Madhav Kumar Nepal

२०६६, असार २७ गते पार्टी केन्द्रीय कार्यलयमा केन्द्रीय सम्पर्क कमिटीद्वारा आयोजित कार्यक्रममा दिनु भएको मन्तव्य

कार्यक्रमका सभापति कमरेड । मञ्चमा रहनुभएका अन्य कमरेडहरु । म तपाईंहरुको धेरै लामो समय लिन चाहान्न । राष्ट्रिय राजनीतिका धेरै पक्ष्ाहरुका बारेमा तपाईंहरुका बीचमा पार्टी अध्यक्षले स्पष्ट पारिसक्नु भएको होला भन्ने मैले ानेको छु । त्यसकारण खास-खास बिषयमा लागेका केही कुरा मात्रै तपाईंहरुका बीचमा राख्न चाहान्छु । केन्द्रीय सम्पर्क कमिटीले आयोजना गर्ने गरेको भेलामा देशभरका सम्पूर्ण कार्यकर्ताहरुको जमघट रहेको छ । यसले सँधैभरी आफ्नो क्रियाशीलता उत्कृष्ट रुपमा देखाउँदै आएको छ । यो कमिटी सँधैभरी पार्टीबाट प्रसंशित हुँदै आएको छ, कार्यकर्ताहरुका माझ स्वच्छ प्रतिस्पर्धालाई यस कमिटीले प्रोत्साहित गर्दै आएको छ । राम्रो काम गर्ने कमिटीलाई पुरष्कृत गर्ने परिपाटी पनि बसाल्दै आएको छ । यस्तो कमिटीको भेलामा आउनु स्वाभाविक भएकाले तपाइर्ंहरुको बीचमा म उपस्थित भएको छु । विगतमा तपाईंहरुले धेरै सक्रियता, गतिशीलता देखाउनुभएको छ । पार्टीका जिम्मेवारीहरुमा पनि अग्रशरता देखाउँदै आउनु भएको छ । त्यसैले अब पनि तपाईंहरु सबै क्षेत्रहरुमा तपाईंहरु उस्तै उत्साह, क्रियाशीलता र अझ रचनात्मकताकासाथ अगाडि बढ्नुहोस् । बिरोधीहरुले नेकपा -एमाले)का बिरुद्ध सँधैभरी जतिसुकै विष वमन गरुन्, धारे हात लगाउन्, ती सबैलाई निस्तेज पार्ने, प्रतिस्पर्धाको मैदानमा पछाडि पार्ने ढंगबाट अगाडि बढ्न सक्नुहोस् भन्ने सफलताको शुभकामना पनि दिन चाहान्छु । कमरेडहरु । अहिले नेकपा -एमाले)को नेतृत्वमा संयुक्त सरकार ग न भएको छ । यो सरकारका बिषयमा अहिले अनेक प्रकारका कुप्रचारहरु भइरहेको छ । त्यसकारण वतर्मान सरकारका सन्दर्भमा तपाईंहरुसामू केही कुरा राख्नुपर्ने आवश्यकता ानेको छु । पार्टीको सिद्दान्त, नीति, कार्यक्रम र कार्यनीतिका बारेमा चर्चा भइसकेकै होला त्यसकारण त्यो पाटोमा म जान चाहान्न । सरकारका खास पक्ष्ाहरुमामात्रै केही कुरा राख्न चाहान्छु । नेकपा-माओवादी) सरकारबाट हटिसकेपछि वतर्मान सरकार बिरुद्ध अत्यन्त असहिष्णुण रुपमा प्रस्तुत हुँदै आएको छ । उसका सार्बजनिक अभिव्यक्तिहरु सुन्दा असहिष्णुताको मात्रा झन् चर्को देखिन्छ । भेटघाट र कुराकानीमा त उनीहरुका अत्यन्तै सुमधुर वाणीहरु मात्रै सुन्ने गर्दछौं । नेकपा-एमाले) बाहेक नेपालको राजनीतिको परिकल्पना पनि गर्न सकिदैंन, नेकपा-एमाले)को भूमिकालाई हामी अन्तर हृदयबाटै स्वीकार गर्छौं । त्यस्ता अमृत वाणीहरु सुन्दा हामी मन्त्रमुग्ध हुन्छौं । व्यक्तिगत तवरमा पनि भन्छन्- तपाईंभन्दा राम्रो मान्छे यस धर्तिमा कोहीपनि छैन । तर बाहिरको अभिव्यक्ति सुन्दा शब्दकोषमा भएका नराम्रा शब्दहरु केही बाँकी राखेका छैनन् । नेपाली बृहत्त शब्द कोषबाट, त्यसमा पनि नभेटिए अर्को भाषाको शब्दकोषबाट उधारै सापटी लिएर भएपनि कति जानेको होला । ती सबै जोड्ने हो भने अर्को शब्द भण्डार तयार हुनसक्छ । सुन्दा कहिलेकाँही रमाइलो पनि लाग्छ । मान्छे नकरात्मक ढंगबाट सोच्न थाल्यो भने त्यो तहसम्म पुग्दो रहेछ । मान्छेहरुले आफूलाई वसमा राख्न नसकेर जव आवेगमा प्रस्तुत हुन्ा थाल्यो भने जुनसुकै तहसम्म उत्रिएर शब्द प्रयोग गर्न सक्दो रहेछ । वास्तवमा यस मामलामा नेकपा -माओवादी)लाई कसैले पनि जित्न सक्दैन र जित्न जरुरी पनि छैन । हामीले राम्रा काम गरेर जनताको विस्वाश जित्नुपर्छ, नराम्राे काम गर्ने होइन । नराम्रा काम गरेनौं, गम्भीर गल्ती गरेनौ र बिराएनौ भने डराउनुपर्ने आवश्यकता पनि छैन । एउटा उखान छ हात्ती हिँड्दै गर्छ, अरु केही हुँदै गर्छ । हुँदै गरोस्, हात्ति आफ्नै तालमा हिडिँरहन्छ, हिडँ्नु पर्छ । यो मान्यताको आधारमा म अगाडि बढ्न चाहान्छु । यस्ता कुराहरुबाट बिचलित भएर, प्रभावित भएर चल्नुपर्ने आवश्यकता छैन । तपाईंलाई थाहा छ - आफ्नै कारणले नेकपा -माओवादी)को सरकार ढलेको हो । कूसमयमा यस्तो बिषयबस्तु उ ाए जुन बिषयबस्तुमा कसैको सहमति रहेन । कसले मन्त्रणा दियो, कसले दिक्षा दियो, कसले शिक्षा दियो जसले गर्दा सरकार ढाल्ने आधार आफै तयार भयो ? नेकपा -एमाले)ले त अन्तिमसम्म भनेको थियो - हाम्राे यसमा समर्थन रहनेछैन । एकातर्फ सत्ता कब्जा गर्ने उद्घोष भइरहेको छ, अर्कोतर्फ माओवादीका संरचनाहरु तदनुरुप नै निर्माण गरिएका छन्, उनीहरुका व्यबहारमा कुनै सुधार भएको छैन, सबै पक्ष्ाहरु एकपछि अर्को बिच्किंदै गइरहेका छन्, यस्तो बेला सहमतिसहित कदम चाल्नुपर्नेमा सहमतिको राजनीतिलाई बीचमै छाडेर माओवादी अगाडि बढ्न खोज्यो । एकलौटी ढंगबाट अगाडि बढ्न खोज्दा पनि हामीले भन्ोका छौं - खबरदार त्यस्तो काम नहोस्, भयो भने परिणाम राम्रो हुनेछैन । नेकपा -एमाले) ले अन्धकारमा राखेर, धोका दिएर, दाउपेच गरेर कुनै कदम चालेको होइन । सबै छर्लंग भइसकेको छ । सबैको बिरोधका बाबजुद पनि आफैं कदम चाल्ने, चालिसकेपछि सरकारबाट हट्ने स्थिति आफैंले सिर्जना गर्ने, अनि सरकारबाट हटिसकेपछि सँधैभरी त्यही पीडा, त्यही दुखेसो, त्यही ब्यथाको गीत गाएर हुन्छ ? हामीले त्यही सुनेको सुन्यै छौं । मैले त अस्ती भनेपनि - तपाईंलाई अर्को पनि पीडा भइरहेको होला । नेपालमा कहाँबाट माधव नेपाललाई संविधानसभामा ल्याइयो । अनि पीडा पनि भएको छैन, पश्चताप पनि भएको छैन भन्दियो । जतिखेर आपसी भेट भएको थियो त्यतिबेला तीन-तीन घण्टासम्म मेरो घरमा बसेर फकाउँदा-फकाउँदा, मन पगाल्न कोसिश गर्दागर्दा पनि पार लागेन । त्यसअघि नै गिरिजाप्रसाद कोइरालाले पनि भनेको तपाईंहरुलाई थाहा छ । प्रचण्ड आफैंले पनि भनेको हो । हाम्रो केन्द्रीय कमिटीको बै क यँही बसेको हो । बै कको पहिलो दिन नजाने, नप ाउने भनेर फिर्ता भएको हो । तर फेरी हस्ताक्षरसहितको सक्कली चि ी लेखेर प ाइसकेपछि मात्रै बल्ल अन्तिममा बुझेको हो । त्यतिबेला चाँहि माधव नेपाल अपरिहार्य, संविधान निर्माणका लागि अत्यन्तै सुयोग्य, अध्यक्ष बन्नका लागि त्यसबेला अमृत वृक्ष तर आफूले राजिनामा दिएर खाली भएको ाउँमा माधव नेपाल आउने बित्तिक्कै विष वृक्ष ! यस्तो पनि हुन्छ ? राजिनामा दिन कसले भनेको थियो र ? कि भन्नुपथ्र्यो - हाम्रो एउटै शर्त छ प्रधानमन्त्रीको कुर्चीमा आँखा लगाउन पाईंदैन । संविधानसभाका ६ सय १ सबै सदस्यहरु बोनाफाइट छन् । हाम्रो संविधानमा ६ सय १ मध्ये जुनसुकै सदस्यले पनि प्रधानमन्त्रीमा उम्मेद्वारी दिने अधिकारको व्यबस्था छ । यस्तो अबस्थामा दश थरीका कुरा गर्नु त आफ्नै उचाई घटाउनु हो, आफ्नै प्रतिष् ालाई गिराउनु हो, आफ्नै अवमूल्यन गर्नु हो, अरुको के अवमूल्यन गर्नु ? त्यसकारण त्यस्तो मामलामा तपाईंहरु कोही पनि प्रभावित हुनुपर्ने आवश्यकता छैन । पार्टीले बकाइदा निर्णय गरेर, अरु पार्टीले समर्थन गरेर, संविधानसभामा निर्वाचन भएर निर्वाचित भएको हुँ । बरु निर्वाचनको मैदानमा उत्रिने आँट नगर्नेहरु पनि त्यसबेला देखा परे । मैदान खाली भयो । हिम्मत्त भएको भएत आए हुन्थ्यो नि त मैदानमा । राष्ट्रपतिको, उपराष्ट्रपतिको निर्वाचनमा हारे जस्तै एकचोटी अर्को चुनावमा पनि पर्छान पाए त स्वाद हुन्थ्यो होला । त्यो पनि राम्रै भयो, मैदानै खाली भयो । निर्बिरोध रुपमा संविधानसभाले निर्वाचित गरेर प ाइदियो । त्यसकारण अहिले माधव नेपाल निर्वाचित प्रधानमन्त्री हो । संविधानसभाको बोनाफाइट माधव नेपाल निर्बाचित प्रधानमन्त्री हो । यो हिम्मतकासाथ, साहसकासाथ भन्ने कुरा हो । कँही मन खुम्च्याउनुपर्ने र मन बिर्गानुपर्ने आवश्यकता छैन । दोस्राे, सैनिक सर्बोच्चताको कुरा पनि उ ाइदैंछ, संविधानको प्रश्न उ ाइंदैछ । यसमा पनि तपाईंहरु प्रष्ट हुनुपर्ने आवश्यकता छ । नेकपा -माओवादी)ले सवैधानिक प्रावधानलाई मिचेर असंवैधानिक कदम चालेपछि अहिलेको अबस्था सिर्जना भएको हो । त्यसबेला राष्ट्रपतिलाई त जानकारीपत्र मात्रै दिने काम गरियो । माओवादीले बरु राष्ट्रपतिलाई पत्र प ाएर, प्रधानसेनापतिलाई हटाएर नयाँलाई ल्याउने काम गरेको भए राष्ट्रपतिले मानेन् भन्न सकिन्थ्यो । एक चोटी नमानेर फिर्ता गरेपछि दोस्राे चि ी प ाएको भएपनि हुन्थ्यो । तर कुनै प्रक्रिया अपनाइएन । माओवादीलाई हतारो थियो । जसरीपनि आफ्नो योजना अनुरुप बढ्ने योजना थियो । त्यसकारण प्रश्न सैनिक सर्बोच्चताको होइन, यहाँ कुन्-कुन् सैनिकले सर्बोच्चत्ता देखाउन खोजेको छ ?, खाली एउटा सिपाही, एउटा अधिकृतको सवालमा आवश्यकताभन्दा बढि सीमा नाघेर जुन् ढंगले माओवादीका नेताहरु बोलिरहेका छन्, त्यो सुहाउने बिषय होइन । कुनैपनि पार्टी नेपालमा सैनिक सर्बोच्चत्ताको पक्षमा छैनन् र सैनिक सर्बोच्चता कायम हुन सक्दैन । माओवादीलाई मनमा शंका छ भने म भन्छु - नेकपा -एमाले)को तर्फबाट नेपालमा नेकपा-एमाले)को प्रतिनीधि भएसम्म सैनिक सर्बोच्चत्ता हुन दिईंदैन । त्यसकारण सैनिक सर्बोच्चताको गीत गाउँदै हिँड्नुको कुनै अर्थ छैन । जहाँसम्म राष्ट्रपतिको कदमको सवालमा १८ दलको समर्थनसहितको सिफारिश भइसकेपछि राष्ट्रपतिलाई दोष दिने ाउँ पनि छैन । अब राष्ट्रपतिको अधिकार र कर्तव्य के हुनुपर्छ, भोलिको संविधानमा कस्तो व्यबस्था गर्ने र भोलिको अभ्यासमा कुन ढंगले अगाडि बढ्ने भन्ने छलफलको बिषय हुन सक्ला । छलफलबाट सहमतिको आवश्यकता पनि होला । तर मलाई के लाग्छ भने विगतका बिषयलाई आवश्यकताभन्दा बढि उछालेर जाने कुरा उचित हुँदैन । विदेशीको कुरा गर्दै विदेशीको क पूतली हो यो सरकार भनिरहेका छन् । जो मान्छे आफैं प्रधानमन्त्री हुनका लागि बिहान, दिउँसो र मध्येरातपनि दुतावसमा धाएको छ, अनि विदेशी राजदूतको मुखबाट प्रचण्डलाई त प्रधानमन्त्री बनाउनै पर्छ भन्न लगाउने अनि विदेशीको क पूतली नहुने ?, संविधानसभामा ३ सय ५९ जनाको मतबाट निर्बाचित भएको प्रधानमन्त्री र सरकार चाँही विदेशी क पूतली भयो भनेर कसैले पत्याउँछ ? यो झ्वाँक बोलेको मात्रै हो । रिस र आवेग बोलेको मात्रै हो । यसलाई कसैले पत्याउन सक्दैन । नेकपा -एमाले) विदेशीको ईश्ाारामा चल्ने पार्टी होइन । म आफैंपनि विदेशीको ईशारा र स्वार्थमा चल्ने मान्छे होइन । त्यसकारण जथाभावी लेख्ने र बोल्ने कामको तपाईंहरुले सिधै प्रतिवाद गर्नुपर्छ । सरकारले लिएका नीतिहरु पनि तपाईंहरुसामू प्रष्ट छ । अवश्य यो नीतिबाट कसैको चित्त दुखेको छैन होला । माओवादीलाई पनि चित्त बुझेको छैन भने समाजवाद उन्मुख अर्थतन्त्रको कुरा ल्याएका छौं हामीले । समावेशी राजनीतिका मान्यता ल्याएका छौं । लोकपि्रय कार्यक्रमको शृंखला ल्याएका छौं । तपाईंहरुले राम्ररी अध्ययन गर्नुहुनेछ । अझैपनि सुझाव आयो भने बजेट ल्याउँदैछौं, थप्न सकिन्छ । तर सबै बुद्धि प्रयोग गरेर हामीले नीति तथा कार्यक्रम ल्याएका छौं । मलाई लाग्छ आफ्नो गाऊँ आफैं बनाऔं, नौ 'स'को अभियान मात्रै होइन, बृद्धाहरुको निम्ती बृद्धाश्रम र सर्जकहरुका लागि आश्रममात्रै होइन, बेरोजागारहरुका लागि रोजगारीको बन्दोबस्त गर्ने मात्रै होइन, अशक्तहरुका लागि कार्यक्रमको पक्ष्ा मात्रै होइन, सीमान्तीकृत समुदायको हीत र स्वाश्थ्य उपचारको व्यबस्था गर्नेमात्रै होइन, सामाजिक सुरक्ष्ााका कार्यक्रम मात्रै होइन समाजका सबै तप्काहरुको हीतको पक्ष्ालाई, पर्यटन क्षेत्रको विकास र बिस्तार गर्ने विशाल सम्भावनालाई, जलविद्युत, कृषिक्ष्ाेत्रको विकास गर्ने, भौतिक संरक्षणका बिस्तार गर्ने, उद्योग क्ष्ाेत्रको बिस्तार गर्नेदेखि लिएर विदेशमा गएका नेपालीहरुको आयआर्जनलाई कसरी राष्ट्रिय निर्माणको काममा लगानी गर्न सकिन्छसम्मका कुराहरुलाई, अप्रवासीहरुलाई कसरी राष्ट्र निर्माणमा लगाउन सकिन्छ जस्ता यावत पक्षहरुलाई कसरी समेटेका छौं भन्ने कुरा अहिलेको नीति तथा कार्यक्रम पढ्नुभयो भने थाहा हुन्छ । यसलाई लागू गर्न सबैले आफ्नो तर्फबाट प्रयास गर्न सक्यौं भने धेरै कुराहरु गर्न सकिन्छ । त्यसकारण म के भन्न चाहान्छु भने अहिले सरकारले अगाडि सारेका कार्यक्रमहरुको अध्ययन गर्नुहोस्, व्यापक जनताको बीचमा लैजानुस् । लागू गर्न हामीले व्यापक योजना बनाउनेछौं । ती योजनाहरुलाई पनि स्थानीयस्तरमा लागू गरेर, शान्ती सुव्यबस्था कायम गर्न सरकारले जुन प्रयत्न गरिरहेको छ, राष्ट्रियताको संरक्ष्ाण र सम्र्बद्धन गर्ने कुरामा, नेपाली जनताको स्वाभिमानको रक्षा गर्न जुन भूमिका खेल्न खोजिरहेको छ यी सबै कुराको आधारमा सरकार कसरी राष्ट्रियताप्रति, गणतन्त्रप्रति, आमूल परिवर्तनका निम्ति समर्पित छ भन्ने देख्न सकिन्छ । यो सरकारले तपाईंहरु कसैको पनि शीर निहुर्याउने काम गर्ने छैन । यो सरकारले पार्टीको प्रतिष् ालाई अझ माथि उ ाउने, तपाईंहरु प्रत्येकले शीर ाडो पार्न सक्ने काम गर्नेछ । तपाईहरुले निदारमा कलंकको टीका लगाउनुपर्ने कुनैपनि काम मैले गर्नेछैन, ढुक्क हुनुस् । राम्रो फल देओस् भन्ने चाहाना राख्नेछ,ु भएन भनेपनि छहारीसम्म त देओस् । कसैले गुनासो गर्ने र कसैले अत्यन्तै पीडाबोध गर्ने स्थिति बन्ने छैन । आफ्नो बुद्धीले, वर्कतले भ्याएसम्म राम्रो काम गर्ने कोसिश हुनेछ, अनुचित काममा सम्झौता हुनेछैन । विकृति,विसंगति, भ्रष्ट्रचारका बिरुद्ध दृढतापूर्वक अगाडि बढिनेछ तर तपाईंहरुको साथ चाहिन्छ जम्मै चुनौतिको सामना गर्दै अगाडि बढ्नेछौ ।ं यिनै कुरा राख्दै भनाई टुंग्याउँछ,ु धन्यवाद !
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्