Madhav Kumar Nepal

असंलग्न आन्दोलनको शिखर सम्मेलन

महामहिम राष्ट्र तथा सरकार प्रमुखहरु संयुक्त राष्ट्र संघका महासचिव प्रतिनिधिमण्डलका सदस्यहरु महिला तथा सज्जनबृन्द । सर्वप्रथम असंलग्न आन्दोलनको अध्यक्षता ग्रहण गर्नुका साथै आन्दोलनको १५ औं शिखर सम्मेलनका लागि गरिएको अत्युत्तम व्यवस्था र न्यानो आतिथ्यका लागि अरव गणतन्त्र इजिप्टका जनता र सरकारलाई हाम्रो तर्पुबाट गहिरो सम्मान प्रकट गर्दछु । यसैगरी आपुनो अध्यक्षताका गत तीन वर्षका अवधीमा असंलग्न आन्दोलनलाई अगाडि बढाउनका लागि क्युवाले खेलेको सकि्रय भूमिकाको सराहना समेत गर्न चाहन्छु । अध्यक्ष महोदय संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीको हैसियतमा पहिलोपटक यस सम्मेलनमा भाग लिन पाउंदा म गौरवान्वित भएको छु । असंलग्न आन्दोलनको संस्थापक सदस्यको रुपमा नेपालले यसका सिद्धान्तहरु प्रति अविचलित आस्था राख्दैआएको छ । असंलग्नता नेपालको परराष्ट्र नीतिको आधारभूत तत्व मध्येको एक हो र असंलग्न आन्दोलनको अटुट भूमिका र महत्वप्रति हाम्रो दृढ विश्वासछ । आन्दोलनका मौलिक सिद्धान्तहरु समय स्थान र परिवेस सापेक्ष भएकोले हाम्रालागि सान्दभिक रहिआएका छन् । म यहां उपस्थित भैरहंदा असंलग्न आन्दोलनले आपुना स्थापनाका पांच दशकहरुमा हासिल गरेका उपलव्धिहरु र सामना गर्नु परेका चुनौतिहरु मेरा स्मृतिमा घुमिरहेका छन् । शक्तिको राजनीतिका प्रवल धारहरुका वावजुद पटकपटकका सवै प्रतिकूलताका बावजुद असंलग्न आन्दोलनले आपुनो आदर्श र सान्दर्भिकतालाई मजबुत बनाउंदै अगाडि बढेको छ । यसलाई हामी सवैले मनन र संबद्र्धन गर्दै अगाडी बढ्नु आवश्यक छ । यसर्थ असंलग्न आन्दोलनले एउटा समुहको रुपमा आफ्नो आकार र महत्वलाई निरन्तर बढाउंदै अहिले मुलुकहरुको सवैभन्दा ूलो समुहको रुपमा प्रकट हुनु सन्तोषको विषय भएको छ । हामी अन्तर-राज्य सम्बन्ध बहुपक्षीयताका मुल्य मान्यताहरु तथा शान्तिपूर्ण सह-अस्तित्वका मुलभूत सिद्धान्तहरुमा आधारित विश्व शान्ति र प्रगतिलाई अभिबृद्धि गर्ने अन्तरनिहित आकांक्षाद्धारा वांधिएका छौं । संयुक्त राष्ट्र संघ भित्र र वाहिर हाम्रो आन्दोलनले आफ्नो विशिष्ट स्थान बनाउन सफल भएको छ । परन्तु यसमा थप कार्य गर्नुका साथै हाम्रा अगाडि नयां चूनौतिहरुलाई सामना गर्नका लागि अग्रगामी दृष्टिकोणका साथ हाम्रो सामीप्यता र सम्बद्धता बृद्धि गर्नु जरुरी छ । अझ बढी सहयोगात्मक विश्व व्यवस्थाद्धारा नै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको अभिबृद्धि गर्न सकिन्छ । हामी सवै पारस्परिक सम्मान र समझदारी अनतिक्रमण र अहस्तक्षेप जस्ता अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित सिद्धान्तहरुका साथै पारस्परिक सहयोग र समर्थनद्वारा अवश्य बांधिनु पर्दछ । यी आधारभुत सिद्धान्तको विचलनबाट हामीले अन्तराष्ट्रिय स्तरमा समस्या र खतराहरुलाई निम्त्याएका हुनेछौ । अध्यक्ष महोदय बिकास विना हामीले शान्तिलाई दीगो बनाउन सक्दैनौ र शान्ति र स्थायित्य विना विकास एउटा मृगतृष्णा मात्र बन्दछ । तसर्थ यी सवैलाई एकसाथ प्रवद्र्धन गरिनु अपरिहार्य छ । यस परिप्रेक्ष्यमा असंलग्न आन्दोलनले लामो समयदेखि उ ाउंदै आएको नयां अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थाको मागलाई हालको विश्व आर्थिक तथा वित्तिय संकटले सही सिद्ध गरेको छ । बहुपक्षीय वित्तिय निकायहरुको निर्णय प्रकि्रयामा विकाशोन्मुख मुलुकहरुको निर्णायक हिस्सा रहनुपर्दछ । साझा नियमहरुमा आधारितरही विस्तृत रुपमा अन्तर्राष्ट्रिय व्यापारिक मौदि्रक र वित्तीय प्रणाली बीचको सम्बद्धता सुनिश्चित नगरिएसम्म यस्ता असफलताहरु दोहोरिने सम्भावना टड्कारो रहिरहन्छ । विश्व बित्तिय संकट हाल आएर गम्भीर विश्व आर्थिक संकटका रुपमा परिणत भएको छ । यसले सवैलाई प्रतिकुल असर पारेको छ । घट्दो रोजगारीका अवसरहरु निर्यातमा अत्यधिक ह्रास रोजगारीमा कटौति न्यून विप्रेषण प्रवाह मन्द पर्यटन लगानी कोषहरुमा आएको शुष्कता विकास र सांवा व्याज भुक्तानीका लागतमा बृद्धि यसका केही असरहरु हुन् । यिनीहरुले सहस्राव्दी विकास लक्ष्य र गरिवी निवारण कार्यक्रम पुरा गर्ने हाम्रा प्रयासहरुलाई नकरात्मक असर पार्नेछन् । यसर्थ बर्तमान आर्थिक तथा वित्तिय सकटलाई प्रतिबद्धता प्रकट भैसकेको सरकारी विकास सहायताको आयतनलाई घटाउने बहाना नवनाउन र व्यापार अवरोधहरु खडा नगर्न हामी विकसित राष्ट्रहरुलाई जोडदार आग्रह गर्दछौं । यसका विपरित अरु भन्दा बढी जोखिमपूर्ण अतिकम बिकसित राष्ट्रहरुलाई सहायता उपलव्ध गराउनका लागि थप कार्य गर्न हामी विकसित राष्ट्रहरु समक्ष आव्हान गर्दछौ । बहुआयामिक-चुनौतिहरुको सामना गरिरहेका भू-परिवेष् ित अतिकम बिकसित राष्ट्रहरुको अवस्था अझ कष्टकर छ । निकटस्थ समुद्रसम्म पारवाहन आवतजावतलाई सहज बनाउनका साथै प्रतिकूल भौगोलिक अवस्थितिको कारणले सृजित उनीहरुका क िनाईहरुलाई न्यूनीकरण गर्नका लागि अन्तराष्ट्रिय सहयोग जुटाइनु आवश्यक छ । संकटका घडीमा गरिवहरु नै सवैभन्दा प्रताडित हुने गर्दछन् किनकी उनीहरुसंग कुनै किसिमका वैकल्पिक अवसर तथा भरोसायोग्य सुरक्षा उपायहरु हुदैनन् । अध्यक्ष महोदय घट्दो व्यापार खाद्यान्न तथा इन्धनको बढ्दो मुल्य र जलवायु परिवर्तनका समष्टिगत असरले बिकासोन्मुख राष्ट्रका चुनौतिहरुलाई अझबढी जटील बनाएका छन् । विश्व व्यापार संग न अन्तर्गतका व्यापार वार्ताहरु खासगरी दोहा विकास एजेण्डामा प्रगति हुन नसक्नु हाम्रा लागि विशेष चासोको विषय रहेको छ । बहुपक्षीय व्यापार व्यवस्थाबाट विकासका लाभहरु सुनिश्चित गर्नका लागि विकसित देशहरुले अतिकम बिकसित देशहरुका उत्पादनहरुलाई भंसारमुक्त बजार पहुंच उपलव्ध गराउनु पर्दछ । खाद्य संकट सवै क्षेत्रमा निरन्तर जारी रहेको छ । गरिव तथा अतिकम विकसित राष्ट्रका जनताहरु मध्ये सवैभन्दा बढी नाजुक समुदाय नै खाद्यँन्न सम्मको पहुंच नहुदा र क्रय क्षमताको अभावबाट व्यापकरुपमा प्रभावित छन् । बढ्दो इन्धन मुल्यले यी समस्यालाई अझ संगीन बनाएको छ । यी समस्याहरुको दीर्घकालीन दृष्टिकोण सहित विस्तृत र प्रभावकारी संवोधनका लागि अन्तर्राष्ट्रिय समुदायले एकताबद्ध कार्य गर्नु अपरिहार्य छ । जलवायु परिवर्तनको हांक अहिले हिमालयमा हिउं पग्लिनेक्रममा बृद्धि समुद्रको सतहमा बृद्धि मौसमी विषमता र परिवर्तन जस्ता विभिन्न रुपहरुमा मुखरित भएको छ । विश्वभर अतिकम बिकसित राष्ट्र तथा साना द्वीप राष्ट्रहरुले यसको प्रतिकुल प्रभावको बढी टड्कारो अनुभव गरेका छन् । तसर्थ वाताबरण प्रतिकुलता न्यूनीकरणका उपायहरुका साथै यथेष्ट स्रोत र प्रविधि हस्तान्तरणका लागि दर्विलो अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको छ । बहुपक्षीयता असंलग्न आन्दोलनको सवैभन्दा बलिया आधारस्तम्भहरु मध्ये एक रहिआएको छ । वर्तमान तथा आउंदा दिनका हांक र चुनौतिहरुका सन्दर्भमा संयुक्त राष्ट्र संघलाई हाम्रा सामुहिक प्रयासहरुको केन्द्रका रुपमा राखेर बहुपक्षीयतालाई अरु बलियो बनाउन सकिन्छ । संयुक्त राष्ट्र संघको समग्र सुधार हुन विलम्व भैसकेको छ । यो सुधार प्रकि्रया सार्वभौम समानता लोकतान्त्रिक अभ्यास पारदर्शिता उत्तरदायित्व र संसारका सवै कुनाको समतामुलक प्रतिनिधित्वमा आधारित हुनु पर्दछ । संयुक्त राष्ट्र संघको शान्ति स्थापना गर्ने मिशनहरुमा निरन्तर सहभागी भै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको स्थापनामा सक्दो योगदान पुर् याउन सकेकोमा नेपाल खुशी छ । अध्यक्ष महोदय हामी सदैव पूर्ण निशस्त्रीकरणको पक्षमा उभिएका छौ । तसर्थ हामीले आणविक रसायनिक जैविक र अन्य विध्वंशकारी हतियारमुक्त विश्व निर्माणको अन्तिम लक्ष्यमा पुग्नका निमित्त विश्वस्तरमै थप तथा नवीन प्रयासको लागि आव्हान गर्दछौ । आतंकबादका सवै रुपहरुलाई हामी कडा शव्दमा भत्स्रना गर्दछौ । आतंकवाद विरुद्ध लड्न क्षेत्रीय तथा विश्वव्यापी सहकार्य गर्ने हाम्रो प्रतिबद्धतालाई पुनस् दोहोयाउन चाहन्छौ । आर्थिक अवसर सामाजिक न्याय र मानव जातिको सम्मानको अभाव तथा बहिष्करण र बन्चितिकरण लगायतका आतंकबादका मुल कारणहरुलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले हातेमालो गर्न जरुरी छ । यसैगरी असंलग्न आन्दोलनले विश्वभर सहिष्णुता र मेलमिलापलाई अभिबृद्धि गर्नका लागि विभिन्न संस्कृति र सभ्यताहरुबीचमा अझ राम्रो समझदारी बृद्धि गर्न महत्वपूर्ण भूमिका समेत निर्वाह गर्न सक्दछ । निसन्देहस् आज विश्वव्यापीकरण तथा विज्ञान र प्रविधिमा आएको चमत्कारिक प्रगतिले मानव जीवनमा अभूतपूर्व परिवर्तन ल्याएको छ । तर यसको विस्तार असमान रहेको छ । हाम्रा बीचमा असमानता र बन्चितीकरण बढ्दो छ । यसले विश्वभर नै अभाव अस्तव्यस्तता र द्वन्द निम्त्याएको छ । हामी आज विश्वमा द्वन्दको गहनता र संख्यामा आएको बढोत्तरीको साक्षी हुनु परेको छ । मलाई विश्वास छ द्वन्दको विषयमा विस्तृत ढंगमा छलफल गर्न तथा यी समस्या र यिनका मुल कारणको रोकथाम र समाधानका लागि सही दृष्टिकोण र मार्गचित्र पहिल्याउने कार्यमा असंलग्न आन्दोलनले एउटा मंच निर्माण गर्न सक्दछ । हामीले व्यहोरेका समकालीन चुनौतिहरुको सामना गर्नमा यो नै असंलग्न आन्दोलनको महत्वपूर्ण योगदान हुनसक्छ । अध्यक्ष महोदय म अव यस गरिमामय सभा समक्ष नेपालको बर्तमान शान्ति प्रकि्रया बारे संक्षेपमा उल्लेख गर्ने अनुमति चाहन्छु । नोभेम्वर २००६ मा नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी माओवादी बीच विस्तृत शान्ति संझौतामा हस्ताक्षर भए लगतै एक दशक लामो शसस्त्र द्वन्दकॊ अन्त्य भएको छ । मिश्रित समानुपातिक प्रतिनिधित्वको सिद्धान्त अनुरुप संविधान सभाको निर्वाचन सम्पन्न भएको छ । यसले नेपालको संविधान सभालाई सवैभन्दा बढी प्रतिनिधिमुलक निर्वाचित निकायको रुपमा स्थापित गरेको छ । संविधान सभाका झण्डै एक तिहाई सदस्यहरु महिला छन् । अहिले हामी नेपाली जनताका सवै तह र तप्काको यथासंभव व्यापक सहभागितामा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा स्थापित गर्ने गरी नयां लोकतान्त्रिक संविधान लेखन कार्यमा लागिपरेका छौ । गणतन्त्रात्मक राज्यकारुपमा सहज रुपान्तरण पश्चात राजतन्त्र नेपालको इतिहास बनेको छ । सवै सिमान्तकृत समुहलाई मुलधारमा समाहित गर्नकालागि राज्य पुनस्रंरचनाको प्रयास जारी छ । हामी देशमा नयां युगको पुर्वसन्ध्यामा छौ । हामीले नेपालमा समग्र रुपान्तरणको प्रकि्रया आरम्भ गरेका छौ । विगत तीन वर्षमा हामीले शान्तिलाई संस्थागत गर्न उल्लेख्य आधार तयार गरेका छौ । हामीले अझै लामो यात्रा पार गर्नु छ । आज जनताहरुले मुलुकमा दीर्घकालीन राजनीतिक सामाजिक र आर्थिक परिवर्तनका पक्षमा आवाज उ ाइरहेका छन् । तसर्थ दीगो शान्ति सुनिश्चित गर्न मात्र नभै लोकतान्त्रिक शासन पद्धतिभित्र सवैलाई समता न्याय र सम्बृद्धि प्रत्याभूत गर्ने तर्पु पनि हाम्रा प्रयासहरुलाई केन्द्रित गरेका छौं । मुलुकमा सवै समुदायका लागि वहिष्करण सीमान्तिकरण र विाचतिकरणलाई सदाका लागि अन्त्य गर्नु नै हाम्रो दीर्घकालीन सोच रहिआएको छ । यी प्रतिज्ञाहरुलाई स्पष्ट सोच दृढनिश्चय र इमान्दारीताका साथ पूरा गर्न हामी प्रतिवद्ध छौं । आपुनै मौलिक चरित्रको नेपालको शान्ति प्रकि्रया सफलतापूर्वक सुसम्पन्न भएमा विश्वका विभिन्न क्षेत्रका द्वन्दग्रस्त मुलुकहरुको लागि समेत उदाहरण बन्नेछ । अन्त्यमा असंलग्न आन्दोलनको संस्थापक सदस्य तथा अनवरत समर्थकको रुपमा ईजिप्ट सदा आन्दोलनको अग्रपंक्तिमा रहेको तथ्यमा जोड दिन चाहन्छु । विकाशोन्मुख देशहरुको हित प्रवद्र्धनमा यसको नेतृत्वकारी भूमिकालाई दृष्टिगत गर्दै ईजिप्टका राष्ट्रपति महामहिम होस्नी मुवारकको दूरगामी तथा गतिशील नेतृत्वमा असंलग्न आन्दोलनका आदर्श र आकांक्षालाई ब्यापक रुपमा प्रबद्र्धन गर्नमा असंलग्न आन्दोलनले नयां उचाई लिनेमा हामीे विश्वस्त छौं । तपाईका यी सबै महान प्रयासहरुमा हाम्रो साथ रहनेछ । धन्यवाद सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले असंलग्न आन्दोलनको १५ औं शिखर सम्मेलन साम अल शेख इजिप्ट १५१६ जुलाई २००९ मा गर्नुभएको सम्बोधन
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्