Madhav Kumar Nepal

पुष्पलाल स्मृति दिवसमा

कार्यक्रमका अध्यक्ष कमरेड
पार्टीका केन्द्रीय अध्यक्ष कमरेड झलनाथ खनाल
पार्टीका नेता कमरेडहरु
प्रतिष् ानका पदाधिकारी तथा सदस्यहरु
उपस्थित महानुभावहरु
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको ३१ औँ स्मृति दिवसको यस अवसरमा तपाईंहरु सबैलाई म पुष्पलाल स्मृति प्रतिष् ानका तर्फबाट हार्दिक स्वागत गर्दछु ।
नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर तथा संस्थापक महासचिव कमरेड पुष्पलालको स्मृतिलाई चिरस्थायी बनाउन र उहाँका योगदानहरुलाई कदर गर्नका लागि उहाँकै नाममा स्थापित यस प्रतिष् ानको परिसरमा उहाँको पूर्णकदको शालिक अनावरण गर्न पाउँदा मलाई गौरवको अनुभूति भएको छ ।
म यस पुष्पलाल स्मृति प्रतिष् ानको अध्यक्ष भइसकेपछि हामीले यसको संरचनालाई आमूल परिवर्तन गर्ने योजना बनाएका थियौँ । यस िसंगो परिसरलाई नै नयाँ रुपमा विकास गर्ने योजना हामीले अगाडि सारेका थियौँ । आज यो जुन रुपमा विकास भएको छ हामीले यसभन्दा पनि अझ भिन्न बनाउन खोजेका छौँ । कमरेड पुष्पलालको पूर्ण कदको शालिक बनाउने हाम्रो योजना आज पूरा भएको छ । अर्को वर्ष यहाँ आउँदा तपाईंंहरुले यसलाई अझ भिन्न रुपमा पाउनुहुनेछ ।
सरकारले पुष्प सर्जक आश्रम बनाउने निर्णय गरिसकेको छ । म त्यो आश्रम यसै परिसरभित्र निर्माण हुने घोषणा गर्दछु ।
कमरेड पुष्पलालका बारेमा नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयसम्म भ्रमपूर्ण प्रचारहरु भए । खासगरी कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका नेताहरुबीचको असहिष्णुता व्यक्तित्वको टक्कर महत्वाकाङ्क्षा र विवादका कारण पुष्पलालको व्यक्तित्वमाथि हिलो छ्याप्ने प्रयत्नहरु भए । जीवित रहँदासम्म पुष्पलाललाई समग्र रुपमा बुझ्ने कुरामा कमी-कमजोरीहरु रहे जसका कारण उहाँको उचित सम्मान हुन सकेन । तर अन्ततः विचार सही छ भने त्यो पछि लागू गर्नैपर्ने परिस्थिति उत्पन्न हुन्छ । यही मान्यता कमरेड पुष्पलालका सन्दर्भमा लागू हुन्छ । बाचुाजेल उहाँमाथि अनेक आरोप लगाउनेहरु अन्ततः गलत सावित भए । यसले नै उहाँको व्यक्तित्वको विशालता र महानता पुष्टि गर्दछ ।
शाही राजतन्त्रका विरुद्ध उहाँले अगाडि सार्नुभएको संयुक्त जनआन्दोलनको कार्यनीतिकै कारण नेपालमा दुबै पटकका परिवर्तनहरु सम्भव भएका हुन् भन्नेमा कुनै शङ्का छैन । ०४६ सालमा कम्युनिस्ट र काङ्ग्रेस नमिलेको भए राजतन्त्रलाई एक तहसम्म घुँडा टेकाउन सम्भव थिएन । त्यसैगरी २०६२÷६३ को जनआन्दोलनमा पनि कम्युनिस्ट काङ्ग्रेसबीच सहकार्य नभएको भए राजतन्त्रलाई पराजित गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पनि सम्भव हुने थिएन । हाम्रो मुलुकको विशिष्टताका आधारमा उहाँले ४० वर्षअघि अघि सारेको अवधारणा आज पनि उत्तिकै सामयिक र सान्दर्भिक छ ।
पाचायतका विरुद्ध कम्युनिस्ट र काङ्ग्रेसका बीचमा सहकार्य हुन नसक्नाका केही वस्तुगत कारणहरु थिए । त्यतिबेला एकातिर कम्युनिस्ट आन्दोलनभित्रै काङ्ग्रेससँग मिल्नै हुँदैन भन्ने सङ्कीर्णता थियो भने अर्कातिर काङ्ग्रेसले कम्युनिस्टहरुलाई भन्दा राजालाई बढी नजिक ानेको थियो । त्यही कारणले गर्दा पाचायतका विरुद्ध संयुक्त जनआन्दोलन गर्नका लागि केही समय कुर्नुपर् यो ।
मुलुकमा शान्ति प्रकि्रयालाई सार्थक निष्कर्षमा पुर् याउन र निर्धारित मितिमा नयाँ संविधान निर्माण गर्नका लागि सबै लोकतान्त्रिक शक्तिहरुबीच एकता र सहकार्य जरुरी छ । कतिपय आफ्ना मतभिन्नताहरुलाई थाँती राख्दै मुलुकको वृहत्तर हितका लागिसहमति भएका विषयमा हामीले सहकार्य गर्ने जुन परम्परा बसालेका छौँ त्यसलाई निरन्तरता दिनुपर्छ र ऐतिहासिक जनआन्दोलनमा जनताले गरेको अपूर्व वलिदानमार्फत स्थापित लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ ।
कमरेड पुष्पलालको नेतृत्वमा नेपालमा कम्युनिस्ट पार्टी स्थापना हुनु हाम्रो मुलुकको इतिहासलाई नै नयाँ मोड दिने घटना थियो । विश्वव्यापी रुपमा फैलिइरहेको बेला नेपालमा २००६ सालसम्म औपचारिक रुपमा कम्युनिस्ट आन्दोलन सुरु भएको थिएन । कमरेड पुष्पलालकै नेतृत्वमा पाँचजना युवाहरुहरुले त्यतिबेला नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको थियो । कमरेड पुष्पलाल नै त्यस्तो व्यक्तित्व हो जसले कम्युनिस्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गरी यस विचारधारालाई नेपाली धर्तीमा विस्तार गर्न योगदान दिनुभयो । आज अनेक समूहमा विभाजित भए पनि हामी गौरवका साथ भन्न सक्छौँ- नेपालमा कम्युनिस्टहरुको बाहुल्य छ । समाजका सबै क्षेत्रमा कम्युनिस्ट पार्टी फैलिएको छ । राजनीति मात्र होइन- कला साहित्य सङ्गीत खेलकुद उद्योग व्यापारलगायका सबै पेसा-व्यवसायमा कम्युनिस्ट पार्टी फैलिएको छ । आज नेपालमा जुन रुपमा कम्युनिस्ट पार्टीको विकास र विस्तार भएको छ यसको श्रेय निःसन्देश रुपमा संस्थापक महासचिवका रुपमा कमरेड पुष्पलाललाई जान्छ ।
कमरेड पुष्पलाले तीन वटा ुसु मा जोड दिनुहुन्थ्योः पहिलो- सिद्धान्त दोस्रो- संग न र तेस्रो- संघर्ष । आज हामीले यी तीनैवटा कुरामा विशेष ध्यान दिनुपरेको छ । हामीले ग्रामीण जनताका समस्याहरुमा ध्यान दिनुपर्छ वर्गसंघर्षलाई अघि बढाउनुपर्छ । पुष्पलालबाट हामीले आजका दिनमा सिक्नुपर्ने कुरा यही नै हो भन्ने मलाई लाग्छ ।
कमरेड पुष्पलाल नेपालका एकजना प्रमुख र प्रखर बौद्धिक नेता हुनुहुन्थ्यो । उहाँमा नेपालको इतिहासलाई सही र वस्तुपरक दृष्टिकोणका आधारमा विश्लेषण गर्ने र व्यवहारमा हेर्ने मौलिकता थियो । उहाँ कुनै पनि विषयवस्तुलाई क मुल्लावादी तरिकाले लागू गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थेन । उहाँ माक्स्रवादी सिद्धान्तलाई नेपालको सामाजिक-आर्थिक धरातलमा राखेर वस्तुपरक र सुहाउँदो रुपमा प्रयोग गर्नुपर्छ भन्ने मान्यतामा विश्वास गर्नुहुन्थ्यो । हामीले उहाँको समग्र व्यक्तित्व र कृतित्वलाई गहन रुपमा हेर् यौँ भने उहाँको चिन्तन त्यतैतर्फ उन्मुख रहेको पाइन्छ । रुस र चीनका बीचमा असमझदारीहरु बढेर राजनीतिक चिसोपना बढेको बेला पनि सन्तुलित र स्वतन्त्र धारणा लिएर आफ्ना विचारहरुलाई स्थापित गर्न सक्नुलाई कमरेड पुष्पलालको राजनीतिक परिपक्वताको उदाहरण मान्नुपर्छ ।
नेपाली कम्युनिस्ट आन्दोलनलाई जडसूत्रबाट मुक्त गर्नका लागि कमरेड पुष्पलालले निकै मिहिनेत गर्नुभएको थियो । खासगरी उग्रवामपन्थी सोचलाई परास्त गर्नका लागि उहाँले अन्तिम समयसम्म पनि आफ्नो तर्फबाट सैद्धान्तिक-वैचारिक रुपमा सङ्घर्ष जारी राख्नुभएको कुराले विशेष महत्व राख्दछ भन्ने मलाई लाग्दछ । आज पनि नेपाली कम्युनिस्ट आन्दोलनको प्रमुख खतरा भनेको उग्रवामपन्थ नै हो । यसलाई नसच्याईकन कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सुदृढ बनाउन सकिँदैन । उग्रवामपन्थ जति बलियो हुँदै जान्छ जनताका लोकतान्त्रिक अधिकारहरु त्यति कुण् ित हुँदै जान्छन् र लोकतन्त्र कमजोर हुँदै जान्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । किनभने उग्रवापमन्थको अन्तिम परिणति दक्षिणपन्थ नै हो भन्ने कुरा इतिहासले पुष्टि गरिसकेको छ । यस यथार्थलाई हृदयङ्गम गरी हामीले नेपाली कम्युनिस्ट आन्दोलनलाई अझ बढी जनमुखी र लोकतान्त्रिक बनाउन पहल गर्दै आएका छौँ । यही क्रममा जननेता मदन भण्डारीको अगुवाईमा जनताको बहुदलीय जनवाद प्रतिपादन भएको हो । यो साँचो अर्थमा कमरेड पुष्पलालको त्यही विरासतको निरन्तरता हो जहाँ नेपाली कम्युनिस्ट आन्दोलनका तीता÷मी ा सकारात्मक÷नकारात्मक समृद्ध÷कमजोर सबै अनुभव सङ्गृहीत छन् । हामी यसलाई आफ्ना अनुभवहरुको प्रकाशमा अझै समृद्ध बनाउन चाहन्छौँ अझै विकास गर्न चाहन्छौँ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दाको पहिलो पर्चामै कमरेड पुष्पलालले जनताका लोकतान्त्रिक अधिकारहरुप्रति पार्टीको प्रतिबद्धता जसरी प्रकट गर्नुभएको छ त्यही आधारमा कम्युनिस्ट पार्टी आजको अवस्थ्ाासम्म आइपुगेको छ । नेपालको सन्दर्भमा लोकतन्त्र र कम्युनिस्ट पार्टी एक अर्काका परिपूरक हुन् । जनताको बहुदलीय जनवादले यही मान्यतालाई सिद्धान्तका रुपमा ग्रहण गरेको छ ।
आज मुलुकमा गणतन्त्र स्थापना भएको छ । गणतन्त्र नेपाल कम्युनिस्ट पार्टीको स्थापनादेखि नै घोषित लक्ष्य हो । सङ्घर्षका उकाली-ओरालीहरुमा पार्टीले तत्कालीन अवस्था हेरेर कार्यनीतिहरु तय गर्छ । तर नेपाल कम्युनिस्ट पार्टी गणतन्त्रको आफ्नो लक्ष्यबाट कहिल्यै पनि विचलित भएन । कमरेड पुष्पलालको सपना पनि यही थियो । वास्तवमा उहाँ नै नेपालको पहिलो त्यस्तो राजनेता हो जसले गणतन्त्रको सपना देख्नुभएको थियो । आज उहाँको त्यो सपना पूरा भएको छ । तर मैले माथि पनि उल्लेख गरेँ- गणतन्त्रलाई संस्थागत गर्ने प्रकि्रयाले पूर्ण रुप लिइसकेको छैन अर्थात् यसको चक्र पूरा भएको छैन । यसर्थ कमरेड पुष्पलालले लोकतन्त्र र अग्रगमनका लागि लोकतान्त्रिक शक्तिहरुका बीचमा एकता र सहकार्यको जुन सूत्र अगाडि सार्नुभएको थियो त्यसको महत्व र अपरिहार्यता आज पनि उत्तिकै छ । यस कामलाई हामीले कुशलता र सफलताका साथ सम्पन्न गर्न सक्यौँ भने नै उहाँप्रति सच्चा श्रद्धााजली हुनेछ ।
सबै राजनीतिक दलहरुका बीचमा अझ उन्नतस्तरको समझादारी र एकता चाहिएको बेला राजनीतिलाई अनेक बहानामा ध्रुवीकृत गर्ने प्रयत्न हुन सक्छ । मुलुकमा लोकतन्त्र र गणतन्त्र स्थापना गर्ने प्रमुख शक्तिहरुबीचको एकताका आधारमा वर्तमान सरकार निर्माण भएको छ । त्यसलाई सही र स्वाभाविक रुपमा बुझ्नुको साटो अनेक पन्थमा विभाजन गरेर हेर्ने र स्थितिलाई जटिल बनाउने प्रयत्न भइरहेको छ । तर तिनीहरुले कमरेड पुष्पलालका सोचहरुको एकपटक राम्ररी अध्ययन गरे भने आफूलाई सच्च्याउने मौका पाउनेछन् भन्ने मलाई लाग्छ ।
अन्त्यमा पुष्पलाल स्मृति प्रतिष् ानको अध्यक्षका हैसियतले उहाँको ३१ औँ स्मृति दिवसका अवसरमा आयोजित यस प्रतिमा अनावरण कार्यक्रममा उपस्थित भइदिनुभएकोमा म तपाईं सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
धन्यवाद †
सम्माननीय प्रधानमन्त्री तथा पुष्पलाल स्मृति प्रतिष् ानका अध्यक्ष माधवकुमार नेपालद्वारा ३१ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा ७ साउन २०६६ मा चम्पादेवीमा आयोजित कार्यक्रममा व्यक्त मन्तव्य

प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्