Madhav Kumar Nepal

प्रथम महिला शिखर सम्मेलनमा सम्बोधन

सभाध्यक्ष महोदय, विशिष्ट प्रथम महिला महोदयहरु महामहिमज्यूहरु, महिला तथा सज्जनबृन्द । प्राचीन मानव सभ्यताको रुपमा रहेको मुलुक इजिप्टको यस सुन्दर एवं ऐतिहासिक शहर सार्म एल सेखमा प्रथम महिला सम्मेलनमा भाग लिनेे अवसर पाएकोमा मलाइ खुसी लागेकोछ । यो महत्वपूर्ण वै क आयोजना गर्न पहल गर्नु भएकोमा इजिप्टकी प्रथम महिला महामहिम सुजानी मुबारकलाई म व्यक्तिगत रुपमा धन्यवाद दिन चाहन्छु । हाम्रो भब्य स्वागत एवं न्यानो आतिथ्य र शिखर सम्मेलनको राम्रो बन्दोवस्त मिलाएकोमा इजिप्ट सरकार र यहांका जनतालाई हार्दिक धन्यवाद दिन चाहान्छु । हालैका वर्षहरुमा असंलग्न आन्दोलनले खासगरी महिला वर्गका विषयवस्तु सम्बन्धी मुद्दाहरुमा ध्यान केन्दि्रत गर्दै आएको छ । महिला सम्बन्धी कम्तिमा दुईवटा मन्त्रिस्तरीय वै कहरु सम्पन्न भैसकेका छन् । महिला शसक्तिकरणका लागि असंलग्न आन्दोलनको संस्था मलेशियामा स्थापना भएको छ । यी सकारात्मक प्रगतिहरु हुन् । तापनि हामीले अझै धेरै गर्न बांकी छ । प्रतिसतका हिसावले महिलावर्गले जनसंख्याको झण्डै आधा हिस्सा ओगटेका छन् । तर वास्तविक जीवन तथा आय आर्जका धेरै क्षेत्रहरुमा पुरुषको दाजोंमा महिलाको बोझ अधिक छ । तथापि विश्वभरी नै महिलावर्गको अवस्था सन्तोषजनक छैन । यिनीहरुको स्थितिमा सुधार ल्याउन प्रत्येक राष्ट्रिय, क्षेत्रीय तथा अन्तरर्राष्ट्रिय प्रयास एवं निर्णय प्रक्रियामा महिलावर्गको सहभागिता बढाउनु जरुरी छ । महिलावर्गकेा एकता, सहिष्णुता, समता, न्याय एवं प्रगति सुनिश्चित गर्नका लागि नयां अन्तरराष्ट्रिय सामाजिक ढांचा प्रवर्द्धन गर्न असंलग्न आन्दोलनले एउटा सामाजिक दबावका रुपमा कार्य गर्ने बेला आएको छ । संकट व्यवस्थापनमा महिलावर्ग भन्ने विषयवस्तु अहिलेको समयमा अत्यन्तै सान्दर्भिक छ । धेरै मुलुकमा आर्थिक बिपन्नता एवं सामाजिक विभेदका कारण विश्व आर्थिक एवं वित्तिय संकटले महिला तथा बाललालिकाहरुमाथि बढी गांजेको छ । हाम्रा जस्ता देशहरुमा घट्दो पारिवारिक आय तथा आधारभूत खाद्यान्न एवं अन्य दैनिक आवश्यक वस्तुहरुको मुल्य बृद्धिले विशेष गरी महिलावर्गको दैनिक जीवन यापनलाई गंभीर धक्का लागेको छ । अधिकाशं अवस्थाहरुमा विगतको सामजिक परिवेशले महिला वर्गलाई अवसर, श्रोत र शक्तिकोश्रोतमा सहज पहुंच सहज थिएन । फलस्वरुप, ती संकटहरुको सामना गर्ने महिलाको सक्षमता धेरै नै सिमित हुन पुगेको छ । त्यसकारण, जवसम्म महिलाका विषम अवस्था तथा संवेदनशिलतालाई संवोधन गर्ने गरी प्रभावकारी उपायहरु अवलम्बन गरिदैन, तवसम्म संयुक्त राष्ट्रसंघको सहस्राब्दी विकास लक्ष्य हासिल गर्न क ीन छ । नेपाल एउटा अल्पविकसित राष्ट्र हो र यो देश एक दशक लामो ससस्त्र द्वन्द्वबाट विस्तारै माथि उ ्दै छ । द्वन्द्वकालमा महिला तथा बालिकाहरुले ूलो पिडा भोग्नु परेको थियो । विश्व संकटको प्रभावको सन्दर्भमा कुरा गर्दा विकासशील मुलुकहरुका महिलावर्गको समग्र परिवेश भन्दा नेपाली महिलाको अवस्था र अनुभवहरु भिन्न छैनन् । नेपालले सन् २००५ देखि संचालन गरेको निशुल्क मातृ स्वास्थ्य एवं सुरक्षित प्रसुति सेवा कार्यक्रम मार्फत अति उच्च मातृ मृत्यु कमगरी मातृ स्वास्थ्यसुधारलाई प्राथमिकता दिएको छ । २५ जिल्लाहरुबाट शुरु भएको यो कार्यक्रम फरवरी २००९ सम्ममा ७५ वटै जिल्लाहरुमा विस्तार भएको छ । सन् २००२ देखि गर्भपतनलाई कानूनी मान्यता दिईएको छ र सवै जिल्लाहरुमा सुरक्षित गर्भपतन सेवा उपलव्ध छ । यी कार्यक्रमहरुलाई टेवा पुर्‍याउन सन् २०१२ सम्म तालीम प्राप्त सुडेनीहरुको संख्या ६००० पुर्‍याउने, दुर्गम तथा पिछडिएका समुदायहरुका महिलाहरुलाई अनमी तालिम दिने र यीनिहरुलाई स्थानियस्तरमा नै परिचालन गर्ने हाम्रो लक्ष्य छ । समाजको विपन्न वर्गका जनतालाई हामीले छात्रबृत्तिको व्यवस्था गरका छौ । स्वास्थ्य सेवालाई बढी व्यवहारिक एवं प्रभावकारी बनाउन स्वास्थ्यसेवाहरुमा महिला वर्गका सहभागिता बढाउन हामीले जोड दिएका छौ । जहांसम्म स्वास्थ्य क्षेत्रको सहस्राब्दी विकास लक्ष्यको प्रगति सम्बन्धी विषय छ, नेपाल सहस्राब्दी विकास लक्ष्य नं. ४ र ५ मा सहि मार्गमा प्रगति उन्मुख छ भने एच आई भि एड्सको लक्ष्य बाहेक सहस्राब्दी विकास लक्ष्य नं. ६ मा पनि नेपाल सहि मार्गमा नै छ । नेपाली महिलाको संघर्षले सामाजीक समावेशिकरणलाई राष्ट्रिय मुद्दा बनाउन सफल भएको छ । लैगिंक दृष्टिकोणलाइ बिकास सम्बन्धी सरकारी नीति तथा कार्यक्रमहरुको अभिन्न अगं बनाइएकोे छ । विशेष गरी अपि्रल २००६ को एतिहासिक जनआन्दोलन एवं त्यस पछिको संविधान सभाको निर्वाचन पश्चात राजनैतिक, आर्थिक एवं सामाजीक क्षेत्रहरुमा नेपाली महिलावर्गको भूमिकामा उल्लेखनीयरुपमा बृद्धि भएको छ । उच्चस्तरीय निर्णय प्रक्रियाहरुमा समेत उनीहरुको संलग्नता बढेको छ । झण्डै ३३ प्रतिशत महिला सदस्यहरुले संविधानसभामा प्रतिनिधित्व गर्दछन् । जुन आफैमा महत्वपूर्ण उपलब्धी हो । यसबाट नेपालमा महिलावर्गर् आफ्नो भाग्य आफै निर्धारण गर्न सक्ने अवस्थामा उभिन पुगेका छन् । सामाजिक परिचालन, सरकारी सेवामा महिला आरक्षण, महिला केन्दि्रत लघुवित्त कार्यक्रम, सामुदायिक वन कार्यक्रम जस्ता असल अभ्यासहरुले ग्रामीण महिलावर्गको जीवनमा परिवर्तन ल्याएको छ । यी कार्यक्रमहरुमा महिलाको नेतृत्वदायी भूमिका पनि निभाएका छन् । तापनि मुलुकको विभिन्न भागहरुमा महिला विरुद्धको विभेद तथा हिंसा अझै जारी छ । नेपाल जस्तो गरिव एवं अल्पविकसित राष्ट्रका महिलावर्ग माथि विशेष ध्यान दिनु जरुरी छ । विश्वका महिलावर्गको वर्तमान अवस्थामा परिवर्तन ल्याउन असंलग्न आन्दोलनले धेरै गर्न सक्दछ । यसले लैगिंक मुद्दाहरु हेर्ने एउटा स्थायी मन्च बनाउन सक्दछ । दक्षिण दक्षिण सहयोग मार्फत महिला विकासका लागि स्रोत परिचालन गर्न सहयोग गर्न सक्दछ । आफ्ना सदस्य राष्ट्रहरु वीच सामाजिक पूंजी निर्माणमा प्रोत्साहन दिन सक्दछ । महिला सशक्तिकरणका लागि असल अभ्यासहरु, स्रोत तथा प्रविधि आदानप्रदान गर्ने व्यवस्था मिलाउन सक्दछ । संकटका बेला महिला वर्गलाई सहायता पुर्‍याउन सामाजिक सुरक्षा सेवा उपलब्ध गराउने व्यवस्था गर्न सक्दछ । साथै महिलाको उन्नतिका लागि स्रोत परिचालन, प्रविधि हस्तान्तरण, क्षमता विकास तथा व्यापार प्रवर्द्धन गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पहल गर्न सक्दछ । महिलावर्गको अवस्थालाई माथि उ ाउने राष्ट्रिय अभियान तथा प्रयासहरुलाई बाह्य सहयोगले सघाउ पुर्‍याउंछ । महिला वर्ग आफै संग ित नभएसम्म एवं आफ्नो सरकारहरुलाई पर्याप्त मात्रामा संवेदनशिल नबनाएसम्म उनीहरुको अवस्थामा कुनै उल्लेखनीय परिवर्तन ल्याउन क ीन हुन्छ । आफ्नेा हितका लागि दृढ भएर उ ्न प्रोत्साहितगर्नेगरी ोससन्देश दिनसकेमा यो सम्मेलन सफल भएको मानिनेछ । यस उद्देश्यका लागि हामी सवैले सहकार्य गरौ र असंलग्न आन्दोलनका मुलुकहरुको महिलावर्गको स्थितिलाई माथि उ ाऔं । यस सम्मेलनको सफलताको कामना गर्दछु । मेरो सवैलाई धन्यवाद छ । -प्रथम महिला श्रीमती गायत्री नेपालले व्यक्त गर्नुभएको मन्तब्य) -असंलग्न राष्ट्रहरुको १५ औं शिखर सम्मेलनको समानान्तर समारोह) प्रथम-महिला शिखरसम्मेलन सार्म एल सेख, इजिप्ट१५-१६ जुलाई २००९ ।
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्