Madhav Kumar Nepal

खेलकुद प्रतिष् ानको शिलान्यास

यस कार्यक्रमका सभापति महोदय, खेलाडी साथीहरु विभिन्न राजनीतिक दलका नेताहरु विद्यार्थी भाइबैनीहरु उपस्थित अन्य महानुभावहरु नेपालमा पहिलो पटक स्थापना हुन लागेको यस केन्द्रीय खेलकुद प्रतिष् ानको शिलान्यासका लागि मलाई अवसर दिनुभएको सर्वप्रथम म आयोजकलाई धन्यवाद दिन चाहन्छु । तपाईंहरुलाई थाहै छ- मैले तत्काल गर्नुपर्ने अरु धेरै काम छन् । तर त्यसका बाबजुद आज म तपाईंहरु समक्ष यस कार्यक्रममा उपस्थित भएको छु । हाम्रो मुलुकमा खेलकुदको समुचित विकास नभइरहेको अवस्थामा खेल क्षेत्रमा सकि्रय महानुभाव र खेलाडीहरुको मनोबल उ ोस् भन्ने चाहना राखेर म यहाँ उपस्थित भएको हुँ । हाम्रो मुलुकमा खेलकुदले अझै प्राथमिकता पाएको छैन भन्ने आवाज वारम्बार उ िरहन्छ । खेलकुद क्षेत्र केवल मनोराजनको विषय होइन । यो त मुलुकको गौरव र प्रतिष् ासँग जोडिएको विषय हो । विश्वका कति देशको हामीले नामै सुनेका हुँदैनौँ । तर खेलकुदका कारण हामी ती मुलुकहरुसँग परिचित छौँ । खेलकुदले मुलुकलाई अन्तर्रा्रष्ट्रिय क्षेत्रमा परिचित गराउनका लागि समेत उत्तिकै भूमिका निर्वाह गर्दछ । त्यसैले मुलुकको खेलकुदलाई प्राथमिकतामा राखेर विकास गर्न सकेमा यसले राष्ट्रिय मात्र होइन अन्तर्रा्रष्ट्रिय क्षेत्रमा पनि हामीलाई उत्तिकै फाइदा पुर् याउँछ भन्नेमा कुनै शंका छैन । यस प्रतिष् ानको स्थापनाबाट थोरै मात्रामा भए पनि खेलकुदको गुणस्तरीय विकासका लागि योगदान दिनेछ भन्ने मैले विश्वास लिएको छु । खेलकुदप्रति राज्यले पर्याप्त मात्रामा ध्यान दिन नसकिरहेको गुनासो आइरहेको अवस्थामा यस प्रतिष् ानको स्थापनाबाट खेलकुद क्षेत्र अवश्य पनि खुसी होला भन्ने मलाई लागेको छ । अझ राजधानीबाहिर राष्ट्रिय स्तरको प्रतिष् ान स्थापना हुनु झन् राम्रो कुरा हो । यसमा भरपुर सहयोग गर्नु र संरक्षणका लागि योगदान गर्नु यहाँका स्थानीय बासिन्दाको पनि दायित्व हो भन्ने मलाई लाग्छ । नेपालमा खेलकुदका धेरै सम्भावनाहरु छन् । तिनको उपयोग गर्नमा यो प्रतिष् ान सफल हुने मैले विश्वास लिएको छु । यहाँ बन्न लागेका जिम्न्यास्टिक जुडो मास्रल आर्टजस्ता इनडोर खेलका हलहरुका साथै स्वीमिङ पुल कभर्ट हल रंगशाला टेनिस कोर्ट बहुउद्देश्यीय खेल मैदान कि्रकेट मैदान स्वास्थ्य केन्द्र महिला-पुरुष दुवैका लागि आवासगृह जस्ता संरचनाले योग्य खेलाडी उत्पादन गर्न र उनीहरुको क्षमता अभिवृद्धि गर्न निकै सघाउनेछन् भन्ने मेरो विश्वास छ । साथै खेल क्षेत्रको विकास र विस्तारका लागि प्राज्ञिक तहबाट समेत काम अघि बढाउन अनुसन्धान केन्द्रका रुपमा समेत यसलाई विस्तार गर्ने योजना प्रशंसनीय छ । यसबाट खेलकुदलाई प्राज्ञिक र शैक्षिक क्षेत्रसँग समेत जोडेर अघि लैजाने आधार निर्माण हुने मैले अपेक्षा गरेको छु । खेलकुद क्षेत्रलाई बाहुवल वा कसैको शक्ति केन्द्रका रुपमा प्रयोग गर्ने विगतको परम्परालाई पूर्ण रुपमा तोड्नुपर्छ । योग्य अनुशासित र दक्ष खेलाडीहरु राष्ट्रका सम्पत्ति हुन् । यस कुरालाई हृदयङ्गम गर्दै उनीहरुको व्यक्तित्व विकासका लागि पनि ोस योजना बनाउन जरुरी छ । आज यस प्रतिष् ानको स्थापनाले उनीहरुलाई उत्साहित तुल्याउनेछ भन्ने मैले आशा गरेको छु । तपाईंहरुलाई थाहै छ- अहिले मुलुक संक्रमणकालबाट गुजि्ररहेको छ । यस क िन स्थितिलाई हामीले छिटोभन्दा छिटो समाधान गर्नुछ । अहिले सहमति र सहकार्यको राजनीतिमा केही मात्रामा अवरोध आए जस्तो देखिएको छ । तर हामी सबैलाई थाहा छ- विगतमा यसभन्दा क िन परिस्थितिलाई हामीले मिलेरै सामना गरेका थियौँ र सफलता पनि प्राप्त गरेका थियौँ । जुनसुकै क िन परिस्थितिलाई पनि हामीले सामुहिक छलफल सहमति र सहकार्यबाट सामना गर्न सक्छौँ भन्ने मेरो विश्वास छ । शान्ति प्रकि्रयालाई सार्थक निष्कर्षमा पुर् याउनु र निर्धारित समयभित्रै नयाँ संविधान निर्माण गर्नु हामी सबैको मूल दायित्व हो । यसबाट कुनै पनि निहुँमा कोही पनि पन्छिन सक्दैन न त कसैले अवरोध नै सिर्जना गर्न पाउँछ । किनभने यो सबै प्रकि्रया हामी सबैले मिलेरै सुरु गरेका थियौँ । हामीले मिलेरै जनआन्दोलन गर् यौँ मिलेरै शाही राजतन्त्र समाप्त पार् यौँ र मिलेरै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर् यौँ । अब यसलाई संस्थागत गर्न पनि हामी सबै मिल्नुको विकल्प छैन । यसर्थ म सम्बद्ध सबै पक्षलाई आवेग कटुता र परिस्थितिजन्य जटिलता बिसे्रर मुलुकको अग्रगामी रुपान्तरणका लागि सहमति र सहकार्यका साथ अघि बढ्न आग्रह गर्दछु । सरकारले जनतासँग प्रत्यक्ष सरोकार राख्ने दैनन्दिनका समस्याहरुलाई पनि उत्तिकै महत्वका साथ अघि बढाउनेछ । जनतालाई परिवर्तनको अनुभूति दिलाउन र कानुनी शासनको प्रत्याभूति गर्न मैले कुनै कसर बाँकी राख्ने छैन । अन्त्यमा आज जुन प्रतिष् ानको शिलान्यास भएको छ यसको निर्माण निर्धारित समयभित्रै गुणस्तरीय रुपमा सम्पन्न गर्नमा तपाईंहरुको विशेष ध्यान जाने विश्वास व्यक्त गर्दै म आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु । धन्यवाद २८ जे २०६६ सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले केन्द्रीय खेलकुद प्रतिष् ानको शिलान्यासका अवसरमा दिनुभएको मन्तव्य
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्