Madhav Kumar Nepal

गण्डकी मेडिकल कलेजको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपालले पोखरामा नवनिर्मित गण्डकी मेडिकल कलेजको उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले शान्ती प्रक्रिया र संविधान निर्माणलाई तार्किक निश्कर्षमा पुर्‍याउने बेला द्वन्द्व बढाउनेगरी आन्दोलन गर्दा प्राप्त उपलब्धि नै गुम्न सक्नेतर्फ माओवादीलाई सचेत गराउनुभयो । उहाले भन्नुभयो-' यो आन्दोलनको मौसम होइन, एउटा सरकारले राजिनामा दिएपछि स्वाभाविक रुपमा अर्को सरकार बन्छ र बन्नुपर्छ । आफूले पनि सरकार चलाउन नसक्ने अरुलाई पनि नदिने नकरात्मक सोच त्याग्नुपर्छ । प्रधानमन्त्रीले नया सरकार बनाउने कुरालाई आफ्नो भविष्य नै खतरामा पर्‍यो कि, धर्ति नै फाट्यो कि भन्ने रुपमा लिन आवश्यक छैन भन्नुभयो ।
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्