Madhav Kumar Nepal

२९ असार, २०६६ मा एक सय छयान्नब्बेऔं भानुजयन्तीका अवसरमा व्यक्त मन्तव्य

समारोहका सभापतिज्यू, विद्वान्-विदुषीहरु तथा अन्य महानुभावहरु Û आदिकवि भानुभक्त आचार्यको १ सय ९६ औा जयन्तीको यस महत्वपूर्ण घडीमा सर्वपथम म उहााप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, यस समारोहमा मलाई आमन्त्रण गरी उहााप्रति श्रद्धाका केही शब्द व्यक्त गर्ने अवसर दिनुभएकोमा आयोजकहरुलाई धन्यवाद दिन चाहन्छु । स्वर्गीय भानुको १ सय ९६ औा जयन्ती हामी मनाउादै छौं र उहााका चहकिला कामको सम्झना गर्दैछौा । उहााको देहावसान भएको १ सय ४० वर्षपछि पनि उहाामाथि श्रद्धा र सम्मान खन्याउन हामी यहाा उपस्थित भएका छौा । इतिहासमा उहााले गर्नुभएका असल कामबाट प्रेरणा बटुल्न हामी यहाा जम्मा भएका छौा । वास्तवमा भानुभक्तले आफ्नो युग हााक्नुभयो । नेपाली भाषा-साहित्यका क्षेत्रमा अद्वितीय काम गर्नुभयो । संस्कृतको बोलवालाको त्यस युगमा हेलाा गरिएको जनबोलीमा कलम चलाउनुभयो । लोक-हितमा मन लगाउादै रामायणको पहिलो श्लोकमा उहाा गुनगुनाउनुभयो । भानुभक्तको युग एकीकृत नेपाल राष्ट्रको उदयको युग थियो । परस्पर अनेक निहुामा जुधिरहने र रक्तपात मच्चाइरहने बाइसे-चौबीसे राज्यहरु समाप्त भए पनि जनएकताका बलिया आधारहरु निर्माण भई नसकेको समय थियो त्यो । त्यसैबेला उहााको रामायण नेपाली धर्तीमा आइपुग्यो । त्यो अनेक भाषा-भाषीहरु समक्ष लोभलाग्दो काव्य लिएर पुग्यो । त्यसले यहााका अनेक भाषा-भाषीहरुबीच सम्पर्क र सद्भाव बढाउन महत्वपूर्ण योगदान गर्‍यो । त्यसका शब्द, छन्द र लय नेपाली धर्तीका कुना-कुनासम्म फैलिए । विचारका दृष्टिले पनि दास प्रथाको क्रूरता झेलेको र आधुनिक लोकतान्त्रिक मूल्य-मान्यतासाग अपरिचित नेपाली समाजका निम्ति आध्यात्मिक आदर्श बोकेको रामकहानी रुचिकर लाग्नु स्वभाविक थियो । करिब दुई दशक -१८९८-१९१९) को समय लगाएर उहााले कहिले घरमा र कहिले बन्दी अवस्थामा पूरा गरेको यस कृतिबारे नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको टिप्पणी थियो ः "भानुभक्त संस्कृतका पण्डित भए पनि त्यसबेलाको पण्डित समाजले हेलाा गरिएको नेपाली भाषामा रामायण लेखी गुरु पुरोहित वर्गको धार्मिक एकाधिपत्य प्रति प्रहार गरे । धर्ममा आफ्नो एकाधिपत्य कायम गर्न यस वर्गले धार्मिक पुस्तक पढ्ने अधिकारबाट जनतालाई वञ्चित गरेको थियो ।" रामायणका अतिरिक्त भानुभक्तले 'प्रश्नोत्तर' -१९९०) 'भक्तमाला' -१९१०) 'वधुशिक्षा' -१९१९), 'रामगीत' -१९२५) जस्ता मौलिक र अनुदित कृतिहरु एवम् अनेकौा फुटकर कविताहरु हामीलाई सुम्पनुभएको छ । उहााका प्रकृतिवर्णनका साथै अन्य विषयका वा हास्यव्यङ्ग्यका कतिपय कविता अहिले पनि पा कहरुको मन तान्न उत्तिकै सक्षम छन् । मर्मस्पर्शी र घतलाग्दो पाराले उहााले पस्केका हास्यव्यङ्ग्यका टुक्राहरुले अझै पनि हामी, हाम्रो समाज र यहााको शासन-प्रशासनलाई मार्गदर्शन गरिरहेका छन् । भानु अमर हुनुहुन्छ र नेपाली भाषा, साहित्य र संस्कृतिमा उहााको योगदान सदा अमर रहनेछ । उस युगका उहााका योगदानतिर दृष्टि लगाउादै यस युगका हााकहरुको सामना गर्ने प्रेरणा हामी उहााबाट ग्रहण गरौा । राज्यले स्रष्टाहरुको सम्मान नगरेको गुनासो बेला-बेलामा गर्ने गरेको छ । वर्तमान सरकारले आफ्नो नीति तथा कार्यक्रममा बृद्धावस्थामा पुगेका स्रष्टाहरुको सम्मानका लागि केही कार्यक्रमहरु ल्याएको छ । घरमा सिर्जनाको वातावरण नबन्ने र नसक्ने स्रष्टाहरुका लागि का माडौंको चम्पादेवीमा पुष्प सर्जक आवासगृह निर्माणका लागि सरकारले घोषणा गरिसकेको छ । यसबाट वरिष् स्रष्टाहरुलाई सहयोग पुग्ने विश्वास सरकारले लिएको छ । कला, साहित्य र संस्कृतिसाग सम्बन्धित संस्थाहरुको प्रबर्द्धनका लागि पनि सरकाले ध्यान दिने विश्वास दिलाउादै म आफ्नो भनाइ यहीा टुङ्ग्याउाछु । धन्यवाद । -एक सय छयान्नब्बेऔा भानु जयन्तीका अवसरमा २९ असार, ०६६ मा प्रधानमन्त्री माधवकुमार नेपालद्वारा व्यक्त मन्तव्य)
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्