Madhav Kumar Nepal

२०६६, असार २६ गते नेशनल मेडिकल कलेज उद्घान कार्यक्रममा वीरगञ्जमा सम्वोधन गर्नुभएको मन्तव्य

अध्यक्ष महोदय, उपस्थित अतिथिहरु, दाजुभाइ तथा दिदीबहिनीहरु ! नेपालको द्वारका रुपमा परिचित यस ऐतिहासिक नगर वीरगन्जमा नेपालकै प्रस्तावित सबैभन्दा ूलो शिक्षण अस्पतालको उद्घाटन गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । नेपालमा अझै पनि ग्रामीण जनताको सामान्य झाडापखालाबाट मृत्यु हुन्छ । सुत्केरी व्यथा र रुघाखोकी जस्ता रोगको उपचार नपाई अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाबाट हामी गुजि्ररहेका छौँ । क्यान्सर, मुटुरोग, मधुमेह, मृगौला प्रत्यारोपण जस्ता कडा रोगको उपचारका लागि खर्चिलो पद्धति अहिले पनि आमनागरिकको सहज पहुँचमा छैन । यस अवस्थामा मुलुकको दक्षिण भागका वासिन्दाहरुलाई मुख्य रुपमा लक्षित गरी स्थापना भएको यस अस्पतालले ूलो सहयोग पुर्‍याउनेछ भन्ने मैले अपेक्षा गरेको छु । विगत केही वर्षदेखि विकासो्न्मुख मुलुकमा अत्यन्त जटिल रोगहरु देखा पर्दै आएका छन् । दुई दशकभन्दा अघि उपचार हुनै नसक्ने भयावह रोगका रुपमा एड्स रोग देखा परेको थियो । केही वर्ष पहिले सार्स रोग देखा पर्‍यो । विगत दुई/तीन वर्षदेखि विश्व बर्ड ˆलूको चपेटामा परिरहेको छ भने हालै स्वायन ˆलू देखा परेको छ । यस्ता नयाँ-नयाँ सङ्क्रामक रोगहरुले हाम्रो स्वास्थ्य सेवालाई अझ बढी चुनौतीपूर्ण बनाइरहेका छन् । प्रविधि, सूचना-सञ्चार र यातायातको विस्तारका कारण स्वास्थ्य सेवामा पक्कै पनि नागरिकको पहुँच बढेको छ, नयाँ उपचार पद्धतिको विकास र विस्तार भएको छ । तर, मानिस तथा जीवजन्तुको ओहोरदोहोर बढ्दै जाँदा त्यस्ता सङ्क्रामक रोगविरुद्धको लडाइँ सङ्ग ित र समन्वयात्मक ढङ्गले लड्न सकिएको छैन । यसो हुँदा स्व्ााभाविक रुपमा ूलो साधन, स्रोत एवम् समय बर्बाद हुने अवस्था सिर्जना हुन सक्छ । यिनै अवसर र चुनौतीहरुको सही पहिचान गरी उपयुक्त समाधानका उपाय पहिल्याउन स्वास्थ्य नीतिको निर्माण तथा सफल कार्यान्वयन आवश्यक छ । हामीकहाँ अझै पनि मातृ मृत्युदर र शिशु मृत्युदर उच्च छ । सामान्य रोगबाट मर्नेहरुदेखि जटिल रोगको उपचारमा पैसाको अभावले मृत्यु हुने दुःखद् अवस्था विद्यमान छ । यी सबै विकृति हटाउन वर्तमान सरकार स्वास्थ्य सेवाको सुलभ पहुँचका लागि सम्भव सबै उपायहरु अवलम्बन गर्न तयार छ । नागरिकको जीउज्यानको सुरक्षामा नै सरकारको सबैभन्दा प्राथमिक चासो जानुपर्छ भन्नेमा सरकार प्रस्ट छ । हाम्रो जस्तो भौगोलिक बनोट र सामाजिक-आर्थिक अवस्था भएको मुलुकमा एकातर्फ अत्यन्त सुविधा सम्पन्न अस्पताल छन् । तर, उपचार गराउने औकात नपुग्दा आमनागरिकले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था छ । दुर्गम क्षेत्रमा स्वास्थ्य केन्द्रहरु त छन् तर त्यहाँ न औषधी पुग्छ, न त दक्ष स्वास्थ्यकर्मी नै । आधारभूत स्वास्थ्य सेवालाई हाम्रै अन्तरिम संविधानमा नागरिकको नैसर्गिक अधिकारका रुपमा व्यवस्था गरिएको छ । तर, त्यस अनुसारको व्यवस्था हुन नसक्दा दुर्गम क्षेत्र र गरिवीको रेखामुनि रहेका जनताले उचित स्वास्थ्य उपचार पाउन सकिरहेका छैनन् । अहिले चिकित्सक र स्वास्थ्यकर्मीहरुको ध्यान सहरी सुविधासम्पन्न ाउँमा मात्र केन्दि्रत भएको छ । उनीहरु दुर्गम र ग्रामीण क्षेत्रमा गएर जनताको सेवा गर्न इच्छुक देखिँदैनन् । यस समस्यालाई नहटाएसम्म हामीकहाँ जतिसुकै स्वास्थ्यकर्मी भए पनि आम जनताले उचित स्वास्थ्य सेवा पाउन सक्दैनन् । यस यस शिक्षण अस्पतालले उत्पादन गरेका चिकित्सकहरुले दुर्गम तथा दुरदराजका गाउँ- ाउँमा बसेर अनिवार्य सेवा गर्ने व्यवस्था गर्न सकेमा स्वास्थ्य सेवा विस्तारमा तपाईंहरुको ऐतिहासिक योगदान पुग्नेछ भन्ने मैले ानेको छु । अहिले मेडिकल शिक्षा अत्यन्त खर्चिलो छ । आर्थिक-सामाजिक रुपले पछाडि परेका वर्गका लागि भनि छुट्याइएका सरकारी सीटहरु सीमित छन् । यस्तो अवस्थामा तपाईंहरुले उत्पादन गर्ने स्वास्थ्यकर्मीहरु बढी उपयोगी हुन सकून् भन्ने मेरा शुभेच्छा छ । नेपालमा नयाँ-नयाँ विषयमा खोज-अनुसन्धान गर्ने र त्यसबाट नयाँ कुरा पत्ता लगाउने प्रविधि र प्रवृत्ति दुबै छैन । तपाईंहरुले जसरी नेपालमा पहिलो पटक निजी क्षेत्रबाट यति भव्य संरचना तयार पार्नुभएको छ र जुन लक्ष्य राख्नुभएको छ, त्यसैगरी अध्ययन-अनुसन्धानका क्षेत्रमा पनि हात हाल्न सक्नुभयो भने नेपालका लागि यो नयाँ कुरा हुनेछ । मुलुकमा धनी र गरिबका लागि आधारभूत सेवाहरुमा फरक हुनुहुँदैन । आधारभूत सेवाहरुमा समानता कायम गर्न सकियो भने मात्र हामीले सामाजिक न्याय स्थापना गर्न सक्छौँ । त्यसमा पनि स्वास्थ्य जस्तो प्राथमिक र संवेदनशील विषयमा फरक-फरक सेवा भएमा त्यसले फेरि सामाजिक द्वन्द्व बढाउँछ । यस कुरामा स्वास्थ्य क्षेत्रका विज्ञ तथा प्रवर्द्धकलाई ध्यान पुर्‍याउन म आग्रह गर्दछु । अहिले मुलुकमा १७ वटा शिक्षण अस्पताल छ । तीमध्ये केही नयाँ र उदाहरणीय काम गर्न सकेमा यो अस्पताल नमुना बन्नेछ भन्ने मलाई लाग्छ । वर्तमान अवस्थामा सरकार एक्लैले स्वास्थ्य सेवाको गुणस्तरीय र सुलभ पहुँच निश्चित गर्न सक्दैन । निजी क्षेत्र, सामुदायिक क्षेत्र र सरकारका बीचमा सहकार्य भएमा मात्र यस क्षेत्रलाई अझ बढी सस्तो-सुलभ रुपमा विकास गर्न सकिन्छ । अहिले मुलुकको राजनीतिक अवस्थाका बारेमा तपाईंहरु जानकार नै हुनुहुन्छ । राष्ट्रिय सहमति र सहकार्यका माध्यमबाट मुलुकमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्ने र निर्धारित मितिमा नयाँ संविधान लेखिसक्नुपर्ने दायित्व हाम्रा सामु छ । त्यही कुरालाई केन्द्रविन्दुमा राखेर अहिले सरकार चलिरहेको छ । भिन्नाभिन्नै राजनीतिक दृष्टिकोण, नीति, कार्यक्रम र कार्यशैली भएका कारण कहिलेकाहीँ दलहरुका बीचमा गम्भीर मतभेदहरु पनि देखिन्छन् । तर, हामी राष्ट्रिय हितका लागि बहस, छलफल र अन्तक्रिर्याका माध्यमबाट एउटा सहमतिमा पुग्छौँ । विगत लामो समयदेखि संसद् अवरुद्ध हुँदा मानिसहरुमा आशंका थियो- कतै दलहरुबीच सहमति हुँदैन कि क्या हो ! तर, हामीले आपसी मतभेदहरुलाई घटाउँदै र कतिपय मतभेदहरुलाई छलफलका क्रममा समाधान गर्ने गरी समस्या समाधान गरेका छौँ । यसबाट मुलुकका कार्यभारहरु पूरा गर्नेतर्फ दलहरु एकजुट भएको सन्देश दिएको छ । अब हामी द्रुत गतिमा संविधान निर्माण गर्ने अभियानमा केन्दि्रत हुँदैछौँ । म सरकारका तर्फबाट तपाईंहरुलाई आश्वस्त पार्न चाहन्छु- शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याइन्छ, निर्धारित मितिमा नयाँ संविधान लेखिन्छ । सबैका आ-आफ्ना मान्यता र विचारहरु हुन्छन् । तर, हिंसाका माध्यमबाट कुनै पनि लक्ष्य हासिल गर्न सकिँदैन भन्ने कुरा स्पष्ट छ । हत्या, हिंसा र आतंकका बलमा कदापि राजनीति सम्भव छैन । तसर्थ, म हिसंात्मक गतिविधिमा संलग्न सबै समूहहरुलाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गर्दछु । वार्ताको वातावरण बनाउन र उनीहरुलाई शान्तिपूर्ण वातावरणमा अवतरण गराउन सरकार तयार भएको म विश्वास दिलाउन चाहन्छु । अन्त्यमा, यो मेडिकल कलेज नेपालको अग्रणी मेडिकल कलेजका रुपमा अगाडि बढ्दै दक्ष जनशक्तिको उत्पादन र गुणस्तरीय सेवा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु । मेडिकल शिक्षामा तल्लो वर्गको पहुँच पुर्‍याउन तपाईंहरुको म विशेष रुपमा ध्यानाकर्षण गर्दछु । निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न तथा सहकार्यको हात बढाउन सरकार आˆनो क्षमताले भ्याएसम्म पछि पर्ने छैन भन्ने विश्वास दिलाउँदै यस कलेजको पूर्ण सफलताको कामना गर्दछु । धन्यावाद ! -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालद्वारा नेसनल मेडिकल कलेज, बीरगन्जको उद्घाटनका अवसरमा २६ असार, २०६६ मा व्यक्त मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्