनै छुटेछ भन्नुभयो । मलाई लाग्छ, उहाँले धेरै कुरा बताउन छुटाउनु भएको छ । धेरै ाउँमा यस्ता थुप्रै कार्यक्रमहरु आएका छन् । ती कार्यक्रमलाई लागू गर्नुपर्छ । भएका कार्यक्रम राम्ररी लागू गर्नुस्, रकमको कुनै अभाव हुनेछैन । कामका निम्ति सरकारले अवश्य रकम उपलब्ध गराउनेछ र योजनाहरु अगाडि सार्नेछ । तपाईंहरुले अरु धेरै माग गर्नुभएको रहेछ ती मागका बिषयमा पनि स्वाभाविक रुपमा ध्यान दिनेछु । तपाईंहरुकै क्षेत्रका कमरेड बुद्धभक्त चित्रकार अहिले प्रधानमन्त्रीको नीजि सचिवालयमा हुनुहुन्छ । त्यसैले मलाई भन्नै पर्दैन बुद्धभक्तजीलाई भने पुग्छ । टेलिसेन्टरको कुराहरु तपाईंहरुले लेख्नुभएको छ । यसबारे भर्खरै कुरा उ ्दाखेरी मैले भनेको थिएँ- कहाँकहाँ राख्नुपर्छ राख्नुस्, सबै मलाई कहाँ याद हुन्छ ? यसबारे त यहाँकै साथीहरुले ध्यान दिने हो । आफ्नो आवश्यकतामा त ध्यान दिनैपर्छ । जम्मै बजेट यहीँ आवस् भन्नुभयो भने त पचहत्तरै जिल्लामा पनि त छुट्याउनु पर्‍यो । ४ हजार गाउँ विकास समितिका लागि पनि गर्नै पर्‍यो नभए देशका निम्ति मैले जिम्मेवारी पूरा गर्न सकिन भने आफ्नो दायित्व पूरा गरेको हरिदैंन । त्यसकारण आफ्नो क्ष्ाेत्र र गाउँ मात्रै होइन, मेरो र म भन्नेमात्रै होइन, हाम्रो र हामी सबैका निम्ति हो भन्ने ान्नु पर्दछ । त्यसकारण मैले यस ाउँका लागि मात्रै सोच्दिन । सिंगो देशलाई सोच्छु । साँखुको ऐतिहासिक महत्वका सन्दर्भमा मञ्चमा रहनु भएका प्रेमसिद्धी बज्रचायर्, जो यस क्ष्ाेत्रमा क्रियाशील यस्तो व्यक्तित्व हुनुहुन्छ, उहाँ किसान आन्दोलनको नेता हुन्ाुहुन्छ, उहाँले साँखुको ऐतिहासिक महत्वबारे मलाई लेखेरै उपलब्ध गराउनुभएको छ । साँखुका निम्ती मात्रै होइन, राष्ट्रकै निम्ति गौरव गर्नुपर्ने बिषय, विश्व सम्पदामा सूचिकृत हुनुपर्छ भन्ने आवज उ िरहेको बिषय, यो ऐतिहासिक ाउँको विकास गर्नु सिंगै देशकै निम्ती गौरवको कुरा हो । त्यसकारण यहाँका म मन्दीर र पुरातात्विक महत्वका बस्तुहरुको कसरी जर्गेना गर्ने ? पर्यटकीय महत्वका स्थलका रुपमा कसरी विकास गर्ने ?, सालीनदीको पवित्रता र महत्वबारे धेरै नेपालीहरु परिचित हुनुहुन्छ । लिच्छिवीकाल र मल्लकालदेखि नै महत्व बोकेको यो पुरानो शहर बिस्तारै उजाड हुँदै गएको अबस्थालाई अब बन्द गरेर, परिवर्तन गरेर फेरी यस ाउँलाई हराभरा बनाउनुपर्ने आवश्यकता छ । यहि ाउँ कुनैबेला चीनको तिब्बतसम्म बन्दव्यापार गर्ने एउटा प्रमुख मार्ग थियो । त्यसकारण तपाईंहरुले यस क्षेत्रको विकासको निम्ति जुन माग सार्नुभएको छ, त्यसमा अर्को पक्ष्ा पनि सोच्नुपथ्र्यो । पर्यटकीय पक्ष्ा, युवाहरुका निम्ती खेलकुद, सालीनदीको विकास र संरक्षणका लागि एकीकृत विकास र परियोजना अगाडि सार्नुभएको छ, अस्पताल, सञ्चार र खानेपानी लगायतका माग पनि अगाडि सार्नुभएको छ । उ ाउनैपर्ने तर तपाईंहरुले यहाँ उद्योगधन्दाको के सम्भावना छ भन्ने कुरा उ ाउनुभएको छैन । रोजगारी प्रर्वद्धनका लागि यस क्षेत्रमा कस्ता उद्योग धन्दाहरुहरु स्थापना गर्दा यहाँका नौ जवान युवायुवतीहरुले रोजगारी पाउन सक्छन् ? तर खोलिसकेपछि बन्द र हडताल गर्नु हुँदैन । ल्याउन पाएको छैन खेद्ने काम गर्नु हुँदैन । स्थापनाका लागि सकेसम्म सस्तोमा जग्गा उपलब्ध गराउनु पर्छ । बिजुली, टेलिफोन उपलब्ध गराउनुपर्छ । फाइदा हुनुपर्छ । फाइदा भएन, खोल्न पाएको छैन हाम्राे बानी कस्तो हुन्छ भने गाइलाई राम्ररी सुसार गरेर धेरै बर्षसम्म दुध दिने बनाउनुभन्दापनि एकैपटक दुध होइन रगतै निकाल्ने गरी निर्चोन खोज्छौं । त्यसैगरी उद्योगलाई पनि बर्षौंबर्षौंसम्म चलाउन सकियो भने धेरैले रोजगारी पाउँछन् । तर, बन्न पाएको छैन तलब बढाऊ, भत्ता बढाऊ । तलवमा काम गर्ने दुई घण्टा भत्ता चाहियो चौविसै घण्टा । यस्तो गरियो भने त कुनैपनि उद्योग र कलकारखना फष्टाउन सक्दैन । कुनैपनि कारखना खुल्दैन । हामी नेपालीको बिचार गर्दै नगर्ने वुद्धी छ । कारखाना चल्न नदिने, होटल चल्न नदिने तर कसरी दीर्घकालीन रुपमा सञ्चालन गर्न सकिन्छ भनेर बिचारै नपुर्‍याउने । त्यसकारण उद्योगहरु पछि काम लाग्छन् भन्ने कुरा बिचार पुर्‍याएर चल्न सकियो भने राम्राे हुनुपर्छ । घरेलु कुटिर उद्योग र कृषिजन्य उद्योगको सम्भावना छ भने तपाईंहरु खोजि गर्नुस् त्यसका लागि मेरो तर्फबाट के गर्न सकिन्छ गर्न तयार छु । तपाईंहरुको न्यानो माया र सहृदयताले मलाई सँधैभरी अत्यन्तै प्रभावित पारिरहन्छ । कतिपय मानिसहरुले भन्छन्- होइन किन गाउँमा जानुपर्‍यो ? अस्ती माओवादीकै बरिष् तम नेताले होइन तपाईं त सँधै गाउँमा गएको गयै हुनुहुन्छ भनेपछि मलाई साथीलाई धेरै मर्का परेछ भन्ने लाग्यो । कतिपयले जनतामा कहाँ जाने भन्छन् तर जनतामा नगएर कहाँ जाने त ? धनीहरुकँहा र सम्पन्नहरुकहाँ जाने ? त्यतिकै को ामा झोक्र्याएर बस्ने ? त्यसैले एक घण्टा भएपनि समय निकालेर जनताको बीचमा जानुपर्छ भन्ने मेरो धारणा छ । अझ सकिन्छ भने सानासाना झुप्रामा बस्ने जनताको घरदैलोमा पुग्नुपर्ने आवश्यकता छ । पीरमर्कामा परेका जनताका बेदनालाई सुन्नुपर्ने हुन्छ । जनतामा गइयो भने संर्कीणता हट्छ । केही मान्छेहरु मेरा बिरुद्ध तल्ला दर्जामा उत्रिएर गाली गर्दछन्, अपमान गर्छन् । त्यसपछि म जनताको न्यानो माया, सद्भाव र अपेक्षा सम्भिmन्छु । यो देशमा केही गर्छ भने माधवकुमार नेपालको नेतृत्वको यहि सरकारले गर्छ भन्ने जब म देख्दछु र सुन्दछु तब ममा विस्वाश बढेर जान्छ । कसैले जेसुकै लान्छना लगाउन्, अपमान गर्न खोजुन् त्यसको सामना गर्ने संकल्प बढेर जान्छ, आत्मविस्वाश बढेर जान्छ, यो देशलाई परिवर्तन गर्न सकिन्छ र अरु कसैले गर्न नसकेको काम गरेर देखाउन सकिन्छ भन्ने आत्मविस्वाश बढेर जान्छ । हामीले आफैले नगरेर हो । हामी आफै इमान्दार नभएर हो, जनताप्रति संवेनशील नभएर हो, हामी आफैले आफ्नो क्षमताको समूचित प्रयोग नगरेर हो र हामी आफैं जनताप्रति संवेदनशील नभएर हो । देशमा भएका साधन र स्रोतहरु, आफ्नै देशका बौद्धिक क्षमताहरु, जनतामा भएका केही गरेर देखाउने शीप र जाँगरलाई समुचित रुपमा प्रयोग नगरेकै कारण हाम्रो देश पछाडि परेको छ । हाम्राे देश विपन्न भएको छ, गरीब र मगन्ते भएको छ त्यसैले देशलाई सम्पन्न र समृद्ध बनाउनु छ । जनताले बाँच्नु परिरहेको कहालीलाग्दो जिवनलाई परिवर्तन गर्नुछ । अहिले महंगी आकाशिएको छ, काला बजारियाहरुले जनतालाई मर्का पार्नेगरी जुन हिसाबले बदमासी गरिरहेका छन् त्यसलाई समाप्त पार्नेगरी यो सरकार अगाडि बढ्नेछ । अस्तीको मन्त्रीपरिषदको बै कमा कसरी महंगी नियन्त्रण गर्नें ?, देशका बिभिन्न स्थानमा देखिएको खडेरीको समस्यालाई कसरी अन्त्य गर्ने ?, किसानलाई कसरी राहत दिने ? र खडेरीका कारणले उत्पन्न हुनसक्ने जनताको पीरमर्कालाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा छलफल गरी समाधानका लागि कमिटी बनाउने काम सुरु गरेको छु । राहातको प्याकेजको योजनामा लागेको छु । सुदुरपश्चिम र मध्यपश्चिमका जनताहरु माहामारीको चपेटामा परिरहेका छन् । झाडापखला मात्रै होइन मलेरियाको शिकार बनिरहेका छन् । यसले मलाई अत्यन्तै चिन्तित बनाएको छ । म आफैं त्यस क्षेत्रको भ्रमणमा गएँ । गाउँमा, स्वाश्थ्य चौकीमा गएँ र बाटाघाटामा जनतालाई भेटें । अस्पतालको शैयामा छटपटाइरहेका रोगीहरुलाई भेटें । वास्तबमा सबै ाउँमा जति पुग्नुपथ्र्यो त्यति पुगेन होला तर म पुगेको ाउँमा औषधि र स्वाश्थ्यकर्मी पुगेको जनताले बताए । अन्य स्थानको अबस्था कस्तो छ भनेर सोधीखोजी गरेको छु । यसलाई नियन्त्रण गर्न सबै पार्टी, नागरिक संघ-संस्था, आम नेपाली जनताको सहयोग आवश्यक छ । औषधि, जनशक्ति, स्वाश्थ्यकर्मी प ाएर, एकीकृत योजना बनाएर र राम्रो समन्वय गरेर ती क्षेत्रमा प्रकोप अन्त्य गरेर अगाडि बढ्ने मैले संकल्प गरेको छु । बाटोमा आउँदाआउँदै मैले कतिपय बहिनीहरुबाट सुने, कतिपय आमाहरुले, दाजुभाइहरुले र युवाहरुले भन्नुभयो- यो देशलाई राम्रोसँग बनाउनुस्, हामीलाई तपाईंमाथि विस्वाश छ, केही गर्ने भनेकै तपाईंले हो । उहाँहरुले भनेको कुराले मलाई अझै गौरवान्वित बनायो र जिम्मेवारीबोधको भावनाले मलाई उत्प्रेरित पनि गर्‍यो । उहाँहरुमा कसरी विकास कार्यलाई अगाडि बढाउने र कसरी जनतालाई राहात दिने भन्न्ो भावना रहेको पाएँ । एकजना बहिनीले सुदुरपश्चिम र मध्यपश्चिममा फैलिएको झाडापखलाको प्रकोप नियन्त्रण गर्न बढि ध्यान दिनुपर्‍या भन्नुभयो । अर्काले भन्नुभयो- बेरोजगारी समस्या समाधान गर्न तपाईंको ध्यान जावस् । अरु कसैले भन्नुभयो- जनताले महंगी लगायतका बिभिन्न समस्या भोग्नु परेको छ त्यसमा पनि तपाईंको ध्यान जावस् । त्यसपछि मलाई लाग्यो वास्तबमा जनताको समस्या अलिकति भएपनि बुझ्न सकेको रहेछु । सम्बोधन गर्न प्रयास गरेको रहेछु । मन्त्रीपरिषदको बै कमा छलफलको बिषय बनाएर मैले ीकै काम गरेको रहेछु र आज मैले दुईवटा बै कको आयोजना गरिरहेको छु । एउटा मध्यपश्चिम र सुदुरपश्चिममा झाडापखला र मलेरियाको मारमा परेका जनतालाई उद्धार गर्न, पूर्ण मुक्त गर्न स्वाश्थ्य क्ष्ाेत्रका सबैको सामूहिक बै कको आयोजना गरेको छु । एकीकृत योजना बनाएर अझै जनशक्ति, औषधि, आवश्यक सुबिधा उपलब्ध गराउन बै क आयोजना गर्न लागेको छु । दोस्राे, सर्बदलीय बै कको पनि आयोजना गरेको छु । त्यस बै कमा महामारीको समस्या सम्बोधन गर्नका लागि सबै पार्टी, सभासद, सबै संघ-संस्थाको सहयोगको माग गर्ने । र, सँगसँगै खडेरी, मूल्यबृद्धि र शान्ती सुरक्षाको समस्यालाई, का माडौंको फोहोरमैला र ट्राफिक जामको समस्यालाई कसरी हल गर्न सकिन्छ र मुलुकलाई कसरी संविधान निर्माण र शान्ती प्रक्रिया सफल पार्ने मूल दिशातर्फ अगाडि बढाउने बिषयमा छलफल गर्ने सोचाई बनाएको छु । त्यसकारण आदरणीय जनसमुदायहरु ! म इमान्दारिताकासाथ काम गर्नेछु । म कुनै लप्पनछप्पन जान्दिन । म अनावश्यक र अनुचित कुनै हालतमा छुट दिने पक्षमा छैन । काम गर्ने कुरालाई इमान्दारिताकासाथ, मेहनतकासाथ, देश निर्माण गर्ने कुरालाई, नेपालको अस्तित्वलाई, राष्ट्रको गौरव र गरिमालाई माथि उ ाउन, जनताको पीरमर्का सम्वोधन गरेर उनीहरुको सेवा गर्ने कुरालाई प्राथमिकता दिएर जनतालाई गरिबीबाट मुक्त गरेर, अन्याय र अत्यचारमा पिल्सिएका जनतालाई न्याय प्रदान गर्दैर् देश अगाडि बढाउने संकल्प गरेको छु । यो मान्यताबाट मलाई कसैले बिचलित गर्न सक्दैन । मलाई कुनै किसिमको दबाब स्वीकार्य छैन । त्यसकारण नेपाललाई अगाडि बढाउने सन्दर्भमा मेरो सबै बुद्धी, उर्जा, वर्कत, क्षमता लाग्नेछ । सम्पूर्ण रुपमा जनताबीच समर्पित हुन चाहान्छु । म यसमा लिन भएर लाग्न चाहान्छु । त्यसकारण यसमा सद्भाव, सहयोग चाहिन्छ । तपाईंहरुले होस्टेमा हैंसे गर्नुभयो भने आजसम्म काम हुन नसकेर जसरी पछाडि परेका छौं, अन्तराष्ट्रिय समुदायमा लाजमर्दो स्थितिमा छौं । हामीमा संकल्प, आँट, साहस, अगाडि बढ्ने सहि र स्पष्ट दृष्टिकोण भयो भने यस स्थितिबाट अगाडि बढ्न सकिन्छ । फराकिलो छाती राखेर सबैलाई साथमा लिएर जाने बिचारको आधारमा, प्रयत्नको आधारमा सबैसँग सहकार्य गर्दै, हातेमालो गर्दै अगाडि बढ्ने हो भने यो देशलाई सुन्दर बनाउन सकिन्छ, सम्पन्न बनाउन सकिन्छ । विकासको नयाँ चरणमा पुर्‍याउन सकिन्छ । गरिबी र बेहालीबाट यो देशलाई मुक्त गर्न सकिन्छ । आउनुहोस् हामी सबै एकताबद्ध हौं, सबै किसिमका संर्कीणतालाई परित्याग गरौं, आफ्नो स्वार्थमा लिन हुने प्रवृत्तिलाई परित्याग गरौं, गणतन्त्र नेपालको निर्माण गर्ने, नयाँ संघात्मक सहितको नयाँ निर्माण गर्ने महान अभियानमा अगाडि बढौं, मलाई तपाँईहरुको बिचारले त्यस अगाडि बढ्न सँधै घचघच्याईरहनेछ भन्ने बिचार समेत राख्दै र सम्मानित व्यक्तिप्रति फेरीपनि कदर गर्दै र तपाँईहरुले आयोजना गर्नुभएको कार्यक्रमका निम्ति हार्दिक आभार व्यक्त गर्दै आफ्नो मन्तव्य यहिँ टुंग्याउँछु, धन्यवाद, नमस्कार ! -१० साउन, २०६६ मा साँखुमा आयोजित कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्